Thursday, December 26, 2013

१० डीआईजीको सरुवा

 काठमाडौं, पुस ११ ( सरकारले १० जना डीआईजीको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डीआईजीको सरुवा गरेको हो ।

बैठकले नायब प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारीलाई प्रहरी प्रधान कार्यालय, नारायण बस्ताकोटीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, सुरेन्द्रबहादुर शाहलाई अपराध अनुसन्धान महाशाखा, विज्ञानराज शर्मालाई प्रहरी प्रधान कार्यालय र  श्यामबहादुर थापालाई प्रबन्ध विभागमा सरुवा गरेको छ ।

त्यस्तै नायब प्रहरी महानिरीक्षक नवराज सिलवाललाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, प्रकाश अर्याललाई क्षेत्रीय प्रहरी कार्यालय हेटौँडा, बमबहादुर भण्डारीलाई क्षेत्रीय प्रहरी कार्यालय पोखरा, जयबहादुर चन्दलाई क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा र केशरबहादुर शाहीलाई क्षेत्रीय प्रहरी कार्यालय वीरेन्द्रनगरमा सरुवा गरिएको बैठकपछि सरकाका प्रवक्ता माधवप्रसाद पौडलले जानकारी दिए ।

नेपाली सेनाका महासेनानी दामोदर थापा, नवलशम्शेर राणा र  शशिबहादुर सिंहलाई सहायक रथीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । त्यस्तै सहायकरथी हेमन्तराज कुँवर र राजेन्द्रबहादुर कार्कीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरिएको छ ।





Sunday, December 15, 2013

भीमसेनको सिलामा पसिना आउँदा कहिले के भयो ?

दोलखा, मंसिर ३० ( मन्दिर र देवताहरुको प्राचीन सहर दोलखा बजारको उत्तरमा अवस्थित भीमेश्वरको शीलामा आइतबार अपरान्ह ुपसिनाु आएपछि दर्शनार्थीहरुको घुइचो लाग्यो ।

शीलाको चारैतिरबाट पानीका थोपाहरु निस्कदै झर्दै गरेपछि परम्परा अनुसार मन्दिरका घण्टाहरु बजाउन थालियो भने दोलखाका नेवार समुदायले विभिन्न पर्वमा बजाइने बाजाहरु बजाउन थालियो । पानीको थोपा आउने र झर्ने अवस्थालाई ुपसिना आएकोु ठानेर शीलालाई चम्मरले हम्कदै कपासका टुक्राले पसिना पुछ्न थालियो । मन्दिरका पुजारी काशिनारायण श्रेष्ठले राजपुजा सक्ने वित्तिकै करिब साढे तीन बजे शीलाको रंग फुस्रो भएर चिल्लो कालो हुदै पसिना आएको दृष्य देखेपछि कपासले पुछिदिन थाले । उक्त प्रकृया करिब ५ बजेसम्म भैरहदा हजारौ दर्शनार्थीले मन्दिरको दर्शन गरे ।

देशमा अनिष्ट वा परिवर्तनका पूर्व संकेतस्वरुप पसिना आउने विश्वास राख्ने स्थानीयले पसिना पुछिएको कपासलाई राजाको शासनका बेला राजदरबार र प्रजातन्त्र प्राप्तिपछि राष्ट्र प्रमुखहरुलाई पठाउने गरेका छन् । ु२०६४ मा पसिना आउदा प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला पठाइएको र यसपाला राष्ट्रपतिलाई पठाउने निधो भयो,ु स्थानीय टिकानारायण प्रधानले बताए । स्थानीय भगवानदाश श्रेष्ठका अनुसार पसिना आएपछि तत्कालीन राजदरबारको चासो हुन्थ्यो र कपास प्राप्त भएपछि ुक्षेमापूजाु गर्नका लागि खर्च पठाउने चलन थियो । पछि पनि जसलाई कपास पठायो उसैले स्थानीय प्रशासनको अगुवाइमा क्षेमा पूजा गरिने चलन छ ।

