Thursday, December 18, 2014

एसएसपीको अनुगमनमा डीएसपी

एसएसपीको अनुगमनमा डीएसपी

जवानका लागि स्नातक पासको आवेदन

काठमाडौं, २ पुस
नेपाल प्रहरीको भर्ना छनोटका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै अनुगमन टोली खटाएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भर्नामा अनियमितता हुन नदिनका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा अनुगमन टोली खटाएको हो ।
रिक्त प्रहरी जवान पदमा आवेदन दिएका युवायुवतीको बाधापार तथा शारीरिक तन्दुरुस्ती परीक्षाका लागि प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई अनुगमनका लागि खटाएको हो । आइतबारदेखि सुरु भर्ना छनोटमा प्रधान कार्यालयको प्रतिनिधित्व गर्दै उनीहरूले अनुगमन गर्नेछन् । प्रहरी महानिरीक्षकबाट विशेष अधिकार दिएर अनुगमनका लागि खटाइएको हो ।
प्रहरी महानिरीक्षक अर्यालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रमुख रहेको पाँचओटै तालिम केन्द्रमा विशेष अधिकार दिएर केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको प्रधान कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार एसएसपी मिलन बस्नेत प्रमुख रहेको क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा डीएसपी परशुराम तिवारी र एसएसपी रमेश खरेल प्रमुख रहेको मध्य क्षेत्र तालिम केन्द्र भरतपुरमा प्रवीणलाल श्रेष्ठलाई खटाइएको छ ।
यस्तै, एसएसपी योगेश्वर रोमखामी प्रमुख रहेको बुटवल तालिम केन्द्रमा डीएसपी अर्ज‘न श्रेष्ठ, एसएसपी श्याम खत्री प्रमुख रहेको नेपालगन्ज तालिम केन्द्रमा रामबहादुर केसी र एसएसपी शरद चन्द प्रमुख रहेको दिपायल तालिम केन्द्रमा डीएसपी हरिहरनाथ योगी खटिएका छन् ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) माधव जोशीका अनुसार प्रधान कार्यालयबाट खटिएका डीएसपीहरू आइतबारदेखि नै तालिम केन्द्रमा पुगिसकेका छन् । प्रहरी जवानका लागि १ हजार १ सय १२ जनाको मागका लागि देशभरबाट ३७ हजार युवायुवतीले आवेदन दिएका छन् । कुल आवेदकमध्ये ५६.७९ प्रतिशत प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका, ७.४५ प्रतिशत प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेका व्यक्तिहरूले जवानमा आवेदन दिएका छन् भने स्नातक तह उत्तीर्ण गरेका ०.०२ प्रतिशत युवाहरूले पनि जवानका लागि आवदेन दिएको नेपाल प्रहरीले जनाएको छ ।
त्यसैगरी, ८ कक्षा पास गरेका ३५.७४ प्रतिशत रहेका छन् । प्रहरी नियमावलीअनुसार प्रहरी जवान पदका लागि न्यूनतम योग्यता ८ कक्षा पास गरेको हुनुपर्नेछ ।
सो पदमा प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पूर्ति गर्न गत २४ असोजमा सूचना प्रकाशन गरिएकोमा पाँचओटै क्षेत्रीय प्रहरी तालिम केन्द्रहरूमा गरी ३७ हजार ५ सय १३ जनाको दरखास्त परेको थियो । सोअनुसार पाँचै क्षेत्रीय तालिम केन्द्रमा आइतबारबाट दरखास्तउपर छनोट प्रक्रिया सुरु भएको छ । कुल दरखास्तमध्ये पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा ७ हजार ७ सय २३, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा ९ हजार ४ सय ४६, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा ६ हजार ३ सय ५, मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्जमा ९ हजार ३ सय ७२ र सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलमा ४ हजार ६ सय ६७ जनाको दरखास्त परेको हो । नेपाल प्रहरीले खुलातर्फ ६ सय, अमर÷अशक्त प्रहरी परिवारतर्फ २२, महिलातर्फ ९८, आदिवासी जनजातितर्फ १ सय ५६, मधेसीतर्फ १ सय ३८, दलिततर्फ ७३ र पिछडिएको क्षेत्रतर्फ २५ जनाको छुट्टाछुट्टै कोटा निर्धारण गरी कुल १ हजार १ सय १२ पदका लागि दरखास्त आह्वान गरेको थियो ।

छनोट परीक्षाअन्तर्गत प्रारम्भिक स्वास्थ्य परीक्षण÷शारीरिक तन्दुरुस्ती

(बाधापार) परीक्षा, स्वास्थ्य परीक्षण परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा लिइने र हरेक चरणको परीक्षा समाप्तिपछि नतिजा प्रकाशन गरी उत्तीर्ण उम्मेदवारलाई मात्र अर्को चरणको परीक्षामा सम्मिलित गराइनेछ । नेपाल प्रहरीप्रति आकर्षण बढेकै कारण शैक्षिक योग्यता बढी भएका युवाहरूले आवेदन दिएको प्रहरी प्रवक्ता डीआईजी जोशीले बताए । ‘यसले प्रहरीमा साधारण लेखपढ गर्नेहरूको संख्या क्रमशः घट्दै छ भन्ने पुष्टि हुन्छ,’ डीआईजी जोशीले राजधानीसँग भने ।

Tuesday, November 4, 2014

संबिधान निर्माणका लागि साझा अवधारणा

संविधानसभाबाट ०७१ साल ८ माघभित्र नेपालको संविधान जारी गरिने सर्वसम्मत निर्णय एवं कार्यतालिकाअनुरूप संविधान निर्माणको प्रक्रिया अघि बढाउने आशय र लक्ष्यका साथ चालू संविधान निर्माणको प्रक्रियालाई गति दिन र मतभेदका विषयमा सहमति निर्माण गर्ने प्रयोजनका लागि देहायबमोजिमको प्रस्ताव प्रस्तुत गरिएको छ ।
समितिका आवश्यक छलफल गरी सहमतिमा पुग्न तथा सहमतिमा पुग्न नसेको अवस्थामा संविधानका अन्तर्वस्तुसम्बन्धी संलग्न धारणाहरू संविधानसभाको पूर्ण बैठकसमक्ष छलफल र निर्णयका निम्ति संविधानसभा नियमावली, ०७० को नियम ६५ को उपनियम (१२) अनुसार पेस गरिदिनुहुन अनुरोध गर्छाैं ।

१. संघीय नेपालको तहगत संरचना
नेपालको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनाको माध्यमबाट देशको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक सामाजिक स्वरूप र यो विविधताभित्र रही आएको पारस्परिक सद्भाव र अन्तरनिर्भरतालाई सुदृढ बनाउँदै, समाजमा विद्यमान वर्गीय, जातीय, भाषिक, क्षेत्रीय र लैंगिकलगायत सबै किसिमका विभेदको अन्त्य गरी देशमा लोकतन्त्र, समानता र सामाजिक न्यायसहितको आर्थिक, सामाजिक र सांस्कृतिक विकास सुनिश्चित गर्न शासन व्यवस्थालाई यो संविधानबमोजिम संघ, पहिचान र सामथ्र्यमा आधारित प्रदेश, स्थानीय तह र आवश्यकताअनुसार विशेष संरचना रहने गरी बाँडफाँट गरिएको छ ।
१.१. संघीय नेपालको मूल संरचनामा संघ, प्रदेश र स्थानीय तह एवं आवश्यकताअनुसार विशेष संरचना रहनेछन् ।
१.२. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजधानी काठमाडौं हुनेछ ।
१.३. राज्यले बहुभाषिक नीति लिनेछ । नेपालमा बोलिने सबै भाषा राष्ट्रभाषा हुनेछन् । संघीय सरकारी कामकाजको भाषा देवनागरी लिपिको नेपाली हुनेछ । केन्द्र र प्रदेश तथा प्रदेश–प्रदेशबीचको माध्यम भाषा नेपाली हुनेछ ।
१.४. प्रदेशमा सरकारी कामकाजको भाषा नेपाली र प्रदेशसभाले आवश्यक ठानेमा सो प्रदेशमा बोलिने कुनै दुई प्रमुख भाषासमेत हुन सक्नेछन् ।
१.५. भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको अध्ययन प्रतिवेदनको सिफारिसअनुरूप हुनेछ ।
१.६. राज्यशक्तिको प्रयोग
नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहद्वारा यस संविधानमा उल्लेख गरिएबमोजिम हुनेछ ।
१.७. प्रदेश निर्माण
यस संविधानबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनाअनुरूप नेपालमा पहिचान र सामथ्र्यका आधारमा सातओटा प्रदेश निर्माण गरिनेछन् ।
१.८. प्रदेशहरूको सीमांकनसम्बन्धी प्रश्नहरूको निरूपण गर्न संघीय आयोग गठन गरिनेछ । आयोगको सिफारिसमा संघीय सरकारले आवश्यक निर्णय गर्नेछ ।
१.९. प्रदेश निर्माण गर्दा पहिचान र सामथ्र्यका आधारमा जातीय, भाषिक र सांस्कृतिक स्थिति, समुदायको बसोबास तथा भौगोलिक र ऐतिहासिक निरन्तरतालाई ध्यानमा राखिएको छ ।
१.१०. प्राकृतिक स्रोत र साधनको उपलब्धता, प्रशासनिक सुगमता, आर्थिक सामथ्र्य र भौतिक पूर्वाधारको पक्षलाई समेत विचार गरिएको छ ।
१.११. प्रदेशको नाम पहिलो पटक प्रादेशिक सरकारको सिफारिसमा प्रदेशसभाले परिवर्तन गर्न सक्नेछ ।
१.१२. प्रदेशहरूको भौगोलिक क्षेत्र तल उल्लेख गरिएको छ ः
१.१३. प्रदेशको राजधानी प्रदेश सरकारको सिफारिसमा प्रदेशसभाले तोक्नेछ । संविधान आरम्भ हुँदाका बखत सो निर्णय नभएसम्मका लागि केन्द्र सरकारले प्रदेशको राजधानी तोक्नेछ ।
१.१४. प्रदेशको नाम पुनः परिवर्तन गर्नुपरेमा प्रादेशिक सरकारले केन्द्र सरकारको अनुमति प्राप्त गरी प्रादेशिक संसद्को दुई तिहाइ बहुमतले पारित गर्नु पर्नेछ ।
१.१५. प्रदेशको राजधानी पुनः हेरफेर गर्नु परेमा प्रादेशिक सरकारको सिफारिसमा प्रदेशसभाको दुई तिहाइ मतले निर्णय गरेबमोजिम हुनेछ ।
१.१६. प्रदेशमा सरकारी कामकाजको भाषा नेपाली र प्रदेशसभाको निर्णयबमोजिम प्रदेशमा बोलिने कुनै दुई प्रमुख भाषासमेत हुनेछन् ।

