Saturday, August 24, 2013

मुल्याहा सन्तानको पिराइमा एमाले

गणेश बस्नेत
एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगत सात वर्षमा सबैभन्दा बढी प्रयोग गरेको शब्द हो, मुल्याहा । नेपाली शब्दकोशको परिभाषाअनुसार मूल नक्षेत्रमा जन्मिएको, अरूलाई पीडा दिने र आफ्नैमाथि पिर्नेलाई मुल्याहा भनिन्छ । ज्योतिष शास्त्रअनुसार चार पाउमध्ये पहिलो पाउमा जन्मिए बाबु, दोस्रो पाउमा जन्मिए आमा, तेस्रो पाउमा जन्मिए दाजुभाइ, दिदीबहिनीदेखि काका–काकीसम्म र चौथोमा जन्मिए आफैंलाई समेत पिर्ने काम गर्छ । अर्थात्, चार पाउमा जन्मिएको मुल्याहा सन्तानले बाबुआमादेखि आफूसम्म कोही बाँकी राख्दैन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र त्यो पार्टीका नेतासँग जोडेर एमाले वरिष्ठ नेता नेपालले मुल्याहा शब्दको निकै प्रयोग गरे, यसबीचमा । परिभाषा बुझेकाले यही शब्दका कारण युद्धकालमा नेपाली राजनीतिमा सबैभन्दा बढी भेटवार्ता गरेका र व्यवहारमा अत्यन्तै मिल्ने भनी कहलिएका नेपाल र दाहालबीच बोलचालसमेत बन्द भयो । सार्वजनिक रूपमा नेपाल र दाहालले एकअर्कामाथि आरोपको वर्षा गरे । मध्यमार्गीहरूकोे प्रयासमा दुवैले क्षमायाचना पनि गरे, आत्मसम्मानमा ठेस पुगेको भए माफी चाहन्छु भन्दै । त्यसपछि दुई कम्युनिस्ट पार्टीका शीर्ष नेताबीचको सम्बन्ध सुध्रियो ।
यद्यपि, अहिले पनि आन्तरिक भेला वा प्रशिक्षणमा बेलाबेला एमाले वरिष्ठ नेता नेपाल एमाओवादी नेतालाई दाँजेर मुल्याहा शब्दको प्रयोग गरिनै रहन्छन् । मुल्याहाले दिने पीडा र आफ्नैको विनाशबारे प्रस्ट भाषामा कार्यकर्तालाई सचेत गराइरहन्छन्, नेपाल ।
विश्व कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीप्रति नेपाली जनतामा रहेको सकारात्मक धारलाई समाप्त पार्न एमाओवादीले भूमिका खेलेको निष्कर्षसहित नेपालले त्यसका नेताहरूलाई मुल्याहाको उपमा दिएका हुन् । जनताको घरबाट सियोसमेत नलिनु भन्ने आदर्श बोकेको कम्युनिस्ट पार्टीकै आवरणमा युद्धकालमा जनताको घर नै लुटेको घटना र शान्ति प्रक्रियापछि सबैभन्दा बढी गरिब, असहाय जनतालाई दुःख दिएको फेहरिस्त राखेर मुल्याहा शब्दको व्याख्या गर्ने गरेका छन्, नेपालले ।
एमाओवादीलाई प्रयोग गर्ने माधव नेपालको त्यो शब्दबाण अहिले उनकै पार्टी एमालेमा निकै झाँगिएको छ । मुल्याहा सन्तान जन्मिएको मात्र नभई डरलाग्दो गरी मौलाउन थालेको छ, उनको पार्टीभित्र । दोस्रो संविधानसभाको निर्वाचन हुनु तीन महिना पनि बाँकी नरहेको र उम्मेदवारी मनोनयन गर्ने समय एक महिना १० दिन मात्र बाँकी रहेका बेला मुल्याहा सन्तानले एमाले यतिबेला ठूलै संकटमा पर्न थालेको छ । एमाले वरिष्ठ नेता नेपालले भन्ने गरेको मुल्याहा सन्तानले एमाओवादीलाई कत्तिको असर ग¥यो भन्ने परिणाम देखिइसकेको छ । पार्टी नै विभाजन भइसकेपछि अरू थप व्याख्या गरिरहन परेन । आफंैलाई पिर्ने हो, त्यही काम भइसकेको छ । तर, एमाले पनि मुल्याहा सन्तानको सिकार हुने अवस्थामा छ । चुनावको बेला एमालेका नेता–कार्यकर्तामा मुल्याहा प्रवृत्ति निकै बढेको छ ।
चुनावमा विपक्षी रणनीतिलाई सहजै पराजित गर्न सक्ने हैसियत रहेको र जनताको समर्थन पनि बढिरहेका बेला जनताको बहुदलीय जनवादी सिद्धान्त र प्रभावशाली भ्रातृ संगठन युवा संघ नेपालमा विवाद झिकेर एमालेलाई चुनाव हराउने र जनतालाई परपर धकेल्ने काम भइरहेको छ । जननेता मदन भण्डारीद्वारा प्रतिपादित र माक्र्सवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनवाद (जबज) को अपव्याख्या वा प्रभावशाली भ्रातृ संगठन युवा संघ नेपालमा देखिएको अराजकता र ताण्डव एमाले वरिष्ठ नेता नेपालको मुल्याहा सन्तानको शाब्दिक अर्थलाई व्यवहारमा रूपान्तरण गर्ने काम भइरहेको छ । चुनावको बेला बखेडा झिक्नेहरू मुल्याहा नै हुन्, शब्दकोशको परिभाषाअनुसार । त्यसैले, चुनावमा जनताले निर्धक्कसँग मत हाल्ने वातावरण बनाउन युथ फोर्स गठन गर्दा ती मुल्याहाहरूको टाउको दुखेको छ । किनकि, एमालेले जित्दा तिनीहरूलाई कुनै फाइदा छैन । अहिलेदेखि नै एमाओवादी वा अन्य दलसँग साँठगाँठ गरी ती मुल्याहाहरू एमालेलाई चुनावमा हराउन चाहन्छन ।
गुन्डागर्दीलाई परास्त गर्न र जनतालाई निर्धक्क मत हाल्ने वातावरण बनाउने काम गर्नुहुन्न, युवा संघ मुर्झाएर बस्नुपर्छ विगतकै जसरी भन्नेहरू मुल्याहा सन्तानभन्दा पनि चर्का हुन् । यसतर्फ बेलैमा एमालेका शीर्ष नेतादेखि साधारण कार्यकर्तासम्म सचेत हुन जरुरी छ । तर, विडम्बना नै भन्नुपर्छ, युवा संघमा देखिएको अराजकता र गुटबन्दीमा शीर्ष नेताहरू आफंै विवादमा उत्रनु वा तानिनुचाहिँ दुर्भाग्यपूर्ण छ । अध्यक्ष झलनाथ खनालको बैठक रोक्ने निर्देशनदेखि वरिष्ठ नेता नेपालको ‘गलत नै भए पनि पार्टी अध्यक्षले दिएको निर्देशन मान्नुपर्छ’ भन्ने अभिव्यक्तिले नेताहरू विभाजित बनेको प्रस्टै देखिन्छ । अन्तिम घडीमा निर्देशन दिएर अध्यक्ष खनालले युवा संघको बैठक होस्, गुटबन्दीमा लागेकाहरूले पनि चित्त बुझाउन भन्ने भाव प्रकट गरेका हुन् । विगतमा थुप्रै बहस भएका छन्, अध्यक्ष खनालको सन्दर्भमा । खासगरी, एमाओवादी नेतृत्वको सरकारलाई प्रधानसेनापतिबाट रुकमांगद कटवाललाई हटाउन सहमति दिनेदेखि आफू नेतृत्वको सरकार गठनका लागि गरेको सातबुँदे सम्झौतासम्मका निर्देशन पालना भएको भए एमालेको अवस्था के हुन्थ्यो भन्ने सबैलाई जानकारी नै छ । ती सबै निर्देशन मानिएको भए जनताको बहुदलीय जनवाद र एमालेको छुट्टै पहिचान रहन्थ्यो कि रहन्नथ्यो भन्नेमा जोकोही एमालेजन जानकार छन् । एमाले वरिष्ठ नेता नेपालले युवा संघको बैठक रोक्न अध्यक्षले दिएको निर्देशन गलत भनेका छन्, तर गलत कुरा पनि मान्नुपर्छ भन्ने निर्देशनले चाहिँ सबैलाई आश्चर्यचकित बनाएको छ । एक्काइसौं शताब्दीमा यस्तो कुरामा जोकोही समहत हुनै सक्दैन । युवा संघमा रहेका केही मुल्याहा सन्तानहरूको कुरा सुनेर शीर्ष नेताहरू यसरी विवादमा मुछिनु राम्रो होइन । चुनावको बेला त यस्तो सोच्नु पनि हुँदैन । तर, नेताहरू आफैं हिजोको इतिहास बिर्सिएर बखेडामा लाग्नुचाहिँ दुर्भाग्यपूर्ण हो ।
