Saturday, July 27, 2013

माओवादीको बहिष्कारबारे दिल्लीमा चासो

काठमाडौं, १३ असार
आगामी ४ मंसिरका लागि घोषित संविधानसभा निर्वाचनको चुनौती विषयमा भारतका उच्च अधिकारीसहित त्यहाँस्थित बुद्धिजीवीहरूले गम्भीर चासो व्यक्त गरेका छन् । भारत भ्रमणमा रहेका एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको प्रतिनिधिमण्डलसँग भारतीय उच्च अधिकारी तथा बुद्धिजीवीहरूले संविधानसभा चुनावबारे गम्भीर चासो व्यक्त गरेका हुन् ।

शुक्रबार भारतीय विश्व सम्बन्ध परिषद्द्वारा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालको मन्तव्यपछि ४ मंसिरको निर्वाचन र यसका चुनौती विषयमा त्यहाँका बुद्धिजीवीहरूले थुप्रै जिज्ञासा राखेका थिए । पूर्वराजदूत देव मुखर्जीले वरिष्ठ नेता नेपाललाई नेपालको राजनीतिमा खेलेको भूमिकाका लागि ‘नेपाली राजनीतिको विशाल नायक’ को संज्ञा दिए । कार्यक्रममा नेता नेपालले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी संविधानसभा निर्वाचनका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए । नेपालले आङ्खनो धारणा राखेलगत्तै भारतीय बुद्धिजीवीहरूले चुनावका चुनौती र समस्याका विषयमा खुलेर प्रश्न राखेका थिए ।

‘चुनावका बारेमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितका दलहरूको फरक मत र उनीहरूलाई समेत समेट्न सकिने सम्भावना र चुनौतीका विषयमा प्रश्नहरू उठे,’ कार्यक्रमका एक सहभागीले राजधानीसँग भने, ‘तर पूर्वप्रधानमन्त्री नेपालले सबै जिज्ञासाको सम्बोधन गर्नुभयो ।’ जवाफमा नेपालले वैद्य नेतृत्वको माओवादीलगायतका दलहरूको फरक मत रहे पनि उनीहरूसँग वार्ता जारी रहेको र छलफललाई निरन्तरता दिँदै सकेसम्म निर्वाचनमा सहभागी गराउन लचकता अपनाइने जनाएका थिए ।

त्यसो त, पूर्वप्रधानमन्त्री नेपालले शुक्रबार भारतीय प्रधानमन्त्री डा।मनमोहन सिंहसँग गरेको भेट होस् या कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसित बिहीबार गरेको भेट, ती दुवैमा भारतीय संस्थापन पक्षले तोकिएकै मितिमा संविधानसभा निर्वाचन होस् भन्ने चाहना र शुभेच्छा प्रकट गरेको थियो । त्यस्तै, चुनावमार्फत लोकतान्त्रिक संविधान निर्माणका लागि नेपालका लोकतान्त्रिक राजनीतिक शक्तिबीचको एकताको चाहनासँगै चुनाव सम्पन्न गराउन आवश्यक थप सहयोगका लागि भारतले प्रतिबद्धतासमेत प्रकट गरिसकेको छ ।

‘हामी नेपालका दलहरू एकताका साथ अघि बढेको हेर्न चाहन्छौं,’ शुक्रबार भारतीय प्रधानमन्त्री सिंहले भेटवार्ताका क्रममा व्यक्त गरेको धारणाबारे एमाले विदेश विभाग सदस्य डा।राजन भट्टराईले भने, ‘नेपालको समुन्नतिका निम्ति नेपाली जनताले गर्ने निर्णयमा हाम्रो सधंै साथ रहनेछ र दुवै मुलुकको सम्बन्धको बलियो आधार पनि त्यही हुनेछ ।’ नयाँदिल्लीको सेभेन रेसकोर्सस्थित भारतीय प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा प्रधानमन्त्री डा।सिंहले निर्वाचनपछि संविधान लेखन प्रक्रियाले गति लिने आशा व्यक्त गर्दै त्यस निम्ति आवश्यक थप सहयोगको प्रतिबद्धतासमेत जनाएका थिए । भारतले निर्वाचन प्रयोजनका निम्ति ७ सयभन्दा बढी सवारीसाधन सहयोगस्वरूप हस्तान्तरण गरिसकेको र त्यहाँको स्थिरतासँगै धेरै कुरा जोडिने भएकाले पनि भारत घोषित निर्वाचन सम्पन्न होस् भन्ने पक्षमा रहेको कुरामा दुईमत छैन । पूर्वप्रधामन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाको भ्रमणका क्रममा पनि भारतीय संस्थापन पक्षले घोषित मितिमै चुनाव होस् भन्ने शुभेच्छा एमाले वरिष्ठ नेता नेपालमार्फत पनि राखेको छ ।