१.
कोसी प्रदेश
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर ।


जनकपुर प्रदेश
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा

३.
बागमती प्रदेश
सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, मकवानपुर, धादिङ, रसुवा र नुवाकोट ।


गण्डकी प्रदेश
गोरखा, लमजुङ, तनहुँ, स्याङजा, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घाखाँची र नवलपरासी जिल्लाको दाउन्ने पूर्वको भाग ।

५.
लुम्बिनी प्रदेश
नवलपरासी जिल्लाको दाउन्ने पश्चिमको भाग, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया ।

६.
कर्णाली प्रदेश
प्युठान, रोल्पा, रुकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्ला ।


सुुदूरपश्चिम
बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला ।



२. स्थानीय तह
२.१. यस संविधानबमोजिम निर्माण भएका प्रदेशअन्तर्गत स्थानीय तहको रूपमा गाउँपालिका, नगरपालिका तथा जिल्ला रहनेछन् । यी सबै तहको अधिकार र कार्य क्षेत्र संविधान तथा कानुनमा तोकिएबमोजिम हुनेछ । यसरी अधिकार क्षेत्र तोकिँदा कार्यकारी, विधायिकी र न्यायिक अधिकारको समेत व्यवस्था हुनेछ । जिल्ला तहमा विकास, सेवा र सुरक्षाका संरचना रहनेछन् । राजनीतिक समन्वयका लागि नगरपालिका र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यहरू रहने गरी समन्वय परिषद् रहनेछ ।
२.२. स्थानीय तहको संख्या र क्षेत्र निर्धारणका लागि केन्द्र सरकारले मापदण्ड तोक्नेछ ।
२.३. तोकिएको मापदण्डका आधारमा स्थानीय तहको नाम, संख्या र क्षेत्र निर्धाण गर्न प्रादेशिक सरकारले उच्चस्तरीय आयोग गठन गरी त्यसको सिफारिसमा निर्णय गर्नेछ ।
२.४. प्रदेश सरकार गठन भएको एक वर्षभित्र स्थानीय तहको नाम, संख्या र क्षेत्र निर्धारण गरिनेछ ।
२.५. नयाँ संविधानअनुसार स्थानीय तहको गठन नभएसम्म विद्यमान स्थानीय निकायहरू कायम रहनेछन् ।

३. विशेष संरचना
३.१. प्रदेशभित्र आवश्यकताअनुसार नाम र क्षेत्राधिकारसहित कानुनबमोजिम विशेष संरचना क्षेत्र घोषणा गर्न सकिनेछ । विशेष संरचनाले विभिन्न जाति समुदायको भाषा र संस्कृतिको विकास एवं संवद्र्धनका लागि काम गर्नेछ ।
३.२. सो प्रकारको संरचना केन्द्रीय सरकारको अनुमति लिई प्रदेश सरकारको सिफारिसमा प्रादेशिक सभाले तय गर्नेछ ।
४. विवाद समाधानसम्बन्धी व्यवस्था
४.१. संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको विवाद समाधान गर्न राजनीतिक तहमा प्रधानमन्त्रीको अध्यक्षतामा गृहमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री, संघीय मामिलामन्त्री र सम्बन्धित प्रदेशको मुख्यमन्त्री सम्मिलित संयन्त्र रहनेछ ।
४.२. संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको कानुनी र संवैधानिक विवादको निरूपण सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्नेछ ।
५. शासकीय स्वरूप
५.१. देशको शासन सत्तामा सबै जातीय, भाषिक र सांस्कृतिक समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न तथा देशमा क्रियाशील राजनीतिक दलसमेतको समावेशी प्रतिनिधित्वका लागि बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संसदीय शासन प्रणाली अवलम्बन गरिनेछ । यसअनुसार कार्यकारी प्रमुखका रूपमा प्रतिनिधिसभामा एकल बहुमत प्राप्त वा अन्य दलको समर्थनमा बहुमत प्राप्त दलका नेता वा यी दुवै अवस्था नभएमा प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको नेता प्रधानमन्त्री हुनेछन् । स्पष्ट बहुमत प्राप्त  दलको नेता प्रधानमन्त्री भएको अवस्थाबाहेकको स्थितिमा प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ ।

५.२. संघीय संसद् एवं प्रादेशिक संसद्सहितको निर्वाचक मण्डलबाट निर्वाचित संवैधानिक राष्ट्रपति रहनेछन् । उपराष्ट्रपति पदको निर्वाचनसमेत यसै निर्वाचक मण्डलबाट हुनेछ ।
५.३. नयाँ संविधान जारी भएपछि आमनिर्वाचनपश्चात् हुने प्रधानमन्त्रीका विरुद्ध निर्वाचित भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइने छैन । प्रधानमन्त्रीले बहुमत गुमाएको प्रश्न उठेमा ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुपर्नेछ । वर्तमान व्यवस्थापिका–संसद् कायम रहेसम्म अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था नेपालको अन्तरिम संविधान ०६३ बमोजिम नै हुनेछ ।
५.४. अविश्वासको प्रस्ताव प्रस्तुत गर्दाको अवस्थामा बहुमत सदस्यको हस्ताक्षरसहित वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ ।
५.५ प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव एकपटक प्रस्तुत भइसकेपछि उही प्रधानमन्त्रीका विरुद्ध एव वर्ष ननाघी पुनः अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन ।
५.६ नयाँ संधिवानअन्तर्गत आमनिर्वाचन नभएसम्म हालको व्यवस्थापिका–संसद् विघटन हुने छैन ।
५.७ मन्त्रिपरिषद्को संख्या सघीय संसद्को संख्याको १० प्रतिशतभन्दा बढी हुने छैन ।
५.८ मन्त्रीहरू संसद् सदस्य मध्येबाट र अत्यावश्यक भएमा संसद् सदस्य नरहेका व्यक्तिमध्येबाट नियुक्त गर्न सकिनेछ । संसद् सदस्य
नरहेका व्यक्ति मन्त्री पदमा नियुक्त भए निजले मन्त्री भएको ६ महिनामा संसद् सदस्यता प्राप्त नगरेमा मन्त्री पदबाट स्वतः मुक्त हुनुपर्नेछ ।
५.९ संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक हुनेछ । प्रादेशिक सभा एक सदनात्मक हुनेछ ।

६. निर्वाचन प्रणाली
६.१ प्रतिनिधिसभाको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरिनेछ । प्रतिनिधिसभामा १ सय ६५ सदस्यीय रहेनछ । दलहरूले प्रतिनिधिसभामा उमेदवार समावेशी सिद्धान्तका आधारमा दिनुपर्नेछ । महिला दलित र अल्पसंख्यकको उचित प्रतिनिधित्वका लागि विशेष व्यवस्था गरिनेछ ।
६.२ राष्ट्रियसभाको सदस्य संख्या ७५ हुनेछ । प्रत्येक प्रदेशबाट पूर्ण समानुपातिक सिद्धान्तका आधारमा १०÷१० जना सदस्यहरू निर्वाचित हुनेछन् र पाँचजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।
६.३ प्रदेश सभाको संख्या प्रत्येक प्रदेशमा रहने संघीय प्रतिनिधीसभाका एकजना सदस्य बराबर दुईजना सदस्य रहने गरी २० देखि बढीमा ५० सदस्यसम्म हुनेछ ।
६.४ प्रदेशमा प्रदेश सभाका कुल सदस्य संख्याको बढीमा २० प्रतिशतमा नबढ्ने गरी मन्त्रिपरिषद्को गठन हुनेछ ।

