Wednesday, July 31, 2013

परपुरुषसंगको अबैध सम्बन्ध कायमै राख्न पतीको हत्या


सिरहा, १६ साउन
सिरहाको सिक्रौन निवासी एक महिलाले अबैध सम्बन्ध कायम राख्न कन्ट्याक्ट किलर हायर गरी पतीकै हत्या गरेको तथ्य खुलेको छ । सिक्रौन–७ घर भई रामनगर मिर्चैयामा ब्यापार गर्दै आएकी गुरुशरण साहलाई उनकै कान्छी पत्नी चन्दरदेवी साहले नाठोसंग मिलेर कन्ट्याक्ट किलर झिकाई हत्या गरेको पाइएको हो । गुरुशरणको गत २ साउनको राती धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एस्पी) पुर्णचन्द्र जोशीले अनुसन्धानको क्रममा कान्छीपत्नी चन्दरदेवीले नै अबैध सम्बन्ध रहेका ब्यक्तिसंग मिलेर गुरुशरणको हत्या गरेको स्वीकारेको बताए । जोशीका अनुसार चन्दरदेवी र उनीसंग अनैतिक सम्बन्ध राख्दै आएका सतो भन्ने सतदेब यादवले कन्ट्याक्ट किलरमार्फत साहको हत्या गराएको पाइएको हो । माडर ३ घर भएका सतदेब १५ बर्ष
अगाडिदेखि गुरुशरण साहसंगै ब्यापार गर्दै आएका थिए ।
 सोही समयदेखि उनकी कान्छी पत्नी चन्दरदेवीको सतदेबसंग अनैतिक शारीरिक सम्बन्ध रहेको थियो । प्रहरी उपरीक्षक जोशीका अनुसार १५ बर्षदेखि अबैध रुपमा सारिरिक सम्पर्क रहेको र पतीले सो काम बन्द गर्न भनेपछि योजना बनाएर हत्या गरिएको बयान चन्दरदेवीले दिएकी छन । प्रहरीका अनुसार गुरुशरणको हत्या गर्ने सतदेव मृतकका घणिष्ट मित्र समेत हुन ।
सतदेवसंग अबैध सम्बन्धबारे जानकारी पाएलगत्तै गुरुशरणले छोरीहरु जवान भइसकेकाले अब त्यस्तो सम्बन्ध नराख्न पटक–पटक चेताबनी दिएका थिए । उनको त्यही चेतावनीलाई आफुहरुको सम्बन्धमा बाधक बनेको भन्दै चन्दरदेवीले तिनै मार्फत कन्ट्याक्ट किलर झिकाउन लगाई हत्या गराएको बयान दिएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

Tuesday, July 30, 2013

तिम्रै लागि बाँचिराछु...

मुट साटी लिएर जाने
झुक्याएरै अन्तै पो गइछ
सपनामाथि बज्रपात हुँदा
मनले शान्ति नपाउने रैछ

भावैभावमा तिमीसंग
माया मैले धेरै लाछु
टाढाटाढा नहोउ प्रिय
तिम्रै लागि बाँचिराछु

सरकारी टेलिफोनबाटै सम्पादकलाई ज्यान मार्ने धम्की

काठमाडौं, १५ साउन
साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । ललितपुरको खुमलटारमा रहेको कृषि मन्त्रालय अन्तर्गतको जिन व्याङ्कको टेलिफोन नम्बर ०१५००३१२५ बाट आफुलाई त्यस्तो धम्की आएको बुढाथोकीले बताए ।
मंगलबार साँझ सवा पाँच बजे अज्ञात नम्बरबाट एक व्यक्तिले ज्यान मार्ने धम्की दिएको सम्पादक बुढाथोकीले बताए । “तैँले कस्तो पत्रकारिता गर्छस” धम्की दिनेको भनाई उदृत गर्दै बुढाथोकीले भने, “धेरै जान्ने भएको छस, तँलाई र तेरो पत्रिकालाई सिध्याइदिन्छु ।”
कुन समाचारलाई लिएर धम्की दिएको भन्नेबारे आफुलाई जानकारी नदिएको बुढाथोकीले बताए । तर सोमबार साँघुमा प्रकाशित नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०को अनियमितता सम्बन्धी समाचारलाई दिएर धम्की आएको हुन सक्ने उनले अनुमान गरे ।

सोमबारको साँघु साप्ताहिकमा ‘नार्कको अनियमितता जति छोप्यो, उति नाङ्घिदै’ भन्ने शिर्षकमा समाचार टिप्पणी छापिएको थियो ।

पानी पसेर सिंहदरवारमै बिजोग.फोटो फिचरसहित

काठमाडौ, १५ साउन
केही बेर परेको मुसलधारे बर्षाले सिंदरबारमा पानी पसेको छ । सिंदरबारमा रहेको भूमिगत (अण्डरग्राउण्ड) कोठा पानीले भरिएको छ । ती कोठामा कर्णाली विकास आयोग, सुदुरपश्चिम विकास आयोग, प्रधानमन्त्री कार्यालयको प्रेस शाखा, सुशासन महाशाखाजस्ता कार्यालय थिए । पानीले ती कार्यालयका कागजपत्र भिजेका छन् । कर्मचारीहरु बाहिर निस्किएर बसेका छन् । कोठामा तीन फिट भन्दा बढी पानी भरिएको छ ।
पानीले पूर्व गेटनजिकै रहेको पार्किङमा राखिएको साना सवारी र मोटरसाईकल डुबाएका छन् । अहिले महानगरका दमकलले पानी तानिरहेका छन् । 




चार वर्षमा ९८ बाघ थपिए

काठमाडौं, १४ साउन
सरकारले लिएको लक्ष्यअनुसार नेपालमा बाघको संख्या उल्लेख्य मात्रामा बढेको छ । सरकारले गत २३ माघदेखि २२ जेठसम्म गरेको बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षणअनुसार नेपालमा बाघको संख्या १ सय ९८ पुगेको छ । राष्ट्रिय बाघ संरÔण समितिको तेस्रो बैठकको निर्णयअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरÔण विभागको संयोजकत्वमा वन विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोÈ र डब्लूडब्लूएफ नेपालले नेपालमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण भएको हो । नेपालले हरेक चार वर्Èमा बाघ गणना गर्ने नीति लिएको छ ।

नेपालमा पहिलो पटक सन् २००९ मा गरिएको गणनामा बाघको संख्या १ सय २१ थियो । त्यसयताको चार वर्षमा बाघको संख्या ७७ ले वृद्धि भएको छ । यद्यपि सर्वेÔणबाट नेपालमा बाघको संख्या १ सय ६३ देखि २ सय ३५ रहेको अनुमान गरिएको छ । नेपालमा चार वर्Èकै अवधिको तुलनामा बाघ वृद्धि भए सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने पिटसवर्ग प्रतिबद्धता पूरा हुने अनुमान सरकारी निकायको छ ।

सन् २०१० मा रसियाको सेन्ट पिटसवर्गमा भएको बाघ पाइने देशका राष्ट्रप्रमुखहरूको सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर गर्ने प्रतिबद्धता भएको थियो । ‘नेपालमा बाघको संख्या वृद्धि सन्तोÈजनक पाइएको छ,’ बाघ दिवसका अवसरमा सोमबार बाघको संख्या सार्वजनिक गर्दै वन तथा भू–संरÔणमन्त्री टेकबहादुर थापा घर्तीले भने, ‘संरक्षण अभियानले हामीलाई उत्साहित तुल्याएको छ ।’

सोमबार सार्वजनिक गरिएको तथ्यांकअनुसार राष्ट्रिय निकुञ्जहरूमध्ये पर्सा वन्यजन्तु आरÔ मध्यवर्ती Ôेत्र तथा आसपासका वनमा सातओटा बाघ पाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासमा १ सय २०, बा“केमा राष्ट्रिय निकुञ्ज तथा आसपासमा चार, बर्दिया राष्ट्रिय निकुञ्ज तथा आसपासमा ५०, शुक्लाफा“टा वन्यजन्तु आरÔ तथा आसपासमा १७ ओटा बाघ भेटिएको छ । गणनामा रौतहटदेखि कञ्चनपुरसम्मका १४ जिल्लामध्ये यसअघि नपाइएको दाङ र कपिलवस्तुमा पनि बाघको उपस्थिति पाइएको छ । चितवनस्थित राजधानीकर्मी राधेश्याम खतिवडाका अनुसार बाघ दिवसका अवसरमा सोमबार सौराहामा आयोजना गरेको बाघ गणना सार्वजनिक कार्यक्रममा बाघको संख्या घटेको जानकारी दिइयो । चितवनमा अघिल्लो गणनामा बाघको संख्या १ सय २५ रहेकोमा अहिले घटेर १ सय २० मा झरेको छ । अघिल्लो गणनामा पर्सा वन्यजन्तु आरक्षमा चारओटा रहेको बाघको संख्या बढेर सात पुगेको हो । बर्दियास्थित राजधानीकर्मी सुदीप अधिकारीका अनुसार सोमबार बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारामा कार्यक्रम आयोजना गरी बाघको संख्या ५० पुगेको जनाइयो । यो संख्या चितवन निकुञ्जपछिको दोस्रो हो । सन् २०१२ मा गरिएको गणनामा बर्दियामा बाघको संख्या ३७ मात्र थियो । एक वर्षको अवधिमा बर्दिया निकुञ्जमा १३ ओटा बाघ बढेका छन् ।

निकुञ्जले सार्वजनिक गरेको पछिल्लो नतिजाअनुसार बर्दिया निकुञ्जमा १६ बयष्क भाले बाघ र ३४ पोथी बाघ छन् । सामान्यतया निकुञ्जमा चार÷चार वर्षमा बाघ गणना गर्ने प्रचलन छ । तर, गत वर्षको नतिजा चित्तबुझ्दो नभएको भन्दै सरकारले ‘क्यामरा ट्यापिङ’ प्रविधिको प्रयोग गरी बाघ गणना गरेको थियो । विश्वमा नौ प्रजातिका बाघ पाइने भए पनि अहिले तीन प्रजाति लोप भइसकेका छन् । लोप हुने बाघका प्रजातिहरूमा क्यास्पियन टाइगर, वाली टाइगर र जामान टाइगर छन् । अहिले विश्वका १३ मुलुकमा ६ प्रजातिका बाघ पाइन्छन् । जसमा इन्डो चाइना, साउथ चाइना, रोय बंगाल, सुमात्रान, अमुर टाइगर, मलायन टाइगर रहेका छन् ।

नेपालमा भने रोय बंगाल टाइगर मात्रै पाइन्छन् । सर्वेक्षणका क्रममा बाघका ७ हजार ६ सय ९९ फोटोको अध्ययन गरिएको थियो । अध्ययनमा बाघको संख्यासँगै आहारा प्रजातिको संख्यासमेत संकलन गरिएको छ । बाघको संख्यासँगै आहारा प्रजातिको संख्या पनि बढेको विभागले जनाएको छ ।
क्षण

नेपाली सेनालाई प्यारामिटरको जिम्मा दिएर प्रहरी र सशस्त्र प्रहरीलाई मतदान केन्द्रको सुरक्षा जिम्मवारी

काठमाडौं, १४ साउन
सुरक्षा निकायले आगामी ४ मंसिरमा हुने संविधानसभाको निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति दिन सक्षम रहेको निष्कर्ष निकालेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा गृहमन्त्री माधव घिमिरे र सचिव नवीन घिमिरेसहित तीनओटै सुरक्षा निकायको बैठकले सो निष्कर्ष निकालेको हो । केही निर्वाचन क्षेत्र र जिल्लामा ठूलै संख्यामा सुरक्षाकर्मी परिचालन गर्नेबाहेक अन्य जिल्ला र क्षेत्रमा खासै ठूलो चुनौती नरहेको निष्कर्ष सुरक्षा बैठकले निकालेको छ । बैठकले निर्वाचनका लागि सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको निष्कर्ष पनि निकालेको छ ।

