Sunday, October 20, 2013

मतदाताले नै स्वागत गर्न थाले उम्मेदवार...फोटो फिचरसहित

 काठमाडौं, ३ कात्तिक
आगामी संबिधानसभामा एमालेको तर्फबाट काठमाडौं ६ बाट उम्मेदवार बनेका युवा नेता योगेश भट्राईलाई स्थानीयबासीले फुलमालासहित स्वागत गर्ने क्रम बढेको छ । भट्टराईले शुरु गरेको चुनावी घरदैलो अभियानको क्रममा स्थानीयबासीले बिजयको शुभकामनासहित स्वागत गरेका हुन । यतिबेला काठमाडौं क्षेत्र नं ६ का उम्मेदवार भट्राईले जनताको घर–घरमा गएर भोट मागीरहेका छन् । घर दैलो कार्यक्रम अन्तर्गत नेता भट्राईले आईतबार फुटुङ गाविसमा अभियान चलाएका छन । फुटुङ गाविसका सर्बसाधरणका घर घरमा गएर भट्राईले भोट मागेका हुन् । नेता भट्राईलाई फुटुङका स्थानीय जनताहरुले घर अगाडी घडा राखेर फुलमालाले स्वागत गरेका थिए । एमाले फुटुङका अध्यक्ष नानीराम बोगटी आगमी सबिधानसभाको निर्वाचनमा फुटुङ गाविसबाट एमालेलाई अत्याधिक बहुमत आउँने ठोकुवा गरे । नेता भट्राईले काठमाडौ क्षेत्र.न ६का सबै वर्ग, समुदायका जनताहरुको साथ रहेको बताउँदै आफ्नो जीत सुनिश्चित भएको बताए ।






No comments:

Post a Comment