Saturday, August 17, 2013

छात्रा बलात्कार प्रयासको आरोपमा प्रध्यानाध्याप पक्राउ

 नवलपरासी, १ भदौं
आफ्नै छात्रालाई पटकपटक बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले नवलपरासीको नयाँ बेलहानीबाट एक शिक्षकलाई पक्राउ गरेको छ ।

नवलपरासीको नयाँ बेलहानी ६ स्थित विरेन्द्र मावि द्धारदहमा अध्ययन गर्ने  दुई छात्राले आफुहरुलाई बारम्बार बलात्कारको प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि विद्यालयका प्रध्यानाध्यापक जीवन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही विद्यालयका २० वर्षिया जितीसरा बाह्रघरेमगर र रिष्मा सोतीमगरले प्रधानाध्यापक पाण्डेले आफुहरुलाई बारम्बार यौन दुव्र्यवहार गर्ने गरेको तथा बलात्कारको प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ ।

विभिन्न प्रलोभन र बहाना बनाई दुई जनालाई फरक फरक समय र स्थानमा बलात्कारको प्रयास गरेपछि पीडितले स्थानियवासीहरुलाई बताएका थिए । स्थानियवासीको सहयोगमा पाण्डेलाई विद्यालयबाट नै पक्राउ गरी  इलाका प्रहरी कार्यलय दुम्किबासमा बुझाइएको थियो ।

पाण्डेलाई अहिले ईलाका प्रहरी कार्यलय कावासोतीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख प्रहरि नायव उपरिक्षक बिमल बस्नेतले जानकारी दिए ।

No comments:

Post a Comment