Sunday, February 15, 2015

बिवाह मण्डपबाटै बेहुला भागेपछि...

आफैले मन पराएर जीवन साथी बनाउन लागेकी बेहुली छाडेर बेहुला नै मन्डपबाटै भाग्यो भन्दा पत्याउन निकै गह्रो पर्छ । तर शनिवार काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा यस्तै अपत्यारिलो घटना भएको छ ।
तामझामका साथ आएका झापाका एक युवक आधा बिवाह सकिएपछि मण्डपबाटै भागेका छन । कुनै कारण नै नबताई बेहुला भागेपछि बेहुली पक्षधर भने मर्माहत बन्न पुगेका छन । झापा कुमरखोद स्थायी घर भएका नेत्रप्रसाद काफ्ले शनिवार दिउसो पागलको नाटक गरी बिवाह मन्डपबाट भागेका हुन । उनी बेहुला बनेर झापा बुधबारे स्थायी घर भई हाल गुहेश्वरी बस्दै आएकी खतिवडा थरकी युवतीलाई बेहुली बनाएर आफ्नो धर भित्र्याउन राम मन्दिर आएका थिए । विवाहका लागि सबै सामाग्री तयार पारी जन्तीसहित बेहुली लिन राम मन्दिर पुगेका बेहुला काफ्ले एक्कासी पागलको नाटक गरी मण्डप छाडेर हिडेका हुन । ‘पागल भएको नाटक गरी उनी विवाह मण्डपबाट एक्कासी बेहुला (काफ्ले) भागे,’ घटनाका प्रत्यक्षदर्सीले राजधानीसँग भने । बेहुला मण्डप छाडेर हिडेपछि बेहुलीका आफन्त न्याय माग्दै प्रहरी कार्यालय पुगेका छन् ।
स्थानीय प्रत्यक्षदर्सीका अनुसार तामझामसाथ मन्दिर प्रवेश गरेका बेहुला काफ्लेको केटी पक्षले स्वागत सत्कार पनि राम्रै गरेका थिए । तर के कुरामा चित्त बुझेन कुन्नी ? उनी त विवाह आधी सकिना लाग्दा पागलको जस्तो नाटक गर्न थाले ।  त्यति मात्र होइन, विवाह मण्डप नै छाडेर हिडेपछि बेहुली पक्षका आफन्तहरु समस्यामा परेका हुन । मन्दिरमा बेहुलाले गर्ने कर्म गरिरहेकै बेला उनी एक्कासी पागल भएको नाटक गर्न पुगे । अभिनय गरिरहेका बेहुला मण्डप नै छाडेर हिडेपछि जन्ती र केटी पक्षका आफन्तहरु अलमल भएका थिए ।  बेहुला काफ्ले मण्डप छाडेपछि आफन्तहरुले उनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगेका थिए । तर अस्पतालले काफ्लेमा कुनै रोग देखा नपरेको बताएको छ । उनलाई कुनै रोग नलागेको भन्दै अस्पतालले पठाएपछि बेहुली पक्षका आफन्तहरुले महानगरीय प्रहरी वृत्त गौशलामा उजुरी दिएका छन् ।
गौशला वृत्तका प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीका अनुसार शनिवार साँझ बेहुलाले मण्डप छाडि हिडेको उजुरी परेको थियो । प्रहरीले साँझ दुवै पक्षलाई छलफलका लागि बोलाएको भएपनि बेहुलाले किन मण्डप छाडेको भन्नेबारे केही खुलेको छैन । काफ्लेले पनि प्रहरीसँगको छलफलमा केही बताएका छैनन । बेहुली पक्षले आफूहरुको सबै सामानको नोक्सानप्सँगै आफ्नो अपमानसमेत भएको तथा खर्च गराउने मात्र मनशाय देखिएको भन्दै कडा कारवाहीको माग गरेका छन् । ‘स्वास्थ्यमा समस्या भएको भए पनि आजलाई विवाह गर्न सकिदैन भन्ने जानकारी दिएको भए हामी मान्ने थियौं, यो त हामीलाई अपमान गरेर खर्च गराउने नियत देखिएको छ’, बेहुली पक्षले प्रहरीमा दिएको उजुरीमा भनिएको छ । प्रहरी निरीक्षक ओलीका अनुसार बेहुलामा स्वास्थ्य समस्या नभएकाले अस्पतालबाट डिस्चार्ज गरी उनलाई प्रहरीमा ल्याइएको हो । ‘आज (शनिवार) छलफलका लागि प्रयाप्त समय भएन, भोली (आइतवार) पुनः छलफल गर्ने गरी आफन्तको जिम्मा लगाएर दुवै पक्षलाई पठाइएको छ,’ ओलीले भने । प्रहरीसँगको छलफलमा बेहुली पक्षले काफ्ले फेरी बेहुला भएर आफूहरु कहा आउन नसक्ने जनाउदै समाजिक प्रतिष्ठा र आफ्नो संस्कृतिको समेत ख्याल गर्नुपर्ने भएकाले उनलाई कडा कारवाहीको माग गरेका छन् । तर बेहुला भने केही नबोली चुप लागेर बस्ने गरेको प्रहरीको भनाई छ ।
२ फागुन,२०७१

