Monday, September 30, 2013

दसैँ

सदभावको फूल माला, चढाएर आओस् दसैँ
आपसमा माया प्रीति,बढाएर आओस् दसैँ....
घर बारी साहुलाई छोडी,चाड बाड मान्नु पर्ने
विकृतिलाई चोरऔँला,ठड्याएर आओस् दसैँ....
देश हाम्रो नेपाल हो,नेपाली नै सबको जात
ठूलो सानो विभेदलाई,सडाएर आओस् दसैँ....
हत्या,हिंसा,बलत्कार, जाल,झेल,लूट,चोरी
अन्याय र अत्याचार, डढाएर आओस् दसैँ....

एमालेले दियो ६३ क्षेत्रका उम्मेदवारलाई टिकट

राजधानी , काठमाडौं, १३ असोज नेकपा एमालेले दुर्गम, हिमाली र पहाडी र सुदूरपश्चिममा पर्ने ३३ जिल्लाका ६३ क्षेत्रमा उम्मेदवार तय गरी टिकट वितरण गरेको छ । शीर्ष नेताहरूसहित अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाए पनि रणनीतिक रूपमा एमालेले दुर्गम र पहाडी भेगमा पर्ने ६३ क्षेत्रका उम्मेदवारलाई आइतबार टिकट दिएर कार्यक्षेत्र पठाएको हो ।
लगातार जारी स्थायी समिति बैठकले ती क्षेत्रका उम्मेदवारलाई आइतबार टिकट नै वितरण गरी कार्यक्षेत्र पठाएको छ । जसमध्ये स्थायी समितिमा रहेका नेताहरूमा उपाध्यक्ष वामदेव गौतम दुई क्षेत्र बर्दिया–१ र प्युठान–१ तथा सचिव शंकर पोखरेल दाङ–४ बाट उम्मेदवार बन्ने भएका छन् । केन्द्रीय सदस्यहरू भीम रावल अछाम–१, कर्ण थापा बाजुरा–१ र उर्वादत्त पन्त कञ्चनपुर–४ बाट उम्मेदवार बन्ने टुंगो लागेको छ । उच्च स्रोतका अनुसार गोकर्ण रिसोर्टमा जारी दुई दिनको आवासीय बैठकले अधिकांश क्षेत्रको उम्मेदवारको टुंगो लगाइसकेको छ ।
‘अब प्रत्यक्षतर्फ समस्या देखिएका १०–१२ क्षेत्रका उम्मेदवार मात्रै टुंगो लगाउन बाँकी छ,’ उच्च स्रोतले भन्यो, ‘सोमबारसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारको टुंगो लागिसक्नेछ ।’ नेताहरूले व्यापक विरोध बढेपछि अघिल्लो पटक संविधानसभा निर्वाचनमा जित्ने र हार्ने निकटम प्रतिद्वन्द्वी सबैलाई टिकट दिने नयाँ मापदण्ड परिवर्तन गरी उम्मेदवारबारे धमाधम निर्णय गरेका हुन् । टुंगिएका उम्मेदवारलाई नेताहरूले बोलाएरै टिकट दिएर पठाएका छन् । उपलब्ध नभएका उम्मेदवारहरूको हकमा भने अञ्चल इन्चार्जहरूले टिकट लिएर राखेको एक नेताले बताए ।
जसअनुसार राप्ती अञ्चलको दाङको पाँच निर्वाचन क्षेत्रमध्ये १ मा रेवतीरमण शर्मा, २ मा शान्ता चौधरी, ३ मा लक्ष्मण आचार्य र ५ मा उत्तरकुमार वलीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यस्तै, रोल्पा–१ मानबहादुर बाठा र २ मा कुमार दसांैदी, रुकुम–१ मा खेममान खड्का, २ मा ठगेन्द्रप्रकाश पुरीलाई उम्मेदवार बनाइएको छ । प्युठान–२ मा हिराचन्द्र केसी, सल्यान–१ मा गुलावजंग शाह र २ मा प्रकाश ज्वाला उठाउने निर्णय भएको छ । त्यस्तै, कर्णालीको कालिकोटमा कुर्मराज शाही, जुम्लामा पदम रोकाया, हुम्लामा दलबहादुर रावल, डोल्पामा धनबहादुर बुढा र मुगुमा गोपाल बमले टिकट लिएर कार्यक्षेत्र फर्किसकेका छन् ।
यस्तै, भेरीको दैलेख–१ मा अमरबहादुर थापा, २ मा लक्ष्मीप्रसाद पोखरेल, जाजरकोट–१ मा डम्बरबहादुर सिंह, २ मा कृष्णबहादुर बीसी, सुर्खेत–१ मा कमला शर्मा, २ मा यामलाल कँडेल र ३ मा नवराज रावतले टिकट लिइसकेका छन् । बाँके–१ मा देवराज भार, २ मा दिनेशचन्द्र यादव, ३ मा पदम धिताल र ४ मा दलबहादुर सुनुवार, बर्दिया–१ मा वामदेव गौतम, २ मा पूर्ण शर्मालाई टिकट दिइएको छ । त्यस्तै, ३ मा विष्णु चौधरी, ४ मा लोटन थारूलाई उम्मेदवार बनाइएको छ । त्यस्तै, महाकालीको कञ्चनपुर–१ मा लालबहादुर विक, २ मा तारा लामा तामाङ, ३ मा नरबहादुर धामी र ४ मा केन्द्रीय सदस्य उर्वादत्त पन्तलाई उम्मेदवार बनाइएको छ । 
दार्चुलामा गणेशसिंह ठगुन्ना, डडेलधुरामा डा.तारा जोशी, बैतडी–१ मा दामोदर भण्डारी, २ मा महादेव भट्ट तथा सेतीको अछाम–१ मा पूर्वगृहमन्त्रीसमेत रहेका भीम रावल र २ मा भरत सावदलाई उम्मेदवार बनाइएको छ । डोटी–१ मा नारद मलासी र २ मा प्रेम आले, बझाङ–१ मा मानप्रसाद खत्री र २ मा एलबी रावल र बाजुरामा केन्द्रीय सदस्य कर्ण थापालाई उम्मेदवार बनाइएको छ । कैलालीमा भने उम्मेदवारको टुंगो लागे पनि टिकट वितरण नगरिएको स्रोतले जनाएको छ । त्यस्तै, पूर्वी पहाडी जिल्ला सगरमाथाको खोटाङ–१ मा पीके राई र २ मा विशाल भट्टराई, भोजपुर–१ मा कृपाशुर शेर्पा र २ मा शेरधन राई, सोलुखम्बुमा आङङिमा लामालाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै, कोसीको संखुवासभा–१ मा हेमराज घिमिरे र २ मा राजेन्द्र गौतम, तेह्रथुममा भवानी खापुङ, मेचीको ताप्लेजुङ–१ मा भुपेन्द्र थेवे, २ मा डम्बरध्वज तुम्बाहम्फे, पाँचथर–१ मा गणेश चाङमाङ, २ मा डम्बरसिंह सम्बाहम्फेलाई टिकट दिइएको छ । दुर्गम, पहाड र हिमाली क्षेत्रको टिकट वितरण गरी उम्मेदवारलाई कार्यक्षेत्र पठाइएको छ, लगभग सबै निर्वाचन क्षेत्रको उम्मेदवारी टुंगो लागिसकेको छ,’ उम्मेदवारलाई टिकट दिएर पठाउने जिम्मेवारी पाएका नेता अग्नि खरेलले भने ।

Sunday, September 29, 2013

मोवाइल् सेवा अवरुद्ध गर्ने टेलिकमकै कर्मचारी

नेपाल टेलिकमको नेटवर्क शनिबार बिहान करिव ५ घण्टा अवरुद्ध भएको बारेमा छानविन गर्न सूचना तथा सञ्चार मन्त्रालयले एक छानविन समिति गठन गरेको छ।
छानविन समितिमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष सुरेस कुमार पुडासैनी सहित ३ सदस्य रहेका छन्। नेपाल टेलिकमको सुन्धारा र बबरमहल बीचको ट्रान्समिसन लिंकमा समस्या देखिएपछि देशभरका टेलिकमको जीएसएम मोबाइल सेवा प्रभावित भएको थियो। पाँच घण्टा सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमले बबरमहलको फाइबर मुसाले काटेको बताएको थियो।