प्रधानमन्त्री सिंह र गान्धीसँगको भेटका सिलसिलामा भएका औपचारिक÷अनौपचारिक तहका दुवै कुराकानीमा पछिल्ला राजनीतिक घटनाक्रम र चुनावका अप्ठ्यारा र चुनौतीबारे भारतीय पक्षले जिज्ञासा राखेको स्रोतले बतायो । ‘चुुनावका चुनौती र अप्ठ्याराबारे जिज्ञासा राखेकाले ऊ चुनावबारे बढी विश्वस्त हुन खोजेजस्तो देखिन्छ,’ स्रोतले भन्यो, ‘यता ९नेपाल० बाट कतिपय फरक मत रहे पनि वार्ता र छलफल अघि बढेकाले लचकताका साथ प्रस्तुत भएर छलफलमार्फत निर्वाचनमा सामेल गर्न सकिने सम्भावनाबारे कुरा राखिएको छ ।’

सिंहसँगको ४० मिनेटको भेटमा पछिल्लो राजनीतिक अवस्था, ४ मंसिरका लागि घोषित निर्वाचन र द्विपक्षीय हितलगायत विविध विषयमा कुराकानी भएको नेपालका निजी सचिव मोहन गौतमले जनाएका छन् । भेटमा तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएर संविधानसभाको दोस्रो निर्वाचनका लागि सहमत गराउन नेपालका राजनीतिक दलहरूले खेलेको भूमिकाको प्रधानमन्त्री सिंहले प्रशंसासमेत गरेका छन् । ‘प्रधानमन्त्री सिंहले माओवादी पूर्वलडाकूहरूको समायोजन र व्यवस्थापन गर्दै दलहरू आगामी ४ मंसिरमा निर्वाचन गर्ने सहमतिमा पुगेको भन्दै प्रशंसा गर्नुभएको छ,’ एमाले विदेश विभाग सदस्य भट्टराईको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री नेपालले नेपालमा जारी संक्रमणकालको अन्त्य गरी संविधान निर्माणका लागि संविधानसभाको नयाँ निर्वाचन घोषणा गरिएको अवगत गराउँदै असहमत दलहरूलाईसमेत सहमतिमा ल्याउने प्रयत्न भइरहेको सिंहलाई जानकारी गराएका थिए । उच्चस्तरीय भेटवार्ता र विचार आदान–प्रदानले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपालले पछिल्लो विकसित राजनीतिक घटनाक्रम र निर्वाचनका लागि भइरहेको तयारीबारेसमेत अवगत गराएका थिए । पूर्वप्रधानमन्त्री नेपालले मध्यपहाडी राजमार्गअन्तर्गत दोलालघाट–धनकुटा सडकखण्ड, तराईको हुलाकी राजमार्ग, मुजफ्फरपुर–ढल्केवर प्रसारण लाइन विस्तार, वनवासा–महेन्द्रनगर सडक विस्तार, महाकाली एकीकृत जलविद्युत् आयोजना सम्पन्न गर्न भारतको तर्फबाट महŒवपूर्ण सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन पूर्वप्रधानमन्त्री नेपालले महŒवपूर्ण भूमिका खेलेको भन्दै सिंहले प्रशंसासमेत गरेका थिए । त्यस्तै, विराटनगर, वीरगन्ज र भैरहवा चेकपोस्ट स्तरोन्नति गर्ने परियोजना सन्तोजनक रूपमा अघि बढेको भन्दै सिंहले खुसी व्यक्त गरेका थिए । भेटमा एमाले महासचिव ईश्वर पोखरेल, विदेश विभाग सदस्य भट्टराई, भारतका लागि नेपालका कार्यबाहक राजदूत खगनाथ अधिकारी तथा भारतीय विदेशमन्त्री सलमान खुर्सिद, विदेश सचिव रञ्जन मथाई, नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद, नर्थ डेस्क प्रमुख अखिलेश मिश्रको उपस्थिति थियो ।

त्यस्तै, पूर्वप्रधानमन्त्री नेपाल शुक्रबार वामपन्थी पार्टीका नेताहरू प्रकाश कराँत, माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव डी। राजा, भारतीय कम्युनिस्ट पार्टीका उपमहासचिव पल्लभसेन गुप्ता, अन्तर्राष्ट्रिय विभागका प्रमुख देवरत विश्वास, फरवार्ड ब्लकका सचिव देवराजनसहितका नेताहरूसँग ‘ब्रेकफास्ट मिटिङ’ मा सहभागी भएका थिए । नेपाल शुक्रबारै आङ्खनो सम्मानमा भारतीय विदेशमन्त्री खुर्सिदले हैदरावाद हाउसमा आयोजना गरेको दिवाभोजमा भएका थिए । साथै, साँझ भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीसँग भेटवार्ता गरेका थिए ।

No comments:

Post a Comment