Sunday, September 29, 2013

चुनाव सार्न लबिङ गर्दै एमाओवादी नेता



राजधानी, काठमाडौं, १२ असोज एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ४ मंसिरका लागि तोकिएको संविधानसभा निर्वाचन सार्ने अभियान नै सुरु गरेका छन् । पार्टीले जानाजान हार्ने क्षेत्रमा उम्मेदवार बनाएर मागेअनुसारको सिट नदिएपछि श्रेष्ठले ४ मंसिरको निर्वाचन सारेर ४ चैतमा पु¥याउन लबिङ थालेका हुन् । श्रेष्ठको सो अभियानले निर्वाचनको मुखैमा एमाओवादीभित्र गम्भीर विवाद देखिएको छ ।
४ मंसिरको निर्वाचनविरुद्ध श्रेष्ठले अभियान सुरु गरेपछि अध्यक्ष पुष्पकमल दाहाल निकै तनावमा परेका छन् । हार्ने डरले एमाओवादी घोषित मितिमा चुनाव गर्न चाहँदैन भन्ने आरोप लागिरहेका बेला वरिष्ठ नेता नै चुनाव सार्ने लबिङमा लागेपछि दाहाल तनावमा परेका हुन् । श्रेष्ठले नेकपा–माओवादी नेतृत्वको मोर्चालाई पनि निर्वाचनमा ल्याउनका लागि भन्दै पछिल्लो समय चुनाव सार्ने गरी छलफल चलाएका छन् । श्रेष्ठको पछिल्लो अभिव्यक्ति र गतिविधिप्रति कार्यालय टिममा रहेका अध्यक्ष दाहाल र नेता पोष्टबहादुर बोगटीले गम्भीर असन्तुष्टि जनाएका छन् ।
अर्का नेता डा.बाबुराम भट्टराई भने सो विषयमा मौन बसेका छन् । दाहालले यसअघि पनि श्रेष्ठलाई मोहन वैद्य नेतृत्वको मोर्चाको मागबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाई जवाफ माग्दा आपूm उठ्न लागेको ललितपुर–१ मा वैद्य कार्यकर्ता धेरै रहेकाले उनीहरूलाई आङ्खनो पक्षमा पार्न सो कुरा सार्वजनिक गरेको बताएका थिए । तर, पार्टीले बारा–६ मा निर्णय गरेपछि आक्रोशित भई श्रेष्ठ चुनाव नै सार्ने अभियानमा लागेका हुन् । माओवादी नेतृत्वको मोर्चालाई सहभागी नगराई गरिने निर्वाचनबाट आउने परिणामले संविधानसभाबाट नयाँ संविधान निर्माण हुन नसक्ने भएकाले राजनीतिक समिति र सरकारले लचकता अपनाएरै भए पनि उनीहरूलाई निर्वाचनमा सहभागी गराउनुपर्ने अडानमा श्रेष्ठ छन् । माओवादी मोर्चा पछिल्लो दिनमा लचक भएर आएकाले उसको मागअनुसार ४ मंसिरको निर्वाचन ४ चैतमा सार्ने र अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराएर जानुपर्ने भन्दै श्रेष्ठले विभिन्न पक्षसँग वार्ता गरिरहेका छन् । शनिबार पनि उनले आङ्खनो निवास हात्तीवनमा आङ्खनोजस्तै भनाइ राख्दै आएका कांग्रेस, एमालेका दोस्रो पुस्ताका नेतादेखि ३२ दलीय मोर्चाका नेतासम्मलाई जमघट गराएर गोप्य छलफल गरेका छन् ।
श्रेष्ठको अभियानलाई एमाओवादीले व्यक्तिगत धारणा बताएको छ । श्रेष्ठको गतिविधि व्यक्तिगत भएकाले उनले गर्ने छलफल र बोल्ने अभिव्यक्ति पार्टीका आधिकारिक धारणा हुनै नसक्ने प्रवक्ता अग्नि सापकोटाले बताए । ‘निर्वाचन सार्ने कुरा र रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिने भन्ने कुरा उहाँको व्यक्तिगत धारणा हो, पार्टीको संस्थागत धारणा होइन,’ प्रवक्ता सापकोटाले राजधानीसँग भने । स्रोतका अनुसार पार्टीका तर्फबाट उम्मेदवार छनोटमा आङ्खनो पक्षका नेतालाई माग गरिएअनुसार सिट संख्या नपाउनु र आपूmले चाहेको निर्वाचन क्षेत्र पनि नपाएपछि श्रेष्ठ अध्यक्ष दाहालसँग निकै रुष्ट बन्दै आएका छन् ।
त्यसैको आवेगमा श्रेष्ठ वैद्य माओवादीसँग लहसिन पुगेको हुन सक्ने एमाओवादीका अर्का नेताले राजधानीसँग भने । श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको छलफलमा एमालेबाट राजेन्द्र पाण्डे, कांग्रेसबाट प्रदीप गिरी र ३२ दलीय मोर्चाका तर्फबाट मणि थापा, खगेन्द्र माखिम, पासाङ शेर्पा र प्रकाश अधिकारी सहभागी थिए । सो छलफलमा श्रेष्ठले पहिले माओवादी मोर्चालाई निर्वाचनमा ल्याउन कन्भिन्स गराउनुपर्ने अवस्था रहे पनि अहिले भने उनीहरूको माग सम्बोधन गर्नुपर्ने बेला आएकाले ४ चैतमा निर्वाचन सार्ने र मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउन भूमिका खेल्नुपर्र्ने प्रस्ताव राखेका थिए ।
श्रेष्ठको प्रस्तावपछि ३२ दलीय मोर्चाका तर्फबाट सहभागी नेताहरूले आपूmहरू निर्वाचनमा आउन चाहेको, नेपाल बार एसोसिएसनले समेत रेग्मीलाई राजीनामा गराउन भूमिका खेलिदिन संयुक्त राष्ट्रसंघका महासचिवलाई पत्र लेखेको र चार दलभित्रकै दोस्रो पुस्ताका नेताहरू आङ्खनो मागमा सकारात्मक देखिएकाले शीर्ष नेताहरूलाई मनाउन भूमिका खेल्न आग्रह गरेको सहभागी नेता मणि थापाले जानकारी दिए ।
दुवै पक्षका नेताहरूको छलफलपछि ३२ दलीय मोर्चाका तर्फबाट पुनः वार्ताका लागि आग्रह गर्ने र अन्य दलका नेताहरूले निर्वाचन सार्ने र रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउने विषयमा भूमिका खेल्ने सहमति जुटाइएको छ । राष्ट्रपति स्वयंलाई पनि सोहीअनुसार भूमिका निर्वाह गराउनका लागि चार दलका नेताहरूले पहल गर्ने विषयमा पनि सहमति जुटेको छ ।
शनिबारको जमघटअघि श्रेष्ठ र प्रदीप गिरीले नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यलाई छुट्टाछुट्टै भेटेका थिए । गिरीले अध्यक्ष वैद्यलाई उनकै निवास गोंगबुमा पुगेर भेट गरेका थिए भने श्रेष्ठले बुद्धनगरमा भेटेका थिए ।

No comments:

Post a Comment