Sunday, February 15, 2015

बिवाह मण्डपबाटै बेहुला भागेपछि...

आफैले मन पराएर जीवन साथी बनाउन लागेकी बेहुली छाडेर बेहुला नै मन्डपबाटै भाग्यो भन्दा पत्याउन निकै गह्रो पर्छ । तर शनिवार काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा यस्तै अपत्यारिलो घटना भएको छ ।
तामझामका साथ आएका झापाका एक युवक आधा बिवाह सकिएपछि मण्डपबाटै भागेका छन । कुनै कारण नै नबताई बेहुला भागेपछि बेहुली पक्षधर भने मर्माहत बन्न पुगेका छन । झापा कुमरखोद स्थायी घर भएका नेत्रप्रसाद काफ्ले शनिवार दिउसो पागलको नाटक गरी बिवाह मन्डपबाट भागेका हुन । उनी बेहुला बनेर झापा बुधबारे स्थायी घर भई हाल गुहेश्वरी बस्दै आएकी खतिवडा थरकी युवतीलाई बेहुली बनाएर आफ्नो धर भित्र्याउन राम मन्दिर आएका थिए । विवाहका लागि सबै सामाग्री तयार पारी जन्तीसहित बेहुली लिन राम मन्दिर पुगेका बेहुला काफ्ले एक्कासी पागलको नाटक गरी मण्डप छाडेर हिडेका हुन । ‘पागल भएको नाटक गरी उनी विवाह मण्डपबाट एक्कासी बेहुला (काफ्ले) भागे,’ घटनाका प्रत्यक्षदर्सीले राजधानीसँग भने । बेहुला मण्डप छाडेर हिडेपछि बेहुलीका आफन्त न्याय माग्दै प्रहरी कार्यालय पुगेका छन् ।
स्थानीय प्रत्यक्षदर्सीका अनुसार तामझामसाथ मन्दिर प्रवेश गरेका बेहुला काफ्लेको केटी पक्षले स्वागत सत्कार पनि राम्रै गरेका थिए । तर के कुरामा चित्त बुझेन कुन्नी ? उनी त विवाह आधी सकिना लाग्दा पागलको जस्तो नाटक गर्न थाले ।  त्यति मात्र होइन, विवाह मण्डप नै छाडेर हिडेपछि बेहुली पक्षका आफन्तहरु समस्यामा परेका हुन । मन्दिरमा बेहुलाले गर्ने कर्म गरिरहेकै बेला उनी एक्कासी पागल भएको नाटक गर्न पुगे । अभिनय गरिरहेका बेहुला मण्डप नै छाडेर हिडेपछि जन्ती र केटी पक्षका आफन्तहरु अलमल भएका थिए ।  बेहुला काफ्ले मण्डप छाडेपछि आफन्तहरुले उनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगेका थिए । तर अस्पतालले काफ्लेमा कुनै रोग देखा नपरेको बताएको छ । उनलाई कुनै रोग नलागेको भन्दै अस्पतालले पठाएपछि बेहुली पक्षका आफन्तहरुले महानगरीय प्रहरी वृत्त गौशलामा उजुरी दिएका छन् ।
गौशला वृत्तका प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीका अनुसार शनिवार साँझ बेहुलाले मण्डप छाडि हिडेको उजुरी परेको थियो । प्रहरीले साँझ दुवै पक्षलाई छलफलका लागि बोलाएको भएपनि बेहुलाले किन मण्डप छाडेको भन्नेबारे केही खुलेको छैन । काफ्लेले पनि प्रहरीसँगको छलफलमा केही बताएका छैनन । बेहुली पक्षले आफूहरुको सबै सामानको नोक्सानप्सँगै आफ्नो अपमानसमेत भएको तथा खर्च गराउने मात्र मनशाय देखिएको भन्दै कडा कारवाहीको माग गरेका छन् । ‘स्वास्थ्यमा समस्या भएको भए पनि आजलाई विवाह गर्न सकिदैन भन्ने जानकारी दिएको भए हामी मान्ने थियौं, यो त हामीलाई अपमान गरेर खर्च गराउने नियत देखिएको छ’, बेहुली पक्षले प्रहरीमा दिएको उजुरीमा भनिएको छ । प्रहरी निरीक्षक ओलीका अनुसार बेहुलामा स्वास्थ्य समस्या नभएकाले अस्पतालबाट डिस्चार्ज गरी उनलाई प्रहरीमा ल्याइएको हो । ‘आज (शनिवार) छलफलका लागि प्रयाप्त समय भएन, भोली (आइतवार) पुनः छलफल गर्ने गरी आफन्तको जिम्मा लगाएर दुवै पक्षलाई पठाइएको छ,’ ओलीले भने । प्रहरीसँगको छलफलमा बेहुली पक्षले काफ्ले फेरी बेहुला भएर आफूहरु कहा आउन नसक्ने जनाउदै समाजिक प्रतिष्ठा र आफ्नो संस्कृतिको समेत ख्याल गर्नुपर्ने भएकाले उनलाई कडा कारवाहीको माग गरेका छन् । तर बेहुला भने केही नबोली चुप लागेर बस्ने गरेको प्रहरीको भनाई छ ।
२ फागुन,२०७१

No comments:

Post a Comment