गगन बिष्ट
‘बाबा भोलि त मेरो जन्मदिन हो नि †’ आठ वर्षको छोरा सिद्धान्तले बालमष्तिष्कमा खेलिरहेको भावना प्रकट ग¥यो । मैले ‘हो’ भन्ने संकेत गरेपछि ऊ दोहो¥याएर केही बोलेन । उसको अनुहार हेरें, अघिको त्यो जन्मदिन हो भन्ने बेलाको चमक थिएन । ऊ जन्मदिनको अघिल्लो दिन नै कसरी मनाउने ? कोकोलाई बोलाउने ? भनेर सोध्थ्यो । चित्तबुझ्दो उत्तर नपाएसम्म ढिपी गरिरहन्थ्यो । तर, आज पहिलो दिन ऊ जन्मदिनमा पनि खुसी नभएको देख्दै छु म ।
ममतामयी आमाविनाको पहिलो जन्मदिवस आउँदा उसको बालमष्तिष्क पनि दुःखी भएको संकेत बुझ्न सकिन्थ्यो । उसको यही संकेतले जर्बजस्ती मनभित्रै दबाएको पीडा फेरि छचल्किन थाल्यो । म मौन भएर उसलाई हेरिरहेको थिएँ । ऊ आफैंले मौनताको सागरमा ढुंगा फाल्यो, ‘बा साथीहरूलाई चकलेट बाँड्न त हुन्छ होला नि †’ मेरा परेली आँसुका बाँध बन्न सकेनन् । फेरि त्यही पीडाले पोल्न थाल्यो । जुन अझै मलाई सपना हो कि बिपना ? खुट्याउन हम्मेहम्मे परिरहेको छ ।
लेखेरै जीविकोपार्जन गर्नुपर्ने पेसामा लामो समय बिताएको व्यक्ति चार महिनादेखि शब्दशून्य थिएँ । मेरो कलमबाट अक्षर होइन, दुःखका आँसु पोखिन्थे । सुख सबैसँग बाँड्नुपर्छ भन्ने स्वभावको मान्छे भएकै कारण आफ्नो दुःख बाँडेर अरूलाई दुःखी बनाउन नचाहेरै मैले दुःखका आँसु ओकल्ने कलम चार महिनासम्म समाउनै चाहिनँ । तर, आज बाध्य भएको छु । छोराको जन्मदिनको पूर्वसन्ध्यामा यसै बस्न सक्ने अवस्थामा पनि म छैन ।
छोराले जन्मदिनको कुरा गरिरहँदा म खुसी पनि हुनुपर्ने हो । किनभने, यो उसको पुनर्जन्मको पहिलो जन्मदिन हो । त्यो कहालीलाग्दो घटनालाई उसले जित्यो, उसले मात्रै होइन, मेरी बहिनी उमा र भान्जा आदर्शले पनि जिते । त्यो निर्दयी समयलाई जितेको ऊ आज आठौं वर्ष पार गर्दै छ । तर, कसरी खुसी हुन सक्छु म, मेरो जीवनको रंग बदलिएको छ, इन्द्रेणी रंगबाट पूरै कालो । यो सपना हो कि बिपना अझै पनि म दोधार (कन्फ्युज) मा छु । तर, मैले स्विकार्नै पछ । त्यो एउटा अति कटु सत्य थियो । कहालीलाग्दो घटनाका कारण बगिरहेका आँसु र पीडामा छटपटिरहेका मुटु सम्हालेर म आज जीवनसँगिनी र आफन्त गुमाएको पीडा पोखिरहेको छु । छोरा सिद्धान्तको जन्मदिन (भदौ १२) पारेर ।
मेरा मानसपटलमा कालरात्रिसरह घुमिरहेको छ, त्यो दिन । बुबाआमाको चौरासी मनाउन वैशाख १० गते जीवनी संगीनी र परिवारका अन्य सदस्यहरू गुल्मी आउँदै थिए । मचाहिँ पूजाको तयारी गर्न दुई दिनअघि नै गुल्मी पुगिसकेको थिएँ । भोलिपल्ट पूजा भएकाले कामको भ्याई नभ्याई थियो । कामकै चापले फोन उठाउने समय पनि पाइरहेको थिइनँ । उनले फोनमा करिब १२ बजेतिर बुटवल पुगेको र त्यतै खाना खान लागेको बताइन् । यही बीचमा ज्वाइँ जिस्कनुभयो ‘वरिष्ठ पत्रकारलाई चिसो लागेको समाचार छ’ भन्दै । ज्वाइँको कुरा सुरुमा त बुझिनँ । छेउमै बसिरहनुभएका अर्का ज्वाइँले ‘पत्रिकामै छापिएको छ भन न’ भन्दै हुनुहुन्थ्यो । मैले पछि बुझेँ, ‘घरमा चिसो छ, बाक्लो लुगा ल्याइदिनू’ भनेकाले उहाँहरूले यस्तो कुरा गर्नुभएको रहेछ । कहिल्यै ठट्टा नगर्ने ज्वाइँहरू मसँग रसिक भएर बोलिरहेको सुनेर म अचम्मित पनि भएको थिएँ । बुटवलमा खाना खाएर जिप हिँड्न थालेपछि फेरि श्रीमतीले फोनमा भनिन्, ‘त्यहाँ काम राम्ररी गरिरहनुभएको छ कि ठगिरहनुभएको छ †’ मैले ‘ठग्छु भनेर पनि नपाइने’ बताएँ । ‘त्यसपछि गाडी स्टार्ट भयो,’ उनले भनिन्, ‘बाबा, राम्ररी काम गर्नुहोला, आफ्नो पनि ख्याल गर्नुहोला ।’ गाडी स्टार्ट हुनुअघिको यो संवाद जीवनकै अन्तिम बन्न पुग्यो । जुन सम्झँदा पनि मलाई पोलिरहन्छ । र, निरन्तर जलाइरहेको छ । उनीसहित आफन्त सवार जिप पाल्पाको हरथोकमा दुर्घटनामा प¥यो । नयाँ वर्षको उमंगसँगै खुसी मनाउने चाहना कहिल्यै नमेटिने पीडामा परिणत भयो ।
छोरा सिद्धान्तकै अघि बसेर यो लेख लेखिरहँदा म सम्झिरहेको छु । मामु पनि भएको भए उसले अझ धेरै कुरा गथ्र्याे । हाम्रो समाजमा सन्तानका लागि बुबा अनुशासनको गुरु र आमा मायाकी खानी हुन्छन् । जति आमासँग नजिक हुन्छन्, त्यति बुबासँग हुनै सक्दैनन् । मलाई लागिरहेको छ, ‘बाबु मर्दा सन्तान टुहुरा हुँदैनन्, आमा मर्दा चाहिँ पूरै टुहुरा हुने रहेछन् ।’ एउटा नेपाली उखान छ, ‘शत्रु लागोस् दैव नलागोस् ।’ तर, आज मलाई भन्ने गरिएको दैव लागेको छ ।
मलाई आज पत्नी वियोगले मात्र सताइरहेको छैन । कालको मुखैबाट उम्किएको मेरो छोराको बालमष्तिष्कमा कस्तो प्रभाव पारेको होला भन्ने चिन्ताले अझ धेरै पीडा दिएको छ । छोराको भविष्यसँग जोडेर उनीले देखेका सपना पूरा गर्न सक्छु कि सक्दिनँ भन्ने कुराले पिरोलिरहेको छ । आमालाई एकछिन पनि छाड्न नचाहने छोराले फोटो हेर्न पनि सकिरहेको छैन । प्रिय आमाको तस्बिर अहिले उसका लागि सबैभन्दा डरलाग्दो वस्तु बनेको छ । सायद त्यसैले पनि यो घटनाले दिएको पीडा उसले मौन बसेर लुकाउन खोज्दै छ र भित्रभित्रै आँसु रोक्न खोजिरहेको छ ।
घटनामा परेर बाँचेको ऊ मामु, भान्जी, दिदी र भिनाजुहरू दिवंगत भएको भन्दा टोलाउँछ । उसले प्रश्न गर्छ, ‘कहिल्यै फर्केर आउँदैनन् ?’ त्यो घटना उसको बालमष्तिष्कबाट नमेटिएर होला, बेलाबेला भन्छ, ‘गाडी पल्टियो र धेरै तल गयो । मेरो मामुलाई कसैले बोकेर माथि ल्याएन । ल्याएको भए मामु र दिदीहरू बाँच्नुहुन्थ्यो कि ? माथि ल्याउनुभन्दा पहिले हाम्रा सबै सामान चोरेछन् ।’ बेलाबेला गर्ने यी जिज्ञासाले उसको मष्तिष्कबाट यो घटना नओझेलिने स्पष्ट हुन्छ । मलाई पनि लाग्छ, समयमै उद्धार गर्न सकिएको भए मर्नेको संख्या कम हुन्थ्यो कि † दुर्घटना भएको डेढ घन्टापछि मात्रै उद्धार भयो । उसले भन्छ, ‘मान्छे सामान हेर्दै थिए, मामुलाई कसैले ल्याइदिएन । मेरो लुगा कसले लियो होला । त्यो लगाएको मान्छे बाटोमा भेटिन्छ होला है † हाम्रो क्यामराले कसले फोटो खिच्छ होला । मामुको सुन र पैसा कसले लियो होला ।’ यसले मलाई मान्छे कति संवेदनाहीन हुँदो रहेछ भन्ने पनि सम्झाइरहन्छ ।