स्रोतका अनुसार बैठकले निर्वाचनमा प्रतिस्पर्धी दलहरूबीच नै झडप हुने र त्यसले पार्ने असरलाई सामान्यीकरण गर्नुपर्ने, तराईमा भूमिगत समूह भन्दा पनि पहाडका केही जातीय मोर्चाहरू बढी बाधक हुने आँकलन गरेको छ । सहभागी एक अधिकृतका अनुसार ती समूहका गतिविधिप्रति सुरक्षाकर्मी निकै चनाखो रहनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । ‘बहिष्कारवादी दल, अन्य भूमिगत समूह र जातीय मोर्चाका कारण निर्वाचन हुन सक्दैन, सुरक्षाकर्मीहरू परिचालन हुन कठिन हुन्छ भन्ने धारणा गलत छ, जस्तोसुकै परिस्थितिमा पनि सरकारले तोकेको मितिमा चुनाव गराउन सुरक्षा निकाय सक्षम छ,’ बैठकको निष्कर्ष सुनाउँदै ती अधिकारीले भने ।

पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालले अरुणपूर्वका नौ जिल्लामा लिम्बुवान मोर्चाको सामान्य प्रभाव रहे पनि चुनावै बिथोल्न सक्ने अवस्थामा नरहेको प्रतिवेदन पेस गरेका छन् । ‘ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम धनकुटा, सुनसरी मोरङ र संखुवासभामा लिम्बुवान कार्यकर्ताहरूले गतिविधि सञ्चालन गरेका छन्, यद्यपि उनीहरू निर्वाचन बिथोल्न सक्ने हैसियतमा भने छैनन्,’ डीआईजी अर्यालको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, मध्यामाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विज्ञानराज शर्माले भारतसँग सीमा जोडिएका जिल्लाहरू केही संवेदनशील रहेको बताएका थिए ।

उनले भूमिगत समूहको थ्रेटभन्दा पनि राजनीतिक दलहरूले प्रयोग गर्ने सीमावर्ती आपराधिक समूह बढी खतरानक हुने निष्कर्ष सुनाएका थिए । ‘भूमिगत समूहलाई प्रहरीले अहिलेदेखि नै निगरानीमा राखेको छ, उनीहरू पूरै चुनाव बिथोल्न सक्ने अवस्थामा छैनन्, तर छिटपुट घटना नै काफी हुने भएकाले सुरक्षाकर्मीको ध्यान त्यता जाँदा राजनीतिक दलकै नेताहरूबाट आयातीत समूहले निम्त्याउन सक्ने खतरा बढी संवेदनशील छ,’ शर्माले बैठकमा भने, ‘चुनावका लागि पक्षमा रहेका दलहरूकै प्रतिबद्धता बढी चाहिन्छ ।’

त्यसैगरी, सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी नारायण बस्ताकोटीले खस क्षत्रीहरूले चुनावलाई स्वागत गरिसकेकाले सुदूरपश्चिममा खासै समस्या नभएको तर त्यहाँ बहिष्कारवादी दलहरूको अवस्थालाई कमजोर भन्न नमिल्ने प्रतिवेदन पेस गरेका छन् । त्यस्तै, पोखरा क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रप्रताप शाह र मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख राजेन्द्रसिंह भण्डारीले आङ्खनो क्षेत्रमा निर्वाचन गर्न कुनै समस्या नभएको प्रतिवेदन दिए ।

महानगरीय प्रहरी आयुक्त एआईजी नवराज ढकालले पनि उपत्यकामा चुनाव बिथोल्ने हैसियत कसैको नरहेको प्रतिवेदन दिएका छन् । ‘उपत्यकामा चुनाव भाँड्ने ताकत विरोधमा लागेका दलको छैन, अन्य भूमिगत समूह त अस्तित्वमा नै छैनन्,’ ढकालको प्रतिवेदनमा उल्लेख छ । बैठकमा निर्वाचनको बहिष्कारमा सक्रिय समूह र पार्टीहरूलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सामान्य छलफल भएको थियो । ‘राजनीतिक ढंगले समाधान नभए मन्त्रालयले यसबारेमा छुट्टै योजना बनाउँछ र तत्काल लागू गर्नेछ,’ बैठकमा गृहमन्त्री घिमिरेको भनाइ थियो ।
 गृहले तीनओटै सुरक्षा निकाय संलग्न निर्वाचन क्षेत्र सुरक्षा केन्द्रित योजनाको खाका लिएर एकीकृत सुरक्षा योजना बनाइरहेको छ । स्रोतका अनुसार भेलामा सशस्त्र समूहको प्रभाव, निर्वाचनविरोधी समूहको गतिविधि र प्रभाव, भूमिगत एवं जातीय समूहको अवस्थाबारे क्षेत्रगत प्रस्तुति राखिएको थियो । निर्वाचन बहिष्कारवादीहरूले बहिष्कारको खुला अभियान सुरु गरेपछि सुरक्षा निकायको ध्यान त्यता मात्रै जान थालेको थियो । नेकपा–माओवादीसहितको मोर्चा, संघीय समाजवादी दललगायत जातिवादी दलको गतिविधिलाई मुख्य चुनौतीका रूपमा हेरिएको भए पनि मन्त्रीले यसबारेमा पछि नै निर्णय गर्ने बताए पनि आन्तरिक तयारी गर्न निर्देशन दिएका छन् ।

माओवादीको निर्वाचनविरोधी अभियानको प्रकृति र एकीकृत माओवादीबाट आएका प्रतिक्रियाले राजनीतिक मुठभेड बढाउने र त्यसले सुरक्षा व्यवस्था चुनौती बन्न सक्ने सुरक्षा निकायको विश्लेषण छ । भगौडा सेना तथा प्रहरीलाई बहिष्कार पक्षले प्रयोग गर्न सक्ने खतरा र साना हतियारको बिगबिगी तथा पूर्वलडाकूहरू पनि अर्को चुनौतीका रूपमा रहेको निष्कर्ष निकालिएको पनि स्रोतले जनायो । राति अबेरसम्म बसेर मन्त्रालयका अधिकारीहरू तथा सुरक्षा निकायका उच्च अधिकारीहरूले निकालेको निष्कर्षअनुसार सीमा क्षेत्रमा कडाइ गर्न सके तराईमा यस पटक सबैभन्दा स्वच्छ निर्वाचन गर्न सकिनेछ । सरकारी तहबाट भारतीय सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने निष्कर्षमा पनि सुरक्षा अधिकारीहरू पुगेका छन् ।

नेपाली सेनालाई प्यारामिटरको जिम्मा दिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मतदान केन्द्रको सुरक्षा गर्ने जिम्मवारी दिने विषयमा तीनै सुरक्षा निकाय सहमत भएका छन् । 

पानी पसेर सिंहदरवारमै बिजोग

काठमाडौ, १५ साउन
केही बेर परेको मुसलधारे बर्षाले सिंदरबारमा पानी पसेको छ । सिंदरबारमा रहेको भूमिगत (अण्डरग्राउण्ड) कोठा पानीले भरिएको छ । ती कोठामा कर्णाली विकास आयोग, सुदुरपश्चिम विकास आयोग, प्रधानमन्त्री कार्यालयको प्रेस शाखा, सुशासन महाशाखाजस्ता कार्यालय थिए । पानीले ती कार्यालयका कागजपत्र भिजेका छन् । कर्मचारीहरु बाहिर निस्किएर बसेका छन् । कोठामा तीन फिट भन्दा बढी पानी भरिएको छ ।
पानीले पूर्व गेटनजिकै रहेको पार्किङमा राखिएको साना सवारी र मोटरसाईकल डुबाएका छन् । अहिले महानगरका दमकलले पानी तानिरहेका छन् । 

Sunday, July 28, 2013

उच्चस्तरीय समितिसँग सरकार असन्तुष्ट, संविधान संशोधनमा सहमति नदिएको आरोप

काठमाडौं, १३ साउन
निर्वाचन क्षेत्र निर्धारणको विषयलाई लिएर प्रमुख चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समिति र सरकारबीच विवाद चुलिएको रहस्य खुलेको छ । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नै आफूनिकट व्यक्तिहरूसँग राजनीतिक समितिको व्यवहार ठीक नभएको कारण सम्बन्धमा कटुता आएको तथ्य खोलेका हुन् ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्रको सीमा निर्धारण र संख्या घटबढको विषयलाई लिएर गरेको सिफारिस समितिबाट अस्वीकार भएपछि विवाद चुलिएको स्रोतले बतायो । जनसंख्या वृद्धिको आधारमा तराई र पहाडमा गरी ११ ओटा निर्वाचन क्षेत्र बढाउनुपर्ने व्यावहारिक बाध्यता आइपरेको भन्दै क्षेत्र निर्धारण अयोगले संविधान संशोधन गर्न सरकारमार्फत समितिसमक्ष प्रस्ताव पठाएको थियो । सो प्रस्तावलाई सरकारले समितिमा पठाउँदा अस्वीकार गरेपछि सरकार र समितिबीच नै विवाद बढेको हो । ‘सरकारले गरेको सिफारिसलाई समितिले सुनुवाइ नगरेपछि सम्बन्ध चिसिनु स्वाभाविक हो,’ सरकारका एक मन्त्रीले भने, हामीले आयोगको प्रस्तावलाई समितिमा पठाएका थियौं तर अस्वीकार गर्ने काम भयो ।’
क्षेत्र निर्धारण आयोग अध्यक्ष ताहिर अलि अन्सारीले संविधान संशोधन गरी निर्वाचन क्षेत्रको संख्या २ सय ४० बाट २ सय सय ५१ बनाउन सरकारमार्फत प्रस्ताव गरेका थिए । सरकारले सो प्रस्तावलाई उच्चस्तरीय राजनीतिक समितिले बेवास्ता गरेको आरोप लगाएको छ ।
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले नै संविधान संशोधन गर्न उच्चस्तरीय राजनीतिक समितिमा रहेका दल सहमत नभएको जवाफ आयोग अध्यक्ष अन्सारीलाई दिएपछि विवाद बाहिर आएको हो । स्रोतका अनुसार रेग्मीले चार दलको यो निर्णयप्रति आफू असन्तुष्ट रहेको जनाउसमेत दिएका थिए । मन्त्रिपरिषद् स्रोतका अनुसार आयोग अध्यक्ष अन्सारीले भने पटक–पटक संविधान संशोधनको पहल गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।
समितिमा रहेका दलहरूले आयोगले उठाएका संवैधानिक समस्यालाई हल गर्न संविधान संशोधन गरिएमा अन्य असन्तुष्ट दलहरूको मागलाई समेत सम्बोधन गर्नुपर्ने र त्यसले समस्या झनै बल्झेर निर्धारित समयमा निर्वाचन नै हुन नसक्ने जनाउ सरकारलाई दिएको थियो । तराईका ६ देखि ९ ओटासम्म जिल्लामा निर्वाचन क्षेत्र बढाएमा मात्र जनसंख्या प्रतिशतको आधारमा तराईमा निर्वाचन क्षेत्र कायम गर्न सकिने तर्क क्षेत्र निर्धारण आयोगको छ ।
आयोगको सो माग र सुझावप्रति अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी सहमत भए पनि उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलले ठाडै अस्वीकार गरेपछि उनी र अयोग पनि समितिमा रहेका दल र दलका नेताप्रति निकै असन्तुष्ट बनेको स्रोतको भनाइ छ । तराई मधेसमा बढ्दो सुरक्षा खतराप्रति ध्यानाकर्षण गराई सुरक्षा माग गर्न शनिबार दिउँसो बालुवाटार पुगेका मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसमक्ष पनि रेग्मीले असन्तुष्टि जनाएका थिए । स्रोतका अनुसार रेग्मीले सबैको माग सम्बोधन गर्न आफू सहमत भई संविधान संशोधन गर्न सहमत भए पनि चार दल नै बाधक बनिरहेको बताएका थिए ।
रेग्मीसँगको भेटमा यादवले सुरक्षा स्थिति नसुध्रिएमा निर्वाचनमा भाग लिन नसकिने प्रस्ट पारेका छन् । तराईमा सशस्त्र भूमिगत संगठनको गतिविधि नरोकिएमा यथास्थितिमा निर्वाचनमा भाग लिन नसकिने जनाउ यादवले दिएका हुन् ।
चुनावी सरकार र निर्वाचन प्रक्रियाप्रति नै्र असन्तुष्ट बनेको फोरम नेपाल नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चालाई चुनावमा सहभागी हुन आग्रह गरिरहेको सरकारले भने शान्ति सुरक्षा बढाउने प्रतिबद्धता जनाएको छ । चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सशस्त्र भूमिगत संगठनको गतिविधि तराईमा बढेको स्विकार्दै तराईमा सुरक्षा सतर्कता बढाउने
बताएका थिए ।
फोरम नेता अर्जुन थापाका अनुसार केही महिनाअघि फोरमनिकट कारखाना मजदुर संघका महासचिव उमाशंकर साहलाई सशस्त्र हतियारधारीले पर्सामा गोली हानी हत्या गरेको र हालै महोत्तरीका कार्यालय सचिव प्रगास साहलाई गोली हानी घाइते बनाएको विषयमा सरकारको ध्यानाकर्षण गराउन पार्टीले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझेपछि रेग्मीले तराईमा सुरक्षाकर्मी बढाउने, हत्या र गोलीकाण्डको विषयमा छानबिन गर्ने प्रतिबद्धता
जनाएका थिए ।

