प्रचण्ड,सुशिल,शेरबहादुर र
रामचन्द्रकैबिरुद्ध बागी उम्मेदवार
काठमाडौं, १७ असोज
७ असोज, काठमाडौं
। एकीकृत
नेकपा माओवादीका
अध्यक्ष प्रचण्डविरुद्ध
उहाँलाई गालामा
थप्पड हान्ने
पदम कुँवरले
बागी उमेद्वारी
दर्ता गर्नुभएको
छ ।
त्यसैगरी कांग्रेस
सभापति सुशील
कोइरालाविरुद्ध विकास कोइराला, शेरबहादुर देउवाविरुद्ध
गंगाबहादुर कुँवर, उपसभापति रामचन्द्र पौडेलविरुद्ध
पूर्णबहादुर गुरुङ र युवा नेता
गगन थापाविरुद्ध
सुप्रभा घिमिरेले
बागी उमेद्वारी
दर्ता गर्नुभएको
छ ।
सुर्खेतको निर्वाचन क्षेत्र नं २ का एमाले
उम्मेदवार यामलाल काडेलविरुद्ध जिल्ला उपाध्यक्ष
शिवप्रसाद उपाध्यायले बागी उम्मेदवारी दर्ता
गराउनुभएको छ ।



काठमाडौं क्षेत्र नं
३ मा
एमाओवादी उमेद्वार
गणेश उप्रेती
विरुद्ध एमाओवादीबाटै
गणेश तामाङले
बागी उमेद्वारी
दिनुभएको छ
भने नवलपरासीमा
कांग्रेसका दुई उमेद्वार विरुद्ध बागी
उमेद्वारी दर्ता भएको छ । नवलपरासी ३
मा देवेन्द्रराज
कँडेलविरुद्ध गुणनीधि तिवारी र क्षेत्र
नं ५
मा विक्रम
खनालविरुद्ध कांग्रेस नेता राधेश्याम पाठकले
वागी उम्मेद्वारी
दिनुभएको छ
।
काभ्रेमा एमाओवादीका सूर्यमान
दोङविरुद्ध वाइसिएल नेता तेजप्रकाश गौतमको
वागी उमेद्वारी
परेको छ
भने ललितपुर
२ मा
एमाओवादीका सरोजसिंह डंगोलविरुद्ध एमाओवादी कार्यकर्ता
जनक थापाले
वागी उमेद्वारी
दिएका छन्
। ललितपुर
१ मा
कांग्रेस उमेद्वार
उदयसमशेर राणाविरुद्ध
कांग्रेस कार्यकर्ता
गणेशकुमार केसीले बागी उम्मेद्वारी दर्ता
गर्नुभएको छ ।
एकीकृत माओवादी मधेस
ब्युरो इन्चार्ज
रामचन्द्र झाविरुद्ध पनि मिथिला राज्य
समितिका संयोजक
तथा केन्द्रीय
सदस्य श्रवण
यादवले बागी
उम्मेदवारी दर्ता गराएका छन्। एमाले
परित्याग गरी
आएका झालाई
धनुषा–१
बाट टिकट
दिने निर्णयमा
असन्तुष्टि जनाउँदै यादवले स्वतन्त्रबाट उम्मेदवारी
दर्ता गराएका
हुन्। झालाई
टिकट दिने
निर्णय गर्ने
वितिकै राति
१२ बजे
धनुषा फर्केका
यादवले दलबलसहित
निर्वाचन आयोगमा
उम्मेदवारी दर्ता गराएका हुन्।
पार्टीले क्रान्तिकारीलाई भन्दा पनि दलालहरुलाई टिकट
दिएपछि मैले
स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको
हुँ यादवले
नागरिकन्युजसँग भने, ुपार्टीलाई क्रान्तिकारी र
हिजो युद्धमा
ज्यान बाजी
राख्नेभन्दा
दलालहरु प्यारो
हुँदै गयो,
हामी दलाल
र अवसरवादीलाई
धनुषाबाट धुलो
चटाएर पठाउँछौं।
उनका अनुसार धनुषा–६ नवप्रवेशी
रामकुमार महतोविरुद्ध
पुराना माओवादी
नेता तथा
जिल्ला समितिका
सदस्य बलराम
सुवेदीले पनि
बागी उम्मेदवारी
दर्ता गराएका
छन्। अध्यक्ष
पुष्पकमल दाहाल
र हरिबोल
गजुरेलले पार्टीमा
प्रवेश गराउँदा
नै झालाई
टिकट दिने
वाचा गरेको
भन्दै आफूलाई
अस्विकार गरेको
उनको भनाइ
छ। यसअघि
झा र
यादवबीच सहमति
हुन नसकेपछि
अध्यक्ष दाहाल
सिरहा–५
स्थानतरण भएका
थिए।
No comments:
Post a Comment