Saturday, September 28, 2013

मिसवल्र्डको टपटेनमा मिस नेपाल इशानी

काठमाडौं, १२ असोज
मिस नेपाल इशानी श्रेष्ठ मिस वल्र्डको फाइनल यात्रा तय गर्दै टप टेनभित्र परेकी छिन । पहिलो पटक मिस वल्र्डको फाइनलमा पुगेकी मिस नेपाल इशानी श्रेष्ठ उत्कृष्ट १० भित्र पर्न सफल भएकी हुन ।
अहिलेसम्मकै मिस नेपालले मिस वल्र्डमा प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता हो । उनी शुक्रबार नै उत्कृष्ट १५ भित्र चयन हुँदै मिस वल्र्ड–२०१३ को अन्तिम प्रतिस्पर्धाका लागि छानिएकी थिइन् । मिस वल्र्डको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ बाट उत्कृष्ट १० हुँदै उनी उत्कृष्ट ५ मा पर्ने क्रममा बाहिरिएकी हुन् । 
तथापि इशानीले मिस वल्र्ड–२०१३ मा ‘ब्युटी विथ द पर्पोज’ उपाधि प्राप्त गरिसकेकी छिन् । सवै नेपालीको तर्फबाट बधाइ छ इशानीलाई ।

No comments:

Post a Comment