नेताहरु आश्चर्यचकित

काठमाडौ, श्रावण १३ ( उच्चस्तरीय राजनीतिक समिति को आजको बैठकले संविधानसभा निर्वाचनका लागि नेकपा(माओवादी र त्यसमा आबद्ध मोर्चालाई बिनासर्त वार्तामा आउन दुईपटक आग्रह गर्दा पनि हालसम्म वार्तामा नआएकामा गम्भीर आश्चर्य व्यक्त गरेको छ ।
समितिको कार्यालय, नयाँ बानेश्वरमा बसेको बैठकबारे जानकारी दिादै एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले सो पार्टी र मोर्चाले वार्तामा आउन गरेको सार्वजनिक प्रतिबद्धताविपरीत हालसम्म वार्तामा नआएकोबारे बैठकले आश्चर्य व्यक्त गर्दै पुनः वार्ताको आहृवान गरेको बताए । उनले नयाँ निर्वाचनमार्फत अग्रगामी संविधान निर्माणको कार्यमा सहभागी हुन पुनः आग्रह गरिएको जानकारी दिए । एमाले नेता रघुजी पन्तले अब पनि वार्तामा नआए आफूहरू आग्रह गरेर नपर्खने बताउादै वार्तामा आउाछु भनेर वार्ता समिति पनि गठन गर्ने तर वार्तामा नआउने स्थितिप्रति आफूहरू आश्चर्यमा परेको बताए ।
यसैगरी, आजको बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिन समितिबाट गठित कार्यदलले सुझाव प्रस्तुत गरेको छ । कार्यदलले संविधानबमोजिम निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भए पनि कतिपय विषयमाथि शीर्ष नेता तहमा छलफल गर्न सुझाव दिएको छ ।
एमाओवादीका नेता श्रेष्ठका अनुसार कार्यदलले संविधानमा निर्वाचन क्षेत्रको सङ्ख्या दुई सय ४० रहेको, पुरानो दुई सय पााचको सङ्ख्यामा हेरफेर गर्न नसकिने, तराईरमधेसमा जनसङ्ख्याको वृद्धिको अनुपातमा निर्वाचन क्षेत्र बढ्नुपर्ने र पहाडमा पनि जनसङ्ख्याको वृद्धिको अनुपातमा निर्वाचन क्षेत्र बढ्नुपर्ने अवस्थाका कारण क्षेत्र निर्धारणमा जटिलता देखिएकाले यसबारे अर्को बैठकमा छलफल गरिनेछ । यसैगरी, बैठकले यसबीचमा बझाङ, पर्सा र महोत्तरीमा भएको निर्वाचन बिथोल्ने प्रकारका घटनाप्रति भत्र्सना गर्दै यस्ता गतिविधि नगर्न सबै पक्षमा अपिल पनि गरेको छ ।

Saturday, July 27, 2013

बीपी–पुष्पलाल र एमाओवादी निर्णय


 गणेश बस्नेत
यो साता नेपाली राजनीतिमा ठीक विपरीतका घटना भए । पहिलो घटना नेपालको राजनीतिमा लामो समयसम्म दूरगामी प्रभाव पार्ने शिखरपुरुषद्वय बीपी कोइराला र पुष्पलाल श्रेष्ठको योगदानको चर्चा भयो । दोस्रो अघिल्लो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एकीकृत नेकपा माओवादीले एकै व्यक्तिमा सबै अधिकार केन्द्रित ग¥यो ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको र नयाँ संविधान निर्माणका लागि संविधानसभाको दोस्रो चुनाव हुन १ सय २० दिन बाँकी रहँदा एमाओवादीले लोकतन्त्रका सबै मूल्य मान्यतालाई तिलाञ्जली दिएर अनि हेटौंडा महाधिवेशनबाट पारित विधानलाई च्यातेर अध्यक्षमा मात्रै अधिकार सुम्पियो । यस घटनाले नेपाली राजनीतिको आगामी यात्रा अझै डरलाग्दो हुने प्रस्टै संकेत गरेको छ । बीपी र पुष्पलालको बाटोमा अघि बढ्ने सिंगै देशको संकल्पमा एमाओवादीको यो निर्णय तगारो बनेर आएको छ । मुलुक र जनताका लागि आजीवन संघर्ष गर्ने नेपाली राजनीतिका दुई हस्ती बीपी कोइराला र पुष्पलाल श्रेष्ठको योगदानको मूल्यांकन हुनु स्वाभाविक हो ।
जन्मजयन्तीको अवसर पारेर नेपाली वाम तथा प्रजातान्त्रिक आन्दोलनलाई अहिलेको अवस्थासम्म ल्याउन आफ्नो जीवन नै दाउमा राख्ने बीपी र पुष्पलालको विचारका कारण अनुयायीहरूले दुवै नेताको योगदानलाई न्वारानदेखिको स्मरण शक्ति लगाएर सम्झिए पनि । नेतादेखि कार्यकर्तासम्मले सदैव उनीहरूले देखाएको बाटोमा हिँडने संकल्प पनि गरे । मुलुक गम्भीर संक्रमणकालमा रहेको र समस्याको निकास पाउन नसकी रहेको अवस्थामा बीपी र पुष्पलालले अघि सारेका विचारको अनुशरण गर्ने संकल्प जति स्वागतयोग्य छ, व्यवहारमा कार्यान्वयन हुन नसक्नु त्यत्तिकै दुःखद् पाटो हो । मुलुक र जनताका समस्या समाधानका लागि सदैव हिँड्न तयार भएका यी दुई महानायकको विचार अनुशरण भएको हुँदो हो त, मुलुकले अहिले यस्तो अवस्थाको सामना गर्नुपर्ने थिएन ।
राष्ट्र, राष्ट्रियतासहित समाजको प्रजातान्त्रीकरण, रूपान्तरण र समानताको विषयमा बीपी र पुष्पलालका समान धारणा थिए । ती विषयलाई नेपालका कम्युनिस्ट र कांग्रेस दुवैले आत्मसात् गर्न सकेको भए विगतमा जातीय संघीयताको नाममा मुलुकमा गृहयुद्धको पूर्वाभाष हुने थिएन । न त भविष्यमा नै यसबाट कुनै समस्या आउने थियो । तर, अहिलेसम्म ती काम हुनसकेका छैनन् । कम्युनिस्टको नाम भँजाउने एमाओवादी नेताहरू त संस्थापक नेता पुष्पलालले अवलम्बन गरेकोभन्दा ठीक विपरीत बाटो हिँडिरहेका छन् । कांग्रेस पनि प्रजातान्त्रिक समाजवादभन्दा व्यवहारमा कोसौं टाढा खुला र बजारमुखी अर्थतन्त्रमा पुगिसकेको छ ।
लोकतान्त्रिक आन्दोलनका अगुवा दलको रूपमा स्थापित नेपाली कांग्रेस र नेकपा एमालेले पनि लोकलाई देखाउनका लागि मात्रै बीपी र पुष्पलालको नाम जपेको देखिन्छ । वर्षमा एक दिन सम्झिएपछि पार्टीले अवलम्बन गरेको विचारलाई अनेक बहानामा भ्रष्टीकरण गर्नेजस्ता गम्भीर अपराधबाट मुक्ति पाइन्छ भन्ने सोच देखियो, दुवै दलका नेतृत्वमा । मुलुकको सामाजिक रूपान्तरण र समृद्धिका लागि दुवै नेताले अघि बढाएको लक्षलाई व्यवहारमा कार्यान्वयन गर्ने अठोट साँचो रूपमा आउनै सकेन । बीपीको प्रजातान्त्रिक समाजवादबाट कोसौं टाढा पुगिसकेको कांग्रेसले केन्द्रीय कार्यालयको तर्फबाट उनको सम्मान र सम्झनामा औपचारिक कार्यक्रमसमेत गरेन । एमालेले पनि पुष्पलाललाई त्यस्तै व्यवहार ग¥यो ।
पुष्पलाल स्मृति प्रतिष्ठानको नाममा खडा भएको सामाजिक संस्थाले कीर्तिपुरको चम्पादेवी पुगेर औपचारिकता निभायो । त्यसैमा एमाले नेतागणले पुष्पलाल सम्झिए । केन्द्रीय कार्यालय बल्खुमा त उनको सम्झनासमेत गरेको पाइएन । कांग्रेस र एमाले दुवैले स्वर्गवासी नेताको जीवन र योगदानबारे केन्द्रीय कार्यालयमा कार्यक्रम गर्नु खासै आवश्यकता ठानेको देखिएन, यस पटक । बीपी र पुष्पलालको स्मरण गरिरहँदा गाउँका झुपडीसम्म अधिकार पु¥याउने अभियानलाई जोकोहीले सम्झन्छन् । अधिकार सहरमा होइन, गाउँमा भन्ने उनीहरूको अठोटलाई उनले नै स्थापना गरेको दल र अन्य राजनीतिक पार्टीले कत्ति पनि अनुशरण गरे ? त्यो इतिहासले देखाइसकेको छ । बीपी र पुष्पलालले नेतृत्व गरेका पार्टीकै प्रमुख नेताले आफ्ना गलत व्यवहारमा सुधार गर्ने र साँचो अर्थमा मुलुकलाई सही निकास दिएर संक्रमणबाट मुक्ति दिलाउने उद्घोष गरेको आभाष कसैलाई हुन सकिरहेको छैन । यस अर्थमा बीपी र पुष्पलाल दुवैको साँचो अर्थमा यस पटक पनि सम्मान हुन सकेन भन्दा कसैको विमती नहोला । इतिहास पुरुषको फगत नाम जप्ने काम मात्रै भयो यस वर्ष पनि । भाषणमा उनीहरूले अघि बढाएको विचारअनुसार अघि बढिरहेको झूटो दाबी पेस गरियो ।
विभिन्न थरीका नाटक पनि मञ्चन भए । दुवै राजनेताको जन्मजयन्ती परेकाले उनीहरूको विचारलाई सदैव अनुशरण गर्ने वाचा गर्न नेता चुक्ने कुरै भएन । तथापि, दुवै दलका नेताहरूमा नेपाली राजनीतिका यी नेतालाई वर्षमा एक पटक सम्झना गरेर मात्र पुग्दैन भन्ने सामान्य हेक्कासमेत भएन । उनीहरूको सोचअनुसार मुलुक र पार्टीलाई अघि बढाउने कामतर्फ पनि खासै चासो देखाइएन । बीपी र पुष्पलालले स्थापना गरेको कांग्रेस र एमाले यस अर्थमा चुके भन्न कुनै कन्जुस्याइँ गरिरहनु पर्दैन । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको विचारलाई अनुशरण गर्ने कसम खाइरहेको बेला यही साता एउटा कम्युनिस्ट नामधारी पार्टीले कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त र विचारभन्दा ठीक विपरीतको बाटो लियो ।
एउटै कम्युनिस्ट केन्द्र बनाएर जनतालाई अधिकार दिने हौवा मच्चाएको एमाओवादीले मुलुक गम्भीर संक्रमणमा रहेको र नयाँ संविधान निर्माणको बहसमा सबैभन्दा जटिल बनेको संघीयता र अधिकारको विकेन्द्रकरणको जनचाहनालाई निस्तेज पार्दै जबर्जस्त केन्द्रीयता लाद्ने अभियानको नेतृत्व ग¥यो । तलसम्म अधिकार पु¥याउनका लागि जनयुद्ध लडेको झूटो दावा गरिरहेको विघटित संविधानसभाको सबैभन्दा ठूलो दल एमाओवादीले अध्यक्ष पुष्पकमल दाहाल एक्लैलाई पार्टीको सबै अधिकार सुम्पियो, विस्तारित बैठकबाट । त्यो पनि महाधिवेशनले निर्वाचित गरेको संरचना समाप्त पारेर ।
अधिकारलाई गाउँबस्तीको झुपडीमा पु¥याउनुपर्छ भन्ने उत्कृष्ट विचारको पक्षपोषण भइरहेका र तिनै विचारका नेतृत्वकर्ता बीपी र पुष्पलालकै स्मृति दिवसको अवसर पारेर एमाओवादीले अधिकारको विकेन्द्रीकरण होइन, केन्द्रीकृत हुनुपर्छ भन्ने पश्चगामी विचारमा आफूलाई स्थापित ग¥यो । एक्काइसौं शताब्दीमा पनि एउटै व्यक्ति सर्वशक्तिमान हुन्छ र उसकै एकाधिकार हुनुपर्छ भन्ने अधिनायकवादी कार्यनीति बनायो । उसको यही मान्यताअनुसार अघि बढ्ने हो भने अब नेपालमा सिंहदरवारबाहेक कसैलाई पनि अधिकार चाँहिदैन । उसको जोर चले शीतल निवासमा पुग्ने ब्यक्तिबाहेक अरूले अधिकारको कुरा गर्नु अब अपराध हुनेछ । पार्टी विधानले सबैभन्दा शक्तिशाली बनाएको महाधिवेशनको निर्णय खारेज गरेर एक व्यक्तिमा एकाधिकार स्थापित गर्ने एमाओवादीको यो निर्णयले नेपाली कम्युनिस्ट आन्दोलनकै हुर्मत लियो । विश्व कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने योजनासहित अवलम्बन गरेको प्रचण्डपथको असली रूप यही निर्णयबाट बाहिर आएको छ ।
एमाओवादीको यही निर्णयबाट किन संविधान बनेन ? विघटित संविधानसभामा उसले किन कार्यकारी राष्ट्रपति रहने शासन प्रणालीको कुरा ग¥यो ? संघीयताको नाम भजाएर किन मारकाट मच्चाउन चाह्यो ? यी सबै कुराको प्रस्ट जवाफ पाइएको छ । साथसाथै युद्धकालदेखि शान्ति प्रक्रिया हुँदै अहिलेसम्मको उसको कथित क्रान्तिकारी, संघीयतावादी, जनहित जस्ता सबै मुखुण्डोको पनि पर्दाफास भएको छ । उसको यस निर्णयलाई संघीयता र स्थानीय निकायलाई अधिकार दिने विषयसँग दाँजेर हेरे अब कोही पनि प्रचण्डपथको भ्रमजालमा फस्ने छैनन् । पार्टीमा केन्द्रीकरण र एकाधिकारको नीति अपनाउने दल संघीयतावादी हुनै सक्दैन ।
त्यो दलले ग्रामीण जनतालाई अधिकार दिन्छ भन्ने भ्रम कसैले पनि पाल्न हुँदैन । कसैमा त्यो भ्रम छ भने केवल सुन्दर सपना मात्रै हो । यो साता नेपाली राजनीतिका यी दुई प्रवृत्ति निकै चर्चामा रहनु स्वाभाविकै हो । बीपी र पुष्पलाल, जसले गाउँ बस्तीहरूमा अधिकार पु¥याउने अभियानको नेतृत्व गरे, सिंगो जीवन तिनैका अधिकार स्थापित गर्न लागे । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका लागि जीवनका सारा सपना दाउमा राखे । त्यसैले उनीहरूको सम्झना हुनु स्वाभाविक नै हो । यी दुई महान् हस्तीलाई सदियौंसम्म नेपाली जनताले सम्झिरहनेछन् । दुई महानायक बीपी र पुष्पलालकै जन्मजयन्तीको अवसर पारेर एमाओवादीले गरेको यो निर्णय संयोग मात्रै मान्न सकिँदैन । गाउँमा अधिकार दिने उनीहरूको विचारलाई समाप्त पार्ने अभियानमा जुटेको उद्घोषका रूपमा लिन सकिन्छ । यतिबेला मुलुक नयाँ निर्वाचनको बाटोमा छ । त्यही निर्वाचनबाट नयाँ संविधान निर्माण गरी कमजोर राष्ट्रियतालाई बलियो बनाउने काम हुनुपर्छ । तर, अहिले पुष्पलालकै दल दर्जनौं चिरामा विभाजित छ । एउटा कम्युनिस्ट पार्टी एमाओवादी पुष्पलालका सबै मूल्य, मान्यता र आदर्शबाट च्यूत भई अधिनायकवादको यात्रामा छ ।
अर्काे दल एमालेले पनि पुष्पलालको आदर्शलाई दह्रोसँग समाउन सकिरहेको छैन । आन्तरिक कलहमा फसेर राष्ट्रियताको मुद्दामा कमजोर बन्न थालेको छ । बीपीको दल, कांग्रेसले पनि नाम जप्नेबाहेक सबै कुरा त्यागिसकेको छ । गिरिजाप्रसाद कोइरालाले बीपीकै विरासतमा लामो समयसम्म राज गरे । बीपीकै नाम भजाएर झन्डै दुई दशक राजनीतिको शीर्ष स्थान जमाए पनि उनकै सरकारको पालामा खुला बजार अर्थतन्त्रमा प्रवेश गरेर प्रजातान्त्रिक समाजवादको धज्जी उडाइयो । कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद यतिबेला एउटा अमूर्त चित्रकलाजस्तो भएको छ, जसले जसरी अथ्र्याए पनि हुने ।
राष्ट्रियता कमजोर हुँदा बचाउन सबै मिल्नुपर्छ भन्ने उनको विचारलाई सबै कांग्रेसजन मिलेर धुजा–धुजा पारिसकेका छन् । विश्व दुई ध्रुवमा विभाजित भएको बेला उत्तर र दक्षिणका छुट्टाछुट्टै दार्शनिक अवधारणाबीच बीपी र पुष्पलालको राष्ट्र र राष्ट्रियतालाई केन्द्रबिन्दुमा राखेर विचार, दर्शन र योगदानको प्रादुर्भाव भएको कसैले बिर्सन मिल्दैन । आज राष्ट्रियता र मुलुकको सार्वभौमसत्ता नै जोखिममा परेको बेला बीपी र पुष्पलालको विचार अझै सान्दर्भिक छ । यसलाई एमाओवादी र माओवादीबाट सिरोपर होला भन्ने कल्पना नगरी कांग्रेस र एमाले नेतृत्वले दह्रोसँग समाउन जरुरी छ । यसो हुन नसके केवल बीपी र पुष्पलालको माला जपेर मुलुकको राष्ट्रियता र सार्वभौमसत्ता जोगाउन सम्भव हुँदैन ।

