Tuesday, October 1, 2013

यस्ता छन एमालेका उम्मेदवार सूचीसहित

काठमाडौ । आसन्न संविधानसभाको निर्वाचनका लागि उम्मेदवार तय गर्न बसेको नेकपा एमालेको स्थायी कमिटिको बैठकले ९५ प्रतिशत उम्मेदवारको नामावली टुङ्गाएको छ । सोमबार नै प्रत्यक्षतर्फका उम्मेदवारको नामावली टुङ्ग्योने योजनामा रहेको एमालले सोमबार रातीसम्म २ सय २० क्षेत्रका उम्मेदवारको तय गरेको थियो । बाँकी २० क्षेत्रका उम्मेदवारको नामावली आज तय गर्दैछ ।

आज काठमाडौ, ललितपुर, भक्तपुर, नवलपरासी, कास्की, सुर्खेत ,चितवन, सप्तरी र धादिङ लगायतका २० क्षेत्रमा टुङ्गो लगाउने गरी बैठक जारी छ । प्रत्यक्षतर्फका उम्म्ेदवार छनौट गरेपछि समानुपातिकतर्फको उम्मेदवारको विषयमा मापडण्ड बनाएर अघि बढ्ने बताईएको छ । एमालेले समानुपातिकतर्फ सिफारिश भएर आएका ३ हजार भन्दा बढी नामबाट ३ सय ३५ जना उम्मेद्वार छनोट गर्दैछ । तीमध्ये आधा संख्या महिला हुने बताइएको छ ।

एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार ६५ जिल्लामा उम्मेदवारको टुङ्गो लागेको छ । टुङ्गो लागेका उमेदवारहरुलाई आधिकारिक मनोनयनपत्र बितरण गर्ने कार्य जारी छ । समानुपातिक तर्फ एक निर्वाचन क्षेत्रबाठ एकजना पर्ने गरी महिला, जनजाती बिभिन्न क्षेत्र र बर्गको प्रतिनिधत्व गराउने तयारी भईरहेको छ ।
बैठकले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलाई दुई÷दुई क्षेत्रबाट उठाउने निर्णय गरेको छ । पूर्वी, मध्य र पश्चिम क्षेत्र कमाण्ड गर्नेगरी बैठकले शीर्ष नेताहरु खनाल, नेपाल र गौतमलाई दुई÷दुई क्षेत्रबाट उठाउने निर्णय गरेको हो । जसअनुसार अध्यक्ष खनाल इलाम–१ र सर्लाही –१, नेपाल काठमाडौं–२ र रौतहट–१, गौतम प्युठान–१ र बर्दिया–१ बाट उठनेछन् । अर्का शीर्ष नेता केपी शर्मा ओलीलाई झापाकै दुई क्षेत्रबाट उठाउने छलफल चले पनि अन्तत ः उनी पुरानै निर्वाचन क्षेत्र झापा–७ बाट उम्मेद्वार बन्ने भएका छन् । ओलीलाई झापाकै २ बाट उठाउने विषयमा पनि बैठकमा छलफल चलेको थियो । उपाध्यक्ष विद्या भण्डारी भने समानुपातिकमा बस्ने बैठकले निर्णय गरेको छ । महासचिव ईश्वर पोखरेल काठमाडौं–५, सचिवद्वय शंकर पोखरेल दाङ–४, विष्णु पौडेल रुपन्देही–४ बाट उम्मेद्वार बन्नेछन् । सचिव युवराज ज्ञवाली, स्थायी समिति सदस्यहरु भरतमोहन अधिकारी, अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा, पोलिटब्यूरो सदस्य प्रदीप नेपाललगायतका नेताहरु भने समानुपातिकमा बस्ने भएका छन् । त्यस्तै पूर्व सभामुख सुबाश नेम्बाङ इलाम–२, प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली गुल्मी–२ बाट चुनाव लड्ने बैठकले टुंगो लगाएको छ ।
‘प्रत्यक्षतर्फका सबै क्षेत्रका उम्मेद्वार टुंगो लगाएका छौं,’ सचिव शंकर पोखरेलले राजधानीसँग भने,‘केही क्षेत्र मात्रै टुंगो लगाउन बाँकी छ,सबै नाम मंगलबार सार्बजनिक हुनेछ ।’ एमाले निर्वाचन विभाग प्रमुख अग्नी खरेलले सबै उम्मेद्वारलाई मंगलबार बिहानैबाट मनोनयनपत्र दिइने जानकारी दिए ।
काठमाडौंको २ र ५, ललितपुरको १, भक्तपुर १, नुवाकोट, धादिङ, चितवन, कास्कीबाहेक सबै क्षेत्रमा उम्मेद्वार बैठकले टुंगो लगाएको छ । एमालेले आईतबार सुदूर र मध्यपश्चिम तथा पूर्वी पहाडका दुर्गम जिल्लाका ६३ निर्वाचन क्षेत्रका उम्मेद्वारहरुलाई टिकट वितरण गरेको थियो । बाँकी रहेका क्षेत्रमा मात्रै स्थायी समितिले थप उम्मेद्वारहरुको टुंगो लगाएको हो ।
मेची अञ्चल
ताप्लेजुङ –१, भुपेन्द्र थेवे, २–डम्बरध्वज तुम्बाहम्फे,
पाँचथर–१ गणेश काङमाङ, २–डम्बरसिंह सम्बाहम्फे
इलाम –१ झलनाथ खनाल, २ – सुबाश नेम्बाङ, ३ –टेकबहादुर राई
झापा–१ रबिन कोइराला, २–पवित्रा निरौला खरेल, ३–बसन्त बानियाँ, ४–प्रेम गिरी, ५–एलपी साँवा, ६– दीपक कार्की, ७ –केपी शर्मा ओली,
कोशी अञ्चल
संखुवासभा–१ हेमराज घिमिरे, २–राजेन्द्र गौतम,
तेह्थुम–१ भवानी खापुङ,
धनकुटा– १ टिकाराम चेमजोङ, २–राजेन्द्र राई
भोजपुर–१ कृपाशुर शेर्पा, २–शेरधन राई,
मोरङ–१ ऋषीकेश पोखरेल, २–चण्डी राई, ३–गुरु बराल, ४–ज्ञानेश्वर राजवंशी, ५–पुजनदेवी निरौला, ६–महेश भट्टराई, ७– यशोदा अधिकारी, ८–चन्द्र गुरुङ, ९–घनश्याम खतिवडा
सुनसरी–१ कृष्णकुमार राई, २–रेवती भण्डारी, ३–भगवती चौधरी, ४–खेमराज पोखरेल, ५–जगदिश कुसेत, ६–भीम आचार्य,
सगरमाथा अञ्चल
सोलुखम्बु–१ आङनिमा लामा, खोेटाङ–१ पिके राई, २–विशाल भट्टराई, ओखलढुंगा–१ शान्ता ढुंगेल, २–यज्ञ सुनुवार, सप्तरी १–सुमन प्याकुरेल, २–सैलेन्द्र चन्द्र झा, ३–मञ्जु शाह, ४– ताराकान्त थारु, ५–गोबिन्द न्यौपाने, ६–बृजनाथ शाह,