 दोलखा बजारका धर्म, संस्कृति र इतिहासको अध्ययन गर्दै रहेका शान्तकृष्ण श्रेष्ठका अनुसार करिब १९९० सालदेखि यता भीमेश्वरमा आएको पसिनाबारे जानकारी राखेका छन् । उनका अनुसार जब पसिना आउन थाल्छ, भीमेश्वरको कालो शीला खैरो हुदै जान्छ । त्यसपछि क्रमिक रुपमा शीलाको माथिल्लो भागमा पानीका थोपाहरु देखिदै र्झन थाल्छन् । यो दृष्य प्रकट हुनेवित्तिकै घण्टाहरु बजाएर सर्वसाधरणलाई जानकारी गराइन्छ । घण्टाको आवाज गञ्जनेवित्तिकै मानिसहरु दर्शन गर्न र कपासका टुक्रा लिन घुइचो लाग्छ । यो पटक पनि साझसम्म कपास लिन पर्खेका दर्शनार्थीलाई प्रहरीको साहयताले कपास बाँडिएको थियो । मन्दिरमा भेला भएका दर्शनार्थीले धुप बालेर पसिना नरोकिएसम्म प्रथाना गरिरहे । कतिपयले आफैले ल्याएको घण्टी बजाइरहेका थिए ।

शिलामा पसिना आएपछि पुछिएका कपासलाई साँझ नै प्रतिक्षरत दर्शनार्थीलाई बाँडियो भने बाँकी कपास स्थानीय प्रशासनलाई बुझाइने भीमेश्वर मन्दिर व्यवस्थापन समिति कोषाध्यक्ष भरत श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले प्राप्त कपासलाई स्थानीयको निर्णय अनुसार राष्ट्रपति कार्यालयमा पठाइने बताए ।

भीमेश्वरमा शीलामा ुपसिनाु आएको साल   पसिना आएपछि भएको  घटना

विक्रम सम्बत् १९९० महा भुकम्प

विक्रम सम्बत् १९९७ शहीदलाई फँसी

विक्रम सम्बत् २००७ प्रजातन्त्रका लागि क्रान्ति

विक्रम सम्बत् २०११ राजा त्रिभुवनको मृत्यु

विक्रम सम्बत् २०१५ राजनीतिक उतारचढाव

विक्रम सम्बत् २०१८ भीषण बाढी पहिरो

विक्रम सम्बत् २०२८ राजा महेन्द्रको मृत्यु

विक्रम सम्बत् २०३६ जनमत संग्रह

विक्रम सम्बत् २०४५ भूकम्प र दोलखामा पहिरोको ठूलो घटना

विक्रम सम्बत् २०४६ बहुदल प्राप्ति

विक्रम सम्बत् २०५८ को माघ १ गते र पुष ३ गते दुईपटक राजपरिवार हत्या

विक्रम सम्बत् २०६४ संविधानसभा निर्वाचन
मित्र राजेन्द्र मानन्धरको समाचारबाट सभार

Saturday, December 7, 2013

नेताका घर धाउन छाडेर तत्कालै कार्यक्षेत्र फर्कन समानुपातिक उम्मेदवारलाई एमालेको निर्देशन

