Friday, August 30, 2013

सेना समायोजनमा पर्दाभित्रका खेलाडी

गणेश बस्नेत
माओवादीका पूर्वलडाकु औपचारिक रुपमा नेपाली सेनाका अधिकृत बनेपछि शान्ति प्रक्रियाको महत्वपुर्ण पाटो सेना समायोजनले पूर्णता पाएको छ । नेपाली सेनाको खरिपाटी शिक्षालयमा देखिएको पछिल्लो दृष्यसंगै अव मुलुकमा सशस्त्र क्रान्ति वा युद्ध आवश्यक छैन भन्ने उदघोष सवैको मानसपटलमा छाएको छ । हिंसा होइन, शान्तिका पुजारी बन, बिद्रोह वा बिनासकारी होइन, मुलुक जोगाउने राष्ट्रिय सुरक्षाको जिम्मेवारी बहन गर भन्ने मान्यता पुनः हदसम्म स्थापित भएको छ । हुन त २०६२/०६३ को जनआन्दोलनले नै माओवादीले लिएको हिंसाको नीतिलाई पुर्णत अस्वीकार गरेको थियो ।
तर संबिधानसभाको निर्वाचन परिणाम त्यही पराजीत भएको नीतिबिपरित आएपछि पूर्वलडाकूले पनि निकै सास्ती खेप्नु प¥यो । शिविरमा रहुञ्जेल नेताका लागि ‘कमाउने स्रोत’ बनिरहे पूर्वलडाकू । आफ्नो नाममा कस्ले कति रकम लियो भन्ने जानकारी समेत नपाई चुपचाप सहेर बस्न बाध्य भए । आफ्नो नाममा अर्कैको मोजमस्ती चलिरहेको बिषयमा जानकार भएर पनि केही गर्न सक्ने अवस्थामा रहेन । परिणाम माओवादी लडाकूबाट नेपाली सेनाको सदस्य हुनेबेला सम्म राज्यकोषको २० अर्व रुपैया सकियो । त्यसमध्ये कति रकम एमाओवादी नेताको खल्तीमा पुग्यो भन्ने यकिन तथ्यांक कसैसंग छैन । लडाकूको नाममा राज्यकोषबाट अर्वाै लगिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लडाकूको नाममा गरिएको भ्रष्टाचारको छानविन भइरहेको छ । राज्य बलियो हुँदो हो र अख्तियारले पहिले नै नेतृत्व पाएको थियो भने लडाकूको नाममा कमाउ धन्दा चलाउने एमाओवादी नेताहरू यतिबेला जेलमा हुने थिए तर लामो समयसम्म अख्तियारलाई नेतृत्वबिहीन बनाएकोले उनीहरू अझै जोगिएका हुन ।
२०६४ मंसिर ५ गते सम्पन्न बिस्तृत शान्ति संझौतापछिका ६ बर्षमा यी सवै काम भएका हुन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र बिद्रोही माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरी बिस्तृत शान्ति संझौता भएको थियो । त्यसयता लडाकूको नाममा निकै राजनीति भयो नेपालमा । बिद्रोही माओवादीले शान्ति कालमा पनि नेपाली सेनालाई प्रमुख दुश्मनको रुपमा प्रशिक्षित ग¥यो लडाकूलाई । युद्धकालमा एक अर्काका प्रमुख दुश्मन नेपाली सेना र लडाकू यतिबेला भने एउटै शक्ति बनेका छन । पहिलाका प्रमुख दुई दुश्मन अहिले एकै मिसनमा जुटेका छन । गिरिजाप्रसाद कोइरालादेखि पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल डा. बाबुराम भट्टराई हुँदै प्रधानन्यायाधीश समेत रहेका खीलराज रेग्मी नेतृत्वको सरकारको पालामा समायोजनले पुर्णता पाएको छ । माधव नेपाल नेतृत्वको सरकारको पालामा हतियार लडाकू र शिविर सरकारको मातहतमा आएको थियो ।
रेग्मीले समायोजनलाई पुर्णबिराम नै लगाउने सौभाग्य पाएका छन । यसअर्थमा राजनीतिमा कुनै भुमिका नखेलेका रेग्मी पनि शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउने काममा प्रमुख हिस्सेदार बन्न पुगेका छन । ‘दुई दुश्मनलाई एकै मिसनमा लगाउने जिम्मेवारीको सफल अवतरण रेग्मीले नै गरेका छन । अव मुलुकमा लडाकूू नामधारी संस्था छैन । पूर्वलडाकू नेपाली सेनामा समायोजन भइसकेका छन । दस बर्षसम्म सशस्त्र बिद्रोहमा लागेर राज्यमाथि आक्रमण गरी शान्ति संझौतापछि लामो समय अस्थायी शिविरमा थन्किएका पूर्वलडाकू नेपाली सेनाको ९ महिने कठिन तालिम पूरा गरेर अव राष्ट्रिय सेनामा रुपान्तरण भएका छन । हिजोका सवै रिस, राग र द्धेष त्यागेर मुलुक र जनताको सेवामा समर्पित हुने बिसुद्ध नेपाली सेना बनेका छन पूर्वलडाकू यतिबेला ।
