Tuesday, October 8, 2013

१ लाख २३ हजार पुगे खुमबहादुर भेट्न जेल, कांग्रेस सभापति कोइराला–देउवादेखि सुरक्षा अधिकारीसम्म


काठमाडौं, २२ असोज
भ्रष्टाचारमा सजाय पाएर डिल्लीबजार सदरखोरमा १४ महिना समय बिताउँदा कांग्रेस नेता खुमबहादुर खड्कालाई भेट्न जेल पुग्नेको संख्या निकै बढेको पाइएको छ । खड्का भेट्न सोमबारसम्म १ लाख २३ हजार व्यक्ति डिल्लीबजार कारागार पुगेका हुन् ।
खड्कालाई नियमित जेलमा भेटघाट गर्ने प्रबन्ध मिलाउँदै आएका मोरङ कांग्रेस नेता रमेशजंग रायामाझीका अनुसार सोमबा™सम्म पार्टी सभापतिदेखि सर्वसाधा™णसम्म गरी सो संख्यामा भेटघाटका लागि आएका हुन् । उम्मेदवारको विषयमा पार्टीभित्र विवाद बढेपछि गत साता कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवासमेत डिल्लीबजार कारागारमै पुगेर खड्कालाई भेटेका थिए ।
खड्कालाई भेट्न नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरूसमेत पटकपटक पुगेको देखिएको छ । यस्तै, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी पनि उनलाई भेट्न जेल पुगेका छन् । सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भई जेल गएका खड्का बुधबार (भोलि) तोकिएको सजाय काटेर जेलमुक्त हुँदै छन् ।
खड्का जेलमुक्त हुँदा समर्थकहरूले काठमाडौंमा उनको स्वागतका लागि शक्ति प्रदर्शन गर्ने योजना बनाएका छन् । कांग्रेस नेता रायमाझीले शुभचिन्तक र पार्टी कार्यकर्ताको आग्रहबमोजिम नै खड्का जेलमुक्त भएलगत्तै देशदौडाहामा निस्कने जानकारी पनि दिए । आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्दै खड्काले देशदौडाहा गर्न लागेका हुन् । जेलमुक्त भएलगत्तै खड्काले २ सय ४० ओटै निर्वाचन क्षेत्रमा गएर कांग्रेसका उम्मेदवारलाई भेट गरी निर्वाचन जिताउन सशक्त भूमिका निर्वाह गर्ने योजना रहेको मोरङ ८ का कांग्रेस उम्मेदवारसमेत रहेका रायामाझीले राजधानीलाई बताए । खड्का जेलबाट रिहा हुने समय नेपालीहरूको महान् चाड दसैं र संविधानसभा निर्वाचन संघारमा रहेकाले भनेजति कांग्रेस कार्यकर्ता उनको स्वागतका लागि काठमाडौं आउन नसक्ने रायामाझीले जनाए । तथापि, २०औं हजारले खड्कालाई स्वागत गर्ने उनको दाबी थियो ।
खड्काको रिहाइलगत्तै आयोजना गरिने प्रदर्शन र स्वागतको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी भने मास्टर माइन्ड डन भनेर चिनिएका महेश श्रेष्ठलाई दिइएको छ । उनले खड्काको रिहालगत्तै हुने स्वागत कार्यक्रमका लागि राजधानी आएका कार्यकर्ताका लागि ४ हजार ५ सय टोपी (क्याप) र २ हजार टिसर्ट तयार पारेका छन् ।
कारागारमा आइतबार आफूनिकटकासँग भएको गोप्य छलफलमा खड्का छुटेलगत्तै आयोजना गरिने सभा र ¥यालीलाई व्यवस्थित तथा मर्यादित बनाउने निष्कर्ष निकालिएको थियो । गोप्य बैठकमा सहभागी भएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य युवराज खड्काका अनुसार रिहाइमा तडकभडक नगर्न निर्देशन दिइएको छ ।
रिहाइपछि ¥यालीको आयोजना गरिने भएपछि उनको गृह जिल्ला दाङबाट पार्टी सभापति घनश्याम रेग्मीसहित कांग्रेसका कार्यकर्ता काठमाडौं आउने भएका छन् । दाङबाट करिब ४० ओटा बसमा २ हजार बढी कार्यकर्ता मंगलबार राजधानी आउँदै छन् । नेपाली कांग्रेस दाङले खड्काको रिहाइका बेला ¥यालीमा सहभागी बन्न औपचारिक रूपमै आग्रह गरेर कार्यकर्ता जम्मा पारेको छ । पार्टी सभापति रेग्मीले जिल्लाबाट करीब ५ हजार कार्यकर्ता काठमाडौं आउन लागेको बताए । उनका अनुसार जिल्लाबाट सयको हाराहारीमा निजी गाडीमा पनि कार्यकर्ताहरू आउँदै छन् । जिल्लाबाट आउने प्रत्येकले रूख चिह्न अंकित टिसर्ट र टोपी लगाउँदै छन् । जिल्लाबाट आउनेहरूका लागि जिल्लाका विभिन्न संघ÷संस्थाहरूले टिसर्ट, ब्यानर र टोपी बनाएका छन् ।
कार्यकर्ता ल्याउन राप्ती बस व्यावसायी समितिले मात्रै २४ ओटा बस उपलब्ध गराएको समितिका अध्यक्ष जितेन्द्र शाहले बताए । उनको ¥यालीमा जाने कार्यकर्ताको खानपिनका लागि १ लाख रुपैयाँ चन्दा दिएका छन् भने समितिका २८ जना सदस्यलाई स्वैच्छिक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।
खड्का रिहाइ हुँदा गरिने ¥यालीका लागि विभिन्न जिल्लाका सभापतिसमेत काठमाडौं आउने भएका छन् ।
त्यसका लागि सिन्धुपाल्चोक, काभ्रे, तनहुँ, कास्की, स्याङ्जा, बाँके, बर्दिया, रुकुम, सुर्खेतलगायतका जिल्लाबाट समेत कार्यकर्ता शक्ति प्रदर्शनका लागि ल्याइँदै छ । कतिपय जिल्लाबाट भने कार्यकर्ता आउने क्रम बढेको बताइन्छ ।
स्रोतका अनुसार आइतबारको बैठकले खड्काले बुधबार डिल्लीबजार कारागारको प्रांगणमै कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । खड्का जेलमुक्त भएपछि पुतलीसडक, त्रिपुरेश्वर, कालीमाटी, कुलेश्वर, बल्खु हुँदै सानेपास्थित नेपाली कांग्रेसको कार्यालय पुगेर सभामा परिणत हुने कार्यक्रम बनाइएको छ । सो ¥यालीमा नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष चित्रालेखा यादव, केन्द्रीय सदस्यहरू शंकर भण्डारी, पुष्पा भुसाल, पूर्वराज्यमन्त्रीहरू देवेन्द्रराज कँडेल, मोहनबहादुर बस्नेतलगायत सहभागी हुने बताइएको छ ।

No comments:

Post a Comment