पोखरीमा डुवेर चार बालिकाको मृत्यु

सर्लाही, १२ साउन
सर्लाहीको सासापुर ६ मा पोखरीमा डुबेर आज बिहान ४ बालिकाको ज्यान गएको छ । पोखरिमा भैँसी आहल बसाउन जाँदा पौडी खेल्ने क्रममा बालिकाहरको डुबेर ज्यान गएको हो ।
ज्यान जानेहरुमा सासापुर ६ का सौदागर साहका १० वर्षीया छोरी चञ्चला कुमारी साह र मन्तोरिया साह, सोही ठाउँ निवासी ठेकन साहको ११ वर्षीया छोरी पार्वती साह, सासापुर ६ कै नागेन्द्र महतोको १३ वर्षीया छारी शिव कुमारी महतो रहेकी छन् ।
बालिकाहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सदरमुकाम लगिएको स्थानीय महिला अधिकारकर्मि पद्मा मोक्तानले जानकारी दिइन् । एकैसाथ ४ वालिकाको डुबेर ज्यान गएपछि सासापुर गाविसका स्थानिय सोकमा डुबेका छन् 

माओवादीको बहिष्कारबारे दिल्लीमा चासो

काठमाडौं, १३ असार
आगामी ४ मंसिरका लागि घोषित संविधानसभा निर्वाचनको चुनौती विषयमा भारतका उच्च अधिकारीसहित त्यहाँस्थित बुद्धिजीवीहरूले गम्भीर चासो व्यक्त गरेका छन् । भारत भ्रमणमा रहेका एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको प्रतिनिधिमण्डलसँग भारतीय उच्च अधिकारी तथा बुद्धिजीवीहरूले संविधानसभा चुनावबारे गम्भीर चासो व्यक्त गरेका हुन् ।

शुक्रबार भारतीय विश्व सम्बन्ध परिषद्द्वारा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालको मन्तव्यपछि ४ मंसिरको निर्वाचन र यसका चुनौती विषयमा त्यहाँका बुद्धिजीवीहरूले थुप्रै जिज्ञासा राखेका थिए । पूर्वराजदूत देव मुखर्जीले वरिष्ठ नेता नेपाललाई नेपालको राजनीतिमा खेलेको भूमिकाका लागि ‘नेपाली राजनीतिको विशाल नायक’ को संज्ञा दिए । कार्यक्रममा नेता नेपालले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी संविधानसभा निर्वाचनका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए । नेपालले आङ्खनो धारणा राखेलगत्तै भारतीय बुद्धिजीवीहरूले चुनावका चुनौती र समस्याका विषयमा खुलेर प्रश्न राखेका थिए ।

‘चुनावका बारेमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितका दलहरूको फरक मत र उनीहरूलाई समेत समेट्न सकिने सम्भावना र चुनौतीका विषयमा प्रश्नहरू उठे,’ कार्यक्रमका एक सहभागीले राजधानीसँग भने, ‘तर पूर्वप्रधानमन्त्री नेपालले सबै जिज्ञासाको सम्बोधन गर्नुभयो ।’ जवाफमा नेपालले वैद्य नेतृत्वको माओवादीलगायतका दलहरूको फरक मत रहे पनि उनीहरूसँग वार्ता जारी रहेको र छलफललाई निरन्तरता दिँदै सकेसम्म निर्वाचनमा सहभागी गराउन लचकता अपनाइने जनाएका थिए ।

त्यसो त, पूर्वप्रधानमन्त्री नेपालले शुक्रबार भारतीय प्रधानमन्त्री डा।मनमोहन सिंहसँग गरेको भेट होस् या कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसित बिहीबार गरेको भेट, ती दुवैमा भारतीय संस्थापन पक्षले तोकिएकै मितिमा संविधानसभा निर्वाचन होस् भन्ने चाहना र शुभेच्छा प्रकट गरेको थियो । त्यस्तै, चुनावमार्फत लोकतान्त्रिक संविधान निर्माणका लागि नेपालका लोकतान्त्रिक राजनीतिक शक्तिबीचको एकताको चाहनासँगै चुनाव सम्पन्न गराउन आवश्यक थप सहयोगका लागि भारतले प्रतिबद्धतासमेत प्रकट गरिसकेको छ ।

‘हामी नेपालका दलहरू एकताका साथ अघि बढेको हेर्न चाहन्छौं,’ शुक्रबार भारतीय प्रधानमन्त्री सिंहले भेटवार्ताका क्रममा व्यक्त गरेको धारणाबारे एमाले विदेश विभाग सदस्य डा।राजन भट्टराईले भने, ‘नेपालको समुन्नतिका निम्ति नेपाली जनताले गर्ने निर्णयमा हाम्रो सधंै साथ रहनेछ र दुवै मुलुकको सम्बन्धको बलियो आधार पनि त्यही हुनेछ ।’ नयाँदिल्लीको सेभेन रेसकोर्सस्थित भारतीय प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा प्रधानमन्त्री डा।सिंहले निर्वाचनपछि संविधान लेखन प्रक्रियाले गति लिने आशा व्यक्त गर्दै त्यस निम्ति आवश्यक थप सहयोगको प्रतिबद्धतासमेत जनाएका थिए । भारतले निर्वाचन प्रयोजनका निम्ति ७ सयभन्दा बढी सवारीसाधन सहयोगस्वरूप हस्तान्तरण गरिसकेको र त्यहाँको स्थिरतासँगै धेरै कुरा जोडिने भएकाले पनि भारत घोषित निर्वाचन सम्पन्न होस् भन्ने पक्षमा रहेको कुरामा दुईमत छैन । पूर्वप्रधामन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाको भ्रमणका क्रममा पनि भारतीय संस्थापन पक्षले घोषित मितिमै चुनाव होस् भन्ने शुभेच्छा एमाले वरिष्ठ नेता नेपालमार्फत पनि राखेको छ ।

