Monday, March 21, 2016

नेपाल र चीनबीच पारवहन, व्यापारसहितका १० वटा सम्झौतामा हस्ताक्षर

नेपाल चीनबीच पारवहन, व्यापारसहितका १० वटा सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको  चिनियाँ संसद भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि सम्झौतामा विभिन्न तहमा हस्ताक्षर भएको
नेपाल चीनले पारवहन सम्झाता गरेका छन् सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् नेपाललाई चिनियाँ बन्दरगाहसम्म पहुँच दिने यो सम्झौतालाई महत्वका साथ हेरिएको
खुला व्यापार, ग्यास तथा पेट्रोलियम अन्वेषण ट्रेडमार्क दर्ता सम्वन्धी सम्झौतामा पनि हस्ताक्षर भएको
यस्तै पोखरा विमानस्थल निर्माणका लागि सहुलियत ऋण सम्झौतामा पनि हस्ताक्षर गरेको यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन्
सम्झौता अनुसार विमानस्थल निर्माणका लागि चीनले दिने रकमको २५ प्रतिशतमा ब्याज लाग्ने छैन भने बाँकीमा प्रतिशत ब्याज लाग्नेछ
यस्तै हिल्सा सडक एवं सुख्खा बन्दरगाह निर्माण सम्वन्धी अर्को सम्झौता भएको यसमा पनि नेपालका तर्फबाट अर्थमन्त्रीले हस्ताक्षर गरेका छन्  चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको गभर्नर चिरन्जिवी नेपाले जानकारी दिए
नेपाल चीनवीच सम्पन्न १० वटा समझदारी यस्ता छन्ः
. पारवहन सम्झौता
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर भएको सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन्
नेपाललाई चिनियाँ बन्दरगाहसम्म पहुँच दिने यो सम्झौतालाई महत्वका साथ हेरिएको यो सम्झौताबाट नेपालले तत्काल कुनै उलेख्य लाभ नलिए पनि दीर्घकालीन रुपमा महत्वपूर्ण
. चीनले नेपालमा ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान गर्ने
चीनले ३२ हजार घरधुरीलाई विद्युत पुग्ने गरी सोलार प्लान्ट जडान गरिदिने समझदारीमा पनि हस्ताक्षर भएको यसमा भूकम्प पीडितहरुले प्राथमिकता पाउनेछन्
.पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता
. २५ प्रतिशत विना ब्याजको अनुदान
. एक्जिम बैंकको ऋण
नेपाल चीनबीच पोखरा विमानस्थल निर्माणबारे तीनवटा समझदारी भएका छन् यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन्
सम्झौता पहिलो विषय पोखरा विमानस्थल निर्माणसम्वन्धी दोस्रोमा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि चीन सरकारले बिना ब्याज २५ प्रतिशत ऋण उपलब्ध गराउने बाँकी एक्जिम बैंकले उपलब्ध गराउने ऋणमा करिब प्रतिशतमात्रै ब्याज लाग्नेछ विना ब्याजको रकम चीन सरकारले दिनेछ भने बाँकी ऋण त्यहाँको एक्जिम बैंकले उपलब्ध गराउनेछ
ट्रेडमार्क दर्तासम्वन्धी सम्झौता
चीन नेपालवीच विभिन्न वस्तुहरुको टे्रडमार्क दार्ता सम्बन्धी छुट्टै समझदारी भएको यो समझदारी अनुसार दुबै देशमा आयात-निर्यात हुने वस्तुहरुको पेटेन्ट राइट निश्चित हुनेछ
. नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण सम्वन्धी समझदारी
नेपाल चीनबीच नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषणसम्वन्धी समझदारीमा हस्ताक्षर भएको यो समझदारीपछि नेपालमा भएको ग्यास पेट्रोलियम अन्वेषणमा चीनले सहयोग गर्नेछ
. स्वतन्त्र व्यापारसम्वन्धी सम्झौता
नेपाल चीनबीच भएको अर्को सम्झौता स्वतन्त्र व्यापारसम्वन्धी यो सम्झौतामा ५०० वस्तुको प्रवेशाज्ञाबारे काम थाल्ने उल्लेख
. बैंकिङ रेगुलेशनसम्वन्धी सम्झौता
नेपाल चीनबीच बेङजिङमा भएको यो सम्झौतामा दुई देशका गभर्नरले हस्ताक्षर गरेका छन् यस अन्तरगत दुई देशबीच वित्तीय नियमनको सूचना आदान-प्रदान हुनुका साथै एक अर्को देशमा बैंकको शाखा खोल्न बोटो खुलेको नेपालका गर्भनर चिरन्जिवी नेपालले अनलाइनखबरलाई जानकारी दिए
१०. हिल्सामा पुल निर्माण
अर्को सम्झौता हुल्लाको हिल्सामा पुल निर्माण गर्नेछ यो पुल चीन सरकारले बनाइदिनेछ
















