Friday, October 25, 2013

ओलीको क्षेत्रमा वाईसिएल ईन्चार्जसहित २ सय ५० एमालेमा

झापाको क्षेत्र नम्बर ६ र ७ बाट अन्य पार्टी परित्याग गरी ठूलो संख्यामा नेकपा एमाले प्रवेश गरेका छन। क्षेत्र नम्बर ६ मा वाईसीएल क्षेत्रीय ईन्चार्ज मिताभ लिम्बुसहित २५ जना यूवा नेकपा एमालेमा प्रवेश गरेका छन।
 एमाले प्रवेश गर्ने हरुमा सुमीत नेपाली, दिपेन नेम्माङ, पर्शुराम लावती, कमल अधिकारीलगायत रहेका छन। माओवादी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई आजै क्षेत्र नम्बर ६ का उम्मेदवार दीपक कार्कीले स्वागत गरेका छन्।

त्यस्तै  क्षेत्र नम्बर ७ दूइसय भन्दा बढी अन्य पार्टीका मतदाताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एमालेका नेता तथा क्षेत्र नं। ७ का उम्मेद्वार केपी शर्मा ओलीको हातबाट टिका लगाएर नेपाली काँग्रेसमा लामो राजनीति गरेका तथा तीन कार्यकल उप प्रधानपञ्चसमेत रहेका शेरबहादुर राईसहित दूईसय भन्दा बढी एमालेमा एकसाथ प्रवेश गरेका हुन्।

एकीकृत नेकपा माओवादीबाट ३२ जना, नेपाली काँग्रेसबाट ४२ जना र अन्य पार्टी र स्वतन्त्रबाट  ८७ जना पार्टी प्रवेश गरेको नेकपा एमाले निर्वाचन परिचालन समितिले जानकारी दिएको छ। ओलीले फूलमाला र अबिर लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्।

धरमपुरका बिभिन्न ठाँउहरुमा भएका कार्यक्रमहरुमा पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढेपछि पारावारीमा अर्को दिनलाई कार्यक्रम तय गरीएको नेकपा एमाले निर्वाचन परिचालन कमिटि झापा क्षेत्र नं। ७ ले जानकारी गराएको छ।
यसैबीच नेकपा एमालेका नेता केपी शर्मा ओलीले आजबाट आÏनो क्षेत्र झापा ७ मा घरदैलो कार्यक्रम सुरू गरेका छन।

बिहिवार दमकमा वृहत सांस्कृतिक कार्यक्रम गर्दै औपचारीक रूपमा आÏनो क्षेत्रमा चुनावी कार्यक्रममा सामेल भएका ओलीले आज क्षेत्र नम्बर ६ स्थित धरमपुर गाविसबाट घरदैलो कार्यक्रमको सुरूआत गरेका हुन्।
धरमपुर १ कमल खोलाको किनारमा शुक्रबार भएको घरदैलो कार्यक्रममा ओलीको स्वागतमा सयौ स्थानीय सहभागि हुँदै यस क्षेत्रको विकासका लागि पहल गरिदिन आग्रह गरेका थिए।

ओलीले शुक्रबार नै आफ्नो क्षेत्र अर्न्तगतको धरमपुरको मन्दीरडाँडा, मंगलबारेलगायतका क्षेत्रमा रहेका कार्यकर्ता तथा मतदातालाई भेटेका थिए। ओलीले एमालेमा प्रवेशको लहरले एमालेको बिजयी निश्चित भएको बताए।
उनले स्थानीय क्षेत्रको विकास र संविधान निर्माणमा आफूलाई र नेकपा एमालेलाई जिताउन कार्यकर्तासँग आग्रह गरेका थिए।

स्थानीय पार्टीका कार्यकर्ताले बिगतमा आफूहरुले गल्ति गरेको स्वीकार गर्दै यो पटक गल्ति नदोर्याउने प्रतिबद्धता समेत जनाएका थिए।

No comments:

Post a Comment