Tuesday, February 10, 2015

संविधानमा छाड्नै नसकिने पाँच आधार

एमाले अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतसहित अन्तर्राष्ट्रिय समुदाय वर्तमान सरकार र सत्तारूढ दलले अघि बढाएको कदमकै पक्षमा उभिएको प्रस्ट पारेका छन्। एकीकृत नेकपा माओवादीसहित विपक्षी मोर्चाले अन्तर्राष्ट्रिय समुदायको सुझावलाई समेत बेवास्ता गरी संविधान निर्माण प्रक्रिया अघि बढाइएको आरोप लगाइरहेका बेला ओलीले भारतसहित सबै अन्तर्राष्ट्रिय समुदायले आफूहरूले अघि बढाएको कदमलाई नै साथ दिइरहेको प्रस्ट पारेका हुन्।
ओलीस“गको भेटमा नेपालस्थित विभिन्न मुलुकका राजदूतहरूले संविधान निर्माणका सन्दर्भमा बढी चासो व्यक्त गर्दै आएका छन्। आफूसँगको भेटवार्तामा अन्तर्राष्ट्रिय समुदायले संविधान निर्माणका सन्दर्भमा सरकार र सत्तारूढ दलहरूले अघि बढाएको कदमको खुलेर समर्थन गरेको जनाउ ओलीले दिएका हुन्। कांग्रेस र एमाले लोकतन्त्रको पक्षमा दृढताका साथ उभिएका कारण छिमेकी मुलुक भारत त आफूहरूको विरुद्धमा जानै नसक्ने आधारसमेत ओलीले प्रस्तुत गरे। ‘भारत सदैव नेपाली जनता र नेपालको राष्ट्रिय हितको पक्षमा उभिन्छ,’ सोमबार आयोजना गरिएको दैनिक पत्रिका र केही अनलाइन सम्पादकहरूसँगको अनौपचारिक छलफलमा अध्यक्ष ओलीले भने।
राणाशाहीविरुद्ध आन्दोलन अघि बढाउँदादेखि नै लोकतान्त्रिक पक्षमा अन्तर्राष्ट्रिय समुदाय रहेको र अहिले पनि लोकतान्त्रिक बाटोमा हिँडेका कारण सत्तामा रहेका दलहरूसँग भारतको सम्बन्ध सुमधुर रहेको भन्दै ओलीले कसैले चाहेर पनि त्यो सम्बन्ध बिगार्न नसक्ने ठोकुवा गरे। ‘नेपाल र भारतका बीचमा सम्बन्ध बिगार्न यस जमानामा कसैले सक्छ भन्ने म पत्याउँदै पत्याउँदिनँ। कोही–कोहीले बिगारेरै छाड्छु भनेरै लाग्यो भने पनि सक्दैन,’ ओलीले भने, ‘हाम्रो सम्बन्ध कूटनीतिक छ, आर्थिक छ, सामाजिक छ, सांस्कृतिक छ, ऐतिहासिक छ, प्राकृतिक छ, त्योभन्दा अगाडि नेचुरल छ, यसलाई बिगार्न सम्भव नै छैन।’
नेपाल र भारतबीचको यस्तो नेचुरल (प्राकृतिक) सम्बन्ध रहेकाले कसै–कसैले फाइदा लिन खोज्नु स्वाभाविक भएको पनि उनले प्रस्ट पारे। ‘सम्बन्ध बिगार्न नै सम्भव छैन भने बिग्रने त कुरै भएन। अब कसले कति आफ्नो हितमा प्रयोग गर्न सक्छु भन्ने कुरा बल गर्छ मान्छेले, अलि–अलि व्यक्तिगत हितमा प्रयोग पनि गर्लान् तर भारत नेपालको आधारभूत राष्ट्रिय हित, जनहित, लोकतन्त्रमा प्रतिकूल असर नपर्ने गरी मात्रै चल्छ भन्ने कुरा थाहा पाउनुपर्छ, भारत त्यसरी नै चल्छ।’