७. न्याय प्रणाली
७.१  स्वतन्त्र न्यायप्रणालीको अवधारणाअनुरूप स्वतन्त्र र सक्षम न्यायपालिकको व्यवस्था गरिनेछ ।
७.२ सर्वाेच्च अदालत अभिलेख अदालत हुनेछ । संविधानको अन्तिम व्याख्या गर्नै अधिकार सर्वाेच्च अदालतमा रहनेछ ।
७.३ केन्द्र र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह, स्थानीय तह र स्थानीय तहको अधिकार क्षेत्रबारे तथा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको निर्वाचनसम्बन्धी विवादमा अबिलम्ब न्याय निरूपण गर्न सर्वाेच्च अदालतको संवैधानिक इजलास रहनेछ । यो इजलास सर्वाेच्च अदालतका प्रधानन्यायाधीशको अध्यक्षतामा अन्य चा™जना वरिष्ठतम् न्यायाधीशहरू रहने गरी गठन हुनेछ ।
७.४ सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले गर्नेछन् । सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्ति देहायबमोजिम न्यायपरिषद्ले गर्नेछ ।

१ प्रधानन्यायाधीश–अध्यक्ष
२ सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशहरू दुईजना, कानुनमन्त्री एक र नेपाल बार एसोसिएसनका प्रतिनिधि एकजना समेत गरी जम्मा चारजना सदस्य रहनेछन् ।
७.५ जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्ति कानुनमा व्यवस्था भएबमोजिम न्याय परिषद्ले खुला प्रतियोगिता र परीक्षा प्रणालीका आधारमा गर्नेछ ।
७.६ सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसमेत १५ जना रहनेछन् ।
७.७ उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूले इमानदारीपूर्वक काम नगरेको, आचारसंहिताको गम्भीर उल्लंघन गरेको, खराब आचरण वा कार्यक्षमताको अभाव वा अनुशासन पालन नगरेको वा शारीरिक र मानसिक अशक्त भएको भन्ने अवस्थामा छानबिन र अनुसन्धान गरी पदमुक्त गर्न वा अदालतका पूर्वन्यायाधीशबाट एकजना र सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको कानुनविद्मध्येबाट तीनजना सदस्य रहने गरी संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट न्यायिक जवाफदेहिता तथा अनुसन्धान आयोग गठन गरिनेछ ।
७.८ सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश शारीरिक र मानसिक रूपमा अशक्त अक्षम प्रमाणित भएको अवस्थामा स्वतः पदमुक्त हुनेछ ।
७.९ नेपालमा एक महान्यायाधिवक्ता रहनेछ । निजको मातहतमा एकजना महाअभियोजनाकर्ता रहनेछन् ।

८ महाअभियोग
प्रधानन्यायाधीश वा सर्वाेच्च अदालतका न्यायाधीशलगायत संवैधानिक अंगका प्रमुख र सदस्यहरूमा कार्य क्षमताको अभाव वा खराब आचरण वा पदीय दायित्वको पालना इमानदारीपूर्वक नगरेको र अनुशासनको पालना गरेको अवस्थामा प्रतिनिधिसभाबाट महाअभियोग लगाउन सिफारिस गर्न सक्ने ११ सदस्यीय संसदीय न्यायिक समिति गठन गरिनेछ । यस समितिले कानुनबमोजिम महाअभियोगको सिफारिस गर्न सक्नेछ ।
९. सम्पत्ति विवरण
सरकारी कोषबाट पारिश्रमिक लिने सार्वजनिक पद धारण गर्न सम्पूर्ण निकायका सबै व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्नेछ र यसको हरेक वर्ष अद्यावधिक गर्नुपर्नेछ ।
१. सुशील कोइराला नेपाली कांग्रेस
२. के.पी शर्मा ओली नेकपा (एमाले)
३. सूर्यबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी
४. विश्वेन्द्र पासवान बहुजन शक्ति पार्टी
५. अतहर कमाल मुसलमान स्वतन्त्र
६. चन्द्रेश्वर झा स्वतन्त्र
(संविधानका विवादित मुद्दामा कांग्रेस–एमालेसहित सत्तारूढ दलले संवाद समितिमा २०७१ कात्तिक १७ गते सोमबार प्रस्तुत गरेको साझा अवधारणा)

Saturday, October 18, 2014

दाहालको चक्रब्युहमा संबिधान

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संबिधान निर्माणमा सहमति जुटाउने उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्वसंगै चुनावबाट जनताले समाप्त पारिदिएका एकल ‘पहिचान पक्षधर’को नाममा खोलिएको मोर्चाको नेता बनेर संबिधान निर्माणलाई नै चक्रब्युँहमा पारेका छन । एक आपसमा ठीकबिपरित उदेश्य बोकेका दुवै मोर्चाको नेतृत्व गरी दाहाल संबिधान बन्नै नदिने मार्गचित्रमा अघि बढेपछि संबिधानसभाका दुई प्रमुख दल कांग्रेस र एमाले नेताहरूले संबिधान बनाउने र बन्नै नदिने मोर्चामध्ये एक रोज्न अल्टिमेटमसमेत दिएका छन । 

गणेश बस्नेत/काठमाडौं

‘संबिधान निर्माणमा सहमति जुटाउन खडा गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक तपाई नै हुनुहुन्छ । फेरि संबिधान बन्नै नदिन थालिएको आन्दोलनकारी दलको पनि तपाई नै नेता बन्नुभएको छ, यो के पारा हो प्रचण्ड जी,’ संबिधानको बिवादित बिषयमा सहमति जुटाउन संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले शुक्रवार राती गोकर्ण रिशोर्टमा आयोजना गरेको तीन दलको शीर्ष बैठकमा एमाले अध्यक्ष केपी ओलीको यो भनाईले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल एकाएक आक्रोशित बने । दाहालले आफू ठुलै संघर्ष गरेर मात्रै संयन्त्रको संयोजक बनेको भन्दै दुवै मोर्चामा खरो उत्रने संकेत पनि दिए । तर बैठकमा सहभागी बरिष्ठ नेता माधवकुमार नेपाल तथा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले ओलीकै भनाई दोहो¥याउँदै एक बिकल्प रोज्न भनेपछि केही नरम देखिए । बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओलीसँग प्रतिवाद गर्न आवेगमा आएका दाहाल आफ्नै पार्टीका बरिष्ठ नेता रहेका समिति सभापति भट्टराईले समेत संयोजकको हैसियतमा भुमिका नखेलेको संकेत गरेपछि केही नरम देखिए ।
यद्यपी दाहालले आफूलाई संयोजक बन्न नदिन कांग्रेस र एमालेले ठूलै षडयन्त्र गरेको भन्दै हटाए फरक नपर्ने बताए । ‘तपाईहरूले मलाई संयोजक बनाउनै चाहनु भएको थिएन, ठूलै संघर्षपछि मात्रै संयोजक बनेको हुँ, हटाउन चाहे हटाउनुस,’ संबिधान निर्माणमा लाग्न ओलीले दिएको सुझावप्रति आपत्ति जनाउँदै बैठकमा दाहालले भने । उनको सो भनाईपछि भट्टराईले जिम्मेवार ढंगले प्रस्तुत हुन दाहाललाई सचेत गराएका हुन । जवाफमा ओलीले भुमिका ठीक नभए हटाउन कुनै समय नलाग्ने चेतावनी दिएका थिए । ‘तपाई संबिधान निर्माणका लागि सहमति जुटाउने भन्दा बिथोल्ने काममा हुनुहुन्छ, अव हामीसंग यसो सहमति हुनेहुने कुरा गर्ने, बाहिर गएर बितण्डा मच्चाउने काम नगर्नु होला, यसो भयो भने तपाईको संयोजक पद जान्छ,’ एमाओवादी र कांग्रेस नेताहरूको बीचमा रहेका एमाले अध्यक्ष ओलीको भनाई थियो । तीन दलका ६ जना नेता मात्रै सहभागी सो बैठकमा नेताहरूबीच नियत र नैतिकताको बिषयलाई लिएर ठुलै चर्काचर्कीसमेत परेको थियो ।
संबिधानका बिवादित बिषयमा सहमति जुटाउन गोकर्ण रिशोर्टमा बसेको प्रमुख तीन दलको शीर्ष बैठक नेताहरूबीच नियतकै बिषयमा चर्काचर्कीपछि स्थगित भएको एक सदस्यले बताए । संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले रातभर बसेर सहमति जुटाउने भन्दै गोप्य छलफलका लागि गोकर्ण रिशोर्टमा शीर्ष नेताको बैठक राखेका थिए । सो बैठकमा सभापतिको हैसियतले सहमति जुटाउनु पर्ने बिषयमा भट्टराईले बिषय प्रवेश गराएलगत्तै नेताहरूबीच चर्काे बादबिवाद भएको थियो । बैठकको सुरुमै संबिधान बनाउने कि नबनाउने भन्ने बिषयमै चर्काचर्की परेपछि बिना कुनै निश्कर्ष छलफल सकाएर नेताहरू फर्किएका हुन ।
बैठकमा सहभागी एक नेताका अनुसार बैठक सुरु हुना साथ एमाले अध्यक्ष ओलीले एमाओवादी अध्यक्ष दाहालको भुमिकालाई लिएर गम्भीर प्रश्न उठाएका थिए । ओलीले आफूहरूसँगको बार्तामा संबिधान बनाउने र सहमतिमा आउने प्रतिवद्धता जनाउने गरेको तर संबिधान बन्नै नदिन गठन गरिएको आन्दोलनकारी मोर्चामा कसरी बन्छ संबिधान भन्दै जसरी पनि बन्न नदिने भनाई राख्ने गरेको बिषयलाई गम्भीरताका साथ बैठकमा उठाएका थिए । ‘पहिला यो बिषयमै प्रष्ट हुनुप¥यो, हामीसमेत रहेको उच्चस्तरीय समितिको नेता संबिधान बन्न नदिने मोर्चाको पनि कसरी नेता हुनसक्छ ?’ ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो । उनले इमान्दारिताका साथ संबिधान निर्माणको प्रस्ताव राखी सहमति जुटाउनसमेत प्रस्ताव गरेका थिए । तर नियतकै प्रश्नमा अल्झिएर बैठक सकिएको थियो । ‘दाहालको दोहोरो भुमिकालाई लिएर बैठकमा मैले निकै गम्भीर ढंगले कुरा राखें, दुई मध्ये एक बिकल्प रोख्न पनि भनिएको छ,’ ओलीको भनाई उधृत गर्दै एमाले नेता भानुभक्त ढकालले राजधानीसंग भने ।
प्रमुख दलहरूबीच सहमतिका लागि तोकिएको दोस्रो समयसीमा तोडिदासम्म पनि राज्य पुनःसंरचना, सासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका बिषयमा सहमति हुन सकेको छैन । तोकिएको समयभित्र सहमति जुटाउन असफल बनेको संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई संबिधानसभाले दोस्रो पटक दिएको समय शुक्रवार नै सकिएको छ । तर भदौं मसान्त भन्दा पछि कुनै सहमति हुन सकेको छैन ।
बैठकमा कांग्रेस र एमाले नेताहरूले सम्वादसँगै आन्दोलन र षडयन्त्रमार्फत संबिधान बन्न नदिने खेलमा दाहाल लागेको र संबिधान निर्माणमा जालझेल गरेको आरोपसमेत लगाएका थिए । बैठकमा कांग्रेस बरिष्ठ नेता देउवाले पनि दाहालको भुमिका संबिधान बनाउने भन्दा बन्न नदिनेतर्फ नै रहेको भन्दै सच्चिन सुझाएका छन । ‘यत्रो ठक्कर खाइसक्नु भयो, अझै चेत्नुभएको छैन, अव संबिधान बनाउनेतिर लाग्नोस, दोहोरो भुमिका नखेल्नोस,’ स्रोतका अनुसार बैठकमा देउवाको भनाई थियो । दाहालले राज्य पुनःसंरचना, सासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका बिषयमा यसअघि भएको सहमतिबाट समेत कांग्रेस र एमाले पछाडि हटेको आरोप लगाएपछि दुवै दलका नेता उनीमाथि खनिएका हुन । बैठकमा दुवै दलका नेताहरूले आफू संबिधान बन्न नदिने षडयन्त्रमा लागी अरुलाई दोष थोपर्न खोजेको भन्दै अव यस्तो काम नगर्न सचेत समेत गराएका छन । दाहालले भने आन्दोलनकारी दलहरूलाई समेत तीन दलको सहमतिमा आउन बाध्य पार्नका लागि आफू आन्दोलनकारी मोर्चाको समेत नेता बनेको प्रष्टिकरण दिएका थिए । तर शुक्रवार खुलामञ्चमा आयोजित सभामा भने दाहालले आफू आन्दोलनकारी मोर्चाकै नेतृत्व गर्ने बताउँदै दुईमध्ये एक रोज्दा संयन्त्रको नेतृत्व छाडने घोषणा गरे । एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको माग गर्दै लामो समय संसद अवरोध गरेपछि कांग्रेस र एमालेले सहमति जनाई दाहाललाई नै पहिलो कार्यकाल संयोजक छानेका थिए ।