सभासद् बन्न नेताको घरमा दलबलसहित जाने क्रम बढेपछि एमाले नेतृत्वले समानुपातिकमा उम्मेदवार रहेका सबैलाई तत्काल कार्यक्षेत्र फर्कन निर्देशन दिएको छ । शुक्रबार सम्पन्न स्थायी समिति बैठकले सबै उम्मेदवारलाई कार्यक्षेत्र फर्किएर आङ्खनो काम गर्न कडा निर्देशन दिएको हो । बैठकले समानुपातिकतर्फका उम्मेदवारलाई पार्टीका नेताहरूसमक्ष डेलिगेसन जाने, दबाब दिने प्रवृत्ति छाडी अविलम्ब कार्यक्षेत्रमा फर्किएर परिभाषित काममा लाग्न पनि भनेको छ ।
केही दिनयताको घटनाक्रमले पार्टी काममा समेत प्रभाव परेको भन्दै स्थायी समितिले राजधानीकेन्द्रित भएर सभासद् बन्न डेलिगेसन र दबाबमा लागिरहेका नेता–कार्यकर्तालाई परिभाषित काममा फर्किन निर्देशन दिएको हो । पार्टीले निश्चित मापदण्डका आधारमा विवेकपूर्ण एवं औचित्यपूर्ण ढंगले सभासद्हरूको नामावली चयन गर्ने भन्दै तत्कालै कार्यक्षेत्र फर्कन बैठकले निर्देशन दिएको सचिव विष्णु पौडेलले बताए । ‘पार्टीले निश्चित मापदण्डका आधारमा विवेकपूर्ण एवं औचित्यपूर्ण ढंगले सभासद्हरूको नामावली चयन गर्ने र निर्वाचन आयोगसमक्ष सिफारिस गर्नेछ । तसर्थ, समानुपातिक सूचीका उम्मेदवार र उहाँहरूका समर्थकहरूलाई अविलम्ब आ–आङ्खनो कार्यक्षेत्रमा फर्किन र पार्टीको परिभाषित काममा लाग्नका लागि निर्देशित गरिएको छ,’ बैठकपछि सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एमाले नेतृत्वले निर्वाचन अघि उम्मेदवारको दबाब दिन जिल्ला–जिल्लाका नेता कार्यकर्ता नेताको घर धाउन थालेपछि यस्तै निर्देशन दिएको थियो । निर्वाचनपछि पनि समानुपातिकबाट सभासद् बन्न बिहान ४ बजेदेखि नै पार्टी अध्यक्षदेखि स्थायी समितिका सबै नेताहरूको घरमा भीड लाग्ने गरेको छ । सोही कारण स्थायी समिति बैठकसमेत पार्टी कार्यालयमा नबसी अन्यत्र बस्नुपरेको थियो । कार्यकर्ताको दबाब बढेपछि स्थायी समिति बैठक पार्टी कार्यालयको साटो सानेपास्थित मनमोहन प्रतिष्ठानमा बसेको थियो । संविधानसभा निर्वाचन–२०७० मा समानुपातिकतर्फको उम्मेदवार बनेका र उनीहरूका समर्थकहरूको ठूलो पंक्ति राजधानीमा केन्द्रित भएर पार्टीका नेताहरूसमक्ष डेलिगेसन जाने, आग्रह र अनुरोध गर्ने तथा दबाब दिनेजस्ता प्रवृतिहरू देखा परेको,’ भन्दै स्थायी समितिले कार्यक्षेत्र पठाउन सो निर्णय गरिएको विज्ञप्तिमा प्रस्ट पारिएको छ ।
अध्यक्ष झलनाथ खनालसहित शीर्ष नेताको दैनिकी नै प्रभावित हुने गरी सभासद्को आकांक्षीहरूले दलबलसहित दबाब बढाएपछि यस्तो निर्णय गर्नुपरेको एक नेताले बताए । एमालेले समानुपातिक सूचीबाट सभासद् चयनका लागि मापदण्ड निर्धारणलगायतका एजेन्डामा छलफल गर्न २४ मंसिरमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकका लागि निर्वाचन समीक्षा गरी प्रतिवेदन पठाउन स्थानीय कमिटीलाई निर्देशन दिने, वर्तमान राजनीतिक परिस्थिति र पार्टीले गर्नुपर्ने कामलगायतका एजेन्डा तय गरिएको केन्द्रीय सचिवालय सचिव पौडेलले जनाएका छन् ।
निर्वाचन आयोगले २५ मंसिरभित्र समानुपातिकतर्फका सभासद् चयन गरी नामावली बुझाउन पत्राचार गरिसकेको छ । एमालेले समानुपातिकतर्फ ८४ सिट प्राप्त गरेको छ । समानुपातिक सूचीमा परेका उम्मेदवारले आपूmलाई जसरी पनि पार्न भन्दै अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव युवराज ज्ञवाली, विष्णु पोडेल, शंकर पोखरेल, भरतमोहन अधिकारी र अमृतकुमार बोहोरासहितका नेता निवासमा दबाब दिँदै आएका छन् ।
उनीहरूले पोलिटब्युरोमा रहेका प्रभावशाली नेतालाई समेत भेटेरै दबाब दिने क्रम जारी राखेपछि कार्यक्षेत्र फर्कन भनेको हो । स्थायी समितिका एक नेताका अनुसार दबाब जारी राख्ने, नेताको घर धाउने र कार्यक्षेत्र नफर्कनेलाई मापदण्डभित्र परे पनि सभासद् नै नबनाउने रणनीति बैठकले अख्तियार गरेको छ ।
राजधानी दैनिक 

Monday, December 2, 2013

एमाले नेता प्रदीप ज्ञवालीको अनुभूति....म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ

अघिल्लो राति मतगणनामा बस्दा मैले जे(जस्ता अस्वाभाविक र अप्राकृतिक परिदृष्य देखें, त्यसले गर्दा परिणाम प्रतिकूल हुन सक्छ भन्ने निष्कर्षमा पुगिसकेको थिएँ । मानसिक रूपमा तयार भएकैले होला, निर्वाचनको अन्तिम नतिजा मलाई अप्रत्यासित लागेन । त्यसो त, पराजय कसलाई पो प्रिय हुन्छ र १ तैपनि यसलाई सहज ढङ्गले लिने प्रयत्न गरें । यस्तो बेलामा आफूलाई भन्दा अरुलाई सम्झाउनु गाह्रो हुँदोरहेछ ।

