Friday, October 4, 2013

एमाओवादीमा दाहालसहित २३ क्षेत्रमा बागी उम्मेदवार... सूचीसहित

एमाओवादीका दुई दर्जन बढी बागी ९थप अपडेट सुची०
अध्यक्ष पुष्पकमल दाहालसहित एकीकृत माओवादीका प्रत्यक्ष तर्फका दुई दर्जन बढी उम्मेदवारले आफनै पार्टीका स्थानिय बागी उम्मेदवारसँग सामाना गर्नु पर्ने भएको छ । नवप्रवेशी तथा जनआधार नभएकालाई केन्द्रले उम्मेदवार बनाएको भन्दै पार्टी भित्रैका दुई दर्जन बढी ‘युद्धकालिन’ नेताले आफनै नेता बिरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।
दाहाल बिरुद्ध ‘आफ्नै’ तीनजना उम्मेदवार
मिथिला राज्य समिति सदस्य तथा पुर्व लडाकु श्रवण यादवले केन्द्रीय कार्यालयले उम्मेदवार बनाएका अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध नै सिरहा–५ मा बागी उम्मेदवार भएका छन् । यादवले सिरहा–६ का अमरनाथ यादव बिरुद्ध पनि उम्मेदवारी दर्ता गराएका छन् । सिरहा–५ वाट मातृका यादव नेतृत्वको नेकपा माओवादीले पनि जगत यादवलाई उम्मेदवारी दर्ता गराउन लगाएका छ । यादव एमाओवादीका पुर्वसभासद हुन् । गत साल माओवादी चियापान कार्यक्रममा अध्यक्ष दाहालमाथी दुब्र्यब्यावहार गर्ने कुवँरले अध्यक्ष दाहालको काठमाडौं–१० वाट उम्मेदवारी दर्ता गराएको छन् ।
केन्द्रीय सदस्य नै बागी उम्मेदवार
एमाले परित्याग गरी आएका रामचन्द्र झालाई धनुषा–१ वाट उम्मेदवार बनाए पछि असन्तुष्ट केन्द्रीय सदस्य तथा मिथिला राज्य समिति संयोजक श्रवण यादवले सोही स्थानवाट उम्मेदवारी दिएका छन् । ‘पार्टीले क्रान्तिकारीलाई भन्दा पनि दलालहरुलाई टिकट दिए पछि मैले स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको हुँ’ यादवले नागरिकसँग भने, ‘पार्टीलाई क्रान्तिकारी र हिजो युद्धमा ज्यान बाजी राख्ने भन्दा दलालहरु प्यारो हुदँै गयो, हामी दलाल र अबसरवादीलाई धनुषावाट धुलो चटाएर पठाउँछौ ।’ उनका अनुसार धनुषा–५ वाट उम्मेदवार चयन भएका बोधमाया यादवका बिरुद्ध जिल्ला कमिटी सदस्य बलराम सुबेदीले बागी उम्मेदवारी मनोनयन गरेका छन् ।
केन्द्रीय सल्लाहकार पनि बागी उम्मेदवार
एमाओवादीका केन्द्रीय सल्लाहकार राजेन्द्र साहले महोत्तरी–४ वाट पार्टीका आधिकारिक उम्मेदवार इन्दु शर्मा बिरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । मधेसी राष्ट्रिय मुक्ति मोर्चाका संयोजक रामकुमार शर्मा, तमलोपा परित्याग गरी आएका, र साह बिच टिकटका लागि तिव्र प्रतिस्पर्धा भएको थियो । तर, पार्टीले शर्माका श्रीमती इन्दुलाई टिकट दिए पछि साहले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
केन्द्रीय सदस्य सदभावनावाट उम्मेदवार
केन्द्रीय सदस्य तथा पुर्वसभासद शिबचन्द्र कुशवाहाले पार्टी परित्याग गरी राजेन्द्र महत्तो नेतृत्वको सदभावाना पार्टीवाट उम्मेदवारी दर्ता गराएका छन् ।
केही दिन अघि जिल्ला इन्चार्जवाट हटाइएका कुशवाहाले टिकट नपाए पछि सदभावानाको तर्फवाट बारा–२ मा उम्मेदवारी दर्ता गरेका हुन् । ‘माओवादीवाट मधेसमा मुक्ति सम्भव छैन, माओवादी अबसरवादीहरुको पार्टी रहेछ भन्ने पुष्टी भयो,’ कुशवाहाले नागरिकसँग भने, ‘हिजो हिमाल र पहाडलाई झुक्यायो, अब मधेसमा झुक्याउन आउँदैछ तर हामी माओवादीलाई पत्तासाफ गराउँछौ ।’
प्रवेश गरेको एक हत्ता मै अर्को पार्टीवाट उम्मेदवार
मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी परित्याग गरेर एमाओवादीमा प्रवेश गरेका तीन जनाले एक हप्ता भित्रै अन्य पार्टीवाट उम्मेदवारी दर्ता गराएका छन ।
मिथिला राज्य समिति सदस्य फकिरा महत्तोले राजेन्द्र महत्तो नेतृत्वको सदभावाना पार्टीवाट उम्मेदवारी दर्ता गराएका छन् । सर्लाही–६ मा महत्तो एमालेवाट माओवादी भएका नन्दलाल राय यादवसँग प्रतिस्पर्धा गर्दैछन् ।