अप्टिकल फाइबरको लिंकमा समस्या आएपछि सेवा केही समय अवरुद्ध भएको बताइए पनि टेलिकमले यसबारेमा विस्तृत रुपमा जानकारी भने दिएको थिएन। सरकारी स्वामित्व भएको टेलिकममा बारम्बार यस प्रकारको समस्या आइरहे पछि मन्त्रालय गम्भिर हुँदै यसबारेमा छानविन गर्न समिति गठन गरेको मन्त्रालय स्रोत बताउँछ।

निजी क्षेत्रका प्रतिस्पर्धि संस्थाले टेलिकमका केही भष्ट इन्जिनियरसँगको मिलोमतोमा फाइवर तथा नेटवर्कमा क्षती पुर्‍याएको हुन सक्ने मन्त्रालय स्रोतको दावी छ। यो शंकालाई टेलकमकै कर्मचारीहरु पनि स्विकार्छन्। टेलिकमकै प्राविधिक तर्फका केहि कर्मचारीको नजिकबाट अनुसन्धान गर्ने हो भने सबै तथ्य बाहिर आउने उनीहरुको भनाइ छ। बाहिर हुने चर्चा र आशंका मन्त्रालय तहमा बढ्दै जाँदा शनिवारको घटनाले छानविन समिति गठन गर्न मन्त्रालय वाध्य भएको बताइएको छ। मन्त्रालयले यसको पछाडी सबैभन्दा ठूलो मोवाइल ग्राहक संख्या भएको दावी गर्ने एनसेलको संलग्नता रहेको आशंका गरेको छ। समिति गठन गर्न बसेको बैठकमा एनसेलको नामै लिएर र नलिएर पनि सहभागिहरुले यसको बदनियत र केहि कर्मचारीको लोभका कारण टेलिकमको नेटवर्कमा क्षती पुर्‍याएको चर्चा भएको थियो।

उपभोक्ताको माझमा बदनाम गराएर आफ्नो सेवा विस्तार गर्न निजी क्षेत्रका दुरसञ्चार सेवा प्रदायकको पुरानै चलखेलको निरन्तरताका कारणले राष्ट्रिय लगानी रहेको संस्थामा आश्रित सेवाग्राहीहरुले समस्या वेहोर्नु परेपछि मन्त्रालयले समिति गठन गरेको बताइएको छ। अत्यावश्यक सेवा अन्र्तगतको मोबाईल सेवा अवरुद्ध हुँदा उपभोक्ताले भने सास्ती ब्यहोर्न बाध्य भएको उपभोक्ता मञ्चले जनाएको छ।

नेपाल टेलिकमले एक करोड जीएसएम मोबाइल लाइन विस्तारको क्रममा केही समय अघि मात्र राजधानीको टेलिकमको मोबाइल सेवाको गुणस्तर आर्श्चर्यजनक रुपमा सुधार आएको थियो। टेलिकमको एक करोड जीएसएम लाइन थप गर्ने क्रममा पुरानो जेडटीर्इको उपकरण र प्रविधिबाट सबै मोबाइल लाइन र सेवालाई हुवावेको प्रणालीमा लैजाने क्रम चलिरहेको बेला यो नयाँ समस्या उजागर भएको टेलिकम स्रोतको दावी छ।
सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार मातृका पौडेलले कसैको प्रलोभनमा परी टेलिकमकै कर्मचारीले नेटवर्क अवरुद्ध पारेको जानकारी आएपछि कारवाहीका लागि समिति गठन गरिएको बताए ।

नेपाल टेलिकमको नेटवर्क शनिबार बिहान करिव ५ घण्टा अवरुद्ध भएको बारेमा छानविन गर्न सूचना तथा सञ्चार मन्त्रालयले एक छानविन समिति गठन गरेको छ। छानविन समितिमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष सुरेस कुमार पुडासैनी सहित ३ सदस्य रहेका छन्। नेपाल टेलिकमको सुन्धारा र बबरमहल बीचको ट्रान्समिसन लिंकमा समस्या देखिएपछि देशभरका टेलिकमको जीएसएम मोबाइल सेवा प्रभावित भएको थियो। पाँच घण्टा सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमले बबरमहलको फाइबर मुसाले काटेको बताएको थियो।