Thursday, September 25, 2014

साहनालाई संस्थापक नेतृ बनाउन चाहन्थे पुष्पलाल


कमल कोइराला
नेपालबाट भारत गएपछि पुष्पलालको नेतृत्वमा २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भयो । पार्टी गठन गर्नुअघि संस्थापक बनाउने योजनासहित पुष्पलाल साहनालाई भेटन जानुभएको थियो । उहाँ साहनाको जोश, जाँगर र परिवर्तनप्रतिको लगाव देखेर नेपाल कम्युनिस्ट पार्टीको संस्थापक नेता बनाउन चाहनुहुन्थ्यो । तर त्यसबेला साहना प्रधान नेपाल आउनु भएको रहेछ, त्यसै कारण पुष्पलालको भेट हुनै सकेन । र उहाँ कम्युनिस्ट पार्टीको संस्थापक नेता बन्ने अवसरबाट बञ्चित हुनुभयो । साहनालाई नभेटिएपछि पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणबिलाश जोशी, मोतीदेवी सिंह र निरञ्जन गोबिन्द बैद्य संस्थापक रही नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको हो । 

नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोललन, त्यसमा पनि खासगरी महिला आन्दोलन कि अगुवा कमरेड साहना प्रधानले यस धर्तिबाट बिदा हुनुभएको छ । मंगलवार आर्यघाटमा अन्तिम संस्कार गरेसगै उहाँको भौतिक सरीर अव हामी सामु रहेन । बास्तवमा साहना प्रधान एक निडर महिला नेतृ हुनुहुथ्यो । पछिल्लो कालमा मात्रै होइन, सानो उमेरदेखि नै बिभेदको बिरुद्धमा संघर्ष गर्नुभएको हो । नेपालमा महिलालाई पढन दिनु हुँदैन भन्ने राणा शासनको निर्णयबिरुद्ध आन्दोलनको थालनी गर्ने नै साहना र साधना प्रधान (दिदी) हुनुहुन्थ्यो । जतिबेला नेपालमा आम महिलालाई बिद्यालय जानबाटै बञ्चित गरिएको थियो, त्यस्को बिरुद्धमा उहाँले काठमाडौंमा आन्दोलन गर्नुभएको हो । यसकारण उहाँ नेपाली महिला आन्दोलनको संस्थापक नेता हुनुहुन्छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठसंग साहनाको भेट पहिलो पटक बिसं २००४ सालमा काठमाडौंमा भएको थियो । त्यसबेला पदम शमशेर सत्तामा थिए । त्यसबेला काठमाडौंमा राणाबिरोधी आन्दोलन शुरु भइसकेको थियो । त्यही आन्दोलनको दौराना फुर्तिली साहना र पुष्पलालबीच भेट भयो । पहिलो भेटबाटै पुष्पलालले उहाँलाई मन पराउन थाल्नुभयो । सहाना प्रधान र साधना प्रधान दिदी–बहिनी हुन । उहाँहरु दुवै नेपाली महिला आन्दोलनका अग्रणी हुनुहुन्छ । असनका शंकरलाल प्रधान प्रतिष्ठित परिवारका व्यापारी थिए । उनी व्यापारका सिलसिलामा बर्मा गए । सहाना पनि बर्मामै जन्मनु भएको हो । दोस्रो विश्व युद्धमा हजारौं भारतीयसँगै नेपालीको पनि वर्माबाट भागाभाग भयो । त्यही क्रममा काठमाडौंका खातापिता ब्यापारी शंकरलाल पनि नेपाल फकर्नुभयो । साहना प्रधान बर्मामा ७ कÔासम्म पढ्नुभयो । नेपालमा त्यतिबेलासम्म छोरीले स्कुल जान पाउ“दैनन थिए । उहा“ले छोरीले पढ्न किन नपाउने भनेर आन्दोलन थाल्नुभयो । १७ वैशाख विसं २००४ सालमा नेपालमा पहिलो पटक संगठित रुपमा राणाशाही विरोधी नारा लगाउने चार कर्मठ महिलामध्ये साधना र साहना दिदी बहिनी प्रमुख दुई पात्र थिए । सोही आन्दोलनको क्रममा १५ दिन आमरण अनसन बसेपछि महिलालाई शिÔा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले आश्वासन दिएका थिए ।
त्यसबेलासम्म राणा शासनविरोधी आन्दोलन पनि शुरु भइरहेको थियो । सत्याग्रह र महिला आन्दोलन एकसाथ चलिरहेको थियो । त्यही आन्दोलनको क्रममा पुष्पलाल र साहनालाई पक्राउ गरी सँगै तत्कालीन श्री ३ पद्म समशेर समÔ लगियो । पद्म समशेर अलि उदार भएकोले कठोर सजाय“ सुनाएनन । त्यही हिरासतमा पुष्पलाल र साहनाको घनिष्ठता बढाउने काम भयो । आन्दोलन चर्किएको र छोरीलाई पढन कठिनाई भएपछि साहनालाई पढनका लागि भारत पठाइयो । भारतमा पनि पुष्पलाल साहनालाई भेटन बेलाबेलामा जाने गर्नुहुन्थ्यो भन्ने जानकारी पाएको थिएँ । नेपालबाट भारत गएपछि पुष्पलालको नेतृत्वमा २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भयो । पार्टी गठन गर्नुअघि संस्थापक बनाउने योजनासहित पुष्पलाल साहनालाई भेटन जानुभएको थियो । उहाँ साहनाको जोश, जाँगर र परिवर्तनप्रतिको लगाव देखेर नेपाल कम्युनिस्ट पार्टीको संस्थापक नेता बनाउन चाहनुहुन्थ्यो । तर त्यसबेला साहना प्रधान नेपाल आउनु भएको रहेछ, त्यसै कारण पुष्पलालको भेट हुनै सकेन । र उहाँ कम्युनिस्ट पार्टीको संस्थापक नेता बन्ने अवसरबाट बञ्चित हुनुभयो । साहनालाई नभेटिएपछि पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणबिलाश जोशी, मोतीदेवी सिंह र निरञ्जन गोबिन्द बैद्य संस्थापक रही नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको हो ।
मैले आङ्खनो राजनीतिक यात्रा पुष्पलालको सानिध्यमा रहेर शुरु गरे“ । कोइराला परिवारबाट विद्रोह नै गरेर कम्युनिस्ट भए“ । मेरो संगत शुरुदेखि नै मनमोहन अधिकारी, भरतमोहन अधिकारीहरुस“ग भयो । त्यसैले हामी कम्युनिस्ट भयौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालस“ग बनारसमा सात वर्È स“गै बसे“ । मैले पार्टी हेडक्वार्टरमै बसेर एसएलएमसम्मको अध्ययन पुरा गरे । त्यसबेला प्रचार बिभागमा रहेको थिएँ, पार्टीले निकाल्ने बुलेटिनको जिम्मा मलाई नै दिइएको थियो । अन्य नेताहरुले नभ्याएपछि पुष्पलालले बुलेटिन निकाल्ने काम मलाई दिनुभएको थियो । त्यसैले मैले ७ बर्ष उहाँसँगै बस्ने मौका पाएको थिए ।