खुसियाली बाँड्न आइरहेका आफन्तहरू बाटोमा गुमाउँदा म कहालीलाग्दो पीडामा थिएँ । मेरो पीडामा मलमपट्टी लगाउने काम देशविदेशमा रहेका हजारौं शुभचिन्तकले गर्नुभयो । नेतादेखि सर्वसाधारणसम्म, पत्रकारदेखि कलाकारसम्म, डाक्टरदेखि वकिलसम्म, सरकारी सेवा उच्च पदस्थदेखि साधारण कर्मचारीसम्म, उद्योगी, व्यापारी, बैंकर्स, युवा, विद्यार्थी सबै दुःखका साथी बनिरहनुभएको छ । दुःखका आँसु पुछ्न नेता प्रदीप ज्ञवालीसहित मेरा मित्र सूर्य थापा, राजेन्द्र अर्याल, विष्णु रिजाल र रविन प्यासी, रातविरात नभनी गुल्मीको रिडी पुग्नुभयो । त्यसैगरी, नेताहरू छविलाल विश्वकर्मा, नेत्र पन्थी, कमल श्रेष्ठ, खिमलाल भट्टराई, ठाकुर गैरे, टोमलाल पाण्डे, राधाकृष्ण कँडेल, नीलकण्ठ गौतम, भुवन श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, देवी बस्याल, बमबहादुर खड्का, कौशल पोख्रेल, हिमाल श्रेष्ठ, शेषकान्त गौतम, चन्द्रबहादुर महत र लक्ष्मण पराजुलीलगायत पनि पुग्नुभयो ।
स्थानीय तहमा मेघराज अर्याल, मोहन चापागाइँ, बालकृष्ण चापागाइँ, शेरबहादुर केसी, अर्जुन श्रेष्ठ, भरत केसी, भगवान् भण्डारी, रामप्रसाद न्यौपाने, राजेश अर्याल, घनश्याम गौतम, गगनशीला खड्कागायतका साथीहरूले लगाएको गुन मैले कहिले पो तिर्न सकुँला र † घटनाबारे सर्वप्रथम जानकारी दिने पत्रकार दिनेश पाण्डे, स्थानीय पदम अधिकारी र मेरी श्रीमतीको दिवंगतको खबर सुनाउने पाल्पाका पत्रकार माधव अर्याललाई सधैं सम्झिरहने छु । घटनाबारे थाहा पाएपछि उद्धारका लागि सहयोग गर्नुहुने एसपी पुष्कर कार्की र सशस्त्र पहरी बलका डीआईजी शैलेन्द्र खनाललगायतप्रति आभार प्रकट गर्दछु । त्यस्तै, उद्धारका लागि घटनास्थल पुग्ने सबै ज्ञात÷अज्ञात व्यक्तिलाई सदा सम्झनेछु ।
उनीविनाको यो संसार खालीजस्तो लाग्छ । भावनामा डुब्दै जाँदा खाली संसारमा एक्लो बाँच्नुको अर्थ खोज्न पुग्छु । तर, यो ब्रह्मान्डको नियमविरुद्ध कोही जान सक्दैन । म पनि जान सक्ने करै भएन । त्यसैले, बदलिएको जीवनको रंगलाई आत्मसात् गरेर अघि बढ्नुको विकल्प छैन । ‘एक्लै जन्मिएको हुनाले मर्नु पनि एक्लै पर्छ’ भन्ने भनाइलाई सम्झेर चित्त बुझाउन खोज्छु । तर, वियोगको पीडाका अघि यस्ता भनाइ फिका हुँदा रहेछन् । उनको अभावमा जीवनसँग जोडेर देखेका सपना अधुरा भएका छन् । छोराको जन्मदिनको अवसरमा एक पटक फेरि उनी जीवित छँदा मेरो जीवनमा आएका बहार सम्झनेछु । र, उसलाई भन्नेछु, ‘ह्याप्पी बर्थ डे छोरा ।’ तर, मैले धर पाउनेछैन । किनभने, उसले भनिरहन्छ, ‘हामी मरेपछि त मामुसँग भेट होला नि बाबा ।’ म अहिले निरुत्तरित बनिरहेको छु ।

This comment has been removed by the author.
ReplyDeleteमंगलबार पूर्वमन्त्री गोकर्ण विष्टको घर सिँगारेर झिलीमिली थियो, मण्डप र पूजा सामग्री सबै तयार थिए, गाउँलेहरू खुसीले गद्गद थिए। तर दिउँसो साढे तीन बजे गाउँलेले केहीबेर अगाडि बनाएको मण्डप धमाधम भत्काउन लागे, ध्वजापताका च्याते, त्यो खुसी एकाएक शोकमा बदलियो।
ReplyDeletehttp://gulmitoday.com/archives/963