चुनावको बेला नेताहरूले युवा संघ र एमालेमा रहेका युवाहरूको धेरै चिन्ता लिन जरुरी छैन । एकाध फटाहा होलान, गुटबन्दीमा लागेका होलान्, जबजलाई अपव्याख्या गर्दै कसरी सभासद् बन्ने भन्दै सौदाबाजी गरिरहेका पनि होलान्, तर आमयुवा त्यो रोगबाट मुक्त छन् । युवा संघको अहिलेको मूल नेतृत्व त झनै परिपक्व भइसकेको छ । एक पटक नेतृत्व दिएर हजारौं युवालाई आफूतिर तानिसकेको छ । त्यसैले, युवा संघ चलाउन महेश बस्नेत आफैं काफी छन् भन्ने प्रमाणित भइसकेको विषय हो । अब उनले थप परीक्षा दिइरहन जरुरी छैन । नेपाली युवाहरूलाई रूपान्तरण गर्ने कुरामा महेश र उनको टिमले गरेको काम नै काफी छ । महेश बस्नेतकै कारण चर्चित डन रमेश बाहुन भन्ने सुजन पौडेल र चरी भनिने दिनेश अधिकारीमा परिवर्तन आएको छ । गतल बाटो समातेका युवालाई कसरी प्रशिक्षित गरी राजनीतिमा सहभागी गराउनुपर्छ र आतंकको कसरी सामना गर्नुपर्छ भन्ने विषयमा महेश बस्नेतलाई राम्ररी ज्ञान छ । उनले नेतृत्व गरेको युथ फोर्स र युवा संघले जनताबीच आतंक बनेको वाईसीएललाई तह लगाइसकेका छन् । त्यही अनुभवले उनी अहिले पनि डनलाई रूपान्तरणसहित जनताको पक्षमा उभ्याउने काम गरिरहेका छन् । उनकै अथक प्रयासस्वरूप यतिबेला चर्चित डन रमेश बाहुन र चरीहरू एमाले नेता बनिरहेका छन् । विगतलाई
कोट््याएर उनीहरूले आगामी दिनमा गर्न सक्ने समाजसेवा र योगदानलाई कमजोर पार्ने काम
आफ्नै पार्टीका नेता कार्यकर्ताबाट हुनु उचित होइन । युवाहरूबीच लोकप्रिय बनेकै कारण पर्शुराम बस्नेतलाई गुन्डागर्दीको नाइके बनाउने कोसिस पनि एमालेभित्रैबाट नभएको होइन, तर उनमा क्षमता र सहन सक्ने शक्ति भएकै कारण टिकिरहेका छन् । आफूलाई सुधार गरी असहाय र गरिबका लागि लाग्ने अठोट गरेका युवाहरूलाई राम्रो कामका लागि नै प्रोत्साहित गर्नुपर्छ । विगत कोट्याएर फेरि गुन्डागर्दीमै जाऊ भन्नेहरूले आफूलाई परिवर्तनकामी भन्नुको तुक रहन्न ।
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्ने बेलासमेत केन्द्रीय तहका नेतामा पनि त्यही मुल्याहा प्रवृत्ति मौलाएको छ । चुनावको मुखमा जबजलाई मान्दै मान्दिनँ भनेर कसम खाएकाहरू अनावश्यक बखेडा झिकिरहेका छन् । सोझै भन्ने हो भने कसरी एमाले सकाउने भनेर नानाभाँती पासा फालिरहेका छन् । उनीहरूलाई जबजलाई कसरी समृद्ध बनाउनेभन्दा पनि आगामी निर्वाचनमा कसरी एमालेलाई हराउने वा आफू सांसद बन्ने भन्नेतिर केन्द्रित छ । पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङले पार्टीको एउटा भेलामा मुखै खोलेका थिए, जबजको नाममा पार्टीलाई खुइल्याउनेहरू पद प्राप्तिका लागि जबजको बहसका नाममा सिद्धान्तको अपव्याख्या वा भ्रष्टीकरण गरिरहेका छन । गुरुङको त्यो निष्कर्षले जनताको बीचमा शून्य हैसियतमा रहेका ती कथित नेताहरू जसै गरी पनि टिकट नपाउने निश्चित भएपछि जबजको बहस भन्दै कुखुराचोर स्यालजसरी बखेडामा उत्रिएका हुन् भन्ने बुझ्न गाह्रो छैन । समय निकै घर्किसकेको छ । अब एमालेका शीर्ष नेताहरू एक ठाउँमा उभिएर जनतालाई उत्साही बनाउन लाग्नुपर्छ । मुल्याहा सन्तानलाई पनि चाँडो गाईको टाङमुनि छिराएर वा धुरीबाट कटाएर उपचार दिनुपर्छ । बल्खु, डल्लु वा कोटेश्वर बसेर बहुमत आउँछ भन्दैमा जनताको मन जित्न सकिँदैन । मन जित्नलाई एमालेका सबै शीर्ष नेता एकढिक्का भएर लाग्न जरुरी छ । झलनाथ खनाल, माधव नेपाल, केपी ओली, वामदेव गौतम र ईश्वर पोखरेल एकसाथ रहेर चुनावमा जाँदा मात्रै परिणाम एमालेको पक्षमा आउने हो । त्यो परिणामका लागि नलागी महाधिवेशन भइहाल्यो भने कार्यकर्ताले चाहेका व्यक्तिलाई रोकेर कसरी आफू बन्ने भन्ने मनोगत चाहनाको बन्धक बन्नुहुँदैन । शीर्षमध्ये एमालेमा परीक्षण हुन बाँकी नेता केही ओली मात्र हुन । शीर्षमध्ये माधव नेपाल र झलनाथ खनालले पार्टी र सरकार दुवैको नेतृत्व गरिसकेका छन । केपी ओली मात्र परिक्षण हुन बाँकी नेता हुन् । यही यथार्थका कारण कार्यकर्ताको नजरमा महाधिवेशनअगावै अध्यक्ष बनिसकेका ओलीलाई प्राविधिक रूपमा अध्यक्ष हुनबाट कसरी रोक्न सकिन्छ भन्दै षडयन्त्र गर्न थालियो भने चुनावमा एमाले स्वं त्यसको सिकार हुनेछ । एमाले सिकार हुँदा ओली मात्र होइनन्, खनाल, नेपाल र गौतमहरू पनि बाँकी रहँदैनन । सबैभन्दा ठूलो सिकार संविधानसभा र मुलुक हुनेछ भन्ने हेक्का हुनैपर्छ । ओलीले पार्टीको नेतृत्व गर्दा खनाल र नेपालको पनि सम्मानित नेताकै हैसियत रहन्छ भन्ने आमएमालेजनको बुझाइ छ । त्यसो भए नेता लडाउन चाहने मुल्याहा सन्तानको केही चल्दैन । त्यसैले, अब नेतादेखि कार्यकर्तासम्मले आफ्नैलाई मात्र पिर्ने मुल्याहा सन्तानको उपचार तत्कालै गर्नुपर्छ र त्यस्तो नबन्ने अठोट गर्न जरुरी छ । अन्यथा, जनताको नजरमा पहिलो दल एमाले चुनावमा फेरि दोस्रो वा तेस्रो स्थानमा पुग्नेछ ।
राजधानी दैनिकमा ५ भदौंमा प्रकाशित लेख हो ।

