गणेश बस्नेत
जाँड, रक्सी कहिल्यै छोएको छैन, केही दिनदेखि खोकीको औषधि सेवन गरिरहेको छु तर ट्राफिक प्रहरीले मापसेमा फसाइ दियो ।
रेडबुललाई इनर्जी ड्रिंक भन्थे, थकान मेट्न सेवन गर्दा ट्राफिकले मापसेमा पारिदियो ।
अपरेसनका लागि ब्लड लिन गएको थिए, हातमा पोका देखेर पनि ट्राफिकले मापसे चेक गरायो, त्यो नभेटेपछि लाइसेन्स माग्यो, देखाउँदा ब्लुबुक भन्दै १५ मिनेट कुरायो, अस्पताल पुग्दा त ब्लडकै अभावमा हजुरबुवाको ज्यान गएछ ।
आजको कमाइ २ हजार भएछ, दिनदिनै यति नै कमिसन आउने गरी जरिवाना गरिन्छ ।
मापसे नगर्ने पनि ठूलो मान्छे हुन्छ र ? अलिकति गर्नुभएको भए राम्रो हुन्थ्यो नि †
उल्लेखित पाँच घटना मादक पदार्थ सेवन (मापसे) नियन्त्रण अभियानबाट जताततै वाहवाही कमाएको ट्राफिक प्रहरीसँग सम्बन्धित छ । यी उदाहरणले मापसेबाट लोकप्रियता कमाएको ट्राफिक प्रहरीको सिकार बनेका निर्दाेष नागरिक र असुली गर्ने ट्राफिक प्रहरीको गलत नियतलाई पनि छताछुल्ल पारेको छ । यी घटनाले मापसे अभियान चलाएर राजधानीलगायत मुलुकभर वाहवाही कमाएको ट्राफिक प्रहरीभित्र हुर्कंदै गएको अत्यन्त निकृष्ट शैली र मौलाउँदा अराजकतालाई पनि उजागर गर्दछ । राम्रो कामको आवरणभित्र मौलाएको यस्ता गलत धन्दाले आमनागरिकलाई भने विछिप्त पार्छ । ट्राफिक प्रहरीले सडकमा चलाएको असुली अभियानको सिकार जाँड, रक्सी छुँदै नछुने सम्मानित नागरिक, चकटेल खाने स्कुल र कलेजका विद्यार्थी, खोकीको औषधि सेवन गरेर हिँडेका वृद्धवृद्धा परिरहेका छन् भन्ने प्रमाण पनि हुन माथिका पाँच घटना । जीवन बचाउन सडकमा बसेका ट्राफिक प्रहरीको व्यवहारका कारण कसैको ज्यानसम्म जाने कुरा कल्पनाबाहिरको विषय हो । तर, केही समययता राजधानीका विभिन्न स्थानमा सर्भे गर्दा पाइएको यथार्थले त्यही विडम्बनालाई प्रस्तुत गरेको छ । सडकमा बसेर जे गर्दा पनि हुन्छ, यात्रुलाई जति ठग्दा पनि हुन्छ, केही नलागे आफन्तको मृत्युको दौडिएका मोटरसाइकल चालकलाई समेत रोकेर समय बर्बाद पार्दै थप पीडा दिनु कतिसम्मको जायज वा मानवीय काम हो ? सबैतिर प्रश्न उठ्न थालेको छ । सडकमा बिहान सबेरैदेखि मध्यरातसम्म देखिएका दृष्यहरूले ट्राफिक प्रहरीभित्र डरलाग्दो अराजकता र असुली अभियान चलेको प्रस्ट देख्न सकिन्छ, यतिबेला । ‘पहिला मापसे सोध, त्यो नभए लाइसेन्स सोध, त्यसको पासोमा पनि नपर्ने रहेछ भने ब्लुबुक खोज, त्यसपछि पनि उम्किए नम्बर प्लेट र साइड लाइटमा खोट देखाऊ र असुली गर’ भन्ने अभियान चलाइएको छ, सडकमा । यस्तो निर्देशन पक्कै पनि प्रहरी नेतृत्व वा ट्राफिक प्रमुखले दिँदैन । त्यस्तो कल्पना गर्नु पनि आफैंमा मूर्खतापूर्ण काम मान्न सकिन्छ । तर, व्यवहारमा घटेका घटनाक्रमले नेतृत्वमाथि नै प्रश्न उब्जाउनु स्वाभाविक हो ।
