


काठमाडौं, पुस ११ ( सरकारले १० जना डीआईजीको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डीआईजीको सरुवा गरेको हो ।बैठकले नायब प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारीलाई प्रहरी प्रधान कार्यालय, नारायण बस्ताकोटीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, सुरेन्द्रबहादुर शाहलाई अपराध अनुसन्धान महाशाखा, विज्ञानराज शर्मालाई प्रहरी प्रधान कार्यालय र श्यामबहादुर थापालाई प्रबन्ध विभागमा सरुवा गरेको छ ।
त्यस्तै नायब प्रहरी महानिरीक्षक नवराज सिलवाललाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, प्रकाश अर्याललाई क्षेत्रीय प्रहरी कार्यालय हेटौँडा, बमबहादुर भण्डारीलाई क्षेत्रीय प्रहरी कार्यालय पोखरा, जयबहादुर चन्दलाई क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा र केशरबहादुर शाहीलाई क्षेत्रीय प्रहरी कार्यालय वीरेन्द्रनगरमा सरुवा गरिएको बैठकपछि सरकाका प्रवक्ता माधवप्रसाद पौडलले जानकारी दिए ।
नेपाली सेनाका महासेनानी दामोदर थापा, नवलशम्शेर राणा र शशिबहादुर सिंहलाई सहायक रथीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । त्यस्तै सहायकरथी हेमन्तराज कुँवर र राजेन्द्रबहादुर कार्कीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरिएको छ ।

No comments:
Post a Comment