Sunday, August 18, 2013

चर्चित डन रमेश बाहुन बने एमाले नेता

चर्चित डन रमेश बाहुन भन्ने सुजन पौडेल एमाले रामेछापको जिल्ला कमिटीमा मनोनित भएका छन । आइतवार सकिएको जिल्ला कमिटी बैठकले चर्चित डन बाहुनलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको हो ।
रामेछाप निवासी बाहुन केही समय अघि युवा संघ नेपालमा प्रवेश गरेका थिए । एमाले बरिष्ठ नेता केपी शर्मा ओलीको हातबाट अबिर लगाई एमाले प्रवेश गरेका बाहुनले आफ्ना सवै समुहलाई युवा संघमा प्रवेश गराएका छन । सोही आधारमा उनलाई जिल्ला कमिटीमा मनोनयन गरिएको एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिए ।

मपसेभित्र मौलाएको ‘कमाउ धन्दा’

गणेश बस्नेत
जाँड, रक्सी कहिल्यै छोएको छैन, केही दिनदेखि खोकीको औषधि सेवन गरिरहेको छु तर ट्राफिक प्रहरीले मापसेमा फसाइ दियो ।

रेडबुललाई इनर्जी ड्रिंक भन्थे, थकान मेट्न सेवन गर्दा ट्राफिकले मापसेमा पारिदियो ।

अपरेसनका लागि ब्लड लिन गएको थिए, हातमा पोका देखेर पनि ट्राफिकले मापसे चेक गरायो, त्यो नभेटेपछि लाइसेन्स माग्यो, देखाउँदा ब्लुबुक भन्दै १५ मिनेट कुरायो, अस्पताल पुग्दा त ब्लडकै अभावमा हजुरबुवाको ज्यान गएछ ।

