Sunday, March 23, 2014

दोलखालीको सेवामा सिंंगटी अस्पताल

दोलखा जिल्लाको उत्तरी भेग भूगोलको हिसाबले दुर्गम मानिन्छ । कतिपय सुविधासम्पन्न स्थानमा त गतिलो अस्पताल सेवा नपुगिरहेको अवस्थामा दुर्गमको के कुरा । यही कुरालाई ध्यानमा राखेर त्यस भेगका २२ भन्दा बढी गाविसका जनतालाई पायक पर्ने गरी लामिडाँडा गाविसको सिंगटीमा अस्पताल सञ्चालनमा आएको छ ।
अस्पताल भवनका लागि भारतीय दूतावासले दुई करोड उनासी लाख छपन्न हजार तीन सय तीन रुपैयाँ आर्थिक अनुदान सहयोग गरेको छ । अहिले त्यही सहयोग रकमबाट पाँचओटा भवन बनेका छन् भने १० शøयाको अस्पताल स्थापना भएको छ । यसै वर्षको ७ फागुनदेखि सञ्चालनमा आएको यस अस्पतालमा पाँचओटा अस्पताल भवन निर्माण भएका छन् भने एक्स–रे, ईसीजी, अल्ट्रासाउन्ड मेसिनलगायत ल्याब उपकरण र बेडका सामानहरू उपलब्ध छन् ।
बहिरंग तथा आकस्मिक, प्रसूति सेवा, प्याथोलोजी सेवा, एक्स–रे, अल्ट्रासाउन्ड आदि सेवा अस्पतालमा
उपलब्ध छ । यस अस्पतालमा दुईजना एमबीबीएस डाक्टर, स्टाफ नर्स, अनमी र स्वास्थ्य सहायकहरू कार्यरत छन् । अस्पताललाई गैरनाफामूलक रूपले सामुदायिक अस्पतालका रूपमा सञ्चालन गर्न दोलखा जिल्ला विकास समितिको स्वामित्वमा सञ्चालन गरिने व्यवस्था छ । हाल अस्पताल व्यवस्थापन समितिसँग सम्झौता गरी हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाबहिल, काठमाडौंले अस्तपताल सञ्चालन गरिरहेको छ । दोलखा–१ का सभासद् पार्वत गुरुङ सिंगटी अस्पताल उत्तरी क्षेत्रका बासिन्दाका लागि वरदान भएको बताउँछन् ।
सुरुमा बिरामीहरूबाट उठेको रकमले मात्र सञ्चालन खर्च नपुग्ने हुँदा जिविस दोलखा, सम्बन्धित गाविस, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी तथा अरू संघ÷संस्थाले सहयोग दिँदै आएका छन् । नेपाल सरकारबाट पनि अनुदान सहयोग वार्षिक रूपले दिनुपर्ने व्यवस्थापन समितिका अध्यक्ष आत्मकृष्ण श्रेष्ठको भनाइ छ । यो अस्पतालबाट दोलखा जिल्लाका उत्तरी भेगका ८० हजार जनताले सेवा पाउने छन् । अस्पतालका लागि आवश्यक जग्गा शिशिरघारी वन उपभोक्ता समितिले निःशुल्क प्रदान गरेको छ भने प्रवेश मार्ग, खानेपानीको व्यवस्था जिविसको अनुदानबाट निर्माण भएको छ र नेपाल विद्युत् प्राधिकरणले बिजुली लाइन निर्माण गरिदिएको छ । अस्पतालमा टेलिफोन तथा इन्टरनेट सेवा पनि उपलब्ध छ । सिंगटी अस्पतालमा उपचार हुन नसकेको बिरामीहरूलाई हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चाबहिलमा सहुलियत दरमा सेवा दिइने जानकारी हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालका कार्यकारी निर्देशक डा. गुप्तबहादुर श्रेष्ठले दिए ।