- See more at: http://www.hamrakura.com/125855.html#sthash.v1Poe4tn.dpuf

चुनाव सार्न लबिङ गर्दै एमाओवादी नेता

राजधानी, काठमाडौं, १२ असोज एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ४ मंसिरका लागि तोकिएको संविधानसभा निर्वाचन सार्ने अभियान नै सुरु गरेका छन् । पार्टीले जानाजान हार्ने क्षेत्रमा उम्मेदवार बनाएर मागेअनुसारको सिट नदिएपछि श्रेष्ठले ४ मंसिरको निर्वाचन सारेर ४ चैतमा पु¥याउन लबिङ थालेका हुन् । श्रेष्ठको सो अभियानले निर्वाचनको मुखैमा एमाओवादीभित्र गम्भीर विवाद देखिएको छ ।
४ मंसिरको निर्वाचनविरुद्ध श्रेष्ठले अभियान सुरु गरेपछि अध्यक्ष पुष्पकमल दाहाल निकै तनावमा परेका छन् । हार्ने डरले एमाओवादी घोषित मितिमा चुनाव गर्न चाहँदैन भन्ने आरोप लागिरहेका बेला वरिष्ठ नेता नै चुनाव सार्ने लबिङमा लागेपछि दाहाल तनावमा परेका हुन् । श्रेष्ठले नेकपा–माओवादी नेतृत्वको मोर्चालाई पनि निर्वाचनमा ल्याउनका लागि भन्दै पछिल्लो समय चुनाव सार्ने गरी छलफल चलाएका छन् । श्रेष्ठको पछिल्लो अभिव्यक्ति र गतिविधिप्रति कार्यालय टिममा रहेका अध्यक्ष दाहाल र नेता पोष्टबहादुर बोगटीले गम्भीर असन्तुष्टि जनाएका छन् ।
अर्का नेता डा.बाबुराम भट्टराई भने सो विषयमा मौन बसेका छन् । दाहालले यसअघि पनि श्रेष्ठलाई मोहन वैद्य नेतृत्वको मोर्चाको मागबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाई जवाफ माग्दा आपूm उठ्न लागेको ललितपुर–१ मा वैद्य कार्यकर्ता धेरै रहेकाले उनीहरूलाई आङ्खनो पक्षमा पार्न सो कुरा सार्वजनिक गरेको बताएका थिए । तर, पार्टीले बारा–६ मा निर्णय गरेपछि आक्रोशित भई श्रेष्ठ चुनाव नै सार्ने अभियानमा लागेका हुन् । माओवादी नेतृत्वको मोर्चालाई सहभागी नगराई गरिने निर्वाचनबाट आउने परिणामले संविधानसभाबाट नयाँ संविधान निर्माण हुन नसक्ने भएकाले राजनीतिक समिति र सरकारले लचकता अपनाएरै भए पनि उनीहरूलाई निर्वाचनमा सहभागी गराउनुपर्ने अडानमा श्रेष्ठ छन् । माओवादी मोर्चा पछिल्लो दिनमा लचक भएर आएकाले उसको मागअनुसार ४ मंसिरको निर्वाचन ४ चैतमा सार्ने र अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराएर जानुपर्ने भन्दै श्रेष्ठले विभिन्न पक्षसँग वार्ता गरिरहेका छन् । शनिबार पनि उनले आङ्खनो निवास हात्तीवनमा आङ्खनोजस्तै भनाइ राख्दै आएका कांग्रेस, एमालेका दोस्रो पुस्ताका नेतादेखि ३२ दलीय मोर्चाका नेतासम्मलाई जमघट गराएर गोप्य छलफल गरेका छन् ।
श्रेष्ठको अभियानलाई एमाओवादीले व्यक्तिगत धारणा बताएको छ । श्रेष्ठको गतिविधि व्यक्तिगत भएकाले उनले गर्ने छलफल र बोल्ने अभिव्यक्ति पार्टीका आधिकारिक धारणा हुनै नसक्ने प्रवक्ता अग्नि सापकोटाले बताए । ‘निर्वाचन सार्ने कुरा र रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिने भन्ने कुरा उहाँको व्यक्तिगत धारणा हो, पार्टीको संस्थागत धारणा होइन,’ प्रवक्ता सापकोटाले राजधानीसँग भने । स्रोतका अनुसार पार्टीका तर्फबाट उम्मेदवार छनोटमा आङ्खनो पक्षका नेतालाई माग गरिएअनुसार सिट संख्या नपाउनु र आपूmले चाहेको निर्वाचन क्षेत्र पनि नपाएपछि श्रेष्ठ अध्यक्ष दाहालसँग निकै रुष्ट बन्दै आएका छन् ।
त्यसैको आवेगमा श्रेष्ठ वैद्य माओवादीसँग लहसिन पुगेको हुन सक्ने एमाओवादीका अर्का नेताले राजधानीसँग भने । श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको छलफलमा एमालेबाट राजेन्द्र पाण्डे, कांग्रेसबाट प्रदीप गिरी र ३२ दलीय मोर्चाका तर्फबाट मणि थापा, खगेन्द्र माखिम, पासाङ शेर्पा र प्रकाश अधिकारी सहभागी थिए । सो छलफलमा श्रेष्ठले पहिले माओवादी मोर्चालाई निर्वाचनमा ल्याउन कन्भिन्स गराउनुपर्ने अवस्था रहे पनि अहिले भने उनीहरूको माग सम्बोधन गर्नुपर्ने बेला आएकाले ४ चैतमा निर्वाचन सार्ने र मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउन भूमिका खेल्नुपर्र्ने प्रस्ताव राखेका थिए ।
श्रेष्ठको प्रस्तावपछि ३२ दलीय मोर्चाका तर्फबाट सहभागी नेताहरूले आपूmहरू निर्वाचनमा आउन चाहेको, नेपाल बार एसोसिएसनले समेत रेग्मीलाई राजीनामा गराउन भूमिका खेलिदिन संयुक्त राष्ट्रसंघका महासचिवलाई पत्र लेखेको र चार दलभित्रकै दोस्रो पुस्ताका नेताहरू आङ्खनो मागमा सकारात्मक देखिएकाले शीर्ष नेताहरूलाई मनाउन भूमिका खेल्न आग्रह गरेको सहभागी नेता मणि थापाले जानकारी दिए ।
दुवै पक्षका नेताहरूको छलफलपछि ३२ दलीय मोर्चाका तर्फबाट पुनः वार्ताका लागि आग्रह गर्ने र अन्य दलका नेताहरूले निर्वाचन सार्ने र रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउने विषयमा भूमिका खेल्ने सहमति जुटाइएको छ । राष्ट्रपति स्वयंलाई पनि सोहीअनुसार भूमिका निर्वाह गराउनका लागि चार दलका नेताहरूले पहल गर्ने विषयमा पनि सहमति जुटेको छ ।
शनिबारको जमघटअघि श्रेष्ठ र प्रदीप गिरीले नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यलाई छुट्टाछुट्टै भेटेका थिए । गिरीले अध्यक्ष वैद्यलाई उनकै निवास गोंगबुमा पुगेर भेट गरेका थिए भने श्रेष्ठले बुद्धनगरमा भेटेका थिए ।

Saturday, September 28, 2013

मिसवल्र्डको टपटेनमा मिस नेपाल इशानी

काठमाडौं, १२ असोज
मिस नेपाल इशानी श्रेष्ठ मिस वल्र्डको फाइनल यात्रा तय गर्दै टप टेनभित्र परेकी छिन । पहिलो पटक मिस वल्र्डको फाइनलमा पुगेकी मिस नेपाल इशानी श्रेष्ठ उत्कृष्ट १० भित्र पर्न सफल भएकी हुन ।
अहिलेसम्मकै मिस नेपालले मिस वल्र्डमा प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता हो । उनी शुक्रबार नै उत्कृष्ट १५ भित्र चयन हुँदै मिस वल्र्ड–२०१३ को अन्तिम प्रतिस्पर्धाका लागि छानिएकी थिइन् । मिस वल्र्डको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ बाट उत्कृष्ट १० हुँदै उनी उत्कृष्ट ५ मा पर्ने क्रममा बाहिरिएकी हुन् । 
तथापि इशानीले मिस वल्र्ड–२०१३ मा ‘ब्युटी विथ द पर्पोज’ उपाधि प्राप्त गरिसकेकी छिन् । सवै नेपालीको तर्फबाट बधाइ छ इशानीलाई ।

आइजीपी राना र ६ एआइजीको म्याद तीन महिना थप्न प्रस्ताव

काठमाडौं, 
तोकिएको मितिमै संविधानसभा निर्वाचन हुने सम्भावना बढ्दै गएपछि सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र अतिरिक्त महानिरीक्षक (एआईजी)को सेवा अवधि तीन महिना थप गर्न प्रक्रिया अघि बढाएको छ ।
घोषित मिति ४ मंसिरमै निर्वाचन हुने जनाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षक कुवेरसिंह रानासहित एआईजीहरुको सेवा अवधि तीन महिना थप गर्ने प्रस्ताव गरेको हो ।
गृहले सो प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ । गृहको सो प्रस्तावलाई अर्थले अहिलेसम्म सहमति दिएको छैन । अर्थका अधिकारीहरु एक महिनाभन्दा बढी थप्न नसकिने अडानमा रहेको स्रोतको दाबी छ ।
‘हामीले निर्वाचन परिणाम र सरकार गठनसहितको प्रक्रिया दृष्टिगत गरी तीन महिनाको सेवा अवधि थप गर्न प्रस्ताव गरेका हौं, अर्थले एक महिनाभन्दा बढीका लागि स्वीकृति नदेला जस्तो छ,’ गृह मन्त्रालय उच्च स्रोतले भन्यो ।
निर्वाचनको मुखैमा प्रहरी महानिरीक्षक रानासहित सात जना एआईजी ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा पर्ने भएकाले सरकारले चुनावी सुरक्षा रणनीति प्रभावित हुन नदिन सो प्रस्ताव अघि बढाएको दावी गरेको छ । निर्वाचनको मुखैमा महानिरीक्षकसहित अधिकांश एआईजी घर फर्के निर्वाचनमा असर पर्ने भन्दै विशेष परिस्थितिमा म्याद थपको प्रस्ताव गर्नु परेको गृह मन्त्रालय स्रोतले जनायो ।
गृहको प्रस्तावबारे प्रहरी प्रधान कार्यालयले केही थाहा नभएको जनाएको छ । ‘हामीलाई यस विषयमा केही जानकारी छैन, यो सरकारको विषय हो,’ प्रहरी प्रधान कार्यालयका एक बरिष्ठ अधिकारीले भने ।
गृहको प्रस्ताव कार्यान्वयन भए महानिरीक्षक रानासहित एआईजीहरु नवराज ढकाल, भीष्म प्रसाईं, दीनकरशमशेर राना, गंगा पाण्डे, पुस्कर रेग्मी र रमेशविक्रम शाहको सेवा अवधि थपिने छ । गृहको यो प्रस्ताव कार्यान्वयन नभए रानासहित सबैले २९ कात्तिकमा अनिवार्य अवकाश पाउने छन् । अर्का एआईजी विनोद सिंहले भने ३० असोजमा अनिवार्य अवकाश पाउँदैछन् । बाँकी दुई प्राविधिक एआईजी डा. रामनाथ सिंह र इन्जिनियर प्रकाशकुमार रन्जितको सेवा अवधि अझै दुई वर्ष बाँकी छ । रानापछि प्रहरी नेतृत्व लिन डीआईजीहरु पार्वती थापा, विमला थापा, उपेन्द्रकान्त अर्याल, राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रप्रताप शाह, विज्ञानराज शर्मा र नारायण बस्ताकोटीलगायत अग्रसर छन् । थापाद्वय ११ मंसिर २०६५ मा र अन्य २१ असोज २०६६ मा डीआईजी बनेका हुन् । थापाद्वयलाई भने विशेष पद सिर्जना गरेर डीआईजीमा बढुवा गरिएको हो ।
यद्यपि, थापाद्वय पहिलो महिला महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । विशेष पद सिर्जना गरेर बढुवा गरिएकाले उनीहरु महानिरीक्षकको दौडमै नरहेको अर्काथरी डीआईजीको जिकिर छ ।
अर्काेतर्फ, गृहको प्रस्ताव एक महिनाका लागि मात्र कार्यान्वयन भएको खण्डमा थापाद्वय महानिरीक्षकको दौडबाट बाहिरिने छन् । उनीहरु डीआईजीको पदावधिका कारण ११ मंसिरमा अनिवार्य अवकाशमा पर्ने भएका हुन् ।
त्यसपछि २०४३ को व्याजका प्रहरी निरीक्षक प्रहरी महानिरीक्षक बन्नेछन् । गृहले निर्वाचनलाई मध्यनजर राख्दै आईजी र एआईजीहरुको सेवा अवधि थप्ने गृहकार्य अघि बढाएको थाहा पाएपछि पूर्वक्षेत्र विराटनगरका डीआईजी उपेन्द्रकान्त अर्याल, मध्यपश्चिम क्षेत्र सुर्खेतका राजेन्द्रसिंह भण्डारी, पश्चिम क्षेत्र पोखराका सुरेन्द्रबहादुर शाह कार्यक्षेत्र फर्किसकेका छन् । उनीहरु आईजीका लागि दौडधुप गर्न केही दिनदेखि काठमाडौंमा थिए ।

