Wednesday, September 11, 2013

उप रजिष्टार र चार्टर्ड एकाउन्डेन्ट अख्तियारको हिरासतमा

काठमाडौं, २६ भदौ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रार कार्यालयका उप रजिष्टार र एकजना चार्टर्ड एकाउन्टेन्टलाई हिरासतमा लिएको छ । अख्तियारले कम्पनी रजिष्ट्रार कार्यालयका उप रजिष्टार लालबाबु कवारी र चार्टर्ड एकाउन्टेन्ड भानुभक्त कँडेललाई २० लाख घुस लिएको आरोपमा बुधबार हिरासतमा लिएको हो ।
चितवन मेडिकल कलेजमा आर्थिक अनियमितता भएको उजुरी परेपछि कम्पनी रजिष्ट्रारको कार्यालयले छानविनका लागि कँडेललाई परामर्शदाता नियुक्त गरेको थियो । मेडिकल कलेजको आर्थिक स्थितिबारे छानविनका लागि परामर्शदाताको नियुक्तिका लागि कम्पनी रजिष्ट्रार कार्यालयले विज्ञापन नै आह्वान गरेको थियो । सो विज्ञापन अनुसार अनामनगरको भानु एसोसिएटका कँडेल परामर्शदातामा नियुक्त भएका थिए ।

आर्थिक स्थितिकोे छानविन गर्न नियुक्त भएका कँडेलले मेडिकल कलेजका सञ्चालकबाट २० लाख घुस लिएको प्रमाणका आधारमा कँडेल र उनलाई परामर्शदाता बनाउन भूमिका खेल्ने कवारीलाई अख्तियारले हिरासतमा लिएको बताइएको छ ।

No comments:

Post a Comment