आजको कमाइ २ हजार भएछ, दिनदिनै यति नै कमिसन आउने गरी जरिवाना गरिन्छ ।

मापसे नगर्ने पनि ठूलो मान्छे हुन्छ र ? अलिकति गर्नुभएको भए राम्रो हुन्थ्यो नि †

उल्लेखित पाँच घटना मादक पदार्थ सेवन (मापसे) नियन्त्रण अभियानबाट जताततै वाहवाही कमाएको ट्राफिक प्रहरीसँग सम्बन्धित छ । यी उदाहरणले मापसेबाट लोकप्रियता कमाएको ट्राफिक प्रहरीको सिकार बनेका निर्दाेष नागरिक र असुली गर्ने ट्राफिक प्रहरीको गलत नियतलाई पनि छताछुल्ल पारेको छ । यी घटनाले मापसे अभियान चलाएर राजधानीलगायत मुलुकभर वाहवाही कमाएको ट्राफिक प्रहरीभित्र हुर्कंदै गएको अत्यन्त निकृष्ट शैली र मौलाउँदा अराजकतालाई पनि उजागर गर्दछ । राम्रो कामको आवरणभित्र मौलाएको यस्ता गलत धन्दाले आमनागरिकलाई भने विछिप्त पार्छ । ट्राफिक प्रहरीले सडकमा चलाएको असुली अभियानको सिकार जाँड, रक्सी छुँदै नछुने सम्मानित नागरिक, चकटेल खाने स्कुल र कलेजका विद्यार्थी, खोकीको औषधि सेवन गरेर हिँडेका वृद्धवृद्धा परिरहेका छन् भन्ने प्रमाण पनि हुन माथिका पाँच घटना । जीवन बचाउन सडकमा बसेका ट्राफिक प्रहरीको व्यवहारका कारण कसैको ज्यानसम्म जाने कुरा कल्पनाबाहिरको विषय हो । तर, केही समययता राजधानीका विभिन्न स्थानमा सर्भे गर्दा पाइएको यथार्थले त्यही विडम्बनालाई प्रस्तुत गरेको छ । सडकमा बसेर जे गर्दा पनि हुन्छ, यात्रुलाई जति ठग्दा पनि हुन्छ, केही नलागे आफन्तको मृत्युको दौडिएका मोटरसाइकल चालकलाई समेत रोकेर समय बर्बाद पार्दै थप पीडा दिनु कतिसम्मको जायज वा मानवीय काम हो ? सबैतिर प्रश्न उठ्न थालेको छ । सडकमा बिहान सबेरैदेखि मध्यरातसम्म देखिएका दृष्यहरूले ट्राफिक प्रहरीभित्र डरलाग्दो अराजकता र असुली अभियान चलेको प्रस्ट देख्न सकिन्छ, यतिबेला । ‘पहिला मापसे सोध, त्यो नभए लाइसेन्स सोध, त्यसको पासोमा पनि नपर्ने रहेछ भने ब्लुबुक खोज, त्यसपछि पनि उम्किए नम्बर प्लेट र साइड लाइटमा खोट देखाऊ र असुली गर’ भन्ने अभियान चलाइएको छ, सडकमा । यस्तो निर्देशन पक्कै पनि प्रहरी नेतृत्व वा ट्राफिक प्रमुखले दिँदैन । त्यस्तो कल्पना गर्नु पनि आफैंमा मूर्खतापूर्ण काम मान्न सकिन्छ । तर, व्यवहारमा घटेका घटनाक्रमले नेतृत्वमाथि नै प्रश्न उब्जाउनु स्वाभाविक हो ।
पछिल्लो समयमा मापसे चेकजाँचमा बसेका ट्राफिकको ध्यान असुलीमै केन्द्रित छ । हराउने त्रासमा वा बिमारी भेट्न हतारिएका आमनागरिकलाई मापसे, लाइसेन्स, ब्लुबुकजस्ता अस्त्रले प्रहार गर्न थालिएको छ । त्यसैलाई आधार बनाएर सकेसम्मको दुःख दिनुपर्छ भन्ने प्रवृत्ति ट्राफिक प्रहरीमा मौलाएको छ । अहिलेको ट्राफिक प्रहरी यतिसम्म कृतघ्न छ कि, आफन्तलाई जोगाउनका लागि ब्लड बोकेर आएका युवा वा वृद्धलाई समेत नानाभाँती बहाना बनाएर अवरोध सिर्जना गर्छ र समयमै रगत नपाएर आफन्तको ज्यान जान थालेको छ । यस प्रवृत्तिले मापसे अभियानबाट लोकप्रियता कमाएको ट्राफिक प्रहरीको साख पातालमा धसिने हो कि भन्ने आशंका जन्मिएको छ । नेतृत्व सम्हालेलगत्तै प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले मुस्कानसहितको प्रहरी सेवा भन्ने प्रतिबद्धता जनाएका थिए । नागरिकमैत्री प्रहरीमा रूपान्तरण गर्दै साँचो अर्थमा जनताको प्रहरी बनाउने उद्घोष पनि आईजीपी रानाले गरेका थिए । तर, संगठन प्रमुखको त्यो प्रतिबद्धतालाई ट्राफिक प्रहरीले धोती लगाउन थालेका छन्, यतिबेला । संगठन प्रमुख वा ट्राफिक प्रमुखले जेसुकै नीति बनाऊन्, त्यसको कुनै पर्वाह गर्न छाडिएको छ ।
आजभोलि सडकमा उभिने ट्राफि प्रहरीकको एउटै नीति देखिन्छ, जसरी पनि पैसा असुल गर, त्यो नहुँदासम्म सडकमा जतिसुकै लाम लागोस् नछाड । चाहे बिरामी बचाउने ब्लड र औषधि नै बोकेको किन नहोस्, कार्यालयको काम सकेर मध्यरातमा हतार–हतार घर फर्कने नै किन नहुन्, तिनलाई दुःख दिएर असुल गरिन्छ भने के भन्ने ? मानवीयता र कानुनसँग आजभोलि ट्राफिक प्रहरीलाई मतलव हुनसमेत छाडेको छ । ट्राफिक प्रहरीको नजरमा मध्यरातमा हिँड्ने सबै नागरिक जँड्याहाकै परिभाषाभित्र पर्न थालेका छन् । कहिल्यै मादक पदार्थ नछुने सभ्य नागरिक पनि आजभोलि मापसेको बल्छीमा पर्न थालेका छन् । असुलीबाहेक सबै कुरा बिर्सेपछि खोकीका औषधि सेवन गर्ने पनि सिकार हुन थालेका छन् । चकलेट खाने पनि मापसेमै फसेका छन् । केही नलागे आफैं मापसे गरेर फसाउने धन्दा त चलिआएकै छ । सडकमा गुड्ने चिल्ला पजेरोबाहेक मोटरसाइकल, बस, मिनीबस, माइक्रोबस, ट्याम्पो, ट्याक्सी चालक सबै ट्राफिकको नजरमा अपराधी बन्न थालेका छन्, आजभोलि । पत्रकार टेकराज थामीलाई यसैगरी तिनकुनेमा भकुरिएको थियो । भोलिपल्ट माफी मागे, सबै मिलेर । तर, अहिलेसम्म पनि ट्राफिक र प्रहरीको व्यवहारमा सुधार आएको देखिएन । सडकमा हिँड्ने नागरिक यिनको नजरमा अपराधी वा पैसा कमाउने काइदा बनिरहेका छन् । जुन अत्यन्त दुःखद घटना हुन् । यसलाई नियन्त्रण गर्न जरुरी भइसकेको छ ।
ट्राफिक महाशाखाको नेतृत्व सम्हालेलगत्तै डीआईजी केशव अधिकारीले भनेका थिए, ‘सबैभन्दा चुनौती आफ्नै मान्छे (ट्राफिक प्रहरी) सँग छ । कतिबेला फसाउँछन् भन्नै सकिँदैन ।’ ट्राफिक प्रहरीको पछिल्लो पटकको व्यवहारले डीआईजी अधिकारीको त्यो शंकालाई ठ्याक्कै पुष्टि गरिदिएको छ । अघिल्ला डीआईजी उपेन्द्रकान्त अर्याल पनि यस कामको झन्डै सिकार भएकै हुन् । त्यसअघि डीआईजी गणेश राईलाई त यस अभियानमा लागेकाहरूले झन्डै भ्रष्टाचारी नै प्रमाणित गरेनन् । सोझो चिताउँदा निकै ठूलो मूल्य चुकाउनुपरेको थियो, राईले । यस्तै काम जारी रहे अधिकारीले पनि उनको त्यो मूल्य चुकाउनुपर्ने निश्चित देखिन्छ ।
सडकमा हिँड्ने जोकोही आजभोलि ट्राफिकको व्यवहारलाई लिएर प्रश्न उठाइरहेका छन् । हुन पनि सडकमा बसेका रक्षकहरूले मापसे नगर्ने पनि ठूलो मान्छे हुन्छन् र ? भन्दै ट्राफिक प्रहरी नै उक्साइरहेका हुन्छन् । आईजीपीले बनाएको मुस्कानसहितको प्रहरी सेवालाई पनि ‘मुस्कान दिएर थोरै मापसे त गरे भइहाल्छ नि †’ भन्दै हुर्मत लिने काम भएको छ । यो व्यवहार त जाँड, रक्सी खाएर आऊ र हामीलाई मोटाउन देऊ भन्ने नै लाग्छ । साँचो कुरा भन्ने हो भने सडकमा बस्ने ट्राफिकलाई मापसे नियन्त्रणको कुनै मतलब छैन । उनीहरू त यसलाई सुनको अन्डा दिने कुखुराको रूपमा लिन थालेका छन् । जसरी पनि पैसा असुल, अनि कमिसनले मोटाऊ भन्ने सिद्धान्तमा हिँडिरहेको देखिन्छ । यो शैली गुन्डागर्दीमा नाम कमाएका डनहरूले व्यापारीसँग फिरौती असुल गर्ने भन्दा कुनै अर्थमा फरक भन्न सकिन्न । डनहरूले हतियार देखाएर व्यापारी तर्साई फिरौती असुल्ने शैली अपनाएका छन् । ट्राफिक प्रहरी सिटीलाई हतियार बनाएर मापसे, ब्लुबुक, लाइसेन्सको बखेडा झिकिरहेका छन् । ती सबैमा असफल भए साइड लाइट फुटेछ, सिट पनि पुरानो भएछ, जरिवाना त लाग्छ लाग्छ भन्दै जरिवानाको नाममा आमनागरिकसँग असुली गरिरहेका छन् । अर्थात्, ट्राफिकको असुली शैली निकै झांगिएको छ । यो बर्दीको आडमा गरिएको गम्भीर अपराध नै हो । यसले मापसे अभियानबाट लोकप्रियताको शिखरमा पुगेको ट्राफिक प्रहरी र मुस्कानसहितको प्रहरी सेवा भनेर जनताको विश्वास जित्ने आईजीपी कुवेरसिंह रानाको लक्ष्यमाथिको बज्रपात हो । यसलाई प्रहरी प्रमुखले बेलैमा ध्यान दिन जरुरी छ । ट्राफिक प्रमुखले पनि आफ्नैसँग डर छ भन्दै उम्कने होइन, जनतालाई अनावश्यक दुःख दिने र असुली अभियान चलाउने काम रोक्न हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ । अन्यथा जुनसुकै बेला ट्राफिक प्रहरीविरुद्ध जनताको ज्वालामुखी विस्फोट हुने निश्चित छ ।
नेपाल प्रहरी जनतासँग सदैव घुलमिल हुने संगठन हो । यसप्रति आमनागरिकको विश्वास पनि जोडिएको छ । एकाध अपवादका घटनाले गर्दा सिंगो प्रहरीको छविमा प्रश्न उठाउने ठाउँ छैन । तर, सडकमा बसेर जसरी पनि असुली भन्ने अभियान रोकिएन भने आमनागरिकमा सिंगो प्रहरी संगठनप्रति नै वितृष्णा जाग्नेछ । मापसे अभियानलाई कसैले पनि नराम्रो भन्ने आँट गर्न सकेको छैन । सबै यसको पक्षमै छन् । गृहिणीहरू त खुट्टा लडखडाउँदै आउने पति, पिता वा दाजुभाइको व्यवहार सुध्रिएकोमा निकै मक्ख देखिन्छन् । राजधानी मात्र होइन, मुलुकभरका सबै सहरका गृहिणीहरूमा मापसे नियन्त्रण अभियानले अमिट छाप छोडेको छ । आमगृहिणीहरू निकै उत्साहित र सकारात्मक भएपछि त्यसले सिंगो परिवारमै सकारात्मक छाप छोड्नु स्वाभाविक नै हो । प्रहरीप्रतिको विश्वास र सम्मान पनि बढेको छ । यस अभियानबाट राजस्व पनि उठेकै छ, अकालमा ज्यान गुमाउनुपर्ने जस्ता पीडादायी घटनामा नियन्त्रण पनि भएको छ । सडक दुर्घटनाको पछिल्लो तथ्यांकले दुर्घटना कम गराउनमा मापसे अभियान निकै प्रभावकारी बनेको पुष्टि गर्छ । तर, यसको मतलब सडकमा बसेर लुट भन्नेचाहिँ पक्कै होइन भन्ने हेक्का हुन जरुरी छ ।