Friday, September 27, 2013

ज्यानमुद्दाका दोषी नै एमाओवादीका उम्मेदवार

रामकृष्ण अधिकारी/राजधानी 
काठमाडौं, १० असोज एकीकृत नेकपा माओवादीले सर्वा
च्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका बिघटित संबिधानसभाका सदस्य बालकृष्ण ढुंगेललाई ओखलढुंगा–२ बाट पुनः प्रत्यक्षतर्फ उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीवार बसेको शीर्ष नेतासहितको उम्मेदवार छनोट समिति बैठकले निर्वाचन कानून बिपरित ढुंगेललाई नै उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बिहीबार बसेको एमाओवादी नेताहरूको बैठकले सर्वाेच्च अदालले दोषी हत्यामा दोषी गहर गरेपनि पूर्वसभासद् ढुंगेललाई प्रत्यक्षबाटै उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाओवादीले हत्याका अभियोगमा आफ्ना नेतालाई सिध्याउने षड्यन्त्र गरेकाले त्यसलाई सामना गर्नका लागि पनि ढुंगेललाई नै उम्मेदवार बनाउने निर्णय एकमतले गरेको जनाएको छ ।
यसअघिको निर्वाचनमा ढुंगेल सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । ओखलढुंगा–२ मै प्रत्यक्ष उम्मेदवारका लागि आकांक्षी मजदुर नेता बाबुुराम गौतमलाई भने अध्यक्ष दाहालले समानुपातिक उम्मेदवार बनाउने आश्वासन दिएका छन् । ‘पार्टीविरुद्ध षड्यन्त्र भइरहेकाले सो क्षेत्रमा बालकृष्णलाई नै उम्मेदवार बनाउने पार्टीले एकमतले निर्णय गरेको छ, तपाईं समानुपातिकमा बस्नुहोस् भनेर अध्यक्षले मलाई भन्नुभयो,’ दाहालसँगको भेटपछि गौतमले राजधानीसँग भने । सर्वोच्च अदालतले ढुंगेललाई ज्यान मारेको अभियोगमा १९ पुस २०६६ मा सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरू तपबहादुर मगर र राजेन्द्रप्रसाद कोइरालाको इजलासले ओखलढुंगास्थित तारबारी गाविसका भुवन भन्ने उज्वनकुमार श्रेष्ठलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
तर, सो फैसला अझै कार्यान्वयन हुन सकेको छैन । १० असार २०५५ मा श्रेष्ठलाई गोली प्रहार गरेर हत्या गरेको अभियोगमा ढुंगेललाई ओखलढुंगा जिल्ला अदालतले ११ असार २०६३ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । फैसलालाई पुनरावेदन अदालतले उल्टाएपछि उनी तत्कालीन नेकपा माओवादीको तर्फबाट ओखलढुंगा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार भई विजयी भएका थिए । तर, पुनरावेदन अदालतको फैसलाविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गरेपछि सर्वोच्चले जिल्ला अदालतको फैसला सदर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला सुनाएको थियो ।
फैसला कार्यान्वयन नहुँदै एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले उनलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको थियो । सो सिफारिस कार्यान्वयनलाई हाल सर्वोच्चले रोकेर राखेको छ । एमाओवादीले सिफारिश गरेका ढुंगेल निर्वाचन कानूनअनुसार उम्मेदवार बन्न पाउँदैनन । निर्वाचन कानूनमा अन्तिम अदालतबाट फौजदारी अभियोगमा दोषी ठहर भएका कुनैपनि ब्यक्ति सजाय भुक्तान गरेको ६ बर्षसम्म उम्मेदवार बन्न नपाउने ब्यवस्था छ । पार्टी शीर्षनेताको उम्मेदवारी तय गरेर पनि गोप्य राखिरहेको एकीकृत नेकपा माओवादीले आङ्खना उम्मेदवारको घोषणा दुई चरणमा गर्ने भएको छ ।
पहिलो चरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायत सर्वसहमति जुटेका उम्मेदवारहरू घोषणा गर्ने र दोस्रो चरणमा विवादित क्षेत्रका सम्भावित आकांक्षीका बीचमा सहमति जुटाएर उम्मेदवार घोषणा गर्ने तयारी गरेको हो । पहिलो चरणमा शुक्रबार अध्यक्ष दाहाललगायतका शीर्ष नेताहरूको उम्मेदवारी घोषणा गर्ने अन्तिम तयारी एमाओवादीले गरेको छ । पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बिहीबार पाँच घन्टाभन्दा लामो समयसम्म बसेको कार्यालय टिम र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले मधेसका ६० निर्वाचन क्षेत्र र केही विवादित क्षेत्रबाहेक अन्य सबैजसो क्षेत्रको उम्मेदवारको छनोट सकाएको छ ।
‘मधेसका निर्वाचन क्षेत्रमा बाहेक अन्यत्रतिरका धेरैजसो क्षेत्रका उम्मेदवारको छनोट सकिएको छ,’ उम्मेदवार छनोट समिति सदस्यसमेत रहेका एमाओवादी नेता शक्ति बस्नेतले राजधानीसँग भने, ‘एकसरो फिनिसिङ गर्ने काम भएको छ, शुक्रबारसम्ममा पहिलो चरणमा केही उम्मेदवारको घोषणा हुनेछ ।’ बिहीबारको छलफलमा अध्यक्ष दाहालले कार्यालयका तर्फबाट उम्मेदवार चयनका क्रममा भइरहेका गतिविधिका विषयमा सहभागी नेताहरूलाई संक्षिप्तमा ब्रिफिङ गरेपछि नेताहरूले आकांक्षी नेताका नाममा छलफल चलाइएको अर्का छनोट समितिका सदस्य प्रभु साहले जानकारी दिए ।
उनले निर्विवाद रहेका ठाउँमा छनोट प्रक्रिया सकिएको र आकांक्षी बढी देखिएका क्षेत्रमा भने कार्यालयले निर्णय गरेर टुंग्याउने बताए । काठमाडौं उपत्यकाका प्रायः सबै निर्वाचन क्षेत्र, ओखलढुंगालगायतका जिल्लाका निर्वाचन क्षेत्रमा पनि एमाओवादीले उम्मेदवारको टुंगो लगाइसकेको जनाएको छ । एमाओवादीले काठमाडौं–१ बाट रेणु दाहाल, २ बाट लीलामणि पोखरेल, ३ बाट गणेश रेग्मी, ४ बाट नन्दकिशोर पुन, ५ बाट महेन्द्र श्रेष्ठ, ६ बाट हिमाल शर्मा, ७ बाट हिसिला यमी, ८ बाट मुक्ति प्रधान, ९ बाट देबेन्द्र पौडेल र १० बाट अध्यक्ष दाहाललाई सर्वसम्मत उम्मेदवार छनोट गरेको छ ।
ललितपुर–१ बाट हरि दाहाल, २ बाट दिनेश महर्जन र ३ बाट सरोज डंगोल, भक्तपुर–१ बाट सानु सिलवाल र २ बाट डीपी ढकाललाई उम्मेदवार चयन गरेको छ । उम्मेदवार छनोटका लागि दिनभर लाजिम्पाटमा जारी बैठक स्थगित गरेर साँझपख पार्टी कार्यालय पेरिसडाँडा पुगेका अध्यक्ष दाहाललाई भेटेका काठमाडौं क्षेत्र नम्बर–३ का उम्मेदवार गणेश रेग्मीले काठमाडौं उपत्यकाका विषयमा उम्मेदवारको टुंगो लागेको अध्यक्षले आफूलाई जानकारी गराएको राजधानीलाई बताए । उम्मेदवार चयनका लागि एमाओवादीलाई सबैभन्दा अप्ठ्यारो मधेसको सिराहा क्षेत्र नम्बर–५ र धनुषा–१ बन्न पुगेको छ ।
सिराहा–५ मा बुधबार मात्रै नेकपा–माओवादीबाट प्रवेश गरेका महेन्द्र पासवानले दाबी गरेका छन् भने धनुषा–१ मा एमाले छाडेर प्रवेश गरेका रामचन्द्र झा र एमाओवादीका मधेसका पुराना नेता श्रवण यादव ‘जीवन’ ले दाबी गरिरहेका छन् । पासवान यसअघिको निर्वाचनमा पनि सिराहा–५ बाट निर्वाचित भएका थिए । उनले बिहीबार नै अध्यक्ष दाहाललाई भेटी सो क्षेत्रमा आफूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन् । उम्मेदवार छनोट समितिका सदस्य वर्षमान पुनले पार्टीले नयाँ र पुराना कोही कसैलाई पनि भेदभाव नगरी राम्रा र जित्ने आधार भएकालाई उम्मेदवार बनाउने बताए ।
उनले ७५ प्रतिशतभन्दा बढी क्षेत्रका उम्मेदवारका विषयमा टुंगो लागिसकेकाले शुक्रबार साँझसम्ममा आधाभन्दा बढी निर्वाचन क्षेत्रका उम्मेदवार घोषणा गरिने बताए । ‘हामीले ७५ प्रतिशत काम सकेका छौं, भोलि (शुक्रबार) सम्ममा आधाभन्दा बढी निर्वाचन क्षेत्रको उम्मेदवार घोषणा गर्ने तयारी भएको छ,’ पुनले राजधानीसँग भने ।
बुधबार मात्रै एमाओवादीले अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौं–१० र धनुषा–६, नेता बाबुराम भट्टराईलाई गोरखा–१ र रूपन्देही–६, नारायणकाजी श्रेष्ठलाई बारा–६, पोष्टबहादुर बोगटीलाई नुवाकोट–३, कृष्णबहादुर महरालाई रोल्पा–१, वर्षमान पुनलाई झापा–७ र मोरङ–२, टोपबहादुर रायमाझीलाई अर्घाखाँची–१ मा उम्मेदवारी बनाउने निर्णय गरेको थियो ।

