Saturday, October 5, 2013

संबिधान नबने फेरि उम्मेदवार नबन्ने एमाले महासचिवको घोषणा

एमाले महासचिव इश्वर पोखरेलले आफुले चुनाव जितेर पनि संबिधान नबने फेरि निर्वाचन नलडने घोषणा गरेका छन । आगामी ४ मंसिरमा हुने संबिधानसभा निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवारी दिएका एमाले महासचिव पोखरेलले शनिवार सो घोषणा गरेका हुन ।
उम्मेदवारी दर्तालगत्तै पोखरेल काठमाडौं–५ का मतदातासंग प्रत्यक्ष सात्क्षात्कार गरिरहेका छन । ‘मैले चुनाव जितेर पनि संबिधान नबने फेरि संबिधानसभामा मलाई जिताउनोस भनेर आउँदिन, त्यसबेला म उम्मेदवार नै बन्दिँन,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले भने । २०५६ सालमा काठमाडौं–५ बाट भारी मत अन्तरमा बिजयी पोखरेल अघिल्लो संबिधानसभा निर्वाचनमा भने सोही क्षेत्रमा झिनो मतअन्तरले पराजीत भएका थिए । सो निर्वाचनमा पोखरेललाई कांग्रेसका नरहरि आचार्यले झिनो मत अन्तरमा पराजित गरेका हुन । आगामी निर्वाचनमा स्थानीयबासीकै चाहना अनुसार एमाले महासचिव पोखरेललाई एमालेले उम्मेदवार बनाएको हो ।
‘अव बन्ने संबिधानसभाबाट एमालेको नेतृत्वमा नयाँ संबिधान बनाउन प्रतिवद्ध छौं, म जितेर गएपछि संबिधान बनेन भने फेरि संबिधानसभा चुनावमा म उम्मेदवार बन्दिन,’ शनिवार काठमाडौं–५ मा पर्ने बिष्णु बुढानिलकण्ड गाविस र भाटभटेनीका मतदातासामु पोखरेलले भने, ‘संबिधान दिन सकिएन भने फेरि संबिधानसभामा जाने चाहना राख्नु हुँदैन भन्ने मान्यतासहित फेरि संबिधानसभाकै लागि उम्मेदवार बन्दिन भन्ने सार्वजनिक घोषणा गरेको हुँ ।’

No comments:

Post a Comment