Saturday, August 17, 2013

छात्रा बलात्कार प्रयासको आरोपमा प्रध्यानाध्याप पक्राउ

 नवलपरासी, १ भदौं
आफ्नै छात्रालाई पटकपटक बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले नवलपरासीको नयाँ बेलहानीबाट एक शिक्षकलाई पक्राउ गरेको छ ।

नवलपरासीको नयाँ बेलहानी ६ स्थित विरेन्द्र मावि द्धारदहमा अध्ययन गर्ने  दुई छात्राले आफुहरुलाई बारम्बार बलात्कारको प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि विद्यालयका प्रध्यानाध्यापक जीवन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही विद्यालयका २० वर्षिया जितीसरा बाह्रघरेमगर र रिष्मा सोतीमगरले प्रधानाध्यापक पाण्डेले आफुहरुलाई बारम्बार यौन दुव्र्यवहार गर्ने गरेको तथा बलात्कारको प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ ।

विभिन्न प्रलोभन र बहाना बनाई दुई जनालाई फरक फरक समय र स्थानमा बलात्कारको प्रयास गरेपछि पीडितले स्थानियवासीहरुलाई बताएका थिए । स्थानियवासीको सहयोगमा पाण्डेलाई विद्यालयबाट नै पक्राउ गरी  इलाका प्रहरी कार्यलय दुम्किबासमा बुझाइएको थियो ।

पाण्डेलाई अहिले ईलाका प्रहरी कार्यलय कावासोतीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख प्रहरि नायव उपरिक्षक बिमल बस्नेतले जानकारी दिए ।

घुस रकमसहित समातिए बिमानस्थल भन्सारका दुई अधिकृत

काठमाडौं, १ भदौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा महिनाभर अवैध रूपमा उठाइएको रकम शुक्रबार बेलुकी हाकिमदेखि पियनसम्मका सबैले दामासाही रूपमा बाँडे । रकम बाँडफाँटपछि निजी साधन नहुने सार्वजनिक सवारी चढेर घरतर्फ लागे । कार्यालयले उपलब्ध गराइएको सवारीसाधन हुने आफ्नो भागमा परेको रुपैयाँ लिएर कार्यालयबाट निस्किए ।
अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । बेलुकी ५ बजेर ४० मिनेटको समयमा सरकारी गाडीभित्रै दामासाही भागमा परेको अवैध रकमसहित उनीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।
घूस बाँडफाँटको रकम घर पु¥याउन नपाई पक्राउ परेर हिरासतको बासमा पुग्नेमा शाखा अधिकृतद्वय मिनर्भा अधिकारी र शान्तराज रेग्मी रहेका छन् । उनीहरूलाई विशेष सुराकीका आधारमा अख्तियारको टोलीले बाँडफाँट गरेको रकमसहित सरकारी सवारीसाधनबाटै पक्राउ गरेको हो । अख्तियारले उनीहरूलाई घूस लिएर बाँडेको रकमसहित पक्राउ गरी हिरासतमा पठाएको छ ।
‘मुलुकको सबैभन्दा प्रभावकारी मानिने सो कार्यालयले भन्सार छुटाउने व्यापारी र सम्बन्धित मालधनीले बुझाएको घूस दामासाहीले बाँड्दा रहेछन्,’ कर्मचारी पक्राउपछि भन्सार कार्यालयभित्र हुने अनियमितता उल्लेख गर्दै अख्तियारका एक उच्च अधिकारीले राजधानीसँग भने, ‘पक्राउ परेका कर्मचारीको प्रारम्भिक बयानबाट अनियमिततामा माथिल्लै तहसम्मका कर्मचारीको संलग्नता देखिएको छ ।’
छापामा सहभागी सदस्यका अनुसार पक्राउ परेका दुवैले प्रमुख भन्सार अधिकृतसहित सबैले दामासहीले बाँडेको भन्दै आफूहरूलाई मात्र किन समातेको भन्दै आक्रोश पोखेका थिए । विमानस्थल भन्सार कार्यालयमा हाल किशोरजंग कार्की प्रमुख छन् । विमानस्थल स्रोतका अनुसार शुक्रबार साउन महिनाभर उठेको झन्डै ५४ लाख रुपैयाँ बाँडफाँट भएको थियो । सो रकम भन्सार छली गर्ने व्यापारी र कम मूल्यांकन गरी टेबुल मुनिबाट रकम लिई उठाइएको हो ।
‘हामीभन्दा २० गुणा ज्यादा लिनेलाई छाडेर किन हामीलाई मात्र बलिको बोका बनाउने काम भयो भन्दै उनीहरू कराइरहेका थिए, उनीहरूले विमानस्थल भन्सार प्रमुखको नाम पनि पटकपटक लिएका थिए,’ छापामा सहभागी ती सुरक्षाकर्मीले राजधानीसँग भने । शुक्रबार पनि ६ बजेसम्म प्रमुख कार्कीसहित अन्य व्यक्तिसमेत हुने भन्दै अख्तियार टोली केही ढिला पुग्दा अन्य अधिकारी भने दामासाहीले बाँडिएको रकम लिई घर जान सफल भएका हुन् ।
अख्तियारले भने हालसम्म औपचारिक रूपमा कुनकुन तहका कर्मचारीले अवैध रकम बाँडफाँट गरेका हुन् भन्ने यकिन भइनसकेको बताएको छ ।
अघिल्ला महिनाको बाँडफाँटमा चित्त नबुझैका कर्मचारीकै सुराकीका आधारमा शुक्रबार भन्सार कार्यालयमा छापा मार्न पुगेको अख्तियारको प्रहरीसहितको टोलीले दुई अधिकृतको खल्ती र गाडीमा लुकाएर राखेको अवस्थामा नगद रकम बरामद गरी नियन्त्रणमा लिएको हो । अख्तियार टोलीले उनीहरूलाई ‘शरिर खानतलासी गर्दा अधिकारीको ब्यागबाट २२ हजार ५ सय र खुट्टाले थिचेर लुकाएको अवस्थामा ३९ हजारसहित ६१ हजार ५ सय र रेग्मीको खल्तीबाट ७९ हजार ५ सय रुपैयाँ बरामद गरिएकोे हो,’ अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले राजधानीसँग भने ।
प्रसाद घिमिरेका अनुसार उनीहरूले प्रयोग गरेको मोबाइलसमेत बरामद गरी दुवैलाई अख्तियारको हिरासतमा राखिएको छ ।
बरामद भएको रकम पनि महिनाभरि उठाएको रकम बाँडफाँटबाट प्राप्त भएको अख्तियारले दाबी गरेको छ । घर जान लागेका कर्मचारीको खल्तीमा यति धेरै रकम हुने कुरै हँुदैन, फेरि हाम्रो अनुसन्धानले पनि रकम शुक्रबार ५ बजेको हाराहारीमै बाँडफाँट भएको देखाएको छ,’ प्रवक्ता
सापकोटा भन्छन् ।
यसअघि पनि विमानस्थल भन्सार कार्यालयमा अनियमितता हुने गरेको प्रशस्त उजुरी पर्ने गरेको अख्तियारले जनाएको छ ।
शुक्रबार छापा मार्दा अख्तियारले विमानस्थल प्रहरीलाई समेत कुनै जानकारी दिएको थिएन । सूचना लिक हुने आशंकामा अख्तियारले सोझै छापा
मारेको हो ।
‘अख्तियारको टोली विमानस्थल भन्सार आएको जानकारी पाएँ, तर मेरो भेट भएन, हामीलाई सहयोग पनि मागिएन,’ विमानस्थल प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोपाल भण्डारीले राजधानीसँग भने, ‘अख्तियारको काममा हामीले चासो राख्ने कुरा पनि भएन ।’

