Sunday, August 18, 2013

चर्चित डन रमेश बाहुन बने एमाले नेता

चर्चित डन रमेश बाहुन भन्ने सुजन पौडेल एमाले रामेछापको जिल्ला कमिटीमा मनोनित भएका छन । आइतवार सकिएको जिल्ला कमिटी बैठकले चर्चित डन बाहुनलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको हो ।
रामेछाप निवासी बाहुन केही समय अघि युवा संघ नेपालमा प्रवेश गरेका थिए । एमाले बरिष्ठ नेता केपी शर्मा ओलीको हातबाट अबिर लगाई एमाले प्रवेश गरेका बाहुनले आफ्ना सवै समुहलाई युवा संघमा प्रवेश गराएका छन । सोही आधारमा उनलाई जिल्ला कमिटीमा मनोनयन गरिएको एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिए ।

No comments:

Post a Comment