डिल्लीराज दाई, उहाँको परिवार र त्यहाँ जम्मा हुनुभएका साथीहरू पीडामा डुब्नुभएको थियो, सान्त्वना दिने प्रयत्न गरें । वीरेन्द्रलाई इन्टरनेट जोड्न आग्रह गरें । निर्वाचनको औपचारिक परिणाम सार्वजनिक भइसकेको थिएन, तैपनि फेसबुक स्टाटसमा निम्न पङ्ति कोरें र विदा भएँ (संविधानसभा निर्वाचनमा मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण गुल्मीवासीप्रति आभार व्यक्त गर्दछु । मलाई आशीष दिने वृद्ध वुवाआमाहरू, हामीमा आफ्नो भविष्य देखेर नाच्ने(रमाउने साना नानीहरू, ज्यान हत्केलामा राखेर खटेका युथ फोर्सका साथीहरू, कला(गलाले साथ दिने कलाकारहरू, काठमाडौं, बुटवल र प्रवासबाट आएका साथीहरू(तपाइँहरूलाई म सधै ‘मिस’ गरिरहनेछु । यो यात्रा हो, जुन निरन्तर जारी रहनेछ । गुल्मीको विकास र गुल्मीवासीको दुखसुखमा मेरो उपस्थिति सदैव पाउनुहुनेछ । यो प्रतिकूल परिणामको सम्पूर्ण जवाफदेही म लिन्छु । सायद उम्मेदवारको रूपमा ममा नै कमी थिए कि रु निराश नबनौं, एकछिन डाँडापारि लुकेको सूर्य फेरि उदाउनेछ ।’

पार्टी कार्यालयमा कमरेड गोकर्ण बिष्टको स्वागत कार्यक्रम चल्दै थियो । मैले उहाँलाई र उहाँलाई जिताउने ३ नं। क्षेत्रका साथीहरूलाई बधाई दिएँ । ५ बर्ष अगाडिको परिदृष्य बदलिएको थियो । त्यतिबेला म विजयी भएको थिएँ र कमरेड बिष्टले पराजयको सामना गर्नु परेको थियो । पराजयको नैतिक जिम्मेवारी आफ्नो शिरमा लिंदै २ नं क्षेत्रका साथीहरूलाई उत्साहका साथ काममा लाग्न आग्रह गरें । साथीहरूको आँखाको आँसु र उदास मुहारले भने मन्तव्य सक्न गाह्रो पारे ।

अचानक खबर आयो( गुल्मी(काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्ष टीकाराम सापकोटा ‘हर्ट अट्याक’ भएर ढल्नुभएको छ । हतार(हतार जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा पुगें, उहाँ ज्यान बचाइदिन आर्तनाद गरिरहनु्भएको थियो । उहाँलाई काठमाडौं पुर्‍याउनुको विकल्प थिएन । मित्र सुमन पाण्डेजीसँग सम्पर्क गरें, र उहाँले हेलिकोप्टर पठाइदिने हुनुभयो । कामना गरिरहृयौं( अझै दुई घण्टा केही नभइदिए त शहीद गङ्गालाल अस्पताल पुर्‍याउन सकिन्थ्यो १

काठमाडौं जानुपूर्व म कांग्रेसका चन्द्र भण्डारीलाई भेट्न र बधाई दिन चाहन्थें । उनको फोन लगातार व्यस्त भइरहृयो । बल्लबल्ल भेटिए, सापकोटा होटेल अगाडि भेटेर उनलाई अबिर टीका लगाइदिएँ र बधाइ दिएँ । गोकर्ण बिष्ट साथमै हुनुहुन्थ्यो । त्यतिञ्ज्याल चिदिचौरमा हेलिकोप्टर ल्याण्ड गरिसकेको थियो र स्ट्रेचरमा बिमारी ल्याइसकिएको थियो । बिमारीलाई सुरक्षितसाथ चढाएपछि म पनि उडें । ९पछि थाहा पाएँ( विजयको उन्मादमा साथीहरूले नारा लगाउन र प्रदीप ज्ञवाली भाग्यो भन्न पनि भ्याएछन् । अमानवीयताको यो पराकाष्ठालाई के पो जवाफ दिन सकिन्छ र १०