रौतहट–३ वाट भोजपुरा राज्य समिति सदस्य राजेन्द्र पट्टेलले संघीय समाजवादी पार्टीवाट उम्मेदवार दर्ता गराएका छन् । उनी भोजपुरा राज्य समिति इन्चार्ज प्रभु साहसँग प्रतिस्पर्धा गर्नेछन् ।
नवप्रवेशी तथा ब्यापारी बसुरुद्धिन अन्सारीलाई पार्टीले टिकट दिए पछि असन्तुष्ट राजदेव पासवानले पर्सा–२ मा संघीय
उम्मेदवारद्धारा टिकट अस्विकार
सप्तरी–४ का लागि उम्मेदवार तोकिएका छेदी रजक बिमलले मनोनयन दर्ता गर्न अस्विकार गरेका छन् । रजकले उम्मेदवारी अस्विकार गरे पछि उनको ठाउँमा कमाउलुद्धिन खानले उम्मेदवारी दिन पाएका छन् । झापा–७ वाट बर्षमान पुनले एमाले नेता केपी ओलीसँग भिडन अस्विकार गरे पछि केन्द्रले बिहिवार बिहान गोपाल किराँतीलाई उम्मेदवार बनाएको छ ।
को को छन एमाओवादीका बागी रु
निर्वाचनमा दोस्रो पटक सहभागिता जनाएको एमाओवादीका स्थानिय नेता कार्यकर्ताले केन्द्रले तोकेका उम्मेदवार बिरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिक दलमा सबैभन्दा बागी उम्मेदवारी माओवादी भित्रै देखा परेको छ ।
केन्द्रले उम्मेदवार बनाएका केन्द्रीय सदस्य प्रेम तामाङ बिरुद्ध रुसुवा जिल्ला इन्चार्ज राजेन्द्र गोतामेले छुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।
कञ्चनपुर–१ मा अध्यक्ष दाहालका ‘बुहारी’ बिना रानामगरका बिरुद्ध जिल्ला कमिटी सदस्य गगनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । रानालाई केन्द्रले उम्मेदवारी दिए पछि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खड्ग बस्नेतले राजिनामा दिई सकेका छन् ।
काभ्रेपलाञ्चोक–१ मा केन्द्रीय सदस्य तथा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका कार्यबहाक अध्यक्ष सुर्यमान दोङ बिरुद्ध वाइसीएल जिल्ला अध्यक्ष अध्यक्ष तेजप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।
ललितपुर–२ का केन्द्रीय उम्मेदवार सरोज डंगोलका बिरुद्ध राज्य समिति सदस्य जनक थापाले उम्मेदवारी दिएका छन् ।
बाँकेका दुई क्षेत्रमा आफ्नै केन्द्रीय ९सदस्य० बिरुद्ध स्थानिय नेताले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय सदस्य महेश्वर गहतराजका बिरुद्ध वाँके–१ मा भीमप्रसाद देवकोटा उभिएका छन् ।
बाँके कै अर्का केन्द्रीय सदस्य परमानन्द बर्माका बिरुद्ध बाँके–२ मा राजकुमार शुक्लाको उम्मेदवारी दर्ता भएको छ ।
काठमाडौं–३ का उम्मेदवार गणेश रेग्मी बिरुद्ध क्षेत्रीय इन्चार्जको समर्थन लिएर स्थानिय नेता गंगाबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
बाराका १ र ४ नम्बर गरी दुई क्षेत्रमा बागी उम्मेदवार खडा भएका छन् ।
बारा–४ मा नवप्रवेशी सुरेशप्रसाद साहको बिरुद्ध जिल्ला सेक्रटरी रामराजा चौधरी उभिन पुगेका छन भने बारा–१ मा पुर्व राज्य मन्त्री ज्वाला साहका बिरुद्ध पुर्व सेक्रटरी शम्भु मण्डलको उम्मेदवारी दर्ता भएको छ ।
पर्वत–२ मा केन्द्रीय सदस्य राजकाजी गुरुङको बिरुद्धमा सेक्रटरी कृष्ण बिकका श्रीमती मीनकुमारी बिकले उम्मेदवारी दर्ता गराएका छन् । कास्की–२ वाट अघिल्लो साल निर्वाचित भएका गुरुङलाई पोखरा अन्तराष्ट्र्रिय बिमानस्थल प्रकरणमा ५० लाख घुस लिएको आरोप लाग्दै आएको छ ।
कास्की–३ का उम्मेदवार रामजी बराल बिरुद्ध जिल्ला समिति सदस्य महेश्वर अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कास्की–४ मा गुप्त हमालका बिरुद्ध जिल्ला कमिटी सदस्य राजेन्द्र तमुले उम्मेदवारी दर्ता गराएका छन् ।
डोटी–१ का केन्द्रीय उम्मेदवार बिरुद्ध स्थानिय नेता भरतबहादुर बोहोराले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