घुस रकमसहित समातिए बिमानस्थल भन्सारका दुई अधिकृत

काठमाडौं, १ भदौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा महिनाभर अवैध रूपमा उठाइएको रकम शुक्रबार बेलुकी हाकिमदेखि पियनसम्मका सबैले दामासाही रूपमा बाँडे । रकम बाँडफाँटपछि निजी साधन नहुने सार्वजनिक सवारी चढेर घरतर्फ लागे । कार्यालयले उपलब्ध गराइएको सवारीसाधन हुने आफ्नो भागमा परेको रुपैयाँ लिएर कार्यालयबाट निस्किए ।
अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । बेलुकी ५ बजेर ४० मिनेटको समयमा सरकारी गाडीभित्रै दामासाही भागमा परेको अवैध रकमसहित उनीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।
घूस बाँडफाँटको रकम घर पु¥याउन नपाई पक्राउ परेर हिरासतको बासमा पुग्नेमा शाखा अधिकृतद्वय मिनर्भा अधिकारी र शान्तराज रेग्मी रहेका छन् । उनीहरूलाई विशेष सुराकीका आधारमा अख्तियारको टोलीले बाँडफाँट गरेको रकमसहित सरकारी सवारीसाधनबाटै पक्राउ गरेको हो । अख्तियारले उनीहरूलाई घूस लिएर बाँडेको रकमसहित पक्राउ गरी हिरासतमा पठाएको छ ।
‘मुलुकको सबैभन्दा प्रभावकारी मानिने सो कार्यालयले भन्सार छुटाउने व्यापारी र सम्बन्धित मालधनीले बुझाएको घूस दामासाहीले बाँड्दा रहेछन्,’ कर्मचारी पक्राउपछि भन्सार कार्यालयभित्र हुने अनियमितता उल्लेख गर्दै अख्तियारका एक उच्च अधिकारीले राजधानीसँग भने, ‘पक्राउ परेका कर्मचारीको प्रारम्भिक बयानबाट अनियमिततामा माथिल्लै तहसम्मका कर्मचारीको संलग्नता देखिएको छ ।’
छापामा सहभागी सदस्यका अनुसार पक्राउ परेका दुवैले प्रमुख भन्सार अधिकृतसहित सबैले दामासहीले बाँडेको भन्दै आफूहरूलाई मात्र किन समातेको भन्दै आक्रोश पोखेका थिए । विमानस्थल भन्सार कार्यालयमा हाल किशोरजंग कार्की प्रमुख छन् । विमानस्थल स्रोतका अनुसार शुक्रबार साउन महिनाभर उठेको झन्डै ५४ लाख रुपैयाँ बाँडफाँट भएको थियो । सो रकम भन्सार छली गर्ने व्यापारी र कम मूल्यांकन गरी टेबुल मुनिबाट रकम लिई उठाइएको हो ।
‘हामीभन्दा २० गुणा ज्यादा लिनेलाई छाडेर किन हामीलाई मात्र बलिको बोका बनाउने काम भयो भन्दै उनीहरू कराइरहेका थिए, उनीहरूले विमानस्थल भन्सार प्रमुखको नाम पनि पटकपटक लिएका थिए,’ छापामा सहभागी ती सुरक्षाकर्मीले राजधानीसँग भने । शुक्रबार पनि ६ बजेसम्म प्रमुख कार्कीसहित अन्य व्यक्तिसमेत हुने भन्दै अख्तियार टोली केही ढिला पुग्दा अन्य अधिकारी भने दामासाहीले बाँडिएको रकम लिई घर जान सफल भएका हुन् ।
अख्तियारले भने हालसम्म औपचारिक रूपमा कुनकुन तहका कर्मचारीले अवैध रकम बाँडफाँट गरेका हुन् भन्ने यकिन भइनसकेको बताएको छ ।
अघिल्ला महिनाको बाँडफाँटमा चित्त नबुझैका कर्मचारीकै सुराकीका आधारमा शुक्रबार भन्सार कार्यालयमा छापा मार्न पुगेको अख्तियारको प्रहरीसहितको टोलीले दुई अधिकृतको खल्ती र गाडीमा लुकाएर राखेको अवस्थामा नगद रकम बरामद गरी नियन्त्रणमा लिएको हो । अख्तियार टोलीले उनीहरूलाई ‘शरिर खानतलासी गर्दा अधिकारीको ब्यागबाट २२ हजार ५ सय र खुट्टाले थिचेर लुकाएको अवस्थामा ३९ हजारसहित ६१ हजार ५ सय र रेग्मीको खल्तीबाट ७९ हजार ५ सय रुपैयाँ बरामद गरिएकोे हो,’ अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले राजधानीसँग भने ।
प्रसाद घिमिरेका अनुसार उनीहरूले प्रयोग गरेको मोबाइलसमेत बरामद गरी दुवैलाई अख्तियारको हिरासतमा राखिएको छ ।
बरामद भएको रकम पनि महिनाभरि उठाएको रकम बाँडफाँटबाट प्राप्त भएको अख्तियारले दाबी गरेको छ । घर जान लागेका कर्मचारीको खल्तीमा यति धेरै रकम हुने कुरै हँुदैन, फेरि हाम्रो अनुसन्धानले पनि रकम शुक्रबार ५ बजेको हाराहारीमै बाँडफाँट भएको देखाएको छ,’ प्रवक्ता
सापकोटा भन्छन् ।
यसअघि पनि विमानस्थल भन्सार कार्यालयमा अनियमितता हुने गरेको प्रशस्त उजुरी पर्ने गरेको अख्तियारले जनाएको छ ।
शुक्रबार छापा मार्दा अख्तियारले विमानस्थल प्रहरीलाई समेत कुनै जानकारी दिएको थिएन । सूचना लिक हुने आशंकामा अख्तियारले सोझै छापा
मारेको हो ।
‘अख्तियारको टोली विमानस्थल भन्सार आएको जानकारी पाएँ, तर मेरो भेट भएन, हामीलाई सहयोग पनि मागिएन,’ विमानस्थल प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोपाल भण्डारीले राजधानीसँग भने, ‘अख्तियारको काममा हामीले चासो राख्ने कुरा पनि भएन ।’

Wednesday, August 7, 2013

देशले जित्ने चुनाव होस

गणेश बस्नेत
ढिलै भए पनि मोहन वैद्य नेतृत्वको बीमाओवादी गठबन्धन प्रमुख चार दल र सरकारसँग वार्तामा बस्न तयार भएको छ । शान्ति प्रक्रियामा आएपछि पटक–पटक अपमानित भएको अनुभूतिसहित पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी त्यागेर गठन भएको बीमाओवादीले आफ्नो पहिलो माग पूरा गराई एक हदसम्म झुकाउन सफल भएको छ । रत्नपार्कको भित्ता पोत्न नपाएर युद्धमा गएपछि दाहालसँग सधैं हारेका मोहन वैद्यले यस पटक भने सामान्य विजय हासिल गरेका छन् । उच्चस्तरीय राजनीतिक समितिको संयोजकको हैसियतमा दाहालले पहिलो पटक वैद्यकै शब्दलाई आफ्नो भाषा बनाएर पत्र पठाउनुपरेको छ।