Thursday, March 20, 2014

प्रहरीमा काविल अधिकृत खोज्दा

 गणेश बस्नेत
नेपाल प्रहरीमा अहिलेसम्म सबैभन्दा बढी चर्चामा रहेका व्यक्ति हुन्, पूर्वआईजीपी अच्यूतकृष्ण खरेल । त्यही कारण पदमा रहँदा मात्र होइन, अवकाशपछि पनि खरेल धेरै प्रहरी अधिकृतका लागि आदर्श बनेका छन् । आफ्नो सेवा अवधिमा कानुनभन्दा बाहिर गएर कसैसँग सम्झौता नगर्ने शैलीकै कारण ३६ दिनमै आईजीपीबाट हट्न पनि तयार भएका थिए, उनी । तर, अदालतबाट फर्केपछि भने उनले धेरै सम्झौता गरे । त्यसअघिका अघिकांश समय खरेलले अपराध र गुन्डागर्दी नियन्त्रण र सजाय दिलाउने काममै केन्द्रित गरेका थिए । आफ्नो कार्यकालमा जुनसुकै तहमा रहँदा पनि गुन्डागर्दी नियन्त्रणमा खरेलले कुनै कसर बाँकी राखेनन् । यतिसम्म कि दरबारनिकट रहेर जनतामाथि आतंक फैलाउने कतिपय
‘शक्तिशाली’ले समेत खरेलबाट उन्मुक्ति पाएनन् । त्यसैको परिणाम अधिकांश पूर्वआईजीपी सेवा निवृत्त भएपछि गुमनाम देखिए । तर, खरेल भने लामो समयसम्म चर्चामा आइरहे । अहिले पनि प्रहरीको कुनै काबिल अधिकृत छ भने खरेलले राम्रा ठानेकै अधिकृत अगाडि छन् । अपराधीमाथि जबर्जस्त आतंक बन्ने खरेलको त्यो कार्यशैली नेपालको अपराध नियन्त्रणमा निकै बलशाली भएको तथ्यले नै बोलिरहेको छ । त्यही कार्यशैली अपनाउने प्रहरी अधिकृतमाथि नै अहिले समाजले भरोसा गर्न थालेको छ ।
आईजीपी रहँदा निवासमा भएको एउटा अनौपचारिक वार्तामा खरेलले भनेका थिए, ‘तपाईंहरू किन हो, प्रहरीमा सबै अयोग्य र नालायक मात्रै देख्नुहुन्छ, तर मेरो नजरमा त नालायकभन्दा लायक नै बढी छन् । त्यसमध्ये पनि कुमार कोइराला, ज्ञानेन्द्र महत, भरत जिसी, नवराज ढकाल र उपेन्द्रकान्त अर्यालहरू निकै काबिल अफिसर हुन् । त्यसपछि अलि तल्लो ब्याजको कुरा सुन्नुहुन्छ भने डीएसपी सर्वेन्द्र खनाल, रमेश खरेल र धिरु बस्नेतलाई कसैले औंला ठड्याउन सक्दैन । यिनीहरूलाई जहाँ जे जिम्मेवारी दिएर पठाए पनि सबै कुरामा ढुक्क भए हुन्छ । समाजमा राम्रो छाप छोडेरै आउँछन् । यिनीहरूको काम गर्ने शैली र अनुसन्धानको पाटो निकै मजबुत र राम्रो छ । यसमध्ये पनि प्रमाणमूलक अनुसन्धानमा सर्वेन्द्र सबैभन्दा काबिल मान्छु ।’ आईजीपीको कुर्सीमा रहेको बेला  खरेलले नाम लिएकामध्ये उपेन्द्रकान्त अर्याल यतिबेला प्रहरी महानि™ीक्षक छन् । त्यसबाहेक अन्यले अवकाश पाए पनि तत्कालीन अवस्थामा डीएसपी रहेका खनाल, खरेल र बस्नेत अहिले एसएसपीका रूपमा कार्यरत छन् । तिनमध्ये खरेल (रमेश) काठमाडौं प्रहरी प्रमुखको भूमिकामा छन् । खनाल नारायणी अञ्चल र बस्नेत क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलको नेतृत्व गरिरहेका छन् । तत्कालीन आईजीपी खरेलले भनेजस्तै तिनैजनाले आफ्नो क्षेत्रमा निकै राम्रो काम गरिरहेको पाइन्छ । मध्यरातमा आफैं आएर कुख्यात अपराधी पक्राउ गर्नेदेखि अपहरणका™ीलाई रातभर घेराउ गरेर बालकको सकुशल उद्धार गर्दै खनालले आफ्नो अब्बल क्षमता प्रमाणित गरेका छन् ।