साहना र पुष्पलालबीच २०१० साल माघ १० गते बिवाह भयो । बिवाहपछि आफ्नो सिंगो जिवन कमरेड पुष्पलालको राजनीतिक सहयात्रीका रुपमा ब्यतित गर्नुभयो । बिवाहपछि पनि पनि पुष्पलाल भारतमै बस्नुहुन्थ्यो । पुष्पलाल होलटाइमर (पुर्णकालिन) पार्टीमा काम गर्ने भएपछि आर्थिक रुपमा निकै समस्या आइलाग्यो । त्यसैले साहनाले काठमाडौंमै शिक्षण पेशा शुरु गर्नुभयो । सहाना प्रधान पुष्पलाललाई भेट्न काठमाडौंबाट बेला बेलामा बनारस आउनुहुन्थ्यो । उहा“स“ग छोरा उमेश र छोरी उÈा पनि आउथे । बिदाको समय पारेर कहिले १५÷२० दिन त कहिले एक महिना बसेर नेपाल फर्कनु हुन्थ्यो । तर पञ्चायतको बिरोधमा लागेको भनेर उहाँको जागिर खोसियो ।
पञ्चायती शासनले साहना, हिरण्यलाल श्रेष्ठलगायतका प्राध्यापकहरुको जागिर खोसेपछि उहा“ बेरोजगार हुनुभयो । यहीबीचमा ०३५ सालमा कमरेड पुष्पलाल निकै थलिनु भयो । नयाँ दिल्लीमा भारतीय नेता चन्द्रशेखरले उपचारको लागि पुष्पलाललाई राम्रो अस्पतालमा भर्ना गरेपनि बचाउन सकेनन । २०३५ साल साउन ७ गते उहाँको निधन भयो । पुष्पलालको निधनपछि साहना पुनः पार्टीको सक्रिय राजनीतिमा आउनुभयो । उहाँलाई पार्टीका तत्कालीन नेताहरु बलराम उपाध्याय, लोकनारायण सुवेदी, लोककृष्ण भट्टराई, शरणविक्रम मल्ल, बोर्णबहादुर कार्की (हाल प्रेस काउन्सिलका अध्यक्ष) रघु नारायणहरुले पुष्पलालको निधनपछि पार्टी चलाउनुप¥यो भनेर साहनालाई आग्रह गरे । त्यही आग्रह अनुसार उहाँ पार्टी नेतृत्वमा आउनुभयो । ०४२ सालमा मनमोहन र पुष्पलालले नेतृत्व गरेको साहनाको पार्टी एकीकरण भएर नेकपा माक्र्सवादी गठन भयो । ०४३ सालमा भारतको सारनाथमा भएको महाधिवेशनले मनमोहनलाई महासचिव बनायो र साहना त्यो पार्टीको शीर्È नेतृत्वमा रहनुभयो । यसबीचमा जनआन्दोलनको तयारी शुरु भयो । बिभिन्न घटकमा छरिएका कम्युनिस्ट पार्टीहरुलाई एक ठाउ“मा ल्याएर बाममोर्चा बनाउने काम सहज थिएन । साहना प्रधानले नै त्यस्को नेतृत्वदायी भुमिका खेल्नुभयो । उहाँको व्यक्तित्वले गर्दा नै बाममोर्चा गठन सम्भव भएको हो । नेतृत्व क्षमताकै कारण बाममोर्चाको संयोजकमा साहना सर्वसम्मतिले चयन हुनुभयो ।
पञ्चायत बिरोधी आन्दोलन चर्काउन कम्युनिस्ट र कांग्रेस पार्टीबीच सहकार्य जरुरी थियो । तर लामो प्रयाशपछि पनि संभव भइरहेको थिएन । तत्कालीन मालेको संगठन भुमिगत थियो, त्यसैले अलिक सहज पनि भयो । त्यसबेला सबैले स्वीकार गर्ने र संघर्Èको लामो अनुभव भएकी निडर महिला नेतृका हिसाबले साहनाको नेतृत्वमा सबै कम्युनिस्टहरु आन्दोलनमा एक भए । एकातिर कांग्रेसका गणेशमान सिंह, अर्कोतिर बाममोर्चाबाट साहना प्रधान चयन हुनुभयो । उहाँहरु दुवै जनआन्दोलनका कमाण्डर र सह कमाण्डर हुनुभयो । वास्तवमा जनआन्दोलनको उभार त्यही“बाट शुरु भइ पञ्चायत ढल्यो । जनआन्दोलन उत्कर्समा पुगेको बेला तत्कालीन राजा बीरेन्द्रसँग बार्ताका लागि पनि साहना प्रधान र राधाकृष्ण मैनाली र कृष्णप्रसद भट्टराईलाई पठाइएको थियो । जन आन्दोलनको सफलतापछि कांग्रेस र कम्युनिस्टको अन्तरिम सरकार गठन हुँदा बाममोर्चाबाट साहना मन्त्री बन्नुभयो । त्यसपछि नेकपा माले र नेकपा माक्र्सवादीको एकीकरण भई नेकपा एमाले बनेपछि उहाँ स्थायी समितिमा रहनु भयो । एकताको लागि पनि उहा“ले अगुवाई गर्नुभएको थियो ।
नेकपा एमाले बनेपछि उहा“ निरन्तर स्थायी कमिटी सदस्य हु“दै २०५४ सालमा पार्टी बिभाजन भएर नेकपा माले बनेपछि अध्यÔ समेत बन्नुभयो । ०४८ र ०५१ को निर्वाचनमा उहा“ काठमाडौंबाट निर्वाचित हुनुभयो । ०५६ मा पार्टी विभाजनका कारण एमालेकै नेतृ अष्टलक्ष्मी शाक्यसँग पराजित हुनुभयो । २०६२÷०६३ को जनक्रान्तिपछि गठित सरकारमा साहना उपप्रधान तथा परराष्ट्र मन्त्री हुनुभयो । उहाँले २०६३ चैतदेखि २०६५ बैशाखसम्म सो जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँले नै मलाई दक्षिण कोरियाको राजदुत बनाउनु भएको हो । सदैव नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलन र बिभेटको बिरुद्ध लाग्ने साहना अव हामीबीच हुनुहुन्न । तर पनि उहाँले अघि सारेको मान्यतालाई सवैले अनुसरण गर्नैपर्छ । नेपाल महिला संघको संस्थापक महासचिव रहेर उहाँले महिला आन्दोलनको सुरुवात गर्नुभएको हो । साहना, साधना दिदी बहिनी र जनआन्दोलनका कमाण्डर गणेशमान सिंहकी पत्नी मंगलादेवी सिंह नेपाली महिला आन्दोलनका संस्थापक हुन् । वास्तवमा अब साहनाको अवसानस“गै नेपाली महिला आन्दोलनका पहिलो पुस्ताका अगुवा सकिएका छन । नेपाली महिलाहरु आज जुन ठाउ“मा आएका छन्, यसको जग बसाउने साहना–साधनाहरु नै हुन । हामीबीचबाट बिदा भएकी ओजिलो नेतृ कमरेड साहनालाई सलाम
राजधानी दैनिकमा २०७१ असोज ६ गते प्रकाशित लेख 

Sunday, September 21, 2014

अपराध नियन्त्रणमा पलाएको बिश्वास

‘इफ यू स्यालुट योर ड्यूटी, यू निड नट स्यालुट एभ्रीबडी, बट इफ यू पोल्यूट योर ड्यूटी, यू हयाब तय स्यालुट एभ्रीबडी ।’ कर्तब्यबोधको सन्दर्भमा भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले अघि सारेको यस मान्यतालाई आत्मसाथ गर्नेहरूले सदैव सम्मान नै पाएका छन । डिआइजी नवराज सिलवाल, जयबहादुर चन्ददेखि एसएसपी सर्वेन्द्र खनाल र पुष्कर कार्कीहरूले काम गरेर नै आम नागरिकको मनमा डेरा जमाएका छन । सरुवा भएर फर्कने बेला एसएसपी सर्वेन्द्र खनाललाई बीरगञ्जबासीले लगाइ दिएको सय किलोको माला त्यसैको प्रमाण हो भन्न अलिकत्ति पनि हिच्किचाउन पर्दैन । 

