Friday, September 20, 2013

यसकारण एमाले बनें..फोटो फिचरसहित



महेन्द्र शेरचन
जीवनका ६ दसक लामो भोगाइ र अनुभवका आधारमा राजनीतिमा सक्रिय हुने निस्कर्षका साथ सवैभन्दा योग्य पार्टी रोज्ने निर्णयमा पुगेको छु । बिगत लामो समयदेखि ब्यवसाय गर्दै आएको र १३ बर्षदेखि मिडिया सञ्चालन गर्दाको अनुभवले पनि मलाई मुलुकमा कुन पार्टी ठीक रहेछ भन्ने जान्न मौका मिल्यो । यस अवधिमा धेरै राजनीतिक दलहरु भन्ने एउटा, काम गर्ने अर्काे प्रबृत्ति रहेको अनुभव मैले गरेँ । तर नेकपा (एमाले) मा भनाइ र गराइबीच सदैव तालमेल रहेको मैले पाएको छु ।
खासगरी ब्यापार ब्यवसायको प्रवद्र्धन, आर्थिक विकास र मिडियाको बिकाशमा एमाले सदैव प्रयत्नसील, भिजनयुक्त र जनताको पक्षमा लाग्ने गरेको अनुभुति यस अवधीमा मलाई भएको छ । पीडा र अप्ठयारोमा परेका सवै नेपाली नागरिक र ब्यवसायीलाई सदैव प्रोत्साहित गर्ने, पीडा कम गर्न मलम लगाउने र हौसला दिने एमाले नेताहरुको ब्यवहार र यो पार्टीले लिएको निति, सिद्धान्तका कारण मलाई निकै पहिले नै एमालेप्रति सकारात्मक बन्ने उर्जा प्राप्त भएको हो ।
यस अवधीमा मुलुकको अग्रगामी सुधार र नयाँ नेपाल निर्माणका लागि एमालेले लिएको नीति, सिद्धान्त र बिचारबाट पनि म निकै प्रभावित भएको छु । खासगरी मिलेर बस्ने नेपालीलाई बिभाजित गरी सामाजिक विखण्डन ल्याउने षडयन्त्रसहित आएको जातीय राज्य, ‘एक मधेस एक प्रदेश’ जस्ता सोचका बिरुद्धमा एमालेको संस्थागत निर्णय र नेताहरुको दृढताले यो पार्टी बाहेक अरु कुनै पनि दल मुलुक, मुलुकको अखण्डता र नेपाली जनताप्रति बफादार छैन भन्ने निश्कर्षमा म पुगें । एमालेको दृढता नहुँदो हो त सायद मुलुकमा अहिले मारकाट चलिरहेको हुनेथियो । त्यसबाट रोक्ने काम एमालेले नै गरेको छ ।
 म लामो समयदेखि मिडियासँग पनि आवद्ध छु । मिडियाको विकासका लागि मुुलुकमा पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, आलोचना सुन्न र असहमत पक्षसँग संवाद गर्ने लोकतान्त्रिक संस्कार र पूर्ण लोकतन्त्र अपरिहार्य हुन्छ । मेरो आफ्नो भोगाइले के स्पष्ट पारेको छ भने नेकपा (एमाले)सँग मात्रै त्यो फराकिलो सोच र लोकतान्त्रिक संस्कार छ । पार्टीको प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धताले पनि मलाई यसप्रति आकर्षित गरायो ।
ब्यवहारिक अनुभवका आधारमा ब्यवहारबाटै समृद्ध नयाँ नेपाल बनाउने दल एमाले मात्रै रहेको मेरो निश्कर्ष छ । यस अभियानमा आफुले पनि केही योगदान गर्न सक्नुपर्छ र सवै जनताको प्रिय बनेको एमालेलाई मुलुकको पहिलो र नेतृत्वकर्ता दलको रुपमा स्थापित गर्नुपर्छ भन्ने पबित्र भावनाका साथ ममतामयी एमालेरुपी परिवारको सदस्य बनेको छु । यस गरिमामय समारोहमा पार्टीको नीति, सिद्धान्त, बिचार र आदरणीय नेताहरुको निर्देशन अनुसार आफुले सकेको योगदान गर्ने प्रतिवद्धता जनाउन चाहन्छु । साथै एमाले बाहेकका दलबाट अव मुलुकको बिकाश र प्रगति संभव छैन भन्ने यथार्थलाई आत्मसाथ गरी आगामी संबिधानसभा निर्वाचनमा बहुमतका साथ सवैभन्दा पहिलो दलको रुपमा स्थापित गर्न म सवै जात जाती र जनसमुदायलाई हार्दिक आग्रह गर्दछु ।
 मुलुक र मुलुकबासीको हितका लागि एमाले भन्दा अर्का भरपर्दाे कुनै दल छैन भन्ने मेरो निश्कर्ष क्षणिक स्वार्थका आधारमा नभई अनुभव र जिवनका भोगाइले नै सिकाएको यथार्थ हो । यो यथार्थ बुझन जति ढिलाई गरिन्छ, त्यत्ति नै मुलुकको आधोगति हुने भएकोले यही पार्टीमा गोलबन्द भई मुलुकप्रति आफ्नो जिम्मेवारी पुरा गर्न पनि बिनम्रतापुर्वक सवै समुदायलाई आग्रह गर्दछु । लामो समयसम्म म स्वयं पनि अन्य दलको भ्रमजालमा परेकोले अव ढिला नगरी मुलुक बनाउन नचाहने दलहरुले एमालेमाथि लगाउने भ्रमजालको शिकार नहुन पनि यस अवसरमा आग्रह गर्दछु ।
म भाषण भन्दा काममा बिश्वास गर्छु । कामबाटै आफूलाई ब्यवहारमा प्रमाणित गर्नूपर्छ भन्ने मेरो दृढ मान्यता रहेको छ । एमाले रुपी यो बिशाल घर परिवारमा मलाई हार्दिकताका साथ स्थान दिने यस पार्टीका अध्यक्ष, बरिष्ठ नेताहरु, उपाध्यक्ष, महासचिव, सचिव, प्रचार बिभाग प्रमुखलगायत सवै कमरेडहरुप्रति हृदयभित्रैबाट आभार प्रकट गर्दछु । र, आगामी दिनमा तपाईहरुको निर्देशनलाई सिरोपर गर्दै पार्टीले खटाएको जुनसुकै र जस्तोसुकै कठिन कामलाई इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।

राजधानी न्यून पब्लिकेशनका अध्यक्ष महेन्द शेरचनले शुक्रवार एमाले प्रवेश गरेपछि दिएको मन्तब्य

No comments:

Post a Comment