Monday, September 2, 2013

पूर्वसभासद् पन्तसहित चार सय एमालेमा प्रवेश


काठमाडौं, १७ भदौ
तेस्रो लिंगीको प्रतिनिधित्व गर्दै अघिल्लो संविधान सभाका सभासद् बनेका
सुनिलबाबु पन्तसहित झण्डै एक सय जना सोमबार एमाले प्रवेश गरेका छन् । नेकपा संयुक्तबाट उनी यसअघि समानुपातिक सभासद्  बनेका थिए ।
पन्तलाई एमाले अध्यक्ष झलनाथ खनालले दिउँसो पार्टी मुख्यालय बल्खुमा प्रवेश  गराएका छन् । झण्डै सय जना सोमबार उपस्थिति भएपनि झण्डै तीन सयले सदस्यता लिएको र कार्यक्रम उपस्थित हुन नसकेको पन्तले जानकारी दिए । यौनिक तथा लैगिक अल्पसंख्यकहरुको अधिकारका स्थापित गराउन आफू ठूलो पार्टीमा प्रवेश गरेको पन्तले जानकारी दिए ।
ुहाम्रा अधिकारका स्थापित गराउनका लागि सानोभन्दा ठूला पार्टीको भूमिका बढि हुन्छ, एमालेले हाम्रा मुद्दाहरुलाई स्थापित गर्ने प्रतिबद्घता जनाएको छ,ु पन्तले ईकान्तिपुरसँग भने, त्यसैले एमालेमा प्रवेश गरेका हौं । नेकपा संयुक्त र एमालेको सिद्धान्त र कार्यक्रमहरु धेरै फरक नभएको उनले बताए ।  
पन्तले तेस्रोलिंगी  र समलिंगीहरुको संस्था सब्लु डाइमण्ड सोसाइटीस नामक संस्था चलाउँदै आएका छन् । हाल उनी उक्त संस्थाको सल्लाहकार छन् । पन्तसहितलाई स्वागत गर्दै अध्यक्ष झलनाथ खनालले यौनिक तथा लैगिक अल्पसंख्यकहरुको अधिकार स्थापित गर्न पार्टीले सक्रिय पहलकदमी लिने प्रतिबद्घता जनाए ।

No comments:

Post a Comment