खरेलले गुन्डा तह लगाउने आफूभन्दा अगाडिका काठमाडौं प्रहरी प्रमुखको अभियानलाई निरन्तरता दिएर वाहवाही कमाएका छन् । घुस दिएर प्रहरीमा भर्ना हुन खोज्दा परीक्षामै सहभागी हुन नदिएर बस्नेतले पनि आफ्नो कबिलपन प्रस्तुत गरेका छन् । डीएसपी रहँदा पैसा कमाउने अखडाका रूपमा परिचित बाग्मती अञ्चलको लाइसेन्स फाँट प्रमुख रहेका बस्नेतले भ्रष्टाचारीलाई मात्र यो ठाउँ ठीक छ भन्दै माओवादी आतंकबाट तर्सिएर कोही जान नमान्ने मध्यपश्चिमको पहाडी जिल्लामा सरुवा मागेर गएका थिए । तत्कालीन आईजीपी खरेलले भनेका शब्दहरू अहिले पनि कानमा गुन्जिरहेको छ । नाम लिएका प्रहरी अधिकृतले गरेको काम र समाजमा छाडेको छापकै कारण पत्रकारिताका मेरा गुरु तथा छलफल साप्तहिकका सम्पादक गोपाल थपलियालाई साक्षी राखेर खरेलले बोलेका ती शब्दहरू धेरै वर्षपछि पनि स्मरण भइरहेका छन् । यतिबेला नेपाल प्रहरीभित्र मात्र होइन, आमनागरिकबीच पनि एसएसपी रमेश खरेलको चर्चा निकै छ । कुनैबेला आफ्नो सबै समकालीन प्रहरी अधिकृतलाई छायाँमा पार्ने पूर्वप्रहरी महानि™ीक्षक अच्यूतकृष्ण खरेललाई पनि माथ गरेका छन्, रमेश खरेलले यतिबेला । गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकताको सूचीमा राखेकै कारण राजधानीमा रमेश खरेलको चर्चा चुलिएको छ ।
राजधानीमा गुन्डागर्दी नियन्त्रणको मिसनमा रहेका एसएसपी रमेश खरेल नेपाल प्रहरीभित्रका निकै काबिल अधिकृत हुन् भन्नेमा कसैले द्विविधा छैन । तर, उनी प्रमाणमूलक अनुसन्धानको पाटोमा भने निकै चुकेको पाइन्छ । हरेक जिल्लामा पक्राउ पर्ने ज्यादा तर मुद्दा जित्ने कम भएबाटै यसको पुष्टि हुन्छ । यी दुवै पाटोमा खरेलकै ब्याजी रहेका एसएसपी सर्वेन्द्र खनाल निकै सक्षम देखिएका छन् । काठमाडौंदेखि जनकपुर हुँदै नारायणी क्षेत्रमा देखाएको अपराध नियन्त्रणको पाटोले उनको काबिलपन झल्काउँछ । सबै तर्सिरहेका बेला काठमाडौंमा खनालले नै गुन्डागर्दीविरुद्ध निर्मम अपरेसन सुरु गरेका हुन् । खरेलले त खनालकै बाटो अवलम्बन गरेका हुन् । फरक यत्ति हो, खरेल मिडियामा हिरो भए, तर खनाल प्रमाणमूलक अनुसन्धान र गुन्डागर्दी नियन्त्रणको हिरो बने पनि मिडियामा कमजोर देखिए । गुन्डागर्दी नियन्त्रणमा रमेश खरेलले सफलता पाउनुमा काठमाडौंमा विगतमा नेतृत्व गरेका केही अधिकृतको भूमिका सबैभन्दा