पछिल्लो समयमा मापसे चेकजाँचमा बसेका ट्राफिकको ध्यान असुलीमै केन्द्रित छ । हराउने त्रासमा वा बिमारी भेट्न हतारिएका आमनागरिकलाई मापसे, लाइसेन्स, ब्लुबुकजस्ता अस्त्रले प्रहार गर्न थालिएको छ । त्यसैलाई आधार बनाएर सकेसम्मको दुःख दिनुपर्छ भन्ने प्रवृत्ति ट्राफिक प्रहरीमा मौलाएको छ । अहिलेको ट्राफिक प्रहरी यतिसम्म कृतघ्न छ कि, आफन्तलाई जोगाउनका लागि ब्लड बोकेर आएका युवा वा वृद्धलाई समेत नानाभाँती बहाना बनाएर अवरोध सिर्जना गर्छ र समयमै रगत नपाएर आफन्तको ज्यान जान थालेको छ । यस प्रवृत्तिले मापसे अभियानबाट लोकप्रियता कमाएको ट्राफिक प्रहरीको साख पातालमा धसिने हो कि भन्ने आशंका जन्मिएको छ । नेतृत्व सम्हालेलगत्तै प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले मुस्कानसहितको प्रहरी सेवा भन्ने प्रतिबद्धता जनाएका थिए । नागरिकमैत्री प्रहरीमा रूपान्तरण गर्दै साँचो अर्थमा जनताको प्रहरी बनाउने उद्घोष पनि आईजीपी रानाले गरेका थिए । तर, संगठन प्रमुखको त्यो प्रतिबद्धतालाई ट्राफिक प्रहरीले धोती लगाउन थालेका छन्, यतिबेला । संगठन प्रमुख वा ट्राफिक प्रमुखले जेसुकै नीति बनाऊन्, त्यसको कुनै पर्वाह गर्न छाडिएको छ ।
आजभोलि सडकमा उभिने ट्राफि प्रहरीकको एउटै नीति देखिन्छ, जसरी पनि पैसा असुल गर, त्यो नहुँदासम्म सडकमा जतिसुकै लाम लागोस् नछाड । चाहे बिरामी बचाउने ब्लड र औषधि नै बोकेको किन नहोस्, कार्यालयको काम सकेर मध्यरातमा हतार–हतार घर फर्कने नै किन नहुन्, तिनलाई दुःख दिएर असुल गरिन्छ भने के भन्ने ? मानवीयता र कानुनसँग आजभोलि ट्राफिक प्रहरीलाई मतलव हुनसमेत छाडेको छ । ट्राफिक प्रहरीको नजरमा मध्यरातमा हिँड्ने सबै नागरिक जँड्याहाकै परिभाषाभित्र पर्न थालेका छन् । कहिल्यै मादक पदार्थ नछुने सभ्य नागरिक पनि आजभोलि मापसेको बल्छीमा पर्न थालेका छन् । असुलीबाहेक सबै कुरा बिर्सेपछि खोकीका औषधि सेवन गर्ने पनि सिकार हुन थालेका छन् । चकलेट खाने पनि मापसेमै फसेका छन् । केही नलागे आफैं मापसे गरेर फसाउने धन्दा त चलिआएकै छ । सडकमा गुड्ने चिल्ला पजेरोबाहेक मोटरसाइकल, बस, मिनीबस, माइक्रोबस, ट्याम्पो, ट्याक्सी चालक सबै ट्राफिकको नजरमा अपराधी बन्न थालेका छन्, आजभोलि । पत्रकार टेकराज थामीलाई यसैगरी तिनकुनेमा भकुरिएको थियो । भोलिपल्ट माफी मागे, सबै मिलेर । तर, अहिलेसम्म पनि ट्राफिक र प्रहरीको व्यवहारमा सुधार आएको देखिएन । सडकमा हिँड्ने नागरिक यिनको नजरमा अपराधी वा पैसा कमाउने काइदा बनिरहेका छन् । जुन अत्यन्त दुःखद घटना हुन् । यसलाई नियन्त्रण गर्न जरुरी भइसकेको छ ।
ट्राफिक महाशाखाको नेतृत्व सम्हालेलगत्तै डीआईजी केशव अधिकारीले भनेका थिए, ‘सबैभन्दा चुनौती आफ्नै मान्छे (ट्राफिक प्रहरी) सँग छ । कतिबेला फसाउँछन् भन्नै सकिँदैन ।’ ट्राफिक प्रहरीको पछिल्लो पटकको व्यवहारले डीआईजी अधिकारीको त्यो शंकालाई ठ्याक्कै पुष्टि गरिदिएको छ । अघिल्ला डीआईजी उपेन्द्रकान्त अर्याल पनि यस कामको झन्डै सिकार भएकै हुन् । त्यसअघि डीआईजी गणेश राईलाई त यस अभियानमा लागेकाहरूले झन्डै भ्रष्टाचारी नै प्रमाणित गरेनन् । सोझो चिताउँदा निकै ठूलो मूल्य चुकाउनुपरेको थियो, राईले । यस्तै काम जारी रहे अधिकारीले पनि उनको त्यो मूल्य चुकाउनुपर्ने निश्चित देखिन्छ ।