Monday, February 22, 2016

‘छि न्युज पत्रकार’ को राजीनामा पत्र

देशमा भड्किरहेको साम्प्रदायिक सद्भाव, कुण्ठित गरिएको वाक् स्वतन्त्रता र कन्हैया कुमारजस्ता युवाको गिरफ्तारीलाई मिडियाले मलजल गरेको भन्दै भारतीय न्युज च्यानल जी न्युजका पत्रकार विश्वदीपकले लामो पत्र लेखेर  राजीनामा गरेका छन् । प्रस्तुत छ, उनको पत्रको सम्पादित अंश :

 
प्रिय जी न्युज, एक वर्ष, चार महिना र चार दिनपछि अब तिमीबाट अलग हुने समय आएको छ । यद्यपि, मैले यो सबै पहिल्यै गर्नुपर्ने थियो । त्यसैले अहिले पनि यो गरिनँ भने आफूले आफैँलाई माफ गर्न सक्नेछैन । अगाडि म जे भन्न लागिरहेको छु, त्यो कुनै भावावेश, रिस वा सनकको नतिजा होइन । यो त एक सूचिन्तित बयान हो । म पत्रकार हुनुका साथसाथै यही देशको एक नागरिक पनि हुँ, जसको नाममा अन्ध ‘राष्ट्रवाद’को विष फैलाइँदै छ र यो देशलाई गृहयुद्धतिर धकेलिँदै छ । मेरो नागरिक दायित्व र पेसागत जिम्मेवारीले यो विष फैलनबाट रोक भनेर मलाई झकझकाउने गर्छ । मलाई थाहा छ, मेरो यो कोसिस डुंगा चढेर समुद्र पार गर्नुजस्तो हो । तैपनि, सुरुवात भने गर्न चाहन्छु । यही सोचका कारण जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनियनका अध्यक्ष कन्हैया कुमारको बहानामा सुरु गरिएको अन्ध राष्ट्रवादी अभियान र त्यसलाई बढाउनमा हाम्रो भूमिकाको विरोधमा म आफ्नो पदबाट राजीनामा दिइरहेको छु । यसलाई कुनै वैयक्तिक द्वेषविना नै स्विकारियोस् भन्ने म चाहन्छु । मे २०१४ पछि जब श्री नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बने, त्यतिवेलादेखि धेरथोर देशका हरेक न्युज रुममा साम्प्रदायीकरण भएको छ । तर, हाम्रो स्थिति अझै भयावह छ । यस्तो कठोर शब्द प्रयोग गर्नुपरेकोमा म माफी चाहन्छु । तर, यसबाहेक मसित यसलाई सम्बोधन गर्ने अर्को शब्द पनि छैन । आखिर यस्तो किन हुन्छ ? हरेक समाचारलाई किन ‘मोदी एंगल’सित जोडेर लेखाइन्छ ? हामी पत्रकार नै हौँ भन्नेमा पनि मलाई शंका लाग्न थालेको छ । हामी पत्रकार नभई सरकारका प्रवक्ता हौँ, या ‘सुपारी किलर’ हौँ । मोदी हाम्रो देशका प्रधानमन्त्री हुन् । मेरा प्रधानमन्त्री पनि उनै हुन् । तर, एक पत्रकार भएका नाताले यति ज्यादा मोदीभक्ति अब पचाउन मुस्किल भयो । मेरो अहंले मेरैविरुद्ध विद्रोह गर्न थालेको छ । म आफू बिरामी भएको छु कि जस्तो लाग्न थालेको छ । हरेक समाचारको पछाडि कुनै न कुनै एजेन्डा, हरेक समाचार प्रसारणको पछाडि मोदी सरकारलाई महान् बताउने कोसिस, हरेक बहसको पछाडि मोदीका विरोधीहरूलाई ‘गोली’ प्रहार गर्ने प्रयास किन भइरहेको छ ? आक्रमण, युद्धभन्दा तल्लो तहका शब्द त हामीले छनोट गर्नै भुलिसकेका छौँ । यो सब के हो ? कहिलेकाहीँ त आफैँ पागल त भइसकिनँ, शंकै लाग्छ । आखिर हामीलाई यति धेरै दीनहीन, अनैतिक र पतीत किन बनाइँदै छ ? देशको सर्वोच्च मिडिया संस्थानबाट अध्ययन पूरा गरेर आजतकदेखि लिएर बिबिसीजस्ता प्रतिष्ठित संस्थाहरूमा काम गरिसकेपछि यतिखेर मलाई ‘छि न्युज पत्रकार’ भन्न थालिएको छ । सायद यति प्रतिष्ठित संस्थासित आबद्ध भएर पत्रकारिता गर्नुको पुँजी यही होला । त्यसैले मेरो इमानको धज्जी उडिसकेको छ । यसको जिम्मेवारी कसले लिन्छ ? दलित स्कलर रोहित वेमुलाको आत्महत्याको मुद्दामा पनि यस्तै भयो । पहिले हामीले उनलाई दलित स्कलर लेख्यौँ । पछि दलित छात्र लेख्न थाल्यौँ । यदि हामीले समाचारचाहिँ ठीक लेखेका हुन्थ्यौँ भने यसलाई पनि ठीकै छ भन्न सकिँदो हो । रोहित वेमुलालाई आत्महत्या गर्न बाध्य पार्ने घटनाको पछाडि अखिल भारतीय विद्यार्थी परिषद्का नेता र भाजपाका बंडारु दत्तात्रेयको भूमिका गम्भीरतम प्रश्नहरूको घेरामा छन् । तर, एउटा मिडिया हाउसका तर्फबाट हाम्रो काम भने सो मुद्दालाई कमजोर बनाउने र उनीहरूलाई जोगाउने भूमिका निर्वाह गर्नु थियो । मलाई सम्झना छ, जब असहिष्णुताको मुद्दामा उदयप्रकाशसहित देशका सबैजसो भाषाका परिचित लेखकहरूले अकादमी पुरस्कार फिर्ता गर्न सुरु गरे, हामीले उनीहरूमाथि नै अनेक प्रश्न बर्साउन सुरु गर्‍यौँ । यदि उदयप्रकाशको मात्र कुरा गर्ने हो भने पनि लाखौँ पाठक उनलाई पढ्छन् । हामी जुन भाषा बोल्छौँ, जुन भाषामा रोजगार गर्छौं, सोही भाषाका सान हुन् उनी । उनका सिर्जनाहरूमा हाम्रो जीवन, हाम्रो सपना र संघर्षका कथाव्यथा झल्किन्छन् । त्यति हुँदाहुँदै पनि हामी उनको कदमलाई प्रायोजित सिद्ध गर्न लागिपर्‍यौँ । त्यो सब गर्नुपर्दा कम्ती पीडा भएको थिएन, तैपनि त्यो सब सहनै पर्‍यो । कन्हैयासमेत जेएनयुका कैयौँ विद्यार्थीलाई हामीले मानिसहरूको नजरमा ‘देशद्रोही’ बनाइदियौँ । यदि भोलि यिनीहरूमध्ये कसैको हत्या भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? हामीले त कसैको हत्या गराउने र केही परिवारलाई बर्बाद गर्ने अवस्था सिर्जना गरेका मात्र छैनौँ, अपितु दंगा फैलाउने र गृहयुद्धको समेत सम्भावना जन्माइदिएका छौँ । यो कहाँको देशप्रेम हो ? आखिर यो कुनचाहिँ पत्रकारिता हो ? के हामी भाजपा या आरएसएसको मुखपत्र हौँ ? उनीहरूले जे बोल्छन्, जे भन्छन्, त्यही लेख्नुपर्ने हो हामीले ? जुन भिडियोमा ‘पाकिस्तान जिन्दावाद’ भन्ने नारा छँदै थिएन, त्यसलाई हामीले जनतामा उन्माद फैलाउने उद्देश्यले