गणेश बस्नेत

मुलुकमा यतिबेला संबिधान निर्माणको तातो हावाले सवैलाई उकुसमुकुस बनाएको छ । संबिधान निर्माण गर्ने सभासददेखि राजनीतिक दलका नेतृत्वलाई मात्र नभई आम सर्वसाधरणसम्म संबिधान निर्माणको चासो र चिन्ता छ । त्यसैले यतिबेला संबिधान निर्माणमा सहमति हुन नसकेका बिषयहरूलाई कसरी मुलुकको हितमा निर्णय गराई आगामी माघ ८ गते नयाँ संबिधान जारी गर्ने भन्ने बिषयले सवैको दिमागलाई सोच्न बाध्य पारिरहेको छ । संबिधान निर्माणका बेला बिभिन्न बिषयमा छलफल चलिरहँदा राजनीतिक दलहरूबीच अपराधीलाई संरक्षण नदिने बिषयमा एक हदसम्म सहमति जुटेको अवस्था छ । भ्रष्टाचारी ठहर भएका नेतालाई चुनावमा उठन नपाउनेदेखि अपराध नियन्त्रणलाई कडाईका साथ नियन्त्रणको बाटोतर्फ दलहरू अघि बढेको अनुभुति भइरहेको छ । यही बीचमा नेपाल प्रहरीका केही अब्बल अधिकृतहरूले आफ्नो कार्य क्षेत्रमा सञ्चालन गरेको जनताको मन जित्ने कामले सवैलाई अपराध नियन्त्रणमा सफलताको अनुभुति दिलाइरहेको छ ।
उपत्यकामा सञ्चालन गरिएको गुण्डाराज समाप्तीको अभियानदेखि मुलुकभर चालिएका केही उदाहरणीय कदममा आम नागरिकको बिश्वास पलाएकै कारण राजनीतिक दलका नेताहरू पछिल्लो समय अपराधी छाडन सोधै दवाव दिने काम बन्द गरेका छन । यहीबेला पूर्वदेखि पश्चिमसम्मका क्षेत्रमा प्रहरीले चालेको अभियानले पनि अपराध नियन्त्रण हुन्छ भन्ने आसा नागरिकमा पलाएको छ । पछिल्लो समयमा पूर्वाञ्चलको नेतृत्व गरेका डिआइजी नवराज सिलवाल, सुदरपश्चिमाञ्चलको नेतृत्व गरेका डिआइजी जयबहादुर चन्द, नारायणी अञ्चलका नेतृत्व गरेका एसएसपी सर्वेन्द्र खनाल (केही दिन अघि आइजीपीको सचिवालयमा सरुवा), महानगरीय अपराध महाशाखाका नेतृत्व गरेका एसएसपी पुष्कर कार्की, दिपायल तालिम केन्द्रका नेतृत्वकर्ता (हाल सरुवा) एसएसपी धीरु बस्नेतसम्मले आफ्नो कामबाटै नागरिकमा अपराध नियन्त्रण हुन्छ भन्ने आशा जगाएका छन । सदैव गलत आँखाले हेर्ने गरिएको पूर्वाञ्चल र नारायणी अञ्चलमा सिलवाल र खनालले देखाएको जाँदुलाई जोकोहीले प्रसंशा नै गर्छन ।
हुन पनि यतिबेला उपत्यकादेखि पूर्वाञ्चल र नारायणीका हरेक गुन्डा नाइकेको मन काप्न थालेको छ । सिलवाल, कार्की र खनालले चलाएको अपराधको न्यूनिकरण र अपराधी नियन्त्रणको अभियानले अपराधीको मनोवल निकै खस्किएको र नागरिकको मनोवल माथि पुगेको छ । यस्तै प्रहरी देख्खसाथ भाग्ने सुदुरपश्चिमका नागरिकको मन जितेर डिआइजी  जयबहादुर चन्दले पनि आफ्नो कामको परिचय दिएका छन भने नागरिकमा बिश्वास पनि जगाएका छन । अहिलेसम्म कारवाही स्वरुप सुदुर पश्चिम पठाउने प्रचलन र जाने अधिकृत पनि कमजोर मनोवलका कारण त्यस क्षेत्रका जनताले प्रहरीसँग सहयोगको हात बढाउन सकिरहेका थिएनन । चन्दले उच्च मनोवलका साथ काम गरेर जनतासँगको मित्रता र गुन्डासँगको दुस्मनी मोलेर आम नागरिकमा आसाको किरण जगाएका छन । यी अधिकृतहरूले गरेको कामले सवैले इमान्दारिपुर्वक आफ्नो कर्तब्य पूरा गरेको भए नेपाल २० बर्ष अघि नै स्वर्ग बिनसकेको हुन्थ्यो भन्ने स्पष्ट सन्देश दिएको छ ।
भारतका निवर्तमान राष्ट्रपति एपीजे अब्दुल कलामले भनेका थिए, ‘इफ यू स्यालुट योर ड्यूटी, यू निड नट स्यालुट एभ्रीबडी, बट इफ यू पोल्यूट योर ड्यूटी, यू हयाब तय स्यालुट एभ्रीबडी ।’ कर्तब्यबोधको सन्दर्भमा भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले अघि सारेको यस मान्यतालाई आत्मसाथ गर्न नसक्नेहरु समाजमा कलंकित भएका छन । राजनीतिमा हुन कि समाजका अन्य कुनै पनि पेशा ब्यवसाय अंगालेका किन नहुने आफ्नो काममा लगाव नराख्नेहरु जनताको नजरमा घृणाका पात्र नै बनेका छन । तर जस्ले कर्तब्यलाई आफ्नो जिवन पद्धतीसँग ढालेका छन, उनीहरूले सदैव सम्मान नै पाएका छन । पूर्वाञ्चल प्रहरी प्रमुख डिआइजी नवराज सिलवाल, सुदुरपश्चिमाञ्चल प्रहरी प्रमुख डिआइजी जयबहादुर चन्ददेखि एसएसपी सर्वेन्द्र खनाल र पुष्कर कार्कीहरूले काम गरेर नै आम नागरिकको मनमा डेरा जमाएका छन । बीरगञ्ज छाडने बेलामा नारायणी अञ्चल प्रमुख रहेका एसएसपी सर्वेन्द्र खनाललाई नागरिकले लगाइ दिएको सय किलोको सयपत्री फुलको माला त्यसैको प्रमाण हो भन्न अलिकत्ति पनि हिच्किचाउन पर्दैन । भारतीय पूर्वराष्ट्रपतिको भनाईलाई नेपाल प्रहरीका केही बरिष्ठ अधिकृतहरूले भने ब्यवहारमै लागू गरिदिएका छन । २० महिना अघिसम्म वीरगञ्जको नाम सुन्नसाथ तर्सनेहरू यतिबेला गर्भका साथ आफ्नो परिचय दिन थालेका छन ।