अखिलमा कस्ले कति मत पाए ? सवै उम्मेदवारको मत परिणाम यस्तो छ.....

अध्यक्ष (पद संख्या १)

किशोर विक्रम मल्ल 705 विजयी

लक्ष्मण लम्साल 637
उपाध्यक्ष (पद संख्या ३)

ऐन महर 669 विजयी

दिपक गौतम 659 विजयी

थोमस बास्तोला 545 विजयी

बचन बहादुर सिंह 511

धुर्व राई 492

सरोज कुमार यादव 467

सि.पि. घर्तिमगर 371

राजकुमार राई 45
महासचिव (पद संख्या १)

नविना लामा 672 विजयी

रचना खड्का 660
सचिव
सचिव खुला (पद संख्या २)

महेश कुमार बर्तौला 658 विजयी

अब्दुल हुसेन खाँ 619 विजयी

बाबुराम पन्थी 609

कमल बस्नेत 572
सचिव महिला (पद संख्या १)

राधिका खतिवडा 661 विजयी

दीपा शर्मा 648
सचिव मधेशी, मुस्लिम, चौधरी (पद संख्या १)

सरोज कुमार यादव 621 विजयी

जवाहिर अन्सारी 523

खुसीलाल चौधरी 151
सचिव जनजाती (पदसंख्या १)

भक्त कुमारी लामा 677 विजयी

विवेक श्रेष्ठ 623
कोषाध्यक्ष (पद संख्या १)

रश्मी आचार्य 710 विजयी

गुणराज आचार्य 593
सचिवालय सदस्य
सचिवालय सदस्य पुर्वाञ्चल खुला (पदसंख्या १)

मकर बहादुर खड्का 626 विजयी

महेश रोका 614
सचिवालय सदस्य मध्यमाञ्चल खुला (पदसंख्या १)

आरती लामा 752 विजयी

अनोज जोशी 537
सचिवालय सदस्य पश्चिमाञ्चल खुला (पदसंख्या १)

वसन्त ढकाल 642 विजयी

सुशिल बस्नेत 588
सचिवालय सदस्य मध्य पश्चिमाञ्चल खुला (पदसंख्या १)

अमृत बुढा 586 विजयी

सुशिल थापा 543

रुद्र शाही 114
सचिवालय सदस्य सुदुरपश्चिमाञ्चल खुला (पद संख्या १)

केशव राज उपाध्याय 620 विजयी

मोहन सिंह नायक 614
सचिवालय सदस्यबाग्मती विशेष खुला (पदसंख्या १)

समिक कुमार बडाल 702 विजयी

अमृत राउत 550
सचिवालयसदस्य मधेशी (पद संख्या २)

शिवजी प्रसाद गुप्ता 467 विजयी

दुगानन्द ठाकुर 448 विजयी

श्याम प्रजापती 444

दिनेश यादव 431

डा. आशिष कुमार झा 168

कमलेश मिश्र 118

छट्टु पटेल 102

अखिलेश झा 95

सन्तोष पासवान 80

दिगम्वर पाठक 57

शशी शेखर ठाकुर 46
सचिवालय सदस्य जनजाती (पद संख्या २)

दिनेश श्रेष्ठ 495 विजयी

ई डि.बि.बुढा 466 विजयी

टीका बहादुर थापा मगर 355

गिरेन्द्र बहादुर राई (गिरेन) 308

असारु राजवंशी 302

नारायण घर्ती 197

दिलिप लामा 130

किशन राई 65

नवीन तण्डुकार 28
सचिवालय सदस्य उत्पिडित (पद संख्या १)

प्रेम प्रधान वि.के. 544 विजयी

दान सिंह परियार 531

विजय कुमार पासवान (के.पी.) 98

मोती बि.क.(महेन्द्र) 83
सचिवालय सदस्य अपाङ्ग (पद संख्या १)