बढी छ । काठमाडौं प्रहरीको नेतृत्व गर्दा सर्वेन्द्र खनाल, नवराज सिलवाल र पुष्कर कार्कीले गुन्डागर्दीविरुद्ध निकै सशक्त कदम चाले । उनीहरूले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मको आदेश अस्वीकार गर्दै गुन्डागर्दीविरुद्ध निर्ममतापूर्वक आपूmलाई उभ्याउँदा खरेललाई जस्तो साथ दिने सर्वसाधरण र मिडियासमेत थिएनन् । खरेल निकै भाग्यमानी रहेछन्, खनाल, सिलवाल र कार्कीले मरुभूमिमा रोपेर हुर्काएको वृक्षको फलको स्वाद लिइरहेका छन् । खरेलअघि काठमाडौं आएका केही प्रहरी प्रमुखहरूले कतिपय अवस्थामा आफ्नै संगठन प्रमुखको आदेशलाई समेत अवज्ञा गर्दै मुद्दा चलाएका थिए ।
राजधानीमा आतंक मच्चाइरहेका बाघेदेखि घैटेसम्म, मनाङेदेखि काभ्रेली समूह र लामासम्मलाई पक्राउ आदेश मात्र जारी नगरी आफै सर्च अभियानमा निस्कँदा खनालले ठूलै दबाबको सामना गरेका थिए । सरुवा भए होस् तर गुन्डा छाडिन्न भन्ने अडान लिएका थिए, खनालले त्यसबेला । महानगरीय आयुक्तको कार्यालय प्रमुख नै बाधक बन्दासमेत खनाल झुकेनन् । उनले कसैको दबाबमा नपरी गुन्डागर्दी नियन्त्रणलाई आफ्नो मिसन बनाए । यतिसम्म कि खनालले तत्कालीन समयमा राजनीतिक आवरणमा आतंक मच्चाएका बाघेलाई पक्राउ गर्न काठमाडौं परिसरमा कार्यरत डीएसपी नरेन्द्र उप्रेती, कालिमाटीका सुरेश गिरी र बालाजु वृत्तका कञ्चन थापालाई गोली हान्ने आदेश दिएरै पठाएका थिए । त्यसमध्ये फेला परे पनि हात कामेर हान्न नसकेको जवाफ कालिमाटी वृत्तमा कार्यरत डीएसपी गिरीले दिएका थिए । कञ्चनले पनि वरपर थुपै्र सर्वसाधरण रहेकाले गोली हान्न उचित देखिएन भन्दै फर्किएका थिए । कञ्चनबाहेक अन्य दुई व्यक्ति अझै प्रहरी अधिकृतकै रूपमा कार्यरत रहेकाले यो विषयलाई थप भनिरहनु परेन । अनुसन्धानमा हिरो, प्रचारमा जिरो शैली अपनाउने खनालको त्यो शैलीले राजधानीको गुन्डागर्दीमा निकै कमी आएको तथ्यले देखाउँछ ।
अहिले पनि राजधानीमा जति गुन्डा पक्राउ परेका छन्, त्यसबेला ती सबै या त राजधानी छाडेका थिए, या त जेलमा थिए । काठमाडौंको नेतृत्व गरेका हालका पूर्वाञ्चल प्रमुख रहेका डीआईजी नवराज सिलवालले पनि गुन्डागर्दी नियन्त्रण अभियानलाई निरन्तरता दिएर थप उचाइमा पु¥याएका हुन् । उनले ठेक्कापट्टाको टेन्डरमा हुने गुन्डागर्दीलाई समेत छाडेनन् । तत्कालीन समयमा सबैलाई आतंकित पारेको वाईसीएलका काठमाडौंका नेतालाई छाड्न प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले दिएको आदेशसमेत अस्वीकार गरी मुद्दा चलाउने आँट सिलवालले गरेका थिए । प्रहरी महानिरीक्षकले नै छाड्नभन्दा समेत उनले लिखित आदेश मागेर आफ्नो अभियान