एयरपोर्टमा डा। सुरेन्द्रसहितका टोली एम्बुलेन्ससहित आइपुग्यो । हामी गङ्गालाल अस्पताल पुग्दा डा। के।सी। र डा।यादव भट्ट ‘स्ट्याण्डबाई’ थिए । उपचारपछि बिमारी खतरामुक्त रहेको जानकारी पाइयो र म कोठातिर लागें ।

बिमारीका कारण उत्पन्न ‘स्ट्रेस’ कम भएपछि बल्ल मोबाइल ‘अन’ गरें । मैले त निर्वाचनमा पराजयको पीडालाई एककिसिमले गुल्मीमै छाडेर आएको थिएँ । तर मोबाइलमा प्राप्त म्यासेज, फेसबुकमा प्राप्त टिप्पणी र इमेलहरूले भने मलाई अवाक बनाइदिए ।

फेसबुकमा लेखेको स्ट्याटस सामान्य नै लागेको थियो, तर उच्चपदस्थ कर्मचारीहरूको सन्देशले मलाई भावुक बनायो, जसले लेखेका थिए( त्यो पढ्दा आँसु थाम्न सकिएन । त्यसयता जे जति प्रतिक्रिया, टिप्पणी र सन्देशहरू प्राप्त भएका छन्, स्तव्ध पार्ने खालका छन् । धेरै साथीहरूले यसलाई आफ्नै पराजयसरह ठान्नुभएको छ । कतिले यसलाई गुल्मीको दुर्भाग्य बताउनुभएको छ । कतिले आफैलाई अपराधवोध र ग्लानी भएको लेख्नुभएको छ । सबैभन्दा ध्यान दिन योग्य कुरा, थुप्रै साथीहरूले लेख्नुभएको छ( म तपाईँको पार्टीको मान्छे होइन, तर तपाइँ हार्दा ठूलो पीडावोध भएको छ ।

नीति श्लोक भन्छ( ‘।राजद्वारे स्मशाने च य तिष्ठति स वान्धवः’ । निर्वाचन जितेको भए बधाईको ओइरोमा को साँच्चै सहयोगी र शुभचिन्तक हो र को चाँहि शक्तिको पूजारी हो भन्ने थाहा हुँदैनथ्यो सायद । तर, आज मैले पाएको सह( अनुभूति साँचो हो भन्ने कुरामा सन्देह छैन । जीवनमा यति धेरै शुभचिन्तकहरू कमाएको रहेछु, मलाई गर्व लागेको छ ।

निर्वाचनमा गइसकेपछि जय(पराजय स्वभाविकै कुरा हो । मैले यसलाई सहज लोकतान्त्रिक अभ्यासका रूपमा लिएको छु । म कसैलाई दोष दिन चाहन्नँ । तर, एउटै कुरामा दुःख छ । मैले संविधानसभा निर्वाचनलाई एउटा महान बहसको रूपमा अगाडि बढाउन चाहें, कस्तो संविधान, कस्तो सङ्घीयता र कस्तो आर्थिक बाटो लिने भन्ने विषयमा जनतालाई जागृत र उद्वोधित गर्ने लोकतान्त्रिक अभ्यासका रूपमा लिन चाहें । यही बिषयलाई छलफलमा ल्याउन चाहें । तर, यी बहसहरू कता हराए कता १ बस, पाँच सय मिटर पाइप, एक किमी बाटो र एउटा वैदेशिक रोजगारीको सपनामा संविधानसभा कतै हरायो १ एउटा मेलोडीले भने जस्तै भयो( ‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ‘१’

कहिलेकाहिँ लाग्छ, वर्तमान राजनीतिक यथार्थमा म ‘फिट’ नहुने पात्र पो रहेछु क्यार १ यस्तो बेलामा परिवारको साथ निकै अर्थपूर्ण हुँदोरहेछ । म कोठामा आइपुग्दा सरु उसै गरी शान्तभावमा पर्खिइरहेकी थिइन्, जसरी उनी पञ्चायतकालमा म मारिएको हल्ला चल्दा पनि अविचलित पर्खिइरहेकी हुन्थिन् । पटक(पटकको हिरासतबाट बाहिर आउँदा सँघारमा उभिएकी हुन्थिन्, पार्टी विभाजनताका साङ्घातिक आक्रमणपछि पुनर्जीवन पाउँदा प्रतीक्षारत थिइन् र मन्त्रिनिवास छाडेर बाहिर निस्कँदा पनि निष्पृहभावले स्वागत गरिरहेकी हुन्थिन् । सन्तुष्टि प्राप्त भयो( उनका शान्त आँखा देखेर । यहाँसम्म कि, बिन्दास जस्तो लाग्ने कान्छो छोराले समेत तलको भावपूर्ण सन्देश पठायो