हिरेन्द्र शाही 547 विजयी

सुरेश वि.सी. 533

धिरज खत्री 140
सचिवालय सदस्य मुस्लिम (पद संख्या १) 

मो. ओसिम आलम 675 विजयी

रहमान अन्सारी 573
सचिवाल यसदस्य पिछडिएको क्षेत्र (पदसंख्या १)

धर्मेन्द्र रोकाय 637 विजयी

नरबहादुर बस्नेत 590
सचिवालय सदस्य थारु चौधरी (पद संख्या १)

ममता चौधरी 666 विजयी

ताराचन्द्र चौधरी थारु 551
सचिवालय सदस्य संस्थागत विश्वविद्यालय खुला (पद संख्या २)

ई. कपील आचार्य 546 विजयी

गोविन्द गिरी 506 विजयी

मदन खड्का 488

विदुर गिरी 449

अविधान सापकोटा 162

दीपक विष्ट 132

सन्तोष खड्का 75

भुवन क्षेत्री 45
सचिवालय सदस्य महिला खुला (पद संख्या ७)

निशा अधिकारी 703 विजयी

अमृता बराल 665 विजयी

कमला बोहरा 640 विजयी

एसु लामा 623 विजयी

सीता थापा 588 विजयी

सम्झना अधिकारी 568 विजयी

रञ्जु ज्ञवाली 537 विजयी

शोभा कुमारी सुनार 509

भजन सोडारी 492

सरिता रायामाझी 480

फातुमा खातुन 461

मञ्जु कुमारी रिमाल 463

दुर्गाभट्ट 458

सुमन पन्थी 440

बुध्दिमाया गुरुङ 139

शान्ती थिङ्ग 126

बबिता आचार्य 116

खुमा डाँगी 86
सचिवालय सदस्य खुला (पद संख्या ९)

गौतम राई 571 विजयी

अशेष घिमिरे 525 विजयी

आरसी लामिछाने 505 विजयी

कमल शाही 489 विजयी

तुलसीराम मैनाली 468 विजयी

झपिन्द्र कुमार खत्री 429 विजयी

सुदेश पराजुली 421 विजयी

दिनेश आचार्य 414 विजयी

भीम बहादुर रावल “कालोटोपी” 405 विजयी

द्वारीका प्रसाद न्यौपाने 368

लोकेश निरौला 360

विनोद खुलाल 330

सुदीप शर्मा 326

घनस्याम पाण्डे 321

लाल बहादुर थापा 318

राजा राजेन्द्र पोखरेल 312

शशीनाथ आचार्य 286

हिरालाल विश्वकर्मा 270

विनोद खनाल 215

कमल रावल 202

रोशन शाक्य 187

दुर्गा शर्मा 170

नयन बोहोरा 170

घनश्याम सुवेदी 165

हेमन्त रेग्मी 159

चतुरभुज शाही 151

नविन प्रधान 140

प्रवीण श्रेष्ठ 117

उज्वल सुवेदी 106

नेत्र बहादुर बिष्ट 106

आनन्द पन्त 101

महेश प्रसाद पन्त 96

प्रकाश सापकोटा 94

कमल सिजापती 67

बद्री अर्याल 64

मधुमास कोवित पुन 54

बीर बहादुर राउत (विरु) 52

श्याम शर्मा बजगाईं 44

मेघराज मिश्र 26

लेखराज पौडेल 21
केन्द्रिय कमिटि सदस्य
केन्द्रिय कमिटि सदस्य पुर्वाञ्चल विश्वविद्यालय खुला पद संख्या २

डा. शिसिर भण्डारी 647 विजयी

सुमन न्यौपाने 576 विजयी

सालिकराम सुवेदी 562

रवि कृष्ण वि.सी. 405
केन्द्रिय कमिटि सदस्य पुर्वाञ्चल विश्वविद्यालय महिला पद संख्या १

करुणा पराजुली 607 विजयी

वुनु घिमिरे 600
केन्द्रिय कमिटि सदस्य पोखरा विश्वविद्यालय खुला (पद संख्या १)

बिनय शाह 495 विजयी

राजीव कटुवाल 389

राजेन्द्रगौतम 372

सुवास मल्ल 297

इश्वरबहादुर गुरुङ 100
केन्द्रिय कमिटि सदस्य पोखरा विश्वविद्यालय महिला (पद संख्या १)

आद्रता रेग्मी 712 विजयी

सविना सिंखडा 372
केन्द्रिय कमिटि सदस्य काठमाडौं विश्वविद्यालय खुला (पद संख्या १)

सञ्जय लामा 622 विजयी

बिधान पोख्रेल 591
केन्द्रिय कमिटि सदस्य TSAN खुला (पदसंख्या १)

समित थापा 638 विजयी

चन्द्र राना 563
केन्द्रिय कमिटि सदस्य CTEVT खुला (पदसंख्या १)  

रमेश वटाला 579 विजयी

निर्मल थापा 506

उपेन्द्र जंग शाही 133
केन्द्रिय कमिटि सदस्य पिछडिएको क्षेत्र खुला (पद संख्या १)

प्रेम बहादुर बुढा 642 विजयी

अर्जुनबहादुर शाही 554
केन्द्रिय कमिटि सदस्य अपाङ्ग खुला (पदसंख्या १)

नविना ज्ञवाली 614 विजयी

सन्देश घिमिरे 562
केन्द्रिय कमिटि सदस्य थारु चौधरी खुला (पद संख्या १)  

दिपेन्द्र चौधरी 615 विजयी

रामशरण चौधरी 539
केन्द्रिय कमिटि सदस्य जनजाती खुला (पदसंख्या ३)

सोभितमान राई 598 विजयी

दान बहादुर थापा मगर 536 विजयी

उदेश राई 530 विजयी

मोहन गुरुङ 452

रामकुमार थुलुङ राई 342

डम्मर गरम्जा मगर 291

चन्द्र लामा 221

पुष्पराज पहराई 188

हर्कमान तामाङ 131

गोविन्द श्रेष्ठ (क्षितिज) 123

नरदेव राई 81
केन्द्रिय कमिटि सदस्य मधेशी खुला (पदसंख्या ३)

अनिल कुमार शाह 633 विजयी

कनिश पटेल 569 विजयी

डा. राजेन्द्र प्रसाद यादव 557 विजयी

राम किशोर सिंह “पराग” 481

अरुण यादव 450

रिगला यादव 349

सुमन कुमार सिंह 185

शम्भु प्रसाद शर्मा 51
केन्द्रिय कमिटि सदस्य उत्पिडित खुला (पदसंख्या २)

तेज नेपाली 552 विजयी

दिपक कुमार गैरे (नेपाली) 552 विजयी

मोहन सिंह सुनार 480

राजेश नेपाली 425

रवि सेन्चुरी 135

प्रकाश रोक्का 130
केन्द्रिय कमिटि सदस्य उत्पिडित महिला (पदसंख्या १)

रेखा नेपाली 608 विजयी

गौरी नेपाली 573
लेखा आयोग
लेखा आयोग -अध्यक्ष_ पद संख्या १ कुनै एक पदमा मतदान गर्नुहोला