भारतले नेपालको हित र यहाँको जनताको आवाजलाई सदैव साथ दिएको भन्दै ओलीले त्यसलाई बिगार्ने सपना नदेख्न सबैलाई आग्रहसमेत गरे।
‘भारत यो देश, यस देशको सार्वभौमसत्ताको सम्मानलाई ध्यानमा राखेर यस देशसँगको सम्बन्ध नबिग्रने गरी, यसको अहित नहुने गरी मात्रै कसैसँगको सम्बन्ध अघि बढाउँछ,’ ओलीले भने, ‘अब डिप्लोमेसीमा अप्रिय कुरा त गर्दैन होला । भेट्नासाथ उसले पाखुरा किन खैचिनुप¥यो र ? त्यसकारण मिठै कुरा गरेर पठाइदिन्छ ।’
ओलीले भारत सरकार, भारतीय जनताको बौद्धिक समुदाय, भारतीय प्रेस, भारतीय राजनीतिक पार्टीमा नेपाल–भारत सम्बन्धबारे राम्ररी बुझ्ने सामथ्र्य रहेकाले अनावश्यक भ्रम पाल्न जरुरी नभएको पनि बताए ।
संविधान निर्माणका सवालमा आफूहरूले अघि बढाएको मान्यता र प्रक्रियाबाट अन्य अन्तर्राष्ट्रिय समुदायको भ्रम पनि अब हटेको ओलीले प्रस्ट पारे । ‘नेपालको अहिलेको सरकारप्रति, सरकारमा रहेका पार्टीहरूप्रति, सरकारमा रहेका पार्टीहरूले अगाडि बढाएका कदमहरूप्रति अन्तर्राष्ट्रिय समुदायको अत्यन्तै सकारात्मक दृष्टिकोण छ,’ ओलीले भने । कसैले पनि भ्रम पार्न नसकून् भनेर राजदूतहरूलाई बेला–बेलामा बोलाएर सरकार र सत्तारूढ दलले ब्रिफिङ गरेको जानकारी उनले दिए ।
‘किन बोलाइयो एम्बेस्डर (राजदूत) भन्ने कुराको हकमा हामीले कहिले–कहिले परिस्थितिबारे जानकारी दिनुपर्छ । यथार्थ अवस्था बताउनुपर्छ ।
विभिन्न मान्छेले दिग्भ्रमित बनाएको हुन सक्छ । राजदूत भनेको अर्काे देशबाट आएको र अर्काे भाषा बोल्ने मान्छे हो । यहाँ उनको भाषा राम्रै बोल्न जान्नेले अर्कै कुरा भनेको पनि हुन सक्छ । यस्तो बेला भ्रम नपरोस् भनेर हामीले बिफ्रिङ गर्नुपर्छ,’ ओलीले भने, ‘हाम्रो प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले गरेको ब्रिफिङ कसैले समर्थन गरेनन् भनेर वा समर्थन प्राप्तिका लागि होइन, हामीलाई प्राप्त समर्थन कतै केही धरमर नहोस् भन्नका लागि हो ।’ अध्यक्ष ओलीले भारतसँग एमाले र आफ्नो पनि सुमधुर सम्बन्ध रहेको प्रस्ट पारे । ‘एमालेसँग सम्बन्ध बिग्रियो भन्छन् कोही–कोही, त्यस्तो भ्रममा नपर्दा हुन्छ, भारतसँगको हाम्रो सम्बन्ध राम्रो छ । सधैं राम्रै रहन्छ,’ ओलीको भनाइ थियो ।