एक हुँदा सधैं हार्ने वैद्यले यस अर्थमा दाहालसँग पहिलो पटक विजयको महसुस गरिरहेका छन् । जब्बर बनेर बसियो भने नहुने काम पनि हुँदोरहेछ भन्ने गलत बुझाइ भयो भनेचाहिँ परिणाम नकारात्मक नै हुन्छ भन्ने यथार्थलाई अब दाहाल र वैद्य दुवैले भुल्न हुँदैन । ४ मंसिरका लागि तय गरिएको संविधानसभा निर्वाचनमा आउँदै नआउने अड्डी कसेर बसेको बीमाओवादीलाई सहमत गराउन राजनीतिक निकासका लागि वार्ता भन्ने शब्द प्रयोग गरी संवादमा ल्याउने कोसिस भएको छ । यद्यपि, वार्तामा बस्नुअगावै निःसर्त वार्ता हुनुपर्ने अडान राखेको बीमाओवादी नेतृत्वको चुनावविरोधी गठबन्धनले ४ मंसिरको चुनाव स्थगनलाई बटमलाइन बनाएर सर्त तेस्र्याएको छ । अरूले निःसर्त वार्तामा बस्नुपर्ने, आफूचाहिँ सर्त राखेर जाने यो शैलीले आमजनमानसमा संवादबाट निकास नआउने हो कि भन्ने चिसो पसेको छ । चार दलको पछिल्लो निर्णयलाई वैद्यहरूले आफ्नो जितको रूपमा व्याख्या गरिरहँदा जनता भने ठीक उल्टो बुझ्न थालेका छन् । चुनाव भनेर आउँदै नआउने कसम खाएको दलसामु देश र जनताका लागि लचिलो हुनुबाहेक चार दलसँग कुनै विकल्प थिएन भन्ने जनजनको बुझाइ छ । शंकाको लाभ दिँदै वार्ता र संवादलाई कमा र फुलिस्टप भनेर बाइपास गर्दै आएको दल बीमाओवादीले नाटक र षड्यन्त्र गरेको होइन भने अब संवादबाट निकास आउने झिनो आशा राख्न सकिन्छ । राजनीतिका अनेक दाउपेच हन्छन् । कतिपय सतहमा देखिएजस्तो सहज पनि हुन्न। तर पनि संवादले ठूल्ठूला समस्या समाधान गरेको इतिहास हाम्रासामु छ ।

यस अर्थमा अब समस्याको निकास आउँछ भन्ने विश्वास जाग्नु अस्वाभाविक होइन । तर, संवाद केका लागि रु भन्ने मूल प्रश्नमा चुनावका पक्षधर र चुनावविरोधी दुवै गठबन्धन र सरकार गम्भीर बन्न जरुरी छ। पार्टीले मात्रै जित्ने गरी संवादमा गइयो भने मुलुकले हार्छ भन्ने यथार्थलाई सबै पक्षले मनन गर्नै पर्छ । संवादबाट अघि बढिरहँदा आफ्नो स्वार्थलाई बिर्सिएर देशलाई मूलमन्त्र बनाउन जरुरी छ । देशको हितानुकूल र प्रजातान्त्रिक पद्धतिलाई बल पुगोस् भन्ने कुरालाई हृदयभित्रैबाट मनन गरिनुपर्छ । छिमेकीलाई गाली गरेर राष्ट्रवादी भइन्छ भन्ने नारा अब धेरै पुरानो भइसक्यो । नेपाली जनतालाई त्यो नाराले अब दिग्भ्रमित पार्न सक्ने अवस्था छैन। नेपाली राजनीतिमा अहिलेसम्म आफ्नो हैसियत बनाउनकै लागि भारत, चीन वा अमेरिकी कार्ड प्रयोग हुँदै आए।

ती देशलाई गाली गर्दा नै राष्ट्रवादी भइन्छ, क्रान्तिकारी भइन्छ भन्ने जडसूत्रवादले अहिलेसम्म काम गरिरहेको छ । यतिसम्म कि भारत कार्ड त हरेक नेपालीलाई देखाउनका लागि ‘बिकाउ माल’ नै बन्ने ग¥यो, नेपालको राजनीतिमा । नयाँ दिल्लीको सस्तो बजार पहाडगन्जमा रात बिताएर फर्कने व्यक्तिले समेत भारत यो चाहन्छ, ऊ चाहन्छ, उसको धारणा यस्तो छ भन्दै आफूलाई नेपाली राजनीतिमा स्थापित गराउने प्रयत्न गरेका थुप्रै उदाहरण छन्। त्यस्तै, राष्ट्रवादको नारा घन्काउन भारतलाई ‘विस्तारवादी’ र अमेरिकालाई ‘साम्राज्यवादी’ भन्ने शब्दावली पनि अब पुरानो भइसकेको छ । त्यसैले सबै पक्ष जिम्मेवार भएर भारत, चीन वा अमेरिकालाई दोष देखाएर नेपाली जनताको हुर्मत लिने र मुलुकको अवनतिमा साधक बन्ने काम रोकिनुपर्छ ।

आफू राम्रो काम गर्दै नगर्ने वा गर्न नदिने तर विदेशीलाई दोष देखाएर राष्ट्रवादी र हैसियतवाला राजनीतिज्ञ बन्ने काम अब सदाका लागि बन्द गर्न जरुरी छ । जबसम्म विदेशीको आँखाले मुलुकलाई हेरिरहिन्छ तबसम्म यो देशको उन्नति र प्रगति हुनै सक्दैन । जारी संक्रमणकाल पनि अन्त्य हुँदैन, परिवर्तनलाई संस्थागत गर्ने कुरा त धेरै टाढाको विषय हो । त्यसैले अब हुने संवादमा संक्रमणकालको अन्त्य गरी संविधानसभामार्फत नै नयाँ संविधान दिएर परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने कार्यलाई तत्कालीन कार्यभारका रूपमा लिनुपर्छ । रुसमा पानी परे नेपालमा छाता ओढिन्छ भन्दै सर्वहारा वर्गको उत्थानका लागि लडिरहेको कम्युनिस्ट कार्यकर्तालाई गिज्याउनेहरूलाई नै बल पुग्ने गरी भारतलाई गाली गर्दा नै नोटिसमा परिन्छ कि भन्ने भ्रम अब बीमाओवादीले त्याग्नै पर्छ । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद भनेर गाली गर्दैमा कोही पनि राष्ट्रवादी हुन सक्दैन । राष्ट्रवादी हुनका लागि त मुलुकको आवश्यकता र हितानुकूल हिँड्न जरुरी छ । गाँस, बास र कपास नपाएर पीडामा छटपटिएका नेपाली जनतालाई मलम लगाउनुको सट्टा भारत वा अमेरिका देखाएर पन्छने र परिवर्तनलाई संस्थागत गर्नुको साटो त्यतै दोष थोपर्ने हो भने त्यस्ता दल वा नेता नेपालका लागि आवश्यक छैनन् । अब त्यस्ता दल वा नेताले राजनीतिबाट मात्रै होइन, समाजबाट सन्न्यास लिए हुन्छ । समाधान दिँदै नदिने तर समस्या खडा गरिरहनेहरू परिवर्तनका अभियन्ता हुन सक्दैनन् । यतिबेला धेरै बहस हुन थालेका छन्, राष्ट्रियताको विषयमा ।