मातृभुमी नेपालको रक्षाका लागि जिवन बलिदान गर्नु नेपाली सेनाको दायित्व र कर्तब्य हो । सैनिक अधिकृतको दज्र्यानी चिन्ह पाएकै दिन पूर्वलडाकूले सेनाले इतिहासदेखि मुलुकको रक्षामा गर्दै आएको त्यो भुमिकाप्रति गर्वसहित अव आफूहरू पनि त्यही दायित्व र कर्तब्य निर्वाह गर्न लाग्ने प्रण गरेका छन । यसअर्थमा राज्यमाथि जाइलाग्न तयार पारेको हतियारधारी शक्ति अव राष्ट्रिय सेनामा रुपान्तरण भई मुलुकको रक्षामा लाग्ने अठोट गरेको छ । ‘नेपाली सेना हुन पाएकोमा एकदमै गर्व छ’ र ‘पास्ट इज पास्ट’ भन्ने पूर्वलडाकूको भनाईले पनि अव उनीहरू बिगतका ती सवै नराम्रा काम स्मरण गर्न चाहदैनन र उनीहरू एक ब्यावसायिक छवि बोकेको नेपाली सेना जस्तो सम्मानित संस्थाको असल र इमान्दार सदस्यका रुपमा समाजमा मात्र नभई अन्तराष्ट्रिय रुपमै स्थापित हुन चाहिरहेको अनुभुति गर्न सकिन्छ । ‘पास्ट इज पास्ट’ भन्ने पूर्व लडाकूको शब्दलाई बिगतको त्यो कालो दिन स्मरण नगर्ने प्रणका रुपमा लिन सकिन्छ ।
आफ्नो स्वार्थ पुर्तिका लागि गलत शिक्षा दिई राज्य र सेना दुवैबिरुद्ध बिद्रोही भावना बोकेका पूर्वलडाकूलाई यो तहसम्मको जिम्मेवार बनाउन र रुपान्तरण गर्न ९ महिनासम्म अहोरात्र खटेका नेपाली सेनाका प्रशिक्षकहरूको भुमिका सवैभन्दा महत्वपुर्ण रहेको छ । ती शिक्षकहरूले पार गरेको चुनौतीपुर्ण र गौरव गर्न लायक दुवै कामको जति सम्मान गरे पनि कम हुन्छ । १० बर्षसम्म युद्ध लडेको बिद्रोही सेना, जसलाई नेपाली सेना होइन, प्रमुख दुश्मनको रुपमा परिभाषित गरिएको थियो । शान्ति प्रक्रियापछि पनि लामो समयसम्म पार्टीबाट निर्देशित भएको र नेताहरूको स्वार्थका खातिर भ्रम पालेर बसेका पूर्वलडाकूलाई प्रशिक्षण दिएर यो अवस्थासम्म ल्याइपु¥याउनु निकै कठिन कार्य हो । फोहोरी राजनीतिको असर र उसलाई जन्माउने दलले गरेको घृणित कार्यले निकै आशंका जन्माए पनि सैनिक नेतृत्व र त्यस्को प्रत्यक्ष निर्देशनमा रहेको प्रमुख शिक्षक तथा शिक्षकहरूले गरेको अथक मेहनत स्वरुप पूर्वलडाकू रुपान्तरण भइ सेनाका सदस्य बनेका हुन । सेनाका अधिकृत तथा जवान राजनीति गर्दैनन, प्रचार पनि गर्दैनन, चुपचाप आफ्नो काम गर्छन र अयोग्यहरूलाई पनि आफ्नो कौसल प्रदर्शन गरी योग्य र सक्षम बनाउँछन भन्ने प्रमाणका रुपमा सेना समायोजनका लागि दक्ष बनाउने कामलाई लिन सकिन्छ ।