सडकमा हिँड्ने जोकोही आजभोलि ट्राफिकको व्यवहारलाई लिएर प्रश्न उठाइरहेका छन् । हुन पनि सडकमा बसेका रक्षकहरूले मापसे नगर्ने पनि ठूलो मान्छे हुन्छन् र ? भन्दै ट्राफिक प्रहरी नै उक्साइरहेका हुन्छन् । आईजीपीले बनाएको मुस्कानसहितको प्रहरी सेवालाई पनि ‘मुस्कान दिएर थोरै मापसे त गरे भइहाल्छ नि †’ भन्दै हुर्मत लिने काम भएको छ । यो व्यवहार त जाँड, रक्सी खाएर आऊ र हामीलाई मोटाउन देऊ भन्ने नै लाग्छ । साँचो कुरा भन्ने हो भने सडकमा बस्ने ट्राफिकलाई मापसे नियन्त्रणको कुनै मतलब छैन । उनीहरू त यसलाई सुनको अन्डा दिने कुखुराको रूपमा लिन थालेका छन् । जसरी पनि पैसा असुल, अनि कमिसनले मोटाऊ भन्ने सिद्धान्तमा हिँडिरहेको देखिन्छ । यो शैली गुन्डागर्दीमा नाम कमाएका डनहरूले व्यापारीसँग फिरौती असुल गर्ने भन्दा कुनै अर्थमा फरक भन्न सकिन्न । डनहरूले हतियार देखाएर व्यापारी तर्साई फिरौती असुल्ने शैली अपनाएका छन् । ट्राफिक प्रहरी सिटीलाई हतियार बनाएर मापसे, ब्लुबुक, लाइसेन्सको बखेडा झिकिरहेका छन् । ती सबैमा असफल भए साइड लाइट फुटेछ, सिट पनि पुरानो भएछ, जरिवाना त लाग्छ लाग्छ भन्दै जरिवानाको नाममा आमनागरिकसँग असुली गरिरहेका छन् । अर्थात्, ट्राफिकको असुली शैली निकै झांगिएको छ । यो बर्दीको आडमा गरिएको गम्भीर अपराध नै हो । यसले मापसे अभियानबाट लोकप्रियताको शिखरमा पुगेको ट्राफिक प्रहरी र मुस्कानसहितको प्रहरी सेवा भनेर जनताको विश्वास जित्ने आईजीपी कुवेरसिंह रानाको लक्ष्यमाथिको बज्रपात हो । यसलाई प्रहरी प्रमुखले बेलैमा ध्यान दिन जरुरी छ । ट्राफिक प्रमुखले पनि आफ्नैसँग डर छ भन्दै उम्कने होइन, जनतालाई अनावश्यक दुःख दिने र असुली अभियान चलाउने काम रोक्न हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ । अन्यथा जुनसुकै बेला ट्राफिक प्रहरीविरुद्ध जनताको ज्वालामुखी विस्फोट हुने निश्चित छ ।
नेपाल प्रहरी जनतासँग सदैव घुलमिल हुने संगठन हो । यसप्रति आमनागरिकको विश्वास पनि जोडिएको छ । एकाध अपवादका घटनाले गर्दा सिंगो प्रहरीको छविमा प्रश्न उठाउने ठाउँ छैन । तर, सडकमा बसेर जसरी पनि असुली भन्ने अभियान रोकिएन भने आमनागरिकमा सिंगो प्रहरी संगठनप्रति नै वितृष्णा जाग्नेछ । मापसे अभियानलाई कसैले पनि नराम्रो भन्ने आँट गर्न सकेको छैन । सबै यसको पक्षमै छन् । गृहिणीहरू त खुट्टा लडखडाउँदै आउने पति, पिता वा दाजुभाइको व्यवहार सुध्रिएकोमा निकै मक्ख देखिन्छन् । राजधानी मात्र होइन, मुलुकभरका सबै सहरका गृहिणीहरूमा मापसे नियन्त्रण अभियानले अमिट छाप छोडेको छ । आमगृहिणीहरू निकै उत्साहित र सकारात्मक भएपछि त्यसले सिंगो परिवारमै सकारात्मक छाप छोड्नु स्वाभाविक नै हो । प्रहरीप्रतिको विश्वास र सम्मान पनि बढेको छ । यस अभियानबाट राजस्व पनि उठेकै छ, अकालमा ज्यान गुमाउनुपर्ने जस्ता पीडादायी घटनामा नियन्त्रण पनि भएको छ । सडक दुर्घटनाको पछिल्लो तथ्यांकले दुर्घटना कम गराउनमा मापसे अभियान निकै प्रभावकारी बनेको पुष्टि गर्छ । तर, यसको मतलब सडकमा बसेर लुट भन्नेचाहिँ पक्कै होइन भन्ने हेक्का हुन जरुरी छ ।

No comments:
Post a Comment