कोही राजतन्त्रलाई राष्ट्रवादी देखिरहेका छन् त कोही छिमेकभन्दा बाहिरका दलाली गर्नेलाई राष्ट्रवादीको मोहर लगाइरहेका छन् । तर, इतिहासले प्रमाणित गरिसकेको छ कि, न राजतन्त्र राष्ट्रवादी थियो न त कुनै नेता नै राष्ट्रवादको पदचिह्नमा हिँड्न सकेका थिए । सबैले आफ्नो सत्ता टिकाउन र हैसियत बनाउनका लागि मात्रै राष्ट्रियतालाई भ¥याङ बनाएका थिए र छन् । २०४८ सालतिर भारतलाई गाली नगर्ने व्यक्ति एमालेको असली कार्यकर्ता हुनै सक्दैन भन्ने भ्रम थियो । कतिपय प्रशिक्षणमा नेताहरूले यस्तै रटान लगाउने गरेका थिए । २०५१ सालमा सरकारमा पुगेपछि त्यो भनाइमा परिवर्तन आयो, भारतलाई मित्र र छिमेकीको हैसियतमा सम्मानजनक स्थान दिने र ऊबाट पनि त्यही अपेक्षा गर्ने ।

यतिबेला बीमाओवादीमा भारतलाई गाली गरेपछि राष्ट्रियता बलियो हुन्छ, पहिचान पनि मिल्छ, सबै समस्या उतैतिर देखाएपछि नेपालमा हैसियत बनाएर राजनीतिको व्यापार चलाउन सहज हुन्छ भन्ने त्यही भ्रम रहेको छ । चीन भ्रमणबाट फर्किएर बीमाओवादीका उपाध्यक्ष सीपी गजुरेलले भनेबाटै सबै कुरा छर्लंग भइसकेको छ । भारतले पुछेन, त्यसैले हामी पनि गएनौं, बोलायो भने पक्का जान्छौं भन्ने गजुरेलको अभिव्यक्तिले भारतलाई नोटिस गराउनकै लागि मात्र चर्को राष्ट्रवादको नारा घन्काइएको प्रस्ट हुन्छ । नेपाली सञ्चारकर्मीको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयका एक अधिकारीले मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईबाहेक कुनै पनि प्रधानमन्त्रीले नेपालको हित र राष्ट्रियताको बारेमा कुनै प्रस्ताव नै गरेनन् भन्ने तथ्य खोलेका थिए । राष्ट्रियताको विषयमा कुरा राख्ने दुवै नेता यतिबेला जीवित छैनन् ।

जीवित रहेकाहरूले राष्ट्रियतालाई आफ्नो मागिखाने भाँडो बनाएका रहेछन् भन्ने तथ्य तिनै अधिकारीको मुखारवृन्दबाट आइसकेको छ । अब पनि फोस्रो राष्ट्रवादको नारा दिनुको कुनै तुक छैन । जनता त्यसको भ्रमजालमा पर्नेवाला पनि छैनन् । छिमेकी मुलुक भारत र चीनसँग मित्रतापूर्ण सम्बन्धबाट नै नेपालको राष्ट्रियता बलियो हुन्छ । सदियौंदेखि जनस्तरमा रहेको सम्बन्धमा खलल पु¥याई आफू सत्तामा पुग्नका लागि छिमेकीलाई गाली गर्नु राष्ट्रवाद होइन ।

छिमेकी परिवर्तन गर्न पनि सकिँदैन । यस अर्थमा आफ्नो देशको माटोअनुकूल आफैं निर्णय गरेर छिमेकीलाई त्यसमा सहयोग बनाउने काममा लाग्नु नै मुलुकको हितमा छ । त्यही नै सच्चा राष्ट्रवाद हो । संवादबाट निकास खोज्ने प्रयास भइरहेको बेला अब सबैले ‘देशले रगत मागे बलि चढाऊ मलाई’ भन्ने शब्दको भावलाई मनन गर्न जरुरी छ । आमनेपालीको मनमा बसेको यो शब्दप्रति राजनीतिका नाममा धेरै वितृष्णा जगाउने काम भइसकेको छ । राष्ट्र र राष्ट्रियताप्रति समर्पित यी शब्दहरूले अहिले बहसमा आएको राजनीतिक प्रणालीलाई समेत समेटेको छ । मुलुक गम्भीर संक्रमणकालमा रहेको र यसबाट बाहिर निस्कने हरेक विकल्पमा दलहरू आफैं विवादमा फसेर असफल बन्दै गइरहेका बेला बीपी कोइरालाले भनेजस्तै माटो हातमा लिएर सोच्नुपर्छ । यतिबेला परिवर्तनको उपलब्धिलाई संस्थागत गर्ने विधि र प्रणालीमा समेत विभाजित छन्, दलहरू । लोकतन्त्रको सबैभन्दा उपयुक्त विधि निर्वाचनको विषयमा पनि विवाद छ ।

राष्ट्रियताको विषयमा विवाद छ, लोकतन्त्र, गणतन्त्रको परिभाषामा समेत विवाद भइरहेको छ । हरेक दल र नेताले आफूलाई क्रान्तिकारी देखाउनका लागि राष्ट्रियताको चर्को नारा घन्काउने गरेका छन् । जनताको माला जपेर कहिल्यै नथाक्ने दल र नेताहरू जनताको बीचमा चुनावमा जान नै चाहिरहेका छैनन् । जनअभिमत लिने काममा समेत प्रक्रियालाई देखाएर भाँजो हाल्ने राजनीतिक दल पनि देखा परिरहेका छन् । यस्तो अवस्थामा देशले रगत मागे बलि चढाऊ मलाई भन्ने शब्दको सारअनुरूप मुलुक चल्न सकेको छैन भन्ने अनुभूति जोकोही नेपालीले गरिरहेका छन् । जुनसुकै पार्टीले हारोस्, मुलुकले जित्ने चुनाव गराउनुपर्छ । दलले हार्दा फरक पर्दैन, मुलुकले हार्दा हामी सबै नेपालीको अस्तित्व नै समाप्त हुन सक्छ । यसतर्फ राजनीतिक दल, सरकार र निर्वाचन आयोगको विशेष ध्यान जान जरुरी छ । यतिबेला चुनावको पक्षमा लागेका दलहरू खासगरी एमाओवादी, कांग्रेस, एमाले आफू पहिलो दल बन्ने दाबीमा छन् । सबै दल जनताकै समर्थन पाएर पहिलो हुने उद्घोष गरिरहेका छन् । चुनावी हिसाब–किताबमा अहिलेदेखि नै लागेकाले कतै देशले चाहिँ हार्ने त होइन भन्ने प्रश्न यत्रतत्र छरिएको छ । यस विषयमा प्रमुख दलको ध्यान गएको देखिँदैन । एमाओवादीले जितोस् वा कांग्रेसले, एमाले वा मधेसवादी दलले नै जितोस्, देशले हा¥यो भने त्यो जितको खुसियाली मनाउन सकिँदैन ।

पार्टीले हारे पनि देशले जित्यो भने सबैले खुसियाली मनाउन पाइने छ । यसतर्फ प्रमुख दल गम्भीर भई सबैभन्दा केन्द्रमा रहेको संघीयताको मुद्दामा केन्द्रित हुन जरुरी छ । पहिचान भेटिने र द्वन्द्व मेटिने गरी संघीयतामा जाँदा मुलुकले जित्ने छ । गाँस, बास, कपासको ग्यारेन्टीसहित गरिखाने वर्गको पक्षमा दृढताका साथ उभिए राष्ट्रियता कसै गरी पनि कमजोर हुने छैन । ठगी खानेले राष्ट्रियतालाई समेत दाउमा राख्ने गरेको इतिहास छ, अब पनि तिनै ठगी खानेको राज कायमै राख्ने हो र समानुपातिकको नाममा हिमाल, पहाड र तराई मधेसबाट तिनै ठगले मात्र अवसर पाउने हो भने देश उभो लाग्न सक्दै न।

त्यस अवस्थामा जुनसुकै नामको चुनाव गरे पनि देश र जनताले चाहिँ हार्ने निश्चित छ । यसतर्फ समय छँदै सबैलाई चेतना भया ।