Monday, October 21, 2013

पति हत्याको शोकलाई शक्तिमा बदल्ने अठोटसहित नजमाले दिइन उम्मेदवारी

आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट नजमा खातुनले उम्मेदवारी दर्ता गराएकी छन् । आइतबार सयौं कार्यकर्तासहित बारा सदरमुकाम कलैयास्थित जिल्ला निर्वाचन कार्यालय गई उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
गत १७ असोजमा चुनाव प्रचारप्रसारका क्रममा उनका श्रीमान् महमुद आलमलाई अज्ञात समूहले लिपनीमालमा गोली प्रहार गरी घाइते बनाएको थियो । उपचारकै क्रममा आलमको मृत्यु भएपछि सो क्षेत्रमा एमालेको उम्मेदवारी खाली भएकाले उनकी श्रीमती नजमाले उम्मेदवारी दर्ता गरेकी हुन् ।
उम्मेदवारी दर्तासँगै आफूले निर्वाचनको तयारी सुर गरेको नजमाले बताइन् । नजमा एमाले जिल्ला कमिटी सदस्य पनि हुन् । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका आलमको उपचारका क्रममा गत २४ असोजमा मृत्यु भएपछि उनकी श्रीमती नजमा खातुनलाई उम्मेदवार बनाएको एमालेले जनाएको छ ।
आलम एमाले केन्द्रीय सदस्य तथा पार्टीनिकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष थिए । उनी यस क्षेत्रका प्रभावशाली नेतामध्ये एक थिए ।


No comments:

Post a Comment