सिरहा–१ गंगाप्रसाद यादव, २–रामचन्द्र यादव, ३–प्रमोद यादव,४–रामऔतार यादव, ५–लिलानाथ श्रेष्ठ, ६–सिता शाह
जनकपुर अञ्चल
धनुषा–१ ‘।। २ –गंगाराम यादव, ३–जुली महत्तो, ४–श्रीप्रसाद शाह, ५–रघुवीर महासेठ, ६–योगनारायण यादव, ७–शत्रुद्यन महत्तो,
महत्तोरी–१ दुर्गा दाहाल, २–मञ्जुकुमारी यादव, ३–रामदयाल मण्डल, ४–इलियास अन्सारी, ५– दिपनारायण शाह ६– कौशीलाल यादव
सर्लाही–१ झलनाथ खनाल, २–सुरेन्द्र लामा, ३–हरि उप्रेती, ४ –राजनारायण शाह, ५ नरेन्द्र यादव, ६–विभा ठाकुर
वागमती अञ्चल
रामेछाप–१ कमल सुनुवार , २–कैलाश ढुंगेल,
दोलखा –१ पार्वत गुरुङ, २–आनन्दप्रसाद पोखरेल
सिन्धुली–१ गणेश पहाडी, २–उमा कोइराला, ३–कमलजंग राई
सिन्धुपाल्चोक–१ अरुण नेपाल, २–सुभाष कर्माचार्य, ३– शेरबहादुर तामाङ
काभ्रे–१ संग्रामजित लामा, २–रामहरि सुबेदी, ३–गोकुल बास्कोटा, ४–विदुर सापकोटा
रसुवा– जर्नादन ढकाल
काठमाडौं–२ माधवकुमार नेपाल, ५– ईश्वर पोखरेल
ललितपुर–१ ‘‘, २–कृष्णलाल महर्जन, ३–रघुजी पन्त
नारायणी अञ्चल
मकावनपुर–१ अणराज जर्गा मगर, २–सुभाष ठकुरी, ३–अनन्त पौडेल, ४–राजराजम सामताङ
बारा–१ बतहु यादव, २–बासुदेव यादव, ३– विनोद शाह, ४– महमुद आलम, ५–वलवीर चौधरी, ६–पुरुषोत्तम पौडेल
पर्सा–१ नवराज शर्मा, २–विचारी यादव, ३–राजकुमार गुप्ता, ४– प्रद्युमन चौहान, ५–जयप्रकाश थारु
रौतहट–१ माधवकुमार नेपाल, २–अब्दुलकलाम आजाद, ३– ‘, ४–सरला यादव, ५–बासुदेव चौधरी, ६–रामकुमार भट्टराई
गण्डकी अञ्चल
लमजुङ–१ जमिन्द्रमान घले, २–पृथ्बीसुब्बा गुरुङ
स्याङ्जा–१ नारायण मरासिनी, २–कृष्ण खाँड, ३–मुक्ति पाठक तनहुँ–१ रामबहादुर गुरुङ, २–प्रतापलाल श्रेष्ठ, ३–टुकराज सिग्देल
गोरखा–१ रामशरण बस्नेत, २–बाबुराम अधिकारी, ३–कृष्ण नेपाली, मनाङ–१ छिरिङलोप्साङ गुरुङ,
धौलागिरी
मुस्ताङ–चन्द्रमोहन गौचन, म्याग्दी–नवराज शर्मा
बाग्लुङ–१ मनकुमारी केसी, २–सूर्य पाठक, ३–मोहनलाल शर्मा
लुम्बिनी
गुल्मी–१ रामनाथ ढकाल, २–प्रदीप ज्ञवाली, ३–गोकर्ण विष्ट, पाल्पा –१ राधाकृष्ण कँडेल, २–सोमप्रसाद पाण्डे, ३–कुलप्रसाद नेपाल
नवलपरासी– १ दिपक अधिकारी, २–जिवन श्रेष्ठ, ३‘।।४–बैजनाथ चौधरी, ५–रिङ्गला यादव
रुपन्देही–१ छविलाल विश्वकर्मा, २–पुष्पाञ्जली उपाध्याय, ३–घनश्याम भुषाल, ४–विष्णु पौडेल, ५–रामनाथ ढकाल, ६–बाबुलाल यादव, ७–श्रीराम यादव
कपिलबस्तु– १ बलराम अधिकारी, २–अभिजुर रहमान शेष, ३–बाबुराम खनाल, ४–नेत्रराज अधिकारी, ५–मिना परियार
अर्घखाँची–१ नरेन्द्र क्षत्री, २–डा। दुमन थापा
यीबाहेक उपत्यकाको काठमाडौं १ मा बिदुर मैनाली, भुवन केसी र सपनाप्रधान मल्लमध्ये १, ३ मा रामेश्वर फुयाँल, ४ मा निर्मल कुईंकेल, ६ मा योगेश भट्टराई या केशव स्थापित, ७ मा रामविर मानन्धर या बसन्त मानन्धर, ८ मा अष्टलक्ष्मी शाक्य या जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठ, १० मा रामकृष्ण दुवालमध्येबाट उम्मेद्वार चयन हुने स्रोतले जनाएको छ । त्यस्तै, ललितपुर १ टुंगो लागेको छैन भने भक्तपुर १ मा टुंगो नलागे पनि २ मा महेश बस्नेतको निर्णय हुन बाँकी रहेको छ । नुवाकोट २ मा समानुपातिकतर्फ रहेकी बिन्दा ढुंगनालाई प्रत्यक्षमा लडाउनेबारे छलफल चलेको छ भने नुवाकोट र धादिङका कुनै पनि क्षेत्रका उम्मेद्वारको टुंगो लागेको छैन । त्यस्तै,  चितवनको टुंगो नलागिसके पनि १ नम्बरबाट पोलिटब्यूरो सदस्य सुरेन्द्र पाण्डे उठ्ने तयारीमा छन् ।

1 comment: