Saturday, September 21, 2013

९ र १० गतेको नेपाल बन्द फिर्ता

नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले ९ र १० गतेको नेपाल बन्द फिर्ता लिएको छ । मनोनयन दर्ता प्रभावित गर्न गरिएको बन्द निर्वाचन आयोगनले मनोनयन दर्ता सारेपछि बन्द स्थगित गरिएको हो ।
नयाँ आन्दोलनका कार्यक्रम फेरि ल्याउने माओवादी नेतृत्वको मोर्चाले जनाएको छ।  आज बसेको ३३ दलको बैठकले उम्मेदवारी दर्तालाई लक्षित गरेर घोषणा गरेको बन्द फिर्ता लिएको नेकपा माओवादी सचिव देव गुरुले बताए ।

आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता असोज १० लाई तोकेपछि ३३ दलले ९ र १० गते नेपाल बन्दको आहृवान गरेको थियो ।

मोर्चाले चुनावी कार्यतालिका परिर्वतन गरेपनि सरकार र दलहरुकै कारण कार्यतालिका परिर्वतन भएको ३३ दलले निस्कर्ष निकालेको छ ।

No comments:

Post a Comment