रोकेनन् । ‘गुन्डा छाड्दा पहिलो असफल म देखिन्छु, म असफल हुनु भनेको प्रहरी असफल हुनु हो, प्रहरी असफल भनेको त प्रधानमन्त्री नै असफल भन्ने हो, यसलाई बुभ्mनुप¥यो भन्दै दाहाललाई सिलवालले आफ्नो काममा बाधा नदिन सुझाएको कुरा अहिले पनि प्रह™ीभित्र चर्चा हुनेगर्छ । खनाल र सिलवालजस्तै ™ाजधानीको गुन्डागर्दी नियन्त्रणमा मिसन चलाउने अर्का काबिल अधिकृत हुन्, पुष्कर कार्की । अहिले खरेलले निकै चर्चा बटुलेका मिस्टर ब्याजका नामले चिनिने महेश सिंहलाई पक्राउ गरेपछि तत्कालीन आईजीपी रमेशचन्द ठकुरीले कार्कीलाई काठमाडौंबाटै सरुवा गरेर बदला लिएका थिए । राम्रो काम गरेबापत सरुवाको कारबाहीमा नपरेको भए कार्कीले सिंहको अपराध त्यसैबेला समाप्त पार्ने थिए । अर्थात् सिंह कानुनको दायरामा परिसक्ने थिए । अर्का मिस्टर ब्याजका नामले परिचित वीरेन्द्रलाल श्रेष्ठ पनि कानुनको दायरामा आइसक्ने थिए ।
तत्कालीन आईजीपी ठकुरीले अप™ाधीसँग मिलेर गरेको त्यो अपराधका कारण सिंह भर्खरै पक्राउ परे पनि श्रेष्ठ जोगिएकै छन । कार्कीलाई फालेपछि अरूले हिम्मत गरेका थिएनन्, खरेलले गरेकै कारण अहिले चर्चा चुलिएको हो । तर, खरेलले नेतृत्व गरेको काठमाडौं परिसर मातहतकै दरबारमार्ग वृत्तका डीएसपी राजकुमार सिलवालको भूमिकालाई लिएर अहिले पनि गम्भीर प्रश्न उठिरहेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत रहँदा गुन्डा नाइके कुमार घैंटेलाई पक्राउ गरी आठ तोलाको सुनको सिक्री गायब पारेको, पछि उनैसँग दोस्ती बढाएको र आर्थिक लेनदेनमा मुछिएको आक्षेपबारे सिलवालले केही बोलेका छैनन् । न त खरेलले नै कहीं कतै जवाफ दिएका छन् । उनले अहिले पनि खरेलको नजिक भएर एउटा समूहलाई मात्रै टार्गेट बनाएको कुरा आइरहेको छ । एउटा पक्षलाई छुँदै नछुने कुरा साँचो हो भने खरेलले अघि बढाएको गुन्डागर्दी नियन्त्रण सम्भव छैन । खरेलको सहयोगी रहेका परिसरकै केही व्यक्तिमाथि पनि एकतर्फी अनुसन्धान गर्ने गरेको आक्षेप लागेको छ । यसतर्फ भने खरेल स्वयं नै सचेत हुन जरुरी छ । अब प्रमाणमूलक अनुसन्धान गर्दै सिंगो काठमाडौंलाई अपराधमुक्त बनाउन खरेलको ध्यान जानुपर्छ । जति चर्चा कमाउनु थियो, त्योभन्दा बढी भइसक्यो, अब खरेलले प्रमाणमूलक अनुसन्धान गर्दै अभियुक्तलाई जेलको लामो यात्रामा पठाउनेतिर ध्यान दिन सक्नुपर्छ । नेपाल प्रहरीभित्र काबिल अधिकृत खाोज्दा अरू पनि थुप्रै रहेका छन् । फरक यत्ति हो, उनीहरूले अहिलेसम्म भूमिका पाएका छैनन् । नयाँ गृहमन्त्री र आईजीपीले यो कुरा बुझे भने अबको केही महिनाभित्र नेपालबाट गुन्डागर्दी अन्त्य हुनेछ ।
राजधानी दैनिकमा २०७० चैत ६ मा प्रकाशित लेख