Saturday, July 20, 2013

ग्य्राण्ड डिजाइनमा फस्यो सेना

गणेश बस्नेत
सेनामा फास्ट ट्र्याक बढुवाविरुद्ध सर्वाेच्च अदालत पुगेका प्रमुख सेनानी (लेङ्खिटनेन्ट कर्णेल) रमेश थापा मगरले अब नेपाली सेनाले पनि नेपाल प्रहरीकै जस्तो दुर्गति भोग्नुपर्ने बताएका छन् । बिहीबार मात्र अवकाश पाएका प्रमुख सेनानी थापा मगरले विगतमा जस्तो संवेदनशील अवस्था आए नेपाली सेनामा विभाजन आउने ठोकुवा पनि गरे ।
‘अब नेपाली सेना विगतको जस्तो एकताबद्ध (इन्ट्याक्ट) रहँदैन, कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउनेजस्तो क्रिटिकल निर्णय भयो भने नेपाली सेनामा प्रस्ट विभाजन आउँछ, इन्ट्याक्ट रहँदै रहँदैन,’ बिहीबार मात्र सेनाबाट अवकाश पाएका प्रमुख सेनानी थापा मगरले राजधानीसँग भने । उनका अनुसार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएर रथी कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्दा चेन अफ कमान्डको कारण सेना एकताबद्ध थियो ।
‘नेपाली सेनाको इतिहास नै चेन अफ कमान्डले चलेको हो, त्यसैले कुलबहादुर खड्का जर्सापलाई सेनापति बनाउने निर्णय भए पनि प्रधानसेनापतिकै आदेश सेनामा चल्यो र ठूलो दुर्घटना हुनबाट जोगिएको हो, अब त्यस्तो अवस्था आएमा सेनामा फुट आउँछ, जुन मुलुककै लागि दुर्भाग्यपूर्ण हुन्छ,’ थापा मगरले भने ।
उनले नेपाली सेनालाई नेपाल प्रहरीको जस्तै फुटबल बनाउने ग्र्यान्ड डिजाइनअनुसार अहिलेको खेल भएको आरोप लगाए । कसै न कसैले सेनालाई समाप्त पार्ने ग्र्यान्ड डिजाइन बनायो, सेनाको नेतृत्व त्यसैको जालोमा फस्यो,’ थापा मगरले भने, ‘तत्काल हामीलाई अन्याय भयो कि जस्तो देखिएको छ, तर हामी अन्यायमा परेको भन्दा पनि सेनाको प्रतिष्ठामाथि खेलवाड गरियो, सेनाको सबै सिस्टम ध्वस्त बनाइयो, यसले दीर्घकालीन रूपमा संगठनलाई ठूलो घात हुनेछ ।’ उनले सेनामा चेन अफ कमान्ड सिध्याउने गेम प्लानमा फस्ने जोकोहीले इतिहासमा नराम्रो मूल्य चुकाउनुपर्ने पनि प्रस्ट पारे ।
‘हामी आङ्खनो लागि भन्दा सेनाको इतिहास बचाउन अदालत गएका हौं, अदालतमा मुद्दा विचाराधीन रहेकाले हामीले अवकाश पायौं, तर नेपाली सेनाले जित्नुपर्छ भन्ने हाम्रो मान्यता सधैं रहिरहन्छ,’ थापा मगरले भने । उनले सेनाको इतिहास बचाउनकै लागि तत्कालीन रथी बालानन्द शर्माले सिस्टम मिचेर प्रधानसेनापति नहुने जवाफ तत्कालीन सरकारलाई दिएको स्मरणसमेत गराए । थापा मगरले सेनाको फास्ट ट्र्याक बढुवाको नीति राम्रो भए पनि कार्यान्वयन अत्यन्त गलत भएको र आङ्खना मानिसलाई माथि ल्याउन सिंगो संगठनको इतिहासलाई दाउमा राखिएको दाबी पनि गरे ।
‘फास्ट ट्र्याक बढुवाको पक्षमा हामी पनि हौं, तर कार्यान्वयन अत्यन्त गलत ढंगबाट भयो, त्यसले जर्सापदेखि तलसम्म नराम्रो म्यासेज दियो,’ थापा मगरले भने, ‘अब सेनाका कोही पनि अधिकृत संगठनप्रति बफादार होइन, नेताको घरदैलो धाउन बाध्य हुन्छन् ।’ उनले २०४६ सलपछि नेपाल प्रहरीलाई फुटबल मैदान बनाएको जस्तै अब सेनालाई पनि सोही अवस्थामा पु¥याउने काम भएको जिकिर गरे । ‘अब त सेनामा काम र संगठनप्रति बफादार होइन, चेन अफ कमान्ड पनि होइन, बढुवाको लागि अन्त–अन्त धाउने खेल सुरु हुन्छ, यसले सेनाको इतिहास मेटाउनेछ,’ उनको भनाइ थियो । उनले सैनिक मुख्यालयको पछिल्लो निर्णयबाट ८० प्रतिशत सेनाका अधिकृत तथा जवान रुष्ट रहेको जनाउ पनि दिए । ‘माथिदेखि तलसम्म ८० प्रतिशत खुसी छैनन्, हिजोको जस्तो अवस्था आयो भने अब सैनिक नेतृत्वले काम लिनै सक्दैन,’ थापा मगरले भने ।


No comments:

Post a Comment