जन्मैदेखि मस्तिष्क पक्षाघातले थला परेकी क्षितिजले त बाबाको जय या पराजयका बारेमा के नै पो थाहा पाउँथी र १ तैपनि, धेरै दिनपछि मेरो काखमा बस्न पाउँदा खुसी देखिई । (पटक(पटक घरमा आएका र मेरो पारिवारिक स्थिति थाहा पाएका प्रतिष्पर्धी साथीहरूले यस्तो बिषयमा समेत क्षुद्र चुनावी राजनीति गर्न भ्याएछन्( प्रदीप ज्ञवालीका काठमाडौंमा तीनवटा बिल्डिङ छन् र उसका छोराछोरी विदेशका महङ्गा कलेजमा डाक्टरी पढ्छन् भनेर ।

साथीहरूले संविधानसभामा मलाई ‘मिस’ गर्ने प्रतिक्रिया दिएका छन् । मलाई लाग्छ, त्यस्तो हुनेछैन । योग्य साथीहरू निर्वाचित हुनुभएको छ र उहाँहरूले यो ऐतिहासिक अभिभारा पूरा गर्नुहुनेछ । त्यसै पनि, अबको संविधानसभाले हिजोजस्तो असहज स्थितिको सामना गर्नु पर्नेछैन । अब साथीहरूले नेपाल बहुराष्ट्रिय राष्ट्र हो कि एक राष्ट्र हो भन्ने जस्ता हास्यास्पद प्रश्नको सामना गर्नुपर्ने छैन । आत्मनिर्णयको अधिकार भनेको लोग्ने स्वास्नीको पारपाचुकेको अधिकार जस्तै हो भन्ने विखण्डनकारी तर्क सुन्नुपर्ने छैन ।

झापादेखि कञ्चनपुरसम्म एउटै प्रदेश हुनुपर्छ र त्यसको सम्पर्क भाषा हिन्दी हुनुपर्छ भन्ने कर्कश आवाज सुन्नुपर्ने छैन । सबै जनतालाई सैन्य तालिम दिनुपर्छ भन्ने उटपट्याङ जिद्दी सुन्नुपर्ने छैन । बेला न कुबेला जङ्गल जान्छौं भन्ने घुर्की र संविधानसभा मात्रै होइन, काठमाडौंसमेत छाडेर जान्छौं अनि वीरगञ्जलाई राजधानी घोषणा गर्छौं भन्ने धम्की सुन्नुपर्ने छैन । ‘जनयुद्ध’ को दर्शनमा उभिएर संविधान बन्नु पर्छ या पार्टी विशेषको छाप लागेको संविधान हुनुपर्छ भन्ने बालहठ देख्नु पर्नेछैन । संविधान निर्माणको जग तयार भएको छ, घर ठड्याउन मात्रै बाँकी छ । हो, ‘गाई’ले लात्ताले हान्छ कि भनेर भने होसियार हुनु जरुरी छ ।

एउटा सक्रिय राजनीतिक कार्यकर्ता र सामाजिक रूपान्तरणको अभियन्ताको रूपमा मैले आफ्नो ‘स्पेश’ बनाउने नै छु । गुल्मी, जसले मलाई जन्मायो, हुर्कायो, नौ बर्षको उमेरमा जुलुसको नेतृत्व गर्न लगायो, १७ बर्षको उमेरमा भूमिगत हिंडायो, जसले पार्टी विभाजित भएको प्रतिकूल अवस्था र पार्टी ३३ सीटमा खुम्चिने विषम सुनामीका बीचमा पनि दुई(दुई चोटि निर्वाचित गर्‍यो, जसले मेरो पहिचान बनाइदियो, कसरी बिर्सन सक्छु र त्यसप्रतिको दायित्व मैले रु फरक भूमिकामा म जिल्लाले लगाएको रिन तिर्न लागिरहनेछु ।

अहिलेलाई भने क्षमा पाऊँ साथीहरू १ मैले तपाइँहरूको अपेक्षा पूरा गर्न सकिनँ, तपाइँहरूलाई निराश तुल्याएँ ।
अनलाइन खवरबाट