Thursday, October 3, 2013

काठमाडौंमा एमाले उम्मेदवारको बिजयी मुस्कुराहट

काठमाडौं १७ असोज
आगामी ४ मंसिरमा हुने संबिधानसभा निर्वाचनमा नेकपा एमालेले राजधानी काठमाडौंलाई उच्च प्राथमिकतामा राखी उम्मेदवारी दर्ता गराएको छ । काठमाडौंबाट बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र महासचिव इश्वर पोखरेललाई उम्मेदवार बनाएर एमालेले काठमाडौंबासीको समस्या समाधानमा एमाले पार्टी निकै गम्भीर रहेको प्रष्ट सन्देश दिएको हो । बिहीवार एमालेले काठमाडौं १ बाट काठमाडौं १ कि बिद्या न्यौपाने,२ का माधवकुमार नेपाल, ३ का रामेश्वर फुयाल, ४ का निर्मल कुइकेल, ५ का इश्वर पोखरेल, ६ का योगेश भट्टराई, ७ का रामबीर मानन्धर, ८ का जीवनराम श्रैष्ठ, ९ का कृष्णगोपाल श्रेष्ठ र १० का सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराउनु भएको छ । सूर्य चिन्ह लिएर मैदानमा उत्रिएका सवै एमाले नेताहरुको बिजयको लागि काठमाडौंबासीले शुभकामना दिइसकेका छन । बिजयका लागि मेरो पनि शुभकामना छ ।

No comments:

Post a Comment