निलकण्ठ आचार्य 641 विजयी

दिलिप न्यौपाने 585
लेखा आयोग (सचिवा) पद संख्या १

छवि चुडाल 462 विजयी

महेन्द्रगिरी 460

बिष्णु गौतम 132

पशुपती भण्डारी 126
लेखा आयोग (सदस्य) पद संख्या ५

अनमोल क्षेत्री 582 विजयी

अभिषेक खरेल 472 विजयी

पुष्कर दाहाल 467 विजयी

उमेशराज जोशी 466 विजयी

एल.बि. सिंह (लोकेन्द्र बहादुर सिंह) 458 विजयी

टुकलाल गैरे 448

उद्धब भट्ट 447

नारायण पौडेल 441

टंक पराजुली 399

लक्ष्मण तिमिल्सीना 204

अशोक अधिकारी 169

प्रकाश ढकाल 133

कवीन्द्र रोकाय 122

धिपन भण्डारी 105

चन्द्रप्रसाद चौलागाई 69
अनुशासन आयोग
अनुशासन आयोग – अध्यक्ष_ पद संख्या १

जिवन राई 646 विजयी

मेनका पर्छाई 626
अनुशासन आयोग (सचिव_ पद संख्या १

ज्ञानु भण्डारी 549 विजयी

टिकाराम मगराती 233

पृतम पौडेल 212

इन्द्रबहादुर महरा 155

निरज भट्ट 29

विकास वन 26
अनुशासन आयोग (सदस्य_ पद संख्या ५

संजय शाह 560 विजयी

जीवछ यादव 516 विजयी

लिलाराज रोकाय 514 विजयी

दिनेश प्रसाद भट्ट 482 विजयी

प्रविण बिसुङ्के 480 विजयी

कल्याण दाहाल 385

बिनय दाहाल 340

सन्तोष बिमली 340

थिरलाल न्यौपाने 335

बाबुराम थापा 332

कृष्ण पाण्डे 313

सन्तोष कोईराला 294

गुरु प्रसाद ढकाल 131

खगेन्द्र साउद 113

सिद्धि बहादुर बुढा 92

घनश्याम न्यौपाने 75

आर्सिवाद सुवेदी 44

धनराज खड्का 39
पोखरा विश्वविद्यालय (खुल्ला ) पद संख्या -६

कमल पौडेल 663 विजयी

कमल ढुंगाना 611 विजयी

मोहन वि.क 598 विजयी

डि.वि. शाही 556 विजयी

ज्याम्वा छिरिङ्ग लामा 548 विजयी

प्रविण गौतम 548 विजयी

हेमराज शर्मा 490

युवराज नेपाल 448

लक्ष्मी प्रसाद सोती 391

विराट विक्रम सापकोटा 356
राष्ट्रिय परिषद सदस्य (TSAN) खुला पदसंख्या-१

प्रवेश विष्ट 274 विजयी

रमेश सिलवाल 244

हरि खनाल 210

सुगन्ध सुवेदी 203
राष्ट्रियपरिषद सदस्य (TSAN)(महिला ) पदसंख्या-१

सुनिता सुवेदी 511 विजयी

रिता गौतम 502
मेची
केन्द्रिय कमिटि सदस्य मेची खुला (पदसंख्या २)

भोला पौडेल 50 विजयी

दिपेन्द्र अधिकारी 47 विजयी

देशवंधु ढुंगेल 24
केन्द्रिय कमिटि सदस्य मेची महिला (पदसंख्या १)

विनिता तामाङ 35 विजयी

अनिता राई 24
राष्ट्रिय परिषद सदस्य (मेची) (खुल्ला )पद संख्या -६
  शंकर भट्टर्राई 50 विजयी
  सिरी माङयुङ -लिम्बु) 42 विजयी
  प्रेमराज लिम्वु 39 विजयी
  दिपेन्द्र तुम्बाको -लिम्बु) 36 विजयी
  दुर्गा खतिवडा 35 विजयी
  तारानिधि पौडेल 34 विजयी
  मोहन न्यौपाने 25
  मदन रिजाल (रेमन) 19
  इन्द्रमणि ढकाल 14
  रोशन सुवेडी 13
  सन्तोष दुलाल 12
केन्द्रिय कमिटि सदस्यकोशी खुला (पदसंख्या ३)

भाष्कर खनाल 47 विजयी

हरि लिम्वु 47 विजयी

नवराज नेपाल 46 विजयी

टिकाराम माङ्ले लिम्वु 45

अर्जुन छाराहाङ 43

अनिलचन्द्र कन्द्ङवा 39
केन्द्रिय कमिटि सदस्य कोशी महिला (पदसंख्या २)

गीता राई 48 विजयी

विमला थापा 46 विजयी

क्रिष्टिना भण्डारी 45

सीता रिमाल 42
 राष्ट्रिय परिषद सदस्य - कोशी (खुल्ला ) पद संख्या -१०
  रोशन तिम्सीना 79 विजयी
  टंक वहादुर रोक्का 77 विजयी
  मोहन खड्का 67 विजयी
  प्रकाश श्रेष्ठ 67 विजयी
  चन्द्र तामाङ 59 विजयी
  एकराज दाहाल 58 विजयी
  चरण गुरुङ 55 विजयी
  रविन राई 54 विजयी
  नविन गिरी 53 विजयी
  जीवन किराती 51 विजयी
  हरि कट्टेल 50
  ध्रुव दाहाल 49
  वावुराम दाहाल 48
  सुदेश चापागाई 47
केन्द्रिय कमिटि सदस्यतल्लो सगरमाथा खुला (पद संख्या २)

शुशिला चौधरी 29 विजयी

खगेन्द्र पोखरेल 24 विजयी

सुदन कुसियैत 22

प्रतिक्षा ढुँगाना 12
राष्ट्रिय परिषद सदस्य – तल्लो सगरमाथा (खुल्ला) पद संख्या -४

सुमेश कुमार यादव 25 विजयी

सुरेन्द्र वस्नेत 22 विजयी

अशोक चौधरी 17 विजयी

सुनिल झा – चन्दन 17 विजयी

जीवनाथ दाहाल 16

सन्तोष कुमार यादव 15

सुजित महासेठ 9
नारायणी
केन्द्रिय कमिटि सदस्य नारायणी खुला (पद संख्या ३)

देवराज न्यौपाने 54 विजयी

सुदीप रेग्मी 48 विजयी

ऋषी रेग्मी 47 विजयी

अच्युत पराजुली 38

अनिल चौधरी 34
केन्द्रिय कमिटि सदस्य नारायणी महिला (पद संख्या २)

सुजाता पोखरेल 58 विजयी

सिर्जना तिमल्सिना 49 विजयी

चन्द्रा बर्तौला 35
जनकपुर
केन्द्रिय कमिटि सदस्य जनकपुर खुला (पदसंख्या २)

टिका जंग थापा 29 विजयी

जिवस यादव 17 विजयी

विणय प्रविण 16

कुमार यादव 15

उत्तम परियार 14

राजन बस्नेत 12
लुम्विनी
केन्द्रिय कमिटि सदस्य लुम्विनी खुला (पद संख्या ३)

यमराज पाण्डे 66 विजयी

दिपक विश्वकर्मा 50 विजयी

लिल बहादुर वि.क. 47 विजयी

शुशिल पौडेल 46

ओम कार्की 43

चक्र बहादुर थापा 42
केन्द्रिय कमिटि सदस्य लुम्विनि महिला (पद संख्या २)

समिक्षा बलाल 57 विजयी

सुनिता भण्डारी 50 विजयी

शोभा पाण्डे 46

रमा जैशी 39
गण्डकी
केन्द्रिय कमिटि सदस्य गण्डकी खुला (पद संख्या ३)

जुन बहादुर तामाङ 63 विजयी

नरेश रोकाय 54 विजयी

हरिवोल गौतम 48 विजयी

सूर्य भण्डारी 40

सुनिल लामिछाने 35
केन्द्रिय कमिटि सदस्य गण्डकी महिला (पदसंख्या २)

जमुना ढकाल 54 विजयी

सरिता पुरी 51 विजयी

आरती भण्डारी 39
राष्ट्रिय परिषद सदस्य – गण्डकी (खुल्ला) पद संख्या -१०
  पृथ्वी भुजेल 60 विजयी
  पारस गौतम 52 विजयी
  सत्य वहादुर शाही 52 विजयी
  दिपक राना 52 विजयी
  रवि विक्रम के.सी. 50 विजयी
  अर्जुन अधिकारी 49 विजयी
  रविन्द्र कोईराला 41 विजयी
  अनिल प्रसाद आचार्य 39 विजयी
  भरत गुरुङ 37 विजयी
  दिव्य चन्द्र सोती 33 विजयी
  सुदिप कट्टेल 33
  विजय अधिकारी 28
  ठाकुर शर्मा 26
राष्ट्रिय परिषद सदस्य – गण्डकी (महिला) पदसंख्या -५

