Saturday, August 24, 2013

नक्कली भीषा प्रकरणमा तीन म्यानपावरका चार सञ्चालक पक्राउ

वैदेशिक रोजागार विभागका कर्मचारीलाई पैसा कमाउन सहयोग गर्ने व्यवसायीलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारीका लागि जाने व्यक्तिको अन्तिम स्वीकृति दिने, विभागमा भीसालगायतका झुठ्ठा कागजात बनाउने र विभागका कर्मचारीलाई आर्थिक लाभ पुर्‍याउने व्यवसायीलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार एडभान्स रिक्रुमेन्ट सर्भिस प्रा.लि.का सञ्चालकद्वय चित्र गुप्ता साँवा र हर्कबहादुर लिम्बू, सन्ना इन्टरनेशनल रिक्रुमेन्ट सर्भिसका सञ्चालक मो. मुस्ताक मियाँ र प्रोग्रेसिभ प्लेसमेन्ट सर्भिस नेपाल प्रा.लि.का श्यामप्रसाद श्रेष्ठ छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार बिभागका कर्मचारीलाई घुस खुवाई नक्कली कागजातको आधारमा श्रम स्वीकृती लिएको भन्दै तीन म्यानपावर कम्पनीका सञ्चालकलाई पक्राउ गरेको हो । 

No comments:

Post a Comment