उदयपुर–२ का उम्मेदवार सुरेशकुमार राईका बिरुद्ध खगेन्द्र रासकोटीले उम्मेदवार दर्ता गराएका छन् ।
इलाम–२ मा एमाले, राजाबादी हुदँै माओवादीमा प्रवेश गरेका रमेशकुमार लिङदेनका बिरुद्ध स्थानीय नेता डिल्ली चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसको टिकट लिन काठमाडौं आएका शम्भुलाल श्रेष्ठलाई एमाओवादीले सर्लाही–१ उम्मेदवार बनाएर पठाए पछि स्थानिय रमेश आचार्यले उनका बिरुद्ध उम्मेदवारी दर्ता गराएका छन् भने सर्लाही–३ का आफ्नै पार्टीका उम्मेदवार भरत थापा बिरुद्ध केदार खत्री मैदानमा उत्रिन पुगेका छन्
धनुषा–६ मा बोधमाया यादवका बिरुद्ध पुराना माओवादी नेता बलराम सुबेदीले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवार बितरणमा भेदभाव भएको भन्दै रौतहट इन्चार्ज अशोक जयसवाल जिल्ला नै नफर्की मनोनयन कार्यक्रमलाई बहिस्कार गरेका छन् ।
मउगानिर्वाचन क्षेत्र                       केन्द्रीय उम्मेदवार                                       स्थानिय बागी
१. काठमाडौं–१०              अध्यक्ष पुष्पकमल दाहाल                      पुर्व लडाकु पदम कुवँर
२. सिरहा– ५                  अध्यक्ष पुष्पकमल दाहाल                      पुर्व लडाकु श्रवण यादव
३. धनुषा–१                     मधेस इन्चार्ज रामचन्द्र झा                    मिथिला संयोजक श्रवण यादव
४. धनुषा–६                    बोधमाया यादव                                     जिकस बलराम सुबेदी
५. रसुवा                        प्रेम तामाङ                                            जिल्ला इन्चार्ज  राजेन्द्र गोतामे
६. कञ्चनपुर–१              प्रचण्ड ‘बुहारी’ बिना मगर                     गगनबहादुर सिंह
७. काभ्रे–१                      केन्द्रीय सदस्य सुर्यमान दोङ                 वाइसीएल अध्यक्ष तेजप्रसाद गौतम
८. ललितपुर–२              सरोज डंगोल–                                       जनक थापा
९. बाँके–१,                      केन्द्रीय सदस्य महेश्वर गहतराज          भीमप्रसाद देवकोटा
१०. बाँके–२                     केन्द्रीय सदस्य परमानन्द बर्मा            राजकुमार शुक्ला
११. काठमाडौं–३              गणेश रेग्मी                                        पुर्व लडाकु गंगा लामा
१२. बारा–४                    सुरेशप्रसाद साह                                   सेक्रटरी रामराज चौधरी
१३. बारा–१,                    पुर्व मन्त्री ज्वाला साह                          पुर्व सेक्रटरी शम्भु मण्डल
१४. कास्की–३                रामजी बराल                                       महेश्वर अधिकारी
१५. कास्की–४               गुप्त हमाल                                            राजेन्द्र तमु
१६. डोटी–१                     मोहन बम                                            भरतवहादुर बोहोरा
१७. महोत्तरी–४              इन्दु शर्मा                                             केन्द्रीय सल्लाहकार राजेन्द्र साह
१८. इलाम–२,                रमेशकुमार लिङदेन                              डिल्ली चेम्जोङ
१९. सर्लाही–३,              भरत थापा                                             केदार खत्री
२०. सर्लाही–१                शम्भुलाल श्रेष्ठ                                      रमेश आचार्य
२२. पर्वत–२,                 राजकाजी महर्जन                                मीनकुमारी बिक
२३. सिरहा–६                अमरनाथ यादव                                   पुर्व लडाकु श्रवण यादव
स्रोत प्रकाश तिमल्सिना, पत्रकार

No comments:

Post a Comment