Saturday, December 7, 2013

नेताका घर धाउन छाडेर तत्कालै कार्यक्षेत्र फर्कन समानुपातिक उम्मेदवारलाई एमालेको निर्देशन

सभासद् बन्न नेताको घरमा दलबलसहित जाने क्रम बढेपछि एमाले नेतृत्वले समानुपातिकमा उम्मेदवार रहेका सबैलाई तत्काल कार्यक्षेत्र फर्कन निर्देशन दिएको छ । शुक्रबार सम्पन्न स्थायी समिति बैठकले सबै उम्मेदवारलाई कार्यक्षेत्र फर्किएर आङ्खनो काम गर्न कडा निर्देशन दिएको हो । बैठकले समानुपातिकतर्फका उम्मेदवारलाई पार्टीका नेताहरूसमक्ष डेलिगेसन जाने, दबाब दिने प्रवृत्ति छाडी अविलम्ब कार्यक्षेत्रमा फर्किएर परिभाषित काममा लाग्न पनि भनेको छ ।
केही दिनयताको घटनाक्रमले पार्टी काममा समेत प्रभाव परेको भन्दै स्थायी समितिले राजधानीकेन्द्रित भएर सभासद् बन्न डेलिगेसन र दबाबमा लागिरहेका नेता–कार्यकर्तालाई परिभाषित काममा फर्किन निर्देशन दिएको हो । पार्टीले निश्चित मापदण्डका आधारमा विवेकपूर्ण एवं औचित्यपूर्ण ढंगले सभासद्हरूको नामावली चयन गर्ने भन्दै तत्कालै कार्यक्षेत्र फर्कन बैठकले निर्देशन दिएको सचिव विष्णु पौडेलले बताए । ‘पार्टीले निश्चित मापदण्डका आधारमा विवेकपूर्ण एवं औचित्यपूर्ण ढंगले सभासद्हरूको नामावली चयन गर्ने र निर्वाचन आयोगसमक्ष सिफारिस गर्नेछ । तसर्थ, समानुपातिक सूचीका उम्मेदवार र उहाँहरूका समर्थकहरूलाई अविलम्ब आ–आङ्खनो कार्यक्षेत्रमा फर्किन र पार्टीको परिभाषित काममा लाग्नका लागि निर्देशित गरिएको छ,’ बैठकपछि सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एमाले नेतृत्वले निर्वाचन अघि उम्मेदवारको दबाब दिन जिल्ला–जिल्लाका नेता कार्यकर्ता नेताको घर धाउन थालेपछि यस्तै निर्देशन दिएको थियो । निर्वाचनपछि पनि समानुपातिकबाट सभासद् बन्न बिहान ४ बजेदेखि नै पार्टी अध्यक्षदेखि स्थायी समितिका सबै नेताहरूको घरमा भीड लाग्ने गरेको छ । सोही कारण स्थायी समिति बैठकसमेत पार्टी कार्यालयमा नबसी अन्यत्र बस्नुपरेको थियो । कार्यकर्ताको दबाब बढेपछि स्थायी समिति बैठक पार्टी कार्यालयको साटो सानेपास्थित मनमोहन प्रतिष्ठानमा बसेको थियो । संविधानसभा निर्वाचन–२०७० मा समानुपातिकतर्फको उम्मेदवार बनेका र उनीहरूका समर्थकहरूको ठूलो पंक्ति राजधानीमा केन्द्रित भएर पार्टीका नेताहरूसमक्ष डेलिगेसन जाने, आग्रह र अनुरोध गर्ने तथा दबाब दिनेजस्ता प्रवृतिहरू देखा परेको,’ भन्दै स्थायी समितिले कार्यक्षेत्र पठाउन सो निर्णय गरिएको विज्ञप्तिमा प्रस्ट पारिएको छ ।
अध्यक्ष झलनाथ खनालसहित शीर्ष नेताको दैनिकी नै प्रभावित हुने गरी सभासद्को आकांक्षीहरूले दलबलसहित दबाब बढाएपछि यस्तो निर्णय गर्नुपरेको एक नेताले बताए । एमालेले समानुपातिक सूचीबाट सभासद् चयनका लागि मापदण्ड निर्धारणलगायतका एजेन्डामा छलफल गर्न २४ मंसिरमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकका लागि निर्वाचन समीक्षा गरी प्रतिवेदन पठाउन स्थानीय कमिटीलाई निर्देशन दिने, वर्तमान राजनीतिक परिस्थिति र पार्टीले गर्नुपर्ने कामलगायतका एजेन्डा तय गरिएको केन्द्रीय सचिवालय सचिव पौडेलले जनाएका छन् ।
निर्वाचन आयोगले २५ मंसिरभित्र समानुपातिकतर्फका सभासद् चयन गरी नामावली बुझाउन पत्राचार गरिसकेको छ । एमालेले समानुपातिकतर्फ ८४ सिट प्राप्त गरेको छ । समानुपातिक सूचीमा परेका उम्मेदवारले आपूmलाई जसरी पनि पार्न भन्दै अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव युवराज ज्ञवाली, विष्णु पोडेल, शंकर पोखरेल, भरतमोहन अधिकारी र अमृतकुमार बोहोरासहितका नेता निवासमा दबाब दिँदै आएका छन् ।
उनीहरूले पोलिटब्युरोमा रहेका प्रभावशाली नेतालाई समेत भेटेरै दबाब दिने क्रम जारी राखेपछि कार्यक्षेत्र फर्कन भनेको हो । स्थायी समितिका एक नेताका अनुसार दबाब जारी राख्ने, नेताको घर धाउने र कार्यक्षेत्र नफर्कनेलाई मापदण्डभित्र परे पनि सभासद् नै नबनाउने रणनीति बैठकले अख्तियार गरेको छ ।
राजधानी दैनिक 

No comments:

Post a Comment