बीरगञ्जबासी भन्दा सवैको इज्जत, मान प्रतिष्ठा बढेको छ । कुनैबेला बीरगञ्ज भन्सार लुटको सन्सार भन्ने भनाईमा पनि बदलाव आएको छ यतिबेला । नक्कली नोटदेखि लागुऔÈध तस्करीसम्म, झोले गुण्डादेखि पेसेवर हत्यारासम्मका लागि कुख्यात नाका थियो वीरगञ्ज अढाई बर्ष अघिसम्म । हत्या, अपहरण, लुटपाटमा पनि अब्बल नै मानिन्थ्यो । नेपाली अपराधीका लागि मात्रै नभएर भारतीय अपराधीहरूको पनि क्रिडास्थल थियो बीरगञ्ज । नारायणी अञ्चलमा जाने प्रहरी जोकोहीलाई कमाउन गएको भ्रष्टाचारीको रुपमा हेर्ने बिगतको तितो अनुभवलाई एक जना एसएसपीले फेरिदिएका छन । फोहोरको डगुंर र अव्यवस्थित सहरले विरगञ्जलाई सा“च्चिकै कुरुप बनाएको थियो । तर अब भने विरगञ्जको स्वरुपसँगै परिचय पनि फेरिएको छ । नारायणी अञ्चल प्रहरीको नेतृत्व गरिरहँदा एसएस्पी सर्वेन्द्र खनालले वीरगञ्जको स्वरुपसंगै पहिचान पनि बदलेका हुन । त्यसैले अहिले जोकोही वीरगञ्जबासी ढुक्कका साथ भन्छन, बीरगञ्ज अब पहिले जस्तो छैन ।
अपराध नियन्त्रणसँगै प्रहरीको ड्यूटी के हो ? र कसरी नागरिकको प्रतिष्ठा उठाउन सकिन्छ भन्ने पाठ एसएसपी सर्वेन्द्रले सिकाएका छन । हुनपनि बीरगञ्जले पुरानो सवै कुख्यातीबाट मुक्ति पाएको महसुस गरेका छन आम नागरिकले यतिबेला । खनालको लगातारको मेहनत र अठोटका कारण वीरगञ्ज बदिलएको हो । तस्करी नियन्त्रण, शान्ति सुरÔा कायम र सरसफाइका लागि उनले चालेको कदम एक हदसम्म सफल भएको वीरगञ्ज पुग्ने जो कोहीले प्रत्यÔ अनुभव गर्न सक्छ आजभोलि । उच्च राजनीतिक तहसम्म जोडिएको तस्करीलाई पनि नियन्त्रणमा ल्याएका सर्वेन्द्रको हिम्मतले भारतीय पूर्वराष्ट्रपतिकै भनाईलाई ब्यवहारमा चरितार्थ गरिरहेको छ । कतिसम्म भने सर्वेन्द्रले चुपचाप बाटोमा निस्केर फोहोर सोर्नेदेखि बाटो मिचेर राखेका ट्याङकी पसल हटाउने अभियान चलाए । तस्करी नियन्त्रण र अपरहणकारीलाई पक्राउका लागि आफै कमाण्ड सम्हालेर फिल्डमा पुगे । तर उनले आफ्नो प्रचार बिल्कुलै गराएनन । बालकलाई अपरहणकारीको पञ्जाबाट मुक्त गराउन मध्यरातमा आफै घटनास्थल पुगेर सुरु गरेको खनालको अभियानले नागरिकको मन जित्यो ।
काम गर, प्रचार नगर भन्ने शैली अपनाउदा आम नागरिकले उनको काममा साथ दिए । परिणाम प्रचारबाजी होइन, काम गरेर देखाउने स्वभाव रहेका सर्वेन्द्रले वीरगञ्जको स्वरुप र परिचय दुवै बदलिदिए । उनले राजस्व चुहावट र तस्करी नियन्त्रणमा समेत सफलता हासिल गरे । बीरगञ्ज भन्सारका कर्मचारीले राजस्वमा ब्रम्हलुट मच्चाउदै आएको यथार्थलाई रोकथाम गर्दै राजस्वमा पनि बृद्धि गराए, कर्मचारीलाई कर्तब्य के हो भन्ने सिकाउन राजस्व छलेर भित्र्याउने हरेक सवारीमा नजर लगाए । एसएसपी सर्वेन्द्रको पहलमा राजश्व चुहावट र तस्करी नियन्त्रणका लागि अञ्चल प्रहरी कार्यालय नारायणीबाट चालिएको विशेÈ अभियान अन्तरगत गाडीहरू भटाभट समातिन थालेपछि भन्सार कर्मचारी पनि सुध्रन बाध्य हुनैप¥यो । राजस्व छलेर नेपाल छिर्नेहरूलाई अञ्चल प्रहरी कार्यालय नारायणीले भटाभट समातेर भन्सार कार्यालयमै नै फिर्ता पठाउन थालेपछिको परिणाम हो यो । सुरÔा निकायको पहलमा मात्रै २३ करोड ३३ लाख २२ हजारको सुनचा“दी बरामद गरिएकाले राजस्वमा पा“च गुणा बढी रकम थपिएको तथ्यले पनि यही बताइरहेको छ । यद्यपी राजस्व बढ्नुमा सशस्त्र प्रहरी बलको भुमिका पनि निकै सकारात्मक नै रहेको बुझाई बीरगञ्जबासीमा छ ।
यस्तै पूर्व क्षेत्र पनि यतिबेला नारायणी अञ्चल जस्तै अपराध नियन्त्रणको सफल छ । बिगत एक बर्षमा पूर्वाञ्चलमा चलाइएको पुलिस अफ दि मन्थ, आन्तरिक सुद्धिकरण, नागरिकसंगो सात्क्षात्कार, गुन्डागर्दी नियन्त्रण जस्ता कामले पूर्व क्षेत्र यतिबेला शान्त बनेको छ । प्रहरीप्रति जनताको बिश्वासमा पनि निकै बढोत्तरी भएको अनुभुति पनि भइरहेको छ । पूर्वक्षेत्रका १६ वटै जिल्लाहरूमा नागरिक मतसर्वेक्षण गरी डिआइजी नवराज सिलवालले चालेको कदमकै कारण यो सफलता प्राप्त भएको हो । त्यसैको परिणाम पूर्व क्षेत्रमा हुने गरेको अपहरण, फिरौती असुली, हत्या जस्ता जघन्य अपराध लगभग सून्यमा पुगेको छ । घरेलु हिंसाका घटनामा पनि क्रमशः नियन्त्रण भइरहेको छ । सरुवा भएर छाडने बेलासम्म सिलवाल नेतृत्वको प्रहरीले पूर्वका १६ वटै जिल्लाका नागरिकमा एक ढंगको सकारात्मक सोच र अपराध नियन्त्रणमा जागरण पैदा गर्ने निश्चित छ । यस्तै सुदुर पश्चिम क्षेत्रमा पनि डिआइजी चन्दको नागरिकको मन जित्ने र अपराध नियन्त्रणको काम जारी रहे नेपाल प्रहरीकै प्रतिष्ठा बढने छ । यस्ता काम गर्नेलाई समाजले पक्कै पनि उच्च मुल्यांकण गर्ने नै छ । प्रहरी संगठन र सरकारले पनि उचित मुल्यांकण गर्न चुक्नु हुँदैन ।
एक अधिकृतले सिंगो प्रहरी संगठनलाई हेर्ने धारणामा परिवर्तन ल्याउन सक्दारहेछन भन्ने प्रमाणका रुपमा डिआइजीद्वय नवराज सिलवाल र जयबहादुर चन्द अनि एसएसपीद्वय सर्वेन्द्र खनाल र पुस्कर कार्कीले प्रमाण दिएका छन । बीरगञ्जको परिचय बदल्ने खनालजस्तै कार्की पनि उपत्यकालाई ६ महिनाभित्र गुण्डामुक्त क्षेत्र बनाउने स्पष्ट मार्गचित्र सहित अघि बढेका छन । उनको उपत्यका बदल्ने योजनाले केही हदसम्म आकार ्रहण गरिसकेको छ । यति छोटो अवधीमा नै कार्कीले चलाएको गुण्डाराजमाथिको सल्यक्रियाले समाजलाई थोरै भएपनि शान्ति दिएको छ । अव यस बाटोमा अन्य अधिकृत पनि हिडन सके नागरिकको मनबाटै प्रहरी सदैव मित्र र रक्षकको कोटीमा पर्नेछ ।
राजधानी दैनिकमा मिति २०७२ असोज ५ गते प्रकाशित लेख

