Wednesday, October 2, 2013

ओलीको क्षेत्रबाहेक सवैमा एमाओवादी उम्मेदवार तय


काठमाडौं, आश्विन १६
एमाओवादीले झापा क्षेत्र नं ७ बाहेक सवै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । उसले उम्मेदवारको सूची बुधबार साँझ सार्वजनिक गरेको छ ।

उम्मेदवारको टुंगो लगाउन एमाओवादीको बैठक अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा मंगलबार बिहानैदेखि जारी थियो । एमाओवादीको ताम्सालिङ, तमुवान र मधेसमा विवाद थियो ।
एमाओवादीले एमाले नेता केपी शर्मा ओलीको झापा क्षेत्र नं ७ मा भने उम्मेदवार टुंगो लगाएन । यस क्षेत्रमा नेता वर्षमान पुनले उम्मेदवारी दिने चर्चा चले पनि अझै अनिर्णीत छ । नेता पुनले झापा ७ सँगै सीमा जोडिएको मोरङ ९ रोजेका छन् ।

एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई दुई(दुई क्षेत्रबाट उम्मेदवार रहनेछन् । डोटी २ बाट उम्मेदवारी दिने निर्णयलाई उल्ट्याएर नेता लेखराज भट्टलाई कैलाली ५ बाट टिकट दिइएको छ ।
एमाओवादीले अभिनेत्री रेखा थापालाई पनि प्रत्यक्षमा टिकट दिएन । पर्सा १ बाट थापालाई उम्मेदवार बनाउने तयारी थियो ।
एमाओवादी नेता नारायणकाजी श्रेष्ठ मकवानपुर २ बाट उठ्ने भएका छन् ।





No comments:

Post a Comment