प्रधानमन्त्री सिंह र गान्धीसँगको भेटका सिलसिलामा भएका औपचारिक÷अनौपचारिक तहका दुवै कुराकानीमा पछिल्ला राजनीतिक घटनाक्रम र चुनावका अप्ठ्यारा र चुनौतीबारे भारतीय पक्षले जिज्ञासा राखेको स्रोतले बतायो । ‘चुुनावका चुनौती र अप्ठ्याराबारे जिज्ञासा राखेकाले ऊ चुनावबारे बढी विश्वस्त हुन खोजेजस्तो देखिन्छ,’ स्रोतले भन्यो, ‘यता ९नेपाल० बाट कतिपय फरक मत रहे पनि वार्ता र छलफल अघि बढेकाले लचकताका साथ प्रस्तुत भएर छलफलमार्फत निर्वाचनमा सामेल गर्न सकिने सम्भावनाबारे कुरा राखिएको छ ।’

सिंहसँगको ४० मिनेटको भेटमा पछिल्लो राजनीतिक अवस्था, ४ मंसिरका लागि घोषित निर्वाचन र द्विपक्षीय हितलगायत विविध विषयमा कुराकानी भएको नेपालका निजी सचिव मोहन गौतमले जनाएका छन् । भेटमा तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएर संविधानसभाको दोस्रो निर्वाचनका लागि सहमत गराउन नेपालका राजनीतिक दलहरूले खेलेको भूमिकाको प्रधानमन्त्री सिंहले प्रशंसासमेत गरेका छन् । ‘प्रधानमन्त्री सिंहले माओवादी पूर्वलडाकूहरूको समायोजन र व्यवस्थापन गर्दै दलहरू आगामी ४ मंसिरमा निर्वाचन गर्ने सहमतिमा पुगेको भन्दै प्रशंसा गर्नुभएको छ,’ एमाले विदेश विभाग सदस्य भट्टराईको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री नेपालले नेपालमा जारी संक्रमणकालको अन्त्य गरी संविधान निर्माणका लागि संविधानसभाको नयाँ निर्वाचन घोषणा गरिएको अवगत गराउँदै असहमत दलहरूलाईसमेत सहमतिमा ल्याउने प्रयत्न भइरहेको सिंहलाई जानकारी गराएका थिए । उच्चस्तरीय भेटवार्ता र विचार आदान–प्रदानले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपालले पछिल्लो विकसित राजनीतिक घटनाक्रम र निर्वाचनका लागि भइरहेको तयारीबारेसमेत अवगत गराएका थिए । पूर्वप्रधानमन्त्री नेपालले मध्यपहाडी राजमार्गअन्तर्गत दोलालघाट–धनकुटा सडकखण्ड, तराईको हुलाकी राजमार्ग, मुजफ्फरपुर–ढल्केवर प्रसारण लाइन विस्तार, वनवासा–महेन्द्रनगर सडक विस्तार, महाकाली एकीकृत जलविद्युत् आयोजना सम्पन्न गर्न भारतको तर्फबाट महŒवपूर्ण सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन पूर्वप्रधानमन्त्री नेपालले महŒवपूर्ण भूमिका खेलेको भन्दै सिंहले प्रशंसासमेत गरेका थिए । त्यस्तै, विराटनगर, वीरगन्ज र भैरहवा चेकपोस्ट स्तरोन्नति गर्ने परियोजना सन्तोजनक रूपमा अघि बढेको भन्दै सिंहले खुसी व्यक्त गरेका थिए । भेटमा एमाले महासचिव ईश्वर पोखरेल, विदेश विभाग सदस्य भट्टराई, भारतका लागि नेपालका कार्यबाहक राजदूत खगनाथ अधिकारी तथा भारतीय विदेशमन्त्री सलमान खुर्सिद, विदेश सचिव रञ्जन मथाई, नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद, नर्थ डेस्क प्रमुख अखिलेश मिश्रको उपस्थिति थियो ।

त्यस्तै, पूर्वप्रधानमन्त्री नेपाल शुक्रबार वामपन्थी पार्टीका नेताहरू प्रकाश कराँत, माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव डी। राजा, भारतीय कम्युनिस्ट पार्टीका उपमहासचिव पल्लभसेन गुप्ता, अन्तर्राष्ट्रिय विभागका प्रमुख देवरत विश्वास, फरवार्ड ब्लकका सचिव देवराजनसहितका नेताहरूसँग ‘ब्रेकफास्ट मिटिङ’ मा सहभागी भएका थिए । नेपाल शुक्रबारै आङ्खनो सम्मानमा भारतीय विदेशमन्त्री खुर्सिदले हैदरावाद हाउसमा आयोजना गरेको दिवाभोजमा भएका थिए । साथै, साँझ भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीसँग भेटवार्ता गरेका थिए ।

घुस लिँदालिँदै समातिए थानकोटका डीएसपी

काठमाडौं, १२ साउन
महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी तेजेन्द्र पौडेल घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार साँझ कलंकी चोकबाट पैसासहित पक्राउ गरेको हो । थानकोट वृत्तमै इन्चार्ज रही गत साता मात्र डीएसपीमा बढुवा भएका पौडेलले व्यापारीबाट जथाभावी असुली गर्न थालेपछि अख्तियारले एक सातादेखि विशेष निगरानी राखेको थियो ।

शुक्रबार साँझ डीएसपी पौडेल नेपाल कवाडी संघका अध्यक्ष पञ्चलाल लामासँग घुस रकम लिन कलंकी पुगेका थिए । डीएसपी पौडेलले लामासँगको बार्गेनिङ गरेको रकम जम्मा पारी अख्तियारबाट खटिएको प्रहरीसहितको विशेष टोलीले कलंकीनजिकै आउन लगाएको थियो । सोही क्रममा उनी पैसा लिन लागेपछि पक्राउ परेका हुन् ।

लामो समयदेखि थानकोटमा रहेका उनी बढुवासहित पदस्थापनसमेत भइसकेको अवस्थामा तोकिएको ठाउँमा नगई व्यापारीलाई धम्क्याएर रकम असुली गरिरहेका थिए । उनले कवाडी संघका अध्यक्ष लामासँग विगत लामो समयदेखि रकमको बार्गेनिङ गर्दै आएका थिए । डीएस्पीमा बढुवा भएपछि मध्यरातमा समेत रकम माग्न थालेपछि उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियारले एक सातापछि शुक्रबार साँझ घुस लिइरहेकै अवस्थामा पक्राउ गरेको हो । तीन दिनअघि मात्र पौडेलले रक्सीको नसामा मध्यरातमा फोन गरी रकम नदिए जे पनि गर्न सक्ने धम्की दिएपछि कवाडी संघले अख्तियारमा उजुरी गरेको थियो । उनको धम्की सहन नसकेपछि अख्तियार पुगेका संघका अध्यक्षले शुक्रबार पैसा दिने बताएका थिए । सोही आधारमा पैसा लिन स्कुटर चढेर तामाङ भेट्न पुगेका पौडेलले १ लाख रुपैयाँ मागेपछि अख्तियारकै परामर्शमा लामाले रकम बोकेर गएका थिए ।

चारओटा गोजी भएको ज्याकेटमा रकम लगे पनि ३५ हजार दिने क्रममै अख्तियारको टोलीले डीएसपी पौडेललाई पक्राउ गरेको हो । अख्तियारले उनलाई हिरासतमा लिएर कारबाही अघि बढाएको जनाएको छ । उपत्यका बाहिरिने कवाडी सामान बोकेका ट्रकसँग अवैध रकम उठाएको अभियोगमा संघका अध्यक्ष लामालाई समेत यसअघि पौडेलले नै पक्राउ गरी सार्वजनिक मुद्दा लगाएका थिए । आपूmले मागेको पैसा नदिनेलाई फसाउँदै आएका पौडेलविरुद्ध यसअघि दर्जनौं उजुरी परे पनि कुनै कारबाही भएको थिएन । सोही कारण लामाले यस पटक प्रहरी नेतृत्वलाई जानकारी नदिई अख्तियारमा उजुरी गरेका थिए । अवैध रकम उठाएको अभियोगमा मुद्दा चलाइएका लामा केही साताअघि मात्र छुटेका हुन् ।

उनी छुटेलगत्तै पौडेलले थानकोटबाट बाहिरिने सबै कवाडीको गाडी तोकेर रकम बार्गेनिङ गर्दै आएका थिए । व्यवसायीलाई निकै सताउने गरेपछि कवाडी संघले उनीविरुद्ध अख्तियारमा किटानी उजुरी गरेपछि विशेष टोली खटाइएको अख्तियारले बताएको छ । प्रहरी हिरासतवाट छुटेलगत्तै लामालाई दैनिक फोन गरेर डीएसपी पौडेलले रकम नदिए फसाउने धम्की दिने र अन्य व्यवसायीलाई पनि सताउने गरेको अख्तियारको भनाइ छ । घुस लिँदालिँदै पक्राउ परेका पौडेल गत ६ साउनमा प्रहरी निरीक्षक ९इन्सपेक्टर० बाट डीएस्पीमा बढुवा भएका हुन् । बढुवापछि उनलाई भरतपुर तालिम केन्द्रमा पदस्थापन गरिएको थियो । तर, पदस्थापन भएको ठाउँमा जानुअघि त्यसयता उनले व्यापारीसँग रकम असुली अभियान नै चलाएको अख्तियारको भनाइ छ । उनले १८ साउन, २०५८ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीको सेवा सुरु गरेका थिए ।

प्रहरी महानिरीक्षकको विशेष रुचिमा रहेका पौडेललाई काठमाडांैको निकै आकर्षक मानिने थानकोटमा लामो समयसम्म इन्चार्जका रूपमा राखिएको थियो । पौडेलले यसअघि पनि मागेको रकम नदिने कुनै पनि कवाडीका गाडीलाई थानकोट नाकाबाट बाहिरिन नदिने गरेका थिए । पछिल्लो पटक त कवाडीका सामान बाहिर पठाउन नै नदिने चेतावनीसहित पौडेलले संघका अन्य पदाधिकारीसँग समेत रकम मागेको अख्तियारले जनाएको छ । उनको असुली निकै बढेपछि अन्य व्यापारीले समेत अख्तियारमा उजुरी हालेका थिए ।

Sunday, July 21, 2013

१८ एसएसपीको सरुवा पीडिएफसहित


तिमीसंग छ दिल मेरो...

दिलको छैन ठेगान अझै
कतै दिलै पो हरायो कि
बाढुली लाग्छ घरीघरी
कसैले मन पो परायो कि

किन होला मलाई मात्रै
मायाको रोग बढी लाग्ने
आफु खोज्छु मायालु मात्रै
होइन बानी मुर्गा ताक्ने

दिलमा लाग्यो चोट धेरै
हाँस्न पनि मन लाछैन
प्रेम गर्छु मन भित्रैदेखि
धोकेवाज त हुँदैहोइन

हराएर पो होकि तिमी
मनले खोज्यो किन धेरै
नजर अन्त नलगाऊ है
तिमी त हौ नि सदा मेरै

लउँला माया हात मिलाई
राखेर गौरीशंकरलाई शीर
रमाएर घुम्न जाऊँला
तामाकोशीको तिरैतिर

रैछ्यौ तिमी साच्चै मेरै...

कस्तो रोग आयो कुन्नी
आँखा जान्छ तिमि निरै
पानी खाँदा नसा लाग्ने
रैछ्यौ तिमी साच्चै मेरै

तिर्खा पनि धेरै लाग्छ
किन होला आजकल
तिमीलाई सम्झिबस्छु
जिन्दगीको सवै पलपल

तिम्रो लागि सधैभरी...

लुकाएर केही हुँदैन
माया नै हो सवै सार
जोगाएर राखी राख्छु
अमुल्य तिम्रो उपहार

मनले सोध्छ आजभोलि
आँखाले खोज्छ घरीघरी
सजाइ राख्छु माया पनि
तिम्रो लागि नै सधैभरी...

