Wednesday, July 31, 2013

परपुरुषसंगको अबैध सम्बन्ध कायमै राख्न पतीको हत्या


सिरहा, १६ साउन
सिरहाको सिक्रौन निवासी एक महिलाले अबैध सम्बन्ध कायम राख्न कन्ट्याक्ट किलर हायर गरी पतीकै हत्या गरेको तथ्य खुलेको छ । सिक्रौन–७ घर भई रामनगर मिर्चैयामा ब्यापार गर्दै आएकी गुरुशरण साहलाई उनकै कान्छी पत्नी चन्दरदेवी साहले नाठोसंग मिलेर कन्ट्याक्ट किलर झिकाई हत्या गरेको पाइएको हो । गुरुशरणको गत २ साउनको राती धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एस्पी) पुर्णचन्द्र जोशीले अनुसन्धानको क्रममा कान्छीपत्नी चन्दरदेवीले नै अबैध सम्बन्ध रहेका ब्यक्तिसंग मिलेर गुरुशरणको हत्या गरेको स्वीकारेको बताए । जोशीका अनुसार चन्दरदेवी र उनीसंग अनैतिक सम्बन्ध राख्दै आएका सतो भन्ने सतदेब यादवले कन्ट्याक्ट किलरमार्फत साहको हत्या गराएको पाइएको हो । माडर ३ घर भएका सतदेब १५ बर्ष
अगाडिदेखि गुरुशरण साहसंगै ब्यापार गर्दै आएका थिए ।
 सोही समयदेखि उनकी कान्छी पत्नी चन्दरदेवीको सतदेबसंग अनैतिक शारीरिक सम्बन्ध रहेको थियो । प्रहरी उपरीक्षक जोशीका अनुसार १५ बर्षदेखि अबैध रुपमा सारिरिक सम्पर्क रहेको र पतीले सो काम बन्द गर्न भनेपछि योजना बनाएर हत्या गरिएको बयान चन्दरदेवीले दिएकी छन । प्रहरीका अनुसार गुरुशरणको हत्या गर्ने सतदेव मृतकका घणिष्ट मित्र समेत हुन ।
सतदेवसंग अबैध सम्बन्धबारे जानकारी पाएलगत्तै गुरुशरणले छोरीहरु जवान भइसकेकाले अब त्यस्तो सम्बन्ध नराख्न पटक–पटक चेताबनी दिएका थिए । उनको त्यही चेतावनीलाई आफुहरुको सम्बन्धमा बाधक बनेको भन्दै चन्दरदेवीले तिनै मार्फत कन्ट्याक्ट किलर झिकाउन लगाई हत्या गराएको बयान दिएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

No comments:

Post a Comment