Wednesday, January 18, 2017

आर्यघाट आई फूल चढाउनु


पीडा दिँए कित धेरै तिमीलाई
अवदेखि बस्छु सदासदा टाढै 
पहिलो प्रेमलाई बिर्सौं कसरी
नभेटेनि राख्छु हृदयमा गाढै

फेरि भेटियौ किन तिमी
मन–मष्तिश्क सवै लान
सम्हालिएका खुसीहरु सव
तयार भए कोमातिर जान

थाह छैन आफैलाई केही
किन खोजिरहेछ उनैलाई फेरि
जति टाढा–टाढा भएपनि उनी
सम्हालिन सक्छु तस्वीर हेरी

हृदयमै बस्याछ तस्वीर उन्को
देखिरहेछु सदैव स्वाभिमान
नदेखे पनि मुहार कहिल्यै
आँखामै बस्याछ उन्को मुस्कान

सायद अव भन्नेछैन मैले
म तिमीलाई धेरै माया गर्छु
सफलताको सिँढी भाँचेर आफै 
समयसरी पलपल जिउँदै मर्छु


बिछोडका गहिरो चोट सायद
भुल्ने कोशिष गर्दै बाँच्छु
मनभित्रै दवाएर पीडाहरु
बिजयको शानझै सदा हाँस्छु

मुस्कान कायम राख्दै तिमी
पागल प्रेमीलाई सधै पढाउनु
प्राण पहिला मैले त्यागें भने
आर्यघाटमा आई फूल चढाउनु