६७ जना एसपी र एक सय ४८ जना डिएसपीको सरुवा तथा पदस्थापन




काठमाण्डौ – प्रहरी प्रधान कार्यालयले आईतबार ६७ जना एसपी र एक सय ४८ जना डिएसपीको सरुवा तथा पदस्थापन गरेको छ । प्रहरी प्रवक्ता डिआईजी नवराज सिलवालका अनुसार आईतबार नै बढुवा भएका ४७ जना डिएसपीको पदस्थापन तथा एक सय एक अन्य डिएसपीको सरुवा भएको हो । प्रहरी मुख्यालयले आईतबार नै ५९ जना सईलाई ईन्सपेक्टरमा बढुवा गरेको छ ।

Saturday, July 20, 2013

एमालेले मधेस केन्द्रित चुनावी अभियानमा

काठमाडौं, श्रावण ५ - एमालेले मधेस केन्द्रित चुनावी अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी मुख्यालय बल्खुमा जारी केन्द्रीय समिति बैठकले मधेस केन्द्रित चुनावी अभियान सञ्चालन गर्ने अध्यक्ष झलनाथ खनालको प्रस्ताव पारित गरेको छ । २०७० मंसिर ४ गतेका लागि निर्धारित संविधानसभाको निर्वाचन सुनिश्चित गर्न र एमालेलाई पहिलो पार्टी बनाउन एमालेले एकीकृत तथा केन्द्रिकृत योजनाका साथ पार्टीशक्तिलाई परिचालन गर्ने भएको छ ।
एमालेले 'तराई-मधेस अभियान- २०७०' सञ्चालन गर्ने, निर्वाचन क्षेत्र पुनः निर्धारण गर्दा अन्तरिम संविधान- २०६३ को व्यवस्था अनुरुप हुनुपर्ने, संविधानसभामा ३३ प्रतिशत महिला र १० प्रतिशत श्रमिक सहभागिता सुनिश्चित गर्न सक्रिय पहलकदमी लिने, निर्वाचन परिचालन कमिटी, घोषणा पत्र मस्यौदा कमिटी, उम्मेदवार छनोटको प्रकृया निर्धारण लगायत संविधानसभासँग सम्बन्धित बिषयहरुमा गृहकार्य गर्न स्थायी कमिटीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

एमालेले संविधानसभा निर्वाचनको तयारीको लागि भदौ तेश्रो साता वृहत राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने, संविधानसभा निर्वाचनको लगत्तै पछि पार्टी विधानमा संशोधनका लागि राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने र राष्ट्रिय प्रतिनिधि परिषदको बैठक पछि पार्टी विधानले निर्धारण गरेको समय सीमा २०७० फागुन महिनाभित्र पार्टीको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

बिहे गरेको ५ दिनमै घर निकाला


काठमाडौं, ५ साउन
खजुरगाछीका गोपाल साहले विहे गरेको हप्ता दिन नवित्तै आफ्नी दुलहीलाई घरमा नराख्ने बताएका छन् । असार ३० गते भारतको पुर्णिया जिल्ला सिकटी गाउँबाट विहे गरेर ल्याएका उनले केटीको शरीरमा सेतो दाग देखेपछि घरमा नराख्ने बताएका हुन् । सिकटी बजार पुर्णियाबस्ने हिरालाल साहकी छोरी उनी अहिले ३ दिनदेखि गौरीगंजमा आफन्तको घरमा बस्दै आएकी छन् । गोपाल साहका बुबा नारायाण प्रसाद साहले केटीको आफ्नै घरमा १ वर्ष बसी औषधी उपचार गरी निको भएर आए मात्र दुलहीको रुपमा घरमा भित्र्याउने बताए । गौरीगंज – खजुरगाछीका महिला समुहले भोली श्रावण ६ गते सामुहिकरुपमा गाविस गएर केटा केटीको विवाह दर्ता गराउने बताएका छन् ।
खजुरगाछीका गोपाल साहले विहे गरेको हप्ता दिन नवित्तै आफ्नी दुलहीलाई घरमा नराख्ने बताएका छन् ।

असार ३० गते भारतको पुर्णिया जिल्ला सिकटी गाउँबाट विहे गरेर ल्याएका उनले केटीको शरीरमा सेतो दाग देखेपछि घरमा नराख्ने बताएका हुन् । सिकटी बजार पुर्णियाबस्ने हिरालाल साहकी छोरी उनी अहिले ३ दिनदेखि गौरीगंजमा आफन्तको घरमा बस्दै आएकी छन् ।
 गोपाल साहका बुबा नारायाण प्रसाद साहले केटीको आफ्नै घरमा १ वर्ष बसी औषधी उपचार गरी निको भएर आए मात्र दुलहीको रुपमा घरमा भित्र्याउने बताए । गौरीगंज – खजुरगाछीका महिला समुहले भोली श्रावण ६ गते सामुहिकरुपमा गाविस गएर केटा केटीको विवाह दर्ता गराउने बताएका छन् ।
- See more at: http://www.khabarpati.com/2013/07/bihe-gareko-4-din-ma-ghar-bata.html#sthash.sOREg6An.dpuf
एमालेले मधेस केन्द्रित चुनावी अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी मुख्यालय बल्खुमा जारी केन्द्रीय समिति बैठकले मधेस केन्द्रित चुनावी अभियान सञ्चालन गर्ने अध्यक्ष झलनाथ खनालको प्रस्ताव पारित गरेको छ । खनालको राजनीतिक प्रस्तावमा शनिबार ५७ जना सदस्यले धारणा राखे ।
२०७० मंसिर ४ गतेका लागि निर्धारित संविधानसभाको निर्वाचन सुनिश्चित गर्न र एमालेलाई पहिलो पार्टी बनाउन एमालेले एकीकृत तथा केन्द्रिकृत योजनाका साथ पार्टीशक्तिलाई परिचालन गर्ने भएको छ ।
एमालेले 'तराई-मधेस अभियान- २०७०' सञ्चालन गर्ने, निर्वाचन क्षेत्र पुनः निर्धारण गर्दा अन्तरिम संविधान- २०६३ को व्यवस्था अनुरुप हुनुपर्ने, संविधानसभामा ३३ प्रतिशत महिला र १० प्रतिशत श्रमिक सहभागिता सुनिश्चित गर्न सक्रिय पहलकदमी लिने, निर्वाचन परिचालन कमिटी, घोषणा पत्र मस्यौदा कमिटी, उम्मेदवार छनोटको प्रकृया निर्धारण लगायत संविधानसभासँग सम्बन्धित बिषयहरुमा गृहकार्य गर्न स्थायी कमिटीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
एमालेले संविधानसभा निर्वाचनको तयारीको लागि भदौ तेश्रो साता वृहत राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने, संविधानसभा निर्वाचनको लगत्तै पछि पार्टी विधानमा संशोधनका लागि राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने र राष्ट्रिय प्रतिनिधि परिषदको बैठक पछि पार्टी विधानले निर्धारण गरेको समय सीमा २०७० फागुन महिनाभित्र पार्टीको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
- See more at: http://ekantipur.com/np/2070/4/5/full-story/372441.html#sthash.lssamiDV.dpuf
एमालेले मधेस केन्द्रित चुनावी अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी मुख्यालय बल्खुमा जारी केन्द्रीय समिति बैठकले मधेस केन्द्रित चुनावी अभियान सञ्चालन गर्ने अध्यक्ष झलनाथ खनालको प्रस्ताव पारित गरेको छ । खनालको राजनीतिक प्रस्तावमा शनिबार ५७ जना सदस्यले धारणा राखे ।
२०७० मंसिर ४ गतेका लागि निर्धारित संविधानसभाको निर्वाचन सुनिश्चित गर्न र एमालेलाई पहिलो पार्टी बनाउन एमालेले एकीकृत तथा केन्द्रिकृत योजनाका साथ पार्टीशक्तिलाई परिचालन गर्ने भएको छ ।
एमालेले 'तराई-मधेस अभियान- २०७०' सञ्चालन गर्ने, निर्वाचन क्षेत्र पुनः निर्धारण गर्दा अन्तरिम संविधान- २०६३ को व्यवस्था अनुरुप हुनुपर्ने, संविधानसभामा ३३ प्रतिशत महिला र १० प्रतिशत श्रमिक सहभागिता सुनिश्चित गर्न सक्रिय पहलकदमी लिने, निर्वाचन परिचालन कमिटी, घोषणा पत्र मस्यौदा कमिटी, उम्मेदवार छनोटको प्रकृया निर्धारण लगायत संविधानसभासँग सम्बन्धित बिषयहरुमा गृहकार्य गर्न स्थायी कमिटीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
एमालेले संविधानसभा निर्वाचनको तयारीको लागि भदौ तेश्रो साता वृहत राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने, संविधानसभा निर्वाचनको लगत्तै पछि पार्टी विधानमा संशोधनका लागि राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने र राष्ट्रिय प्रतिनिधि परिषदको बैठक पछि पार्टी विधानले निर्धारण गरेको समय सीमा २०७० फागुन महिनाभित्र पार्टीको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
- See more at: http://ekantipur.com/np/2070/4/5/full-story/372441.html#sthash.lssamiDV.dpuf
एमालेले मधेस केन्द्रित चुनावी अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी मुख्यालय बल्खुमा जारी केन्द्रीय समिति बैठकले मधेस केन्द्रित चुनावी अभियान सञ्चालन गर्ने अध्यक्ष झलनाथ खनालको प्रस्ताव पारित गरेको छ । खनालको राजनीतिक प्रस्तावमा शनिबार ५७ जना सदस्यले धारणा राखे ।
२०७० मंसिर ४ गतेका लागि निर्धारित संविधानसभाको निर्वाचन सुनिश्चित गर्न र एमालेलाई पहिलो पार्टी बनाउन एमालेले एकीकृत तथा केन्द्रिकृत योजनाका साथ पार्टीशक्तिलाई परिचालन गर्ने भएको छ ।
एमालेले 'तराई-मधेस अभियान- २०७०' सञ्चालन गर्ने, निर्वाचन क्षेत्र पुनः निर्धारण गर्दा अन्तरिम संविधान- २०६३ को व्यवस्था अनुरुप हुनुपर्ने, संविधानसभामा ३३ प्रतिशत महिला र १० प्रतिशत श्रमिक सहभागिता सुनिश्चित गर्न सक्रिय पहलकदमी लिने, निर्वाचन परिचालन कमिटी, घोषणा पत्र मस्यौदा कमिटी, उम्मेदवार छनोटको प्रकृया निर्धारण लगायत संविधानसभासँग सम्बन्धित बिषयहरुमा गृहकार्य गर्न स्थायी कमिटीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
एमालेले संविधानसभा निर्वाचनको तयारीको लागि भदौ तेश्रो साता वृहत राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने, संविधानसभा निर्वाचनको लगत्तै पछि पार्टी विधानमा संशोधनका लागि राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने र राष्ट्रिय प्रतिनिधि परिषदको बैठक पछि पार्टी विधानले निर्धारण गरेको समय सीमा २०७० फागुन महिनाभित्र पार्टीको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
- See more at: http://ekantipur.com/np/2070/4/5/full-story/372441.html#sthash.lssamiDV.dpuf

एमाओवादी उपाध्यक्ष श्रेष्ठ र महासचिव बोगटीद्वारा राजीनामा

काठमाण्डौ/ ५ साउन,
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टवहादुर बोगटीले पदवाट राजीनामा दिनु भएको छ । पार्टीलार्इ अध्यक्षको एकल नेतृत्वमा अघि वढाउने सहमति भएपछि उपाध्यक्ष नारायणकाजी र महासचिव बोगटीले शनिवार राजीनामा दिएका हुन् । उनीहरुले शनिवार विहान बसेको ब्यूरो इन्चार्जको वैठकमा एकल नेतृत्वमा पार्टीलाई लैजाने सहमति भएपछि पदवाट राजीनामा दिएका हुन् ।
शुक्रवारवाट ललितपुरको खन्ना गार्मेन्टमा सुरु भएको विस्तारित वैठकमा शनिवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहका नेताहरुले आआफ्नो समूहको निष्कर्ष राखेका थिए । समूहगत छलफल सकिएपछि वैठक भोलिसम्मका लागि स्थगित भएको छ

