Tuesday, July 30, 2013

सरकारी टेलिफोनबाटै सम्पादकलाई ज्यान मार्ने धम्की

काठमाडौं, १५ साउन
साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । ललितपुरको खुमलटारमा रहेको कृषि मन्त्रालय अन्तर्गतको जिन व्याङ्कको टेलिफोन नम्बर ०१५००३१२५ बाट आफुलाई त्यस्तो धम्की आएको बुढाथोकीले बताए ।
मंगलबार साँझ सवा पाँच बजे अज्ञात नम्बरबाट एक व्यक्तिले ज्यान मार्ने धम्की दिएको सम्पादक बुढाथोकीले बताए । “तैँले कस्तो पत्रकारिता गर्छस” धम्की दिनेको भनाई उदृत गर्दै बुढाथोकीले भने, “धेरै जान्ने भएको छस, तँलाई र तेरो पत्रिकालाई सिध्याइदिन्छु ।”
कुन समाचारलाई लिएर धम्की दिएको भन्नेबारे आफुलाई जानकारी नदिएको बुढाथोकीले बताए । तर सोमबार साँघुमा प्रकाशित नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०को अनियमितता सम्बन्धी समाचारलाई दिएर धम्की आएको हुन सक्ने उनले अनुमान गरे ।

सोमबारको साँघु साप्ताहिकमा ‘नार्कको अनियमितता जति छोप्यो, उति नाङ्घिदै’ भन्ने शिर्षकमा समाचार टिप्पणी छापिएको थियो ।

No comments:

Post a Comment