संविधानमा छाड्नै नसकिने पाँच आधार

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा पाँचओटा आधार छाड्नै नसकिने प्रस्ट पारे । ‘पहिलो– हिंसातर्फ देशलाई नधकेल्ने, शान्तितर्फ देशलाई लैजाने संविधान हुनुपर्छ । दोस्रो– तानाशाहीतर्फ देशलाई नधकेल्ने, लोकतन्त्रतर्फ देशलाई अगाडि लैजाने संविधान हुनुपर्छ । तेस्रो– असमानता र विभेदतर्फ धकेल्ने होइन, सामाजिक न्याय र समानतासहितको समतामूलक समाज निर्माण गर्ने संविधान हुनुपर्छ,’ ओलीले भने, ‘चौथो– देशलाई विद्वेष, कलह, विखण्डनतर्फ होइन, राष्ट्रिय एकता कायम गर्ने संविधान र पाँचौं– पछौटेपन, गरिबी हटाएर जनतालाई समृद्धितर्फ लैजाने संविधान हुनुपर्छ ।’ ओलीले यी पाँच आधार भएको संविधान निर्माण गर्ने कुरा कसैको विरोधमा नभई मुलुकको हितमा भएको प्रस्ट पारे ।

एमाओवादीलाई क्रस गरिन्न

ओलीले आफूहरू सहमतिबाटै संविधान जारी गर्ने प्रयासमा रहेको प्रस्ट पार्दै एमाओवादीलगायतका विपक्षी दलले लगाएको आरोप अस्वीकार गरे । ‘संविधान निर्माणमा हामी सहमतीय प्रक्रियामा छैनौं भन्ने आरोप बिल्कुलै गलत हो, हामी सहमतीय प्रक्रियाबाटै जान चाहन्छौं, एउटा मात्रै दलको हैसियत दुई तिहाइ नभएपछि सहमतिमा संविधान जारी गर्नेभन्दा अर्काे बिकल्प छैन,’ ओलीले भने । उनले संविधान निर्माणमा एमाओवादीलाई क्रस गर्नै नचाहेको प्रस्ट पारे ।
‘एमाओवादीलाई संविधान निर्माणमा सहमत गराउने प्रयासमा छौं, त्यसैले क्रस गरेर जान बिल्कुलै चाहन्नौं, क्रस गर्न पनि सकिँदैन,’ ओलीले भने । उनले आफूहरू सत्ता र शक्तिभन्दा पूर्ण सत्यमा विश्वास गर्ने भएकाले संविधानमा सत्य मात्र स्थापित गर्न चाहिरहेको प्रस्ट पारे ।

पहाड र तराई साथसाथ

एमाले अध्यक्ष ओलीले संघीयतामा जाँदा टिकाउ हुने गरी सकेसम्म थोरै प्रदेश होस् भन्ने आफूहरूको चाहना रहेको बताए । उनले प्रदेश निर्माणको नाममा पहाडबाट तराईलाई छुट्ट्याउनै पर्ने तर्कमा भने सहमति हुनै नसक्ने घोषणा गरे । ‘सिंगै तराईलाई पहाडबाट अलग गराउनुपर्छ भन्ने कुरा नेपालको हितमा छैन, यस्तो अनुचित कुरा हामी स्वीकार गर्दैनौं,’ ओलीले भने, ‘पहाड र तराईलाई एक ठाउँमा रहनै नदिने लामो योजना, पुरानो योजनाको अर्थ हामी बुझ्छौं, कतिपयले किन उपनिवेश भनेका छन् भन्ने कुरा पनि बुझिएको छ, त्यो अन्जानमा भनेको होइन, जानी–जानी भनिएको हो, यसप्रति सबै नेपाली सजग र सतर्क हुनुपर्छ ।’

धर्मनिरपेक्षता सबै धर्मप्रतिको सद्भाव

ओलीले मुलुकमा मानिएको सबै धर्मप्रतिको सद्भाव कायम गर्न धर्मनिरपेक्षता भनिएको पनि प्रस्ट पारे । ‘राज्यले सबै धर्मप्रति सद्भाव राख्छ भनिएको हो, सबै धर्म समान हो, भेद्भाव गरिन्न भनिएको हो, कसैले कसैको धर्म बलजफ्ती परिवर्तन गर्न पाइँदैन भनिएको हो,’ ओलीले भने, ‘यसको अर्थ परापूर्वकालदेखि स्वतः विकसित सभ्यताको विरोध र गरिबीको फाइदा उठाएर अरू धर्म जबर्जस्ती थोपर्ने कुरा होइन, नेपाल कसैको कल्चरल मैदान बन्न सक्दैन ।’
चश्मा र टोपीको गिभ एन्ड टेक 
एमाओवादी र मधेसी मोर्चासाग छलफल बन्द भइरहेको बेला अहिले सत्तापक्षलाई गिभ एन्ड टेक गरेर अघि बढ्न सुझाव आइरहेका छन् । ओलीसमक्ष त्यस्ता सुझाव नआउने कुरै भएन । यसबारेमा छेउमै बसेका दुई पत्रकारलाई देखाउादै ओलीले भने– मैले कुन्दनजी (अर्याल) को टोपी र चश्मा खोसेर लिएा । अनि उहााले आफ्नो सामान फिर्ता माग्नुभयो । मैले दिन मानिना । अनि नारायणजी (वाग्ले) अघि सरेर के को झगडा गरिरहेको ? गिभ एन्ड टेक गर न भन्नुहुन्छ ? केमा गिभ एन्ड टेक गर्नुहुन्छ कुन्दनजी–टोपीमा कि चश्मामा ?’ ओलीले मुलुकको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता, साम्प्रदायिक सद्भाव र जातीय एकतामा कुनै हालतमा सम्झौता नहुने दोहोर्‍याए । 
नक्कली र सक्कली आमा 
पछिल्लो दिनमा एमाओवादी र मधेसी मोर्चाले गत ०६९ जेठ २ गते दलहरुका बीचमा भएको सहमतिलाई आधार बनाउन माग गरिरहेका छन् । त्यतिबेला एमाओवादी ठूलो दल भएको बेला गरिएको सहमति अहिले मान्न कांग्रेस–एमाले तयार छैनन् । शक्ति सन्तुलनमा आएको परिवर्तन र त्यही कारण आम मनोविज्ञानमा देखिएको फेरबदलका कारण अहिले पुराना ‘गलत कुरा मान्न आफूहरु तयार नरहेको’ ओलीले स्पष्ट पारे । विगतमा भएका अनुचित सहमतिहरु मान्नैपर्ने बाध्यता नरहेको भन्दै ओलीले दुई आमाको झगडाको कथा सुनाए । दुई जना महिलाले एउटा बच्चा आफ्नो सन्तान भएको दावी गरे । मुद्दा न्यायाधीशकोमा गयो । दुबैको दावी सशक्त थियो । न्यायाधीशले फैसला गर्न सकेन । अनि उसले एउटा उपाय निकाल्यो र भन्यो– ‘अब यो बच्चा आधा आधा गर्ने र तपाईंहरुले त्यही आधा आधा लिएर जाने ।’ एक महिलाले तुरुन्तै भनिन्– ‘श्रीमान्, मलाई आधा नै भए पनि मेरो छोरो चाहिन्छ । ठीक छ ।’ तर, तुरुन्तै अर्की महिलाले भनिन्– ‘श्रीमान्, यो छोरालाई आधा आधा नगरियोस् । यो बच्चा त्यसैलाई दिइयोस् । मेरो बच्चा होइन, त्यसैको बच्चा हो ।’ ‘विगतमा हामीले त्यसैगरी बच्चा दिनुपरेको थियो’– ओलीले भने– ‘कम्तीमा बच्चा त बााच्न पाउाछ, उसैको छोरो भए पनि जीवन त रहन्छ भनेर हामीले पनि कतिपय अनुचित सम्झौतामा हस्ताक्षर गरेका थियौं ।’ 
 छ दार्शनिक र एक माझीको नियति 
एमाओवादीले भन्दैमा जनता सडकमा नआउने र फेरि उसले भन्दैमा जनयुद्ध नहुने भन्दै ओलीले ठीक बेलामा जनताले ठीक जवाफ दिने गरेको सम्झाए । ‘सबै जनताले पढेका छैनन्, लेख्न जान्दैनन्, दर्शन बुझेका छैनन्’– ओलीले भने– ‘तर निर्णय गर्ने बेलामा जनताले सही निर्णय गर्छन् ।’ अघिल्लो संविधानसभामा भएको गल्ती जनताले आफैं पछिल्लो निर्वाचनबाट सच्चाएको भन्दै ओलीले त्यसलाई ‘जन करेक्सन’ को संज्ञा दिए । ओलीले ६ जना दार्शनिक र एकजना माझीको कथा यसरी सुनाए– छ जना दार्शनिक एउटा डुंगा चढेर समुद्र पार गर्दै रहेछन् । एउटा दार्शनिकले सोधेछ– ‘ए, माझी तिमीले दर्शनका बारेमा सुनेका छौ ?’ माझीले अहिलेसम्म त्यस्तो शब्दै सुनेको थिइना हजुर भनेछ । अनि अर्काले अन्तरिक्षका बारेमा सुनेका छौ ? भनेर सोध्दा पनि माझीले केही थाहा छैन भनेछ । सोधेका कुनै कुरा नजानेपछि सबैले भनेछन्, तिमीलाई केही थाहा रहेनछ, तिम्रो आधा जीवन बेकार रहेछ । विस्तारै आाधी आउन थालेछ । अनि डुंगा टल्पलायो । माझीले सोधेछ, तपाईंहरुलाई पौडी खेल्न त आउाछ होला नि ? सबैले एक स्वरले भने, आउादैन । त्यसपछि माझीले जवाफ दिएछ– तपाईंहरुको पूरै जीवन बेकार रहेछ । माझीले जस्तै जनताले पनि ठीक बेलामा ठीक जवाफ दिने गरेको उनले बताए । 
कपाल काट्न सिक्नु कमाराका टाउकामा 
अध्यक्ष ओलीले अहिले नेपालमा विदेशी शक्तिबाट विभिन्न खालका प्रयोगहरु भइरहेको भन्दै रोष व्यक्त गरे । युरोपतिर प्रयोग भएको समावेशीताको यहाा गलत ब्याख्या भएको पनि उनले बताए । उनले नेपालीमा पुरानो भनाइ रहेको भन्दै भने– ‘कपाल काट्न सिक्नु, कमाराको टाउकामा भने जस्तै भएको छ । कपाल विग्रे पनि कमाराकै बिग्रिन्छ, काटिए उसैको काटिन्छ । राम्ररी सिकेपछि मात्रै मालिकको कपाल काट्ने । अहिले नेपालमा त्यस्तै प्रयोग गर्न खोजिएको छ, गिनीपिग बनाउन खोजिएको छ ।’