फैसला अगावै आठ प्रमुख सेनानीलाई अवकाश

 सैनिक नियमावली संशोधनमार्फत गरिएको फास्ट ट्र्याक बढुवा पद्धतिविरुद्ध मुद्दा विचाराधीन रहेकै बेला ‘बढुवा पद्धति पीडित’ आठ प्रमुख सेनानी (लेङ्खिटनेन्ट कर्णेल) ले सेवाबाट अवकाश पाएका छन् ।
पदावधि नथपिएपछि प्रधानसेनापतिको निर्णयविरुद्ध अदालत गएका आठैजना प्रमुख सेनानीले बिहीबारबाट अवकाश पाएका हुन् ।
सरकारले फास्ट ट्र्याक प्रणालीमार्फत १६ प्रमुख सेनानीलाई महासेनानी (फुल कर्णेल) मा बढुवा गरेपछि असन्तुष्ट आठ प्रमुख सेनानीले अवकाश पाउने अन्तिम दिनसम्म सर्वोच्चले निर्णय नदिँदा मुद्दा विचाराधीन रहेकै अवस्थामा अनिवार्य अवकाश पाएका हुन् । १० माघ, २०६९ मा राजपत्रमा सूचना प्रकाशित गरी नियमावली संशोधन प्रक्रियाबाट १६ प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्न बढुवा समिति, सैनिक मुख्यालय हुँदै रक्षा मन्त्रालयले सिफारिस गरेपछि मन्त्रिपरिषद्ले सोही सिफारिसका आधारमा गत १६ चैतमा बढुवा गरेको थियो । बढुवा हुनुअगावै सर्वोच्च पुगेका आठ प्रमुख सेनानी सम्पतकुमार अर्याल, रमेश थापा मगर, चन्द्रबहादुर पुन मगर, राजेन्द्रजंग खत्री, रामजी थापा, सुरेन्द्र घर्ती, प्रकाश पोखरेल र नवीन बस्न्यातले बिहीबारबाट अनिवार्य अवकाश पाएका हुन् ।
फास्ट ट्र्याक प्रणालीविरुद्ध आठैजनाले गत ४ चैत २०६९ मा दायर रिटको सुनुवाइ गर्दै सर्वोच्चले बढुवा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशबाट बढुवा कार्यान्वयन रोकेर रिटलाई अग्राधिकारमा राखी सुनुवाइ थालेको अदालतले पटक–पटक रिटको सुनुवाइ सारेपछि अन्तरिम आदेश भएर बसेको विवाद टुंगो नलाग्दै उनीहरू अवकाशमा परेका हुन् ।
अवकाश पाउने अन्तिम दिन बिहीबार अन्तिम सुनुवाइको पेशी तोकिए पनि अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीविरुद्ध परेका २४ रिटमा सर्वोच्चका १० जना नै न्यायाधीश व्यस्त भएपछि सुनुवाइको पालो नै आउन सकेन । अघिल्लो बिहीबार पनि सुनुवाइमा परेर सो रिट हटेको थियो । रिट विचाराधीन नै रहेका बेला फास्ट ट्र्याक प्रणाली अवलम्बन गर्दै सरकारले १६ प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको थियो । तर, सरकारले सो निर्णय र सेनाको बढुवा समितिको सिफारिस न्यायोचित नदेखिएको भन्दै अदालतले निर्णय कार्यान्वयन रोकेको थियो । अन्तरिम चुनावी मन्त्रिपरिषद्को १६ चैतको बैठकले फास्ट ट्र्याक प्रणालीअनुसार प्रमुख सेनानी सहदेव खड्का, पंकज कार्की, योगराज शर्मा, प्रयोग राणा, राम राणा, लव रायमाझी, अर्जुन श्रेष्ठ, पे्रमध्वज अधिकारी, हिरालाल जोशी, सुरेन्द्र रावल, दीपक बानियाँ, शंकर पण्डित, होमनाथ दवाडी, रामकृष्ण थापा, भीम शाह र हेमजंग थापालाई बढुवा गरेको थियो ।
प्रधानसेनापति गौरवशमशेर राणाले आपूmनिकट र नातेदारलाई बढुवा गर्न सैनिक ऐन र अन्तरिम संविधानविपरीत काम गरेको भन्दै सोही ब्याजका आठ प्रमुख सेनानी अदालत पुगेका थिए । फास्ट ट्र्याकको नाममा आपूmभन्दा कनिष्ठलाई बढुवामा सिफारिस गरेको भन्दै ब्याजी प्रमुख सेनानीहरू अदालत पुगेका थिए । अवकाश पाउने अन्तिम दिनसम्म पनि अन्तरिम आदेश भएर बसेको मुद्दा टुंगो लाग्न नसकेपछि उनीहरू अनिवार्य अवकाशमा परेका हुन् । सेनामा २६, २७ र २८ बेसिकका २६ वर्Èभन्दा बढी सेवा गरेका करिब १ सय ४० भन्दा बढी प्रमुख सेनानी अवकाश पाउने बेलामा सैनिक मुख्यालयले फास्ट ट्र्याक बढुवा पद्धति ल्याएको थियो । सोही आधारमा सरकारले पनि बढुवाको निर्णय गरेको थियो ।

ग्य्राण्ड डिजाइनमा फस्यो सेना

गणेश बस्नेत
सेनामा फास्ट ट्र्याक बढुवाविरुद्ध सर्वाेच्च अदालत पुगेका प्रमुख सेनानी (लेङ्खिटनेन्ट कर्णेल) रमेश थापा मगरले अब नेपाली सेनाले पनि नेपाल प्रहरीकै जस्तो दुर्गति भोग्नुपर्ने बताएका छन् । बिहीबार मात्र अवकाश पाएका प्रमुख सेनानी थापा मगरले विगतमा जस्तो संवेदनशील अवस्था आए नेपाली सेनामा विभाजन आउने ठोकुवा पनि गरे ।
‘अब नेपाली सेना विगतको जस्तो एकताबद्ध (इन्ट्याक्ट) रहँदैन, कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउनेजस्तो क्रिटिकल निर्णय भयो भने नेपाली सेनामा प्रस्ट विभाजन आउँछ, इन्ट्याक्ट रहँदै रहँदैन,’ बिहीबार मात्र सेनाबाट अवकाश पाएका प्रमुख सेनानी थापा मगरले राजधानीसँग भने । उनका अनुसार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएर रथी कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्दा चेन अफ कमान्डको कारण सेना एकताबद्ध थियो ।
‘नेपाली सेनाको इतिहास नै चेन अफ कमान्डले चलेको हो, त्यसैले कुलबहादुर खड्का जर्सापलाई सेनापति बनाउने निर्णय भए पनि प्रधानसेनापतिकै आदेश सेनामा चल्यो र ठूलो दुर्घटना हुनबाट जोगिएको हो, अब त्यस्तो अवस्था आएमा सेनामा फुट आउँछ, जुन मुलुककै लागि दुर्भाग्यपूर्ण हुन्छ,’ थापा मगरले भने ।
उनले नेपाली सेनालाई नेपाल प्रहरीको जस्तै फुटबल बनाउने ग्र्यान्ड डिजाइनअनुसार अहिलेको खेल भएको आरोप लगाए । कसै न कसैले सेनालाई समाप्त पार्ने ग्र्यान्ड डिजाइन बनायो, सेनाको नेतृत्व त्यसैको जालोमा फस्यो,’ थापा मगरले भने, ‘तत्काल हामीलाई अन्याय भयो कि जस्तो देखिएको छ, तर हामी अन्यायमा परेको भन्दा पनि सेनाको प्रतिष्ठामाथि खेलवाड गरियो, सेनाको सबै सिस्टम ध्वस्त बनाइयो, यसले दीर्घकालीन रूपमा संगठनलाई ठूलो घात हुनेछ ।’ उनले सेनामा चेन अफ कमान्ड सिध्याउने गेम प्लानमा फस्ने जोकोहीले इतिहासमा नराम्रो मूल्य चुकाउनुपर्ने पनि प्रस्ट पारे ।
‘हामी आङ्खनो लागि भन्दा सेनाको इतिहास बचाउन अदालत गएका हौं, अदालतमा मुद्दा विचाराधीन रहेकाले हामीले अवकाश पायौं, तर नेपाली सेनाले जित्नुपर्छ भन्ने हाम्रो मान्यता सधैं रहिरहन्छ,’ थापा मगरले भने । उनले सेनाको इतिहास बचाउनकै लागि तत्कालीन रथी बालानन्द शर्माले सिस्टम मिचेर प्रधानसेनापति नहुने जवाफ तत्कालीन सरकारलाई दिएको स्मरणसमेत गराए । थापा मगरले सेनाको फास्ट ट्र्याक बढुवाको नीति राम्रो भए पनि कार्यान्वयन अत्यन्त गलत भएको र आङ्खना मानिसलाई माथि ल्याउन सिंगो संगठनको इतिहासलाई दाउमा राखिएको दाबी पनि गरे ।
‘फास्ट ट्र्याक बढुवाको पक्षमा हामी पनि हौं, तर कार्यान्वयन अत्यन्त गलत ढंगबाट भयो, त्यसले जर्सापदेखि तलसम्म नराम्रो म्यासेज दियो,’ थापा मगरले भने, ‘अब सेनाका कोही पनि अधिकृत संगठनप्रति बफादार होइन, नेताको घरदैलो धाउन बाध्य हुन्छन् ।’ उनले २०४६ सलपछि नेपाल प्रहरीलाई फुटबल मैदान बनाएको जस्तै अब सेनालाई पनि सोही अवस्थामा पु¥याउने काम भएको जिकिर गरे । ‘अब त सेनामा काम र संगठनप्रति बफादार होइन, चेन अफ कमान्ड पनि होइन, बढुवाको लागि अन्त–अन्त धाउने खेल सुरु हुन्छ, यसले सेनाको इतिहास मेटाउनेछ,’ उनको भनाइ थियो । उनले सैनिक मुख्यालयको पछिल्लो निर्णयबाट ८० प्रतिशत सेनाका अधिकृत तथा जवान रुष्ट रहेको जनाउ पनि दिए । ‘माथिदेखि तलसम्म ८० प्रतिशत खुसी छैनन्, हिजोको जस्तो अवस्था आयो भने अब सैनिक नेतृत्वले काम लिनै सक्दैन,’ थापा मगरले भने ।