बारम्बार प्रसारण गर्‍यौँ । अँध्यारोमा आइरहेको अस्पष्ट आवाजलाई हामीले कन्हैया र उनका साथीहरूकै आवाज हो भनेर कसरी स्विकार्‍यौँ ? ‘भारतीय कोर्ट जिन्दावाद’ भन्ने नाराको पूर्वाग्रहका आधारमा हामीले ‘पाकिस्तान जिन्दावाद’ सुन्यौँ । र, सरकारको पक्षमा काम गर्दै केही मानिसका करिअर, उनीहरूको विश्वास तथा परिवारको बर्बादीको संघारमा पुर्‍याउने काम जानाजान गरियो । हामीले एजेन्सीहरूलाई जाँच गर्न दिने र त्यसको नतिजासम्म कुर्ने धैर्य पनि देखाउन चाहेनौँ । मानिसहरू उमर खालिदकी बहिनीलाई बलात्कार गर्ने र उनीमाथि एसिड आक्रमण गर्ने धम्की दिइरहेका छन् । उनलाई गद्दारकी बहिनी भनिरहेका छन् । एकछिन सोच्नुहोस् त, यदि यस्तै भयो भने के त्यसको जिम्मेवार हामी नै होइनौँ ? कन्हैयाले एकपटक होइन, हजारौँ पटक भनेका छन्, उनी देशविरोधी नाराको समर्थन गर्दैनन् । तर, उनको आवाज कसैले सुनेको छैन । किनकि, हामीले नै यो भ्रम फैलाएका थियौँ कि कन्हैया राष्ट्रघाती थिए । के हामीले ध्यानपूर्वक उनको घर हेरेका छौँ ? त्यसमा उनको घर होइन, त्यो यस देशको गरिब किसान र आमजनताको विवशताको दर्दनाक प्रतीक जस्तो लाग्छ । हामी उनको राजनीतिसित असहमत हुन सक्छौँ । उनको विचार उग्र पनि हुन सक्छ । तर, त्यत्तिकै भरमा उनी देशद्रोही कसरी हुन सक्छन् ? अदालतको काम हामी कसरी गर्न सक्छौँ ? दिल्ली प्रहरीले आफ्नो एफआइआरमा जी न्युजको सन्दर्भ दिने के संयोग मात्र हो ? दिल्ली प्रहरीसित हाम्रो साँठगाँठ छ भन्ने गरिन्छ । अब भन्नुहोस्, हामीले मानिसलाई के जवाफ दिने ? यहाँनेर यो भन्नु पनि मलाई आवश्यक लागिरहेको छ कि यदि एउटा मिडिया हाउसलाई आफ्ना दक्षिणपन्थी सोच र रुचि प्रकट गर्ने तथा त्यसको बयान गर्ने अधिकार छ भने एक आमव्यक्ति हुनुको नाताले आफ्नो राजनीतिक विचार व्यक्त गर्ने हाम्रो पनि अधिकार पक्कै हुन्छ । पत्रकार हुनुको नाताले तटस्थता देखाउनु मेरो पेसागत धर्म र जिम्मेवारी हो । आखिर जेएनयु र त्यहाँका विद्यार्थीसँग हम्रो दुश्मनी के छ ? मेरो मान्यता छ– आधुनिक जीवनका मूल्य, लोकतन्त्र, विविधता र विरोधी विचारका बीचमा सहअस्तित्वको सबैभन्दा सुन्दर बगैँचा छ भने त्यो जेएनयु हो । त्यसैलाई हामीले देशद्रोहको अड्डा बनायौँ भने बाँकी हामीसँग के रहन्छ ? 
सादर सप्रेम 
विश्वदीपक 
जनताका रिपोर्टर डटकमबाट 

Saturday, February 20, 2016

तस्बिरमा प्रधानमन्त्री केपी शर्मा ओलीकोभारत भ्रमण

 जस्ले नेपाली जनताको शीर उचो पारेको छ
























भारतीय बिदेम न्त्रालयसहित बिभिन्न एजेन्सीबाट प्राप्त भएका तस्बिर हुन ।