यस अर्थमा पूर्वलडाकूलाई सेनाका असली सदस्यमा रुपान्तरण गर्ने सैनिक प्रशिक्षक टोली बिशेष बधाइको पात्र हुन । काम गर, फलको आशा नगर भन्ने शैलीकै कारण अहिलेसम्म पूर्वलडाकूलाई ९ महिनासम्म प्रशिक्षण दिएर सेनामा रुपान्तरण गर्ने नेपाली सेनाका अधिकृत तथा जवानको नामसमेत कसैको जानकारीमा छैन । अधिकृत तहमा समायोजन रोजी ९ महिनासम्म प्रशिक्षण लिएका पूर्वलडाकूले दज्र्यानी चिन्ह लगाउने बेला देखिएको दृष्यको मात्रै नभई उनीहरूलाई योग्य बनाउने सेनाका ती होनहार अधिकृत तथा जवानबारे नेपाली समाजलाई जानकार बनाउनै पर्छ । त्यत्ति काम पनि नगर्ने हो भने उनीहरूले गरेको अथक मेहनतको सम्मान गरेको ठहर्दैन । पूर्वलडाकूलाई रुपान्तरण गर्ने गहन जिम्मेवारी खरिपाटी शिक्षालयका सेनानी (मेजर) टुकप्रसाद न्यौपाने नेतृत्वको टोलीले गरेको थियो भन्ने यथार्थ सैनिक मुख्यालयका एकाध अधिकारीबाहेक धेरैलाई जानकारी नहुन सक्छ । गुल्मपति तथा प्रमुख शिक्षकको भुमिका निभाएका सेनानी न्यौपाने नेतृत्वको टोलीले ९ महिनासम्म सवै काम त्यागेर पूर्वलडाकूलाई सेना बनाउने काम गरेको हो ।
लडाकूलाई सेना बनाउने न्यौपाने नेतृत्वको टोलीमा सहसेनानी दिपक रोक्का, सन्दीप केसी, रमेश गुरुङ, जमदार ओमकुमार श्रेष्ठ, रोहित निरौला, हुद्दा राजु राई, होमबहादुर कुमार, रामहरि ढकाल, टिकाराम डाँगी, रामबहादुर खडका, अमलदार गंगादेवी बोगटी रहेका थिए । यस्तै प्यूठ गणेश अधिकारी, बिवजी कार्की, फणिन्द्र श्रेष्ठ, मोहन सिंह रावल, नुतन थापा, लालबहादुर बस्नेत, होमबहादुर मगर, निश्चल कार्की र तुलसा अर्याल पनि त्यही शिक्षक टोलीमा रहेर पूर्वलडाकूलाई असल सेना बनाउने काम गरेका छन । यिनीहरुकै मेहनतबाट दुई दुश्मनको मिलन संभव भएको हो । पूर्वलडाकूलाई सैनिक मान्यताअनुसार शिक्षा प्रदान गरी ब्यावहारिक रुपमा योग्य बनाउने यिनै सैनिक अधिकृत तथा जवान सेना समायोजनका भित्री खेलाडी हुन । यो काम कुसलताका साथ सम्पन्न गरेका ती सवै अधिकृत तथा जवानलाई नेपाली समाजले खुल्ला हृदयका साथ स्वागत गर्नुपर्छ । उनीहरू भित्रैदेखि सम्मानका हकदार हुन ।
नेपाली सेनाले आवश्यक अनुसन्धान गरेरै उनीहरूलाई यति चुनौतिपुर्ण जिम्मेवारी सुम्पेको हुनुपर्छ । संस्थाले दिएको जिम्मेवारी सवैले पूरा गरेको इतिहास पाइदैन । तर यति चुनौतीपुर्ण कामलाई सहजै पार लगाउने र सेना देख्न साथ नाक खुम्च्याउने वा आक्रोशित हुने पूर्वलडाकूलाई आफ्नो कौसल देखाई सेना सवैको सम्मानित संस्था हो भन्ने अनुभुति गराएका छन । सायद ती प्रशिक्षकले जान अञ्जानमा सामान्य गल्ती मात्रै गरेको भए वा बिगत सम्झेर निचो देखाउने काम भएको भए समायोजनले पुर्णता पाउने थिएन । पूर्वलडाकू हामीलाई ब्यावसायिक सेना होइन, होच्याएर दोस्रो दर्जाको सेना बनाउने काम भयो भन्दै बाहिरिने थिए । स्वभावैले साँचो कुरा मान्न तयार भइनसकेको अवस्थामा पूर्वलडाकूलाई सेनाको बफादार सदस्य बनाउने काम कम चुनौतीपुर्ण होइन । त्यो काम पूरा गरेकैले उनीहरू सम्मानका पात्र हुन । परिवार वा आफ्नो कुनैपनि काम नहेर अहोरात्र खटेर माओवादीका पूर्व लडाकूलाई नेपाली सेनामा समायोजन लायक बनाउने सैनिक अधिकृत तथा जवानको भुमिकालाई इतिहासले सदासर्वदा स्मरण गर्नेछ ।
समायोजनको इतिहास लेख्दा बिना कुनै झन्झट आफ्नो कर्तब्यमा इमान्दारिताका साथ लागेर अहोरात्र मेहनत गर्ने प्रशिक्षक टोलीको नाम गर्वका साथ लेखिनुपर्छ । जस्ले राजनीति नगरी, बिगतको कुनै तुष नपाली पूर्वलडाकूलाई सैनिक बनाउने काम ग¥
यो, तिनीहरू नेपाली सेनाभित्र मात्र नभई मुलुककै लागि गर्व गर्न लायक पत्र हुन । उनीहरूको भुमिकालाई कसैले पनि कम आक्नु हुँदैन ।

No comments:

Post a Comment