ज्ञानु भुजेल 56 विजयी

सम्झना घिमिरे 54 विजयी

सकुन्तला आचार्य 48 विजयी

सुनिता गुरुङ्ग् 40 विजयी

अमृता गुरुङ्ग 39 विजयी

सकुन्तला थापा 36

मनिषा गुरुङ्ग 30

निरु थापा 29
राप्ती
केन्द्रिय कमिटि सदस्य राप्ती खुला (पदसंख्या २)

सुरेश रावत 36 विजयी

जनक वि.क. 31 विजयी

पवन शर्मा रिजाल 21

आकाश भण्डारी 19

मदन खड्का 11
कर्णाली
केन्द्रिय कमिटि सदस्य कर्णाली खुला (पद संख्या २)

बास्तोला शाही 18 विजयी

कमल रोकाय 17 विजयी

सुरेश परियार 17

अम्वर बहादुर रोकाय 9

हरी बहादुर शाही 8

पार्वती सिंह 3
भेरी
केन्द्रिय कमिटि सदस्य भेरी खुला (पदसंख्या २)

सूर्य रोकाय 42 विजयी

राजकुमार शर्मा 33 विजयी

यामराज शर्मा 31

शशिराम विश्वकर्मा 27
केन्द्रिय कमिटि सदस्य भेरी महिला (पद संख्या १)

कल्पना थापा 45 विजयी

यशोधा खत्री 24
राष्ट्रिय परिषद सदस्य – भेरी (खुल्ला )पद संख्या – ६  

दिल कुमारी योगी 44 विजयी

तपेन्द्र जंग शाही 39 विजयी

वसन्त चौधरी -घायल) 37 विजयी

सुशिल कुमार भण्डारी 37 विजयी

गम्भिर नाथ योगी 35 विजयी

पदम वहादुर खत्री 34 विजयी

निरक वहादुर ओली 29

चक्र वहादुर शाही 27

कृष्ण प्रसाद आचार्य 24
सेती
केन्द्रिय कमिटि सदस्य सेती खुला (पद संख्या २)

रंग प्रसाद अधिकारी 32 विजयी

युवराज कुंवर 26 विजयी

टोप शाही 17

चुडामणी भट्ट 14

तिर्थराज भण्डारी 14

झलक भण्डारी 12

राम प्रसाद भट्ट 8

जंग वि.क. 7

भिष्म सुवेदी 6

अर्जुन रोकाय 5

डम्बर बि.सी. 1
केन्द्रिय कमिटि सदस्य सेती महिला (पद संख्या १)

केशरी रेग्मी 38 विजयी

गीता रावल 27
राष्ट्रियपरिषद सदस्य – सेती) (खुल्ला) पद संख्या -६

वम वहादुर वम 46 विजयी

भरत जोशी 42 विजयी

घनश्याम डांगी 41 विजयी

चन्द्र प्रकाश जोशी 41 विजयी

कृष्ण वम 40 विजयी

रविन्द्र विष्ट 36 विजयी

विनोद खड्का 34

शिव वि.क 30
केन्द्रिय कमिटि सदस्य महाकाली खुला (पद संख्या २)

धर्मानन्द भट्ट 28 विजयी

मर्यादा विष्ट 25 विजयी

गणेश सिंह ऐरी 20

भरत मल्ल 19

रमेश भट्ट 0
राष्ट्रिय परिषद सदस्य – महाकाली (खुल्ला) पद संख्या -४

जय वहादुर कुंवर 27 विजयी

ज्ञानेन्द्र भट्ट 27 विजयी

पुष्पराज जोशी 27 विजयी

रन्जित थापा 25 विजयी

नरेन्द्र नाथ 18

कमल रोकाय 10

हरिलाल भट्टर्राई 8
पुर्व बागमती
केन्द्रिय कमिटि सदस्य पुर्व बागमती खुला (पद संख्या २)

जेनिश लामा 32 विजयी

कुमार पौड्यल 26 विजयी

ईश्वर तिमल्सीना 25

रेशम रिमाल 20

सोमराज घ्लान 17
केन्द्रिय कमिटि सदस्य पुर्वी बागमती महिला (पद संख्या १)

रुपमणी अधिकारी 33

संगीता पाख्रिन 33
राष्ट्रिय परिषद सदस्य – पश्चिम वागमती (महिला) पद संख्या – २  

सरस्वती देवकोटा 18 विजयी

अमृता अधिकारी 17 विजयी

फुलमायाँ पुलामी 16
केन्द्रिय कमिटि सदस्य उपत्याका (बागमती विशेष) खुला (पद संख्या ९)

धर्मलाल गिरी 111 विजयी

शिव पौडेल 107 विजयी

बलराम बेलवासे 106 विजयी

कमलमणी गौतम 103 विजयी

डम्बर अधिकारी 97 विजयी

गणेश सेढाईं 96 विजयी

सि.यम. भट्ट 89 विजयी

माधव प्रसाद पन्त 85 विजयी

अर्जुन अधिकारी 81 विजयी

सन्दन थापा मगर 77

वाङ्छु योञ्जन 76

महेश श्रेष्ठ 75

रामनाथ खनाल 64

खेम मरासैनी 63

सुजन भट्टराई 62

नेत्रप्रसाद मैनाली 61

जगदीश आचार्य 56

किरण देउजा 49

राजन महर्जन 48

सुमन न्यौपाने 44

विराज शर्मा 42

प्रभाकर थापा 41

केदार बुढाथोकी 40

उमेश आचार्य 34

जीवन तिवारी 32

ऋषी गौतम 26

बासु घिमिरे 19

नवराज बस्नेत 17

सुरज आचार्य 13

शुदर्शन शिवाकोटी 11
केन्द्रिय कमिटि सदस्य उपत्याका (बागमती विशेष) महिला (पद संख्या ४)

रजुला जोशी 121 विजयी

सम्झना गौतम 107 विजयी

सरिता सापकोटा 99 विजयी

सामना मिश्र 91 विजयी

कमला गौतम 81

निर्मला सिग्देल 74

रिता लुईटेल 66

पृजा खतिवडा 64

कल्पना वाइवा 46
राष्ट्रिय परिषद सदस्य – बागमाति उपत्यका (खुल्ला) पद संख्या -२६
  भुपेन्द्र शाह 133 विजयी
  तपेन्द्रजंग शाही 130 विजयी
  पंकज भण्डारी 117 विजयी
  निशान कार्की 100 विजयी
  फुर्वा लामा 100 विजयी
  रवि खनाल 100 विजयी
  सुरेश अधिकारी 99 विजयी
  शोभाकर पौडेल 97 विजयी
  दिपेश प्रर्साई 95 विजयी
  टेकलाल पौडेल 95 विजयी
  सविन डांगी 95 विजयी
  वकिल वम 95 विजयी
  रुपक खनाल 93 विजयी
  विशाल रोक्का 92 विजयी
  सुरेश ढकाल 88 विजयी
  सुविन थपलिया 87 विजयी
  सन्दीप पोख्रेल 83 विजयी
  दिनेश कार्की 82 विजयी
  रामप्रसाद अर्याल 80 विजयी
  गजेन्द्र श्रेष्ठ 80 विजयी
  उत्तर वहादुर खड्का 79 विजयी
  रुपक लोहनी 79 विजयी
  ऐन विक्रम कुंवर 78 विजयी
  श्याम सुन्दर सिवाकोटी 75 विजयी
  प्रकाश दुलाल 72 विजयी
  चुडामणि पौडेल 71 विजयी
  दामोदर फुयाल (प्रज्वल) 69
  प्रकाश बहादुर शाही 67
  अमृत लम्साल 64
  निरोज नगरकोटी 58
  संकर गौतम 58
  एन.पि.न्यौपाने (नरेश) 57
  रवर प्रसाद अधिकारी 55
  सुधिर भट्ट 55
  दिपक वुढाथोकी 50
  तिलक कुमार खड्का 42
  जीवन कार्की 37