निर्वाचन सुरक्षाका चुनौती र नेतृत्व


गणेश बस्नेत

मुलुक निर्वाचनमा होमिएको अवस्था छ । निर्वाचन आयोगमा दर्ता गरेका र नगरेका दलहरूको विरोध किन नहोस्, आगामी ४ मंसिरमा संविधानसभाको दोस्रो निर्वाचन गराउनैपर्ने बाध्यतामा सरकार छ । दलहरूसँग पनि योभन्दा अर्को विकल्प छैन । नेपालको अन्तरिम संविधानले संविधानसभाभन्दा बाहिरबाट हुने संविधान निर्माणलाई सोझैै अस्वीकार गर्छ । पहिलोे संविधानसभा निर्दिष्ट प्रतिफल दिएविनै विघटन भएको अवस्थामा संविधान निर्माणका लागि अर्काे संविधानसभाको चुनाव गर्नैपर्छ । त्यसभन्दा बाहिर गएर निर्माण हुने संविधान जस्केलाबाट छिराएकोसरह हुनेछ । यस्तो संविधान जनताले स्वीकार पनि गर्नेछैनन् । यही विशिष्ट परिवेशमा मंसिर ४ का लागि चुनावको मिति तय भएको हो । चुनावको मिति घोषणासँगै विवादमा परे पनि क्रमशः मत्थर हँुदै गएको अनुभूति हुन्छ । नयाँ बजेटमार्फत सरकारले निर्वाचनका लागि १६ अर्ब रुपैयाँ विनियोजनसमेत गरिसकेको स्थितिमा तोकिएको समयमै निर्वाचन सम्पन्न हुन्छ भन्नेमा सबै विश्वस्त हुनु जरुरी छ ।
संविधानसभा निर्वाचनलाई नै केन्द्रबिन्दु बनाउने घोषणा सरकारले पनि गरेको छ । अर्थात्, सरकार अब निर्वाचनका लागि जुनसुकै लचकता र हद पार गर्न तयार छ भन्ने अनुमान गर्न सकिन्छ । तर,
नेकपा–माओवादीसहितका दलहरू चुनाव भाँड्न प्रशिक्षण दिइरहेको अवस्थामा चुनावमा सबैभन्दा ठूलो चुनौती सुरक्षा नै हो । २०६४ सालको जस्तो बन्दुकको नालमा जनताको मत अभिव्यक्त गनुपर्ने बाध्यता सिर्जना भयो अर्थात् चुनावमा खटिने राष्ट्रसेवक, चुनावी सामग्री र मतदातामाथि असुरक्षा बढ्यो भने चुनावको परिणाम के आउला ? र, त्यसरी गठन हुने  संविधानसभाले नयाँ संविधान दिन सक्ला ? वा, दिए पनि सर्वस्वीकार्य होला ? कुनै पनि खाले आतंकको छायाबाट आएको परिणामलाई जनताको अभिमत भन्ने धृष्टता कसैले गर्नुहुँदैन, यदि ऊ राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनताप्रति अलिकति पनि इमानदार छ भने ।
विगतको जस्तो आतंकमा जनताको अभिमत लिने मूर्खता अव सरकार र प्रजातान्त्रिक दलहरूले गर्नुहँुदैन । यस्तो अवस्थामा निर्वाचनका लागि सुरक्षा पहिलो र अनिवार्य सर्त हो । तर, विद्रोहकै नेतृत्व गरेर आएको नेकपा–माओवादीले आफूलाई मन नपरेका नेताको हातखुट्टा भाँच्ने प्रशिक्षण दिएको र तराईमा राजनीतिको आवरणमा अवैध हातहतियारको व्यापार गर्ने समूह सक्रिय रहेको अवस्था छ । माओवादी राजनीतिक दल भए पनि तराईका हतियारधारी आपराधिक समूहको विश्वास गर्न सकिँदैन । उनीहरू पैसाका लागि जसको पनि सुपारी लिने र हत्या गर्ने काममा सहजै सहभागी हुन सक्छन् । यस्तो अवस्थामा मतदाताको मात्र नभई उम्मेदवारको सुरक्षा पनि गम्भीर बन्न सक्छ ।
जनताको आँखामा छारो हाल्न निर्वाचनका लागि केही खतरा छैन भन्न सकिएला । तर, यथार्थमा आगामी निर्वाचन सुरक्षाको दृष्टिले अघिल्लोभन्दा चुनौतीपूर्ण छ । त्यसका लागि सुरक्षा निकायलाई चुस्तदुरुस्त राखी जनतासँग एकाकार गर्न जरुरी छ । तर, यतिबेला सुरक्षा निकायको अवस्था हेर्दा घटनापछि मुचुल्का तयार पार्ने कामभन्दा बढीको अपेक्षा गर्न सकिँदैन । संक्रमणकाल लम्बिरहेका बेला सुरक्षाको जिम्मेवारी बोकेका तीनओटै संस्था नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व निकै विवादमा परेको छ । नेपाली सेना र नेपाल प्रहरी आफ्नै मूल नेतृत्वको गलत कार्यशैलीका कारण विवादमा तानिएको छ । सशस्त्र प्रहरीको नेतृत्व भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति छानबिनको सूचिमा परेको सार्वजनिक भएपछि विवादित बनेको हो । यस्तो अवस्थामा निर्वाचनमा सुरक्षा कसरी दिने भन्ने गम्भीर प्रश्न खडा भएको छ । चुनावमा नेपाली सेनाको प्रत्यक्ष भूमिका नहुने भए पनि उसको विशिष्ट भूमिका रहन्छ नै । अन्य निकायले सकेनन् भने सेना छ भन्ने मानसिकताले सबैलाई ढुक्क बनाउँछ ।
निर्वाचन सुरक्षाको अग्रपंक्तिमा रहेको नेपाल प्रहरी र त्यसलाई सपोर्ट गर्ने सशस्त्र प्रहरीको मनोबल पनि उच्च हुन सकेको छैन । मूलतः नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) कुवेरसिंह रानाको पछिल्लो विवादास्पद कार्यशैलीबाट एआईजीदेखि जवानसम्म रुष्ट छन् । महानिरीक्षक रानाले एक वर्षअघि आफंैले चर्काे विमति मात्र नभई आपत्ति नै जनाएको प्रहरीको सेवा अवधि बढाउने खेलमा अहिले आफैं सक्रिय भएकाले नकारात्मक सन्देश दिएका छन् । सेवा अवधि नबढेमा मंसिर ४ मा चुनाव छ, अरूले सक्दै सक्दैनन् भन्दै विशेष परिस्थिति देखाएर मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र गृहमन्त्री माधवप्रसाद घिमिरेलाई जिल्लावासी भएको नाताले ‘पुरस्कार’ पाउनुपर्ने अभियान आफंैले चलाएपछि उनकै ब्याजी एआईजीदेखि जवानसम्म झस्किएका छन् । प्रहरीमा उनीपछि नेतृत्व गर्ने कार्यक्षमतामा अब्बल प्रहरी वरिष्ठ अधिकृतहरू पनि रुष्ट छन् ।
संगठनको नेतृत्व गर्ने व्यक्ति नै आफ्नो सेवा अवधि बढाउन आफ्नै मूल्य मान्यताविपरीत नेता र मन्त्रीको घर दैलो चहार्दै हिँडेपछि असन्तुष्टि चुलिनु स्वाभाविकै हो । त्यसमाथि पनि उनको भूमिका सबै प्रहरी कर्मचारीलाई समान नरहेको अनुभूति पटकपटक गरिरहेका छन् नेपाल प्रहरीका ६१ हजार सदस्यले । प्रहरी संगठन जतिसुकै समाप्तिको डिलमा पुग्ने अवस्था किन नहोस्, आफंै पद ओगटेर बस्ने, नभए आफ्नालाई जिम्मेवारी सुम्पने आईजीपी रानाको योजना रहेको खुलेआम चर्चा हुन थालेको छ प्रहरी प्रधान कार्यालयभित्र । कसरी सुरक्षा मजबुत बनाउनेभन्दा पनि कसरी आईजीपीको खेल रोक्ने भन्ने चिन्ताले उनीपछिका वरिष्ठ अधिकारीमा डेरा जमाएको छ ।
यस्तो अवस्थामा सुरक्षा अवस्था खस्कनु र अपराधीको मनोबल उठ्नु स्वाभाविक हो । प्रहरी नेतृृत्वको यस प्रकारका स्वार्थी शैलीले चुनावमा सुरक्षाको प्रत्याभूति हुनै सक्दैन । फिल्डमा खटिने अधिकृत र जवान रुष्ट भएपछि शान्ति सुरक्षामा प्रस्टै असर पर्छ । पूर्वप्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलकै शब्दमा भन्ने हो भने त आईजीपीले आफ्नो स्वार्थ हेरेपछि संगठनका कुनै सदस्यले केही गर्नै सक्दैनन् । आईजीपी हुँदाताका खरेल पटकपटक भन्ने गर्थे, ‘नेपाल प्रहरी मात्र होइन, फौजको नेतृत्व गर्ने व्यक्ति संगठनको सबै सदस्यको अभिभावक हुन सकेन भने अपराध नियन्त्रण धेरै टाढाको विषय हुन्छ, पहिला आफ्नैले सिध्याउँछन् कि भनेर हिँड्नुपर्ने हुन्छ, जुन काम कसैबाट पनि हुनुहुँदैन । त्यस्तो गरियो भने शान्ति सुरक्षाको भाषण गर्नुको अर्थ नै रहँदैन, त्यसैले नेतृत्व गर्ने व्यक्ति ठीक रहनु पहिलो र अनिवार्य सर्त हो ।’ खरेलको यो भनाइ प्रहरीभित्र हुने गरेको नेतृत्वको गलत कार्यशैलीप्रति नै थियो । त्यसयता हरेक प्रहरी महानिरीक्षकको व्यवहार र सेवा अवधि बढाउने दौडधुपले उनको भनाइ सही रहेको जोकोहीले अनुभूति गर्न सक्छ ।
भोको पेटले राष्ट्रवादको गीत गाउँदैन भनेझैं नेतृत्वदेखि बिरक्तिएको नेपाल प्रहरीका अधिकृत र जवानले सुरक्षाको मामिलामा चुस्तदुरुस्त काम गर्नै सक्दैनन् । यस्तो अवस्थामा कसरी चुनावमा शान्ति सुरक्षा बहाल गराउने र निष्पक्ष निर्वाचनको प्रत्याभूति गराउन सकिएला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । प्रहरी अधिकृतकै शब्दमा भन्ने हो भने अहिलेका प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई संगठनको हितमा काम गर्ने यति सुनौलो मौका थियो, तर उनले आफ्नो पदका लागि सबै कुरालाई दाउमा राखिदिए । प्रहरीको नेतृत्वमा नपुग्दासम्म भ्रष्टाचारमा कुनै दाग नलागेका, नेतृत्व क्षमतामा पनि प्रश्न नउठाइएका र इमानदारीमा पनि शंका नभएका आईजीपी राना किन एकाएक पदलोलुप भए ? किन केही व्यक्तिमा सीमित हुन
पुगे ? संगठनका सबै सदस्यको अभिभावक बन्ने सोच त्यागेर किन केही अवसरवादी र निकम्मा गुटको नेता बने ? यो अवस्था बुझ्न सर्वसाधारणको त कुरै छाडौं, उनीनजिक रहेका प्रहरी वरिष्ठ अधिकारीलाई नै कठिन भएको छ । आफ्नै अडानमा नरही आफूभन्दा तलका अधिकृतलाई षड्यन्त्रपूर्वक घर पठाउने योजनामा लागेपछि उनको विगतका ती सबै इमानदारीको छविमा कालो पोतिएको छ ।
राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको नेपाली सेनाको नेतृत्व पनि पछिल्लो चरणमा निकै विवादास्पद बनेको छ । प्रधानसेनापति गौरवशमशेर राणाकै कारण अहिलेसम्म एकजुट रहेको नेपाली सेनामा अघोषित विभाजनको रेखा कोरिएको छ । फास्ट ट्र्याक बढुवाको अत्यन्त राम्रो नीतिलाई आसेपासे र नातागोतालाई पुरस्कार दिने शैलीले सेनाका जर्सापदेखि जवानसम्ममा असन्तुष्टि चुलिएको केही दिनअघि सेवानिवृत्त भएकै दिन सैनिक अधिकारीले सार्वजनिक गरिसकेका छन् । उनीहरूकै भनाइलाई आधार मान्ने हो भने नेपाली सेनामाथि अब कसैले पनि सहजै खेल्न सक्छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानसेनापति रुकमांगद कटवाललाई हटाएर रथी कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापति बनाउनेजस्तो विवादास्पद निर्णय सेनाको चेन अफ कमान्डमा दृढ रहने र कसैको इसारामा नचल्ने व्यवहारका कारण असफल भयो । अब त्यस्तो कालो इतिहास दोहोरियो भने सेनामा स्पष्ट विभाजन आउँछ भन्ने अवकाश प्राप्त कर्णेलको भनाईबाट सेना पनि कसैको ग्य्रान्ड डिजाइनमा फसेको अनुमान सहजै गर्न सकिन्छ ।
रथी बालानन्द शर्माले सेनाको गौरवमय इतिहास जोगाउन प्रधानसेनापति बन्ने प्रस्ताव अस्वीकार गरेका थिए । त्यसबेला नेपाली सेनालाई कमजोर बनाउने षड्यन्त्र कामयाव भएन । रुकमांगद कटुवाल पनि कसैको डिजाइनमा झुकेनन् । परिणामतः तीव्र राजनीतिक उथलपुलका बेला पनि सेना एकजुट नै रहिरह्यो । एमाओवादीले त्यतिबेलै सेनामा विभाजन ल्याउन भरमग्दुर कोसिस गरेकै हो । आफ्ना ज्वाइँ जोगाउने खेल खेल्दा छत्रमान सिंह गुरुङ केही हदसम्म विवादित भए पनि सेनालाई कमजोर बनाउने भूमिका खेलेको आरोप उनीमाथि लागेन । तर, किन अहिलेका प्रधानसेनापतिमाथि यो संगीन आक्षेप संगठनभित्रकै सदस्यबाट लाग्यो भन्ने प्रश्नको जवाफ सैनिक मुख्यालयले दिनैपर्छ । नेपाली सेनाजस्तो इतिहास बोकेको संस्था कसैको सनकको सिकार हुनुहुँदैन, चाहे त्यो प्रधानसेनापतिकै  किन नहोस् । यस्ता काम सुरक्षा निकायको नेतृत्वमा रहेको व्यक्तिले अविलम्ब सच्याएर सबैको साझा बन्न सक्नुपर्छ । मंसिर ४ को निर्वाचन आवश्यकता मात्र नभएर अभिष्ट नै बन्नुपर्छ ।