Monday, September 2, 2013

बाबुआमाको नेपालमा सुनिल फेरि असफल

काठमाडौं, १७ भदौ
बाबुआमाको देश नेपालमा आएर गोल गर्ने भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीको सपना आइतबार पनि पूरा भएन। नेपाल भ्रमणमा राष्ट्रिय टोलीबाट ४ सहित समग्रमा ५ खेलमा टोलीको नेतृत्व गरेका सुनिलको टोलीले दशरथ रंगशालामा पहिलो जित दर्ता गराएपनि व्यक्तिगत रुपमा गोलको खाता खोल्न सकेनन्।
फागुनमा उनकै नेतृत्वमा भारतले एएफसी च्यालेन्ज कपका तीन खेलमा एकै गोल नगरि समूह चरणबाट बाहिरिएको थियो । त्यसअघि उनको कप्तानीमा आइ लिगको टोली मोहन बगानले नेपालको तत्कालिन ए डिभिजन लिग च्याम्पियनसँगको खेल २–० ले गुमाएको थियो ।
आइतबार पाकिस्तानविरुद्धको खेलमा पाँचवटा आक्रमण गरे पनि उनी गोल गर्न सफल भएनन् । भारतीय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा सुनिल दोस्रो नम्बरमा छन् । पूर्व कप्तान भाइचुङ भुटियाको नाममा ४३ गोल छ भने सुनिलले ६७ खेलमा ३८ गोल गरेका छन् । सुनिलका बाबुआमा दुवै नेपाली हुन् । भारतीय सेनामा भर्ती भएपछि सुनिलका बाबु उतै स्थायी बासिन्दा बनेका थिए ।

No comments:

Post a Comment