Saturday, October 5, 2013

मनै मनले तिमीलाई खोज्न थालें आजभोलि

माया प्रेम साटीसाटी
बसौं कतै दिल खोली
मनै मनले तिमीलाई
खोज्न थालें आजभोलि

सम्झि रहन्छु सधैभरी
मिठा तिम्रा बातहरु
नछुटोस कहिल्यै पनि
मलाई तिम्रा साथहरु

मनको कुरा भनिदिएँ
तिमीलाई आज सररर
टाढा कतै भयौं भने
झर्छ आँसु भररर

अलिकति तिमी सर
थोरैथोरै मनै सरुला
काल तिमी लिन आए
अघि सरी मनै मरुँला

पर्खिबसें बाटो हेर्दै
आँखा त्यसै रसाएछ
यादमा भुलें धेरैधेरै
धडकन आफै बसाएछ

रिसाएर हुन्न केही
आफै छौं धेरै ज्ञानी
एक पटक हाँसीदेऊ
मेरो अनुरोध मानी

यातनाका मेरा ती क्षणहरुमा
तिमी बिल्कुल अञ्जान थियौं
पीडा केही नसुनेरै मेरो
एकाएक तिमी रिसाइ दियौं

चोट सहेर बस्नै पर्ने
भित्रभित्रै मुटु जलाई
चोट लाग्दा तिमीलाई
पीडा भयो सारै मलाई

पर्खाइमै बसेको छु मत
कुनदिन भेटने होला भनी
हाँसी हाँसी पिई दिउला
तिमीले दिएको बिष पनि


No comments:

Post a Comment