Thursday, September 11, 2014

काठमाडौंदेखि खासासम्मै सुन तस्करीको जालो .. ठमेलका मनिचेञ्जरसमेत संलग्न, प्रहरी सुराकी पनि तस्करकै प्रभावमा


गणेश बस्नेत /
राजधानी
काठमाडौं, २५ भदौं
बिमानस्थलको नाकामा कडाई हुन थालेपछि पछिल्लो समय सुन तस्करहरूले काठमाडौं–खासा रुटलाई आफ्नो अबैध ब्यापारको केन्द्र बनाएको पाइएको छ । चिनिया ब्यापारीलाई समेत साथमा लिई ठमेललाई केन्द्र बनाएर ब्यापार गरिरहेका केही ब्यापारीहरूले अबैध विदेशी मुद्रा र सुनको कारोवार अघि बढाएका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान बिभागको संयुक्त टोलीले अबैध कारोवार भइरहेको आशंकामा गत १६ भदौंमा ठमेलमा सञ्चालित सात मनिचेञ्जरमा छापा मारी बिदेसी मुद्रा बरामद गरेपछि सुन तस्करहरूको पछिल्लो कारोवारको तथ्य बाहिर आएको हो । यद्यपी राजस्व अनुसन्धान बिभागले यस बिषयमा अनुसन्धान जारी रहेको जानकारी गराएको छ ।
अख्तियार र राजस्व टोलीले बिशेष सूचनाको आधारमा ठमेलस्थित बाबुराम अर्याल सञ्चालक रहेको न्यू अन्नपुर्ण मनि एक्सचेञ्ज, रोशन श्रेष्ठ सञ्चालक रहेको माउन्ट एभरेष्ट मनि एक्सचेञ्ज र ट्राभलएक्स मनि एक्सचेञ्ज, मनिकुमार श्रेष्ठ सञ्चालक रहेको अन्नपुर्ण मनि एक्सचेञ्ज र हरि धरेल तथा बलराम सापकोटा सञ्चालक रहेको अल्पाइन मनि एक्सचेञ्ज, जनक पौडेल सञ्चालक रहेको वेलकम मनि एक्सचेञ्ज र माउन्टेन मनि एक्सचेञ्जमा छापा मारेको थियो । उक्त मनि एक्सचेञ्जरहरूबाट १ करोड २६ लाख नेपाली रुपैया बरावरको बिदेसी मुद्रा र ८४ लाख नेपाली रुपैया पनि बरामद गरिएको छ ।
राजस्व अनुसन्धान विभागमा उपमहानिर्देशक बालकृष्ण घिमिरेले राजस्व चुहावटको आशंकामा ठमेलका मनी चेञ्जरमा छापा मारिएको जानकारी दिए । ‘राजस्व चुहावटको आशंकामा छापा मारिएको हो, सात मनी चेन्जरमा भएको स्वदेशी र विदेशी मुद्राको स्रोत के हो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ,’ घिमिरेले राजधानीसँग भने । सो छापा अख्तियार र राजस्वको संयुक्त टोलीले मारेको थियो । उपमहानिर्देशक घिमिरेले सवै मनी चेन्जरका संचालकहरू विभागको सम्पर्कमा आएको उनको भनाइ छ ।
त्यत्ति ठुलो मात्रामा बिदेसी मुद्रा बरामद भएपनि मनि एक्सचेञ्जका सञ्चालकहरूलाई भने अनुसन्धान गर्ने भएकै कारण पक्राउ नगरिएको दुवै निकायले जनाएका छन । राजस्वले अनुसन्धानको लागि मनि एक्सचेञ्जका कम्युटरलगायत फेला परेका बिदेसी मुद्रा र नेपाली रुपैया भने नियन्त्रणमा लिएको छ । नक्कली रसिद काटेको पाइएको र तोकिएको भन्दा धेरै गुणा बढी बिदेसी मुद्रा फेला परेपछि राजस्वले आफ्नो नियन्त्रणमा लिएको हो । यसअघि नेपाल राष्ट्र बैंकको छडकेमा ८ हजार डलर फेला परेपछि एउटा मनि एक्सचेञ्जको लाइसेन्स नै रद्द गरिएको थियो । यस पटक भने सो रकम बैध हो कि अबैध भन्ने छुट्टयाउन नसकी सञ्चालकलाई पक्राउ नगरिएको हो ।
ठमेलका बिभिन्न मनि एक्सचेञ्जबाट अबैध रुपमा डलर खरिद गरी चीन पु¥याउने र चीनबाट तातोपानी नाका हुँदै पुन काठमाडौंसम्म सुन भित्र्याउने गरिएको छ । यस कार्यका लागि पछिल्लो समय ठमेलस्थित थाइसान होटल, फोनेक्स होटल, कुवेरिया महल होटल र छेन्दु होटलमा चिनिया तस्करहरूको निकै भिड लाग्ने गरेको छ । यसैगरी मनि एक्सचेञ्जहरू अबैध बिदेसी मुद्रा सटही गरी सुन तस्करीको सुत्रपातका रुपमा देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले ठमेलस्थित इको मनि एक्सचेञ्ज, डेस्को मनि एक्सचेञ्ज, ठमेल मनि एक्सचेञ्ज, सनराइज मनि एक्सचेञ्ज, लोटस मनि एक्सचेञ्ज, त्रिदेव मनि एक्सचेञ्जले सुन लिएर आउने चिनिया नागरिकलाई बिदेसी मुद्रा सटही गर्ने गरेको सूचना पाएको बताएको छ । मनि एक्सचेञ्जका सञ्चालकहरू ती होटलमा बस्ने चिनिया नागरिकलाई मात्रै डलर बेच्ने गरेका स्रोतले जानकारी दिएको छ । त्यो डलर लिएर चिनिया नागरिक गाडी नै रिजर्भ गरी तातोपानी नाकाबाट चीन प्रवेश गरी अबैध सुन लिएर नेपाल फर्कन्छन । चिनिया नागरिकले ल्याएको अबैध सुन बांगेमुढास्थित एक मनि एक्सचेञ्जका सञ्चालकलाई बिक्रि गर्न गरेको सूचना पनि प्रहरीसम्म पुगेको छ । महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकृतका अनुसार मनि एक्सचेञ्ज आफ्नै घरमा भएको कारण बांगेमुडास्थित मनि एक्सचेञ्ज सञ्चालकको घरको सुन पु¥याउने गरिएको हो । अनुसन्धानको क्रममा रहेको भन्दै ती अधिकृतले मनि चेञ्जरका सञ्चालकको नाम भने बताउन नमिल्ने जानकारी दिए । प्रहरीले यस बिषयमा निगरानी बढाए पनि प्रमाण भने पाइसकेको छैन । स्रोतका अनुसार प्रहरीको सुराकीसमेत तस्करसँग मिलेपछि प्रहरीले ठोश प्रमाण पाउन सकेको छैन । ठमेलकै दरवार स्क्वायर मनि एक्सचेञ्ज, डाँफे मनि एक्सचेञ्ज, काठमाडौं मनि एक्सचेञ्जले पनि चिनिया नागरिकलाई अबैध रुपमा डलर बिक्रि गरिरहेको प्रहरीको भनाई छ ।
प्रहरीले डलरसहित पक्राउ गर्न थालेपछि चिनिया तस्करहरूले चिनेको भन्दा अर्काे गाडिसमेत प्रयोग गर्न छाडेका छन । ‘पानी खाने थर्मस, फर्सीदेखि जुत्ताको भित्रि भागमा समेत डलर पोको पारेर चिनिया नागरिक काठमाडौंबाट खासातर्फ जान्छन,’ ठमलेबाट तातोपानी नाकासम्म चिनिया नागरिक छाडने गरेका एक सवारी चालकले भने । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्की सुन र डलर तस्करहरूको नेक्सस (जालो) काठमाडौंदेखि खासासम्मै रहेको स्वीकार गर्छन । अनुसन्धानको पाटोमै रहेको कारण नेक्ससमा रहेका ब्यापारी र बिचौलियाहरूको नाम भने प्रहरीले अहिलेसम्म गोप्य रुपमै अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार अरनिको राजमार्गबाट हुने यो तस्करीमा गुण्डा नाइके गणेश लामा, बलराम सापकोटा, दावा लामालगायतको बिशेष संलग्नता रहेको छ । ‘सुन तस्करीबाट आउने पैसाले गुण्डालाई नै फाइदा भइरहेकोले हामी यसतर्फ बिशेष सचेत भएर हेरिरहेका छौं,’ एसएसपी कार्कीले भने, ‘चाँडो पैसा कमाउने बाटोले गुण्डागर्दी मौलाउने गरेको छ, त्यसो हुन नदिन डलरको अबैध कारोवारदेखि सुन तस्करीसम्मलाई हामी मिहिन ढंगबाट अनुसन्धान गरिरहका छौं ।’ स्रोतका अनुसार खासादेखि काठमाडौंसम्म सुन तस्करी गरेर ल्याउँदा प्रतितोला २ देखि ३ हजार रुपैया नाफा हुने गरेको कारण पनि यसमा तस्करहरूले जोकोहीलाई प्रयोग गरिरहेका छन । यस्तै बिदेशबाट रेमिट्यान्समार्फत नेपाल भित्रने रकम सोझै नआई हंङकङहुँदै चीन पुग्ने र त्यहाबाट सुन खरिद गरी नेपाल ल्याउने गरेको पनि पाइएको छ । ‘छिटो पैसा कमाउने बाटो रोज्नेहरूमाथि निगरानी बढाइएको छ, परिणाम चाँडै आउँछ,’ एसएसपी कार्कीले भने ।

Tuesday, September 2, 2014

मिसन फिनिस गुण्डाराज

गणेश बस्नेत

चरीको नामले उपत्यकामा आतंक मच्चाइरहेको गुन्डा नाइके दिनेश अधिकारीको इन्काउन्टरलाई लिएर सदन र सडक दुवैतिरबाट प्रहरीमाथि आक्रमण भइरहँदा कारबाहीको नेतृत्व गर्दै अघि बढेका महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्की अलिकत्ति पनि विचलित देखिएनन् । राजधानीमा मौलाएको गुन्डाराजलाई जरैदेखि समाप्त पार्ने अठोटका साथ अघि बढेका एसएसपी कार्की चरीको मत्युलाई लिएर आफूमाथि आक्षेपको वर्षा हुँदा पनि गुन्डा नियन्त्रणकै योजना बनाउन ब्यस्त रहे । परिणाम केही दिनभित्रै अर्का गुन्डा समूहका नाइकेलाई पक्राउ गर्दै राजधानीवासीको मन जित्न सफल भए ।
उपत्यकालाई गुन्डामुक्त क्षेत्र बनाएरै छाड्ने अठोट लिएर हिँडेका कार्कीले आफू मातहतका सबै प्रहरी अधिकृत र जवानलाई राजनीतिज्ञले जस्तो जवाफ होइन, गुन्डागर्दीको जालो तोड्ने काममा लाग्न निर्देशन दिएर परिचालन पनि गरे । त्यसैको परिणाम काभ्रेली समूहका एक नाइके दावा लामा अवैध लागूऔषधसहित पक्राउ गर्न प्रहरी सफल भयो । चरीको विषयलाई लिएर आक्रमण भएपछि प्रहरीको गुन्डागर्दीविरुद्धको काममा शिथिलता आयो कि भन्दै लागूऔषधको व्यापारमा लागेका लामालाई सुइँकोसम्म नदिई पक्राउ गरेर कार्कीले कसैको दबाबसामु गुन्डाराजविरुद्धको अभियान रोकिँदैन भन्ने प्रस्ट जवाफ दिए ।
पहिलाजस्तै दोस्रोमा पनि राजनीतिक दबाब आयो, छुटाउनका लागि संविधान बनाउने जिम्मेवारी बोकेका सभासद् स्वयं हनमानढोका पुगे, तर प्रहरीले आफ्नो अभियानमा साथ दिन नसके चुप बस्न सुझाएर गुन्डा छुटाउने दबाब लिएर नआउन भन्दै फिर्ता पठाइदियो । लामापछि प्रहरीको नजर अर्का समूहमाथि परेको छ, त्यसैको परिणाम थप समूहको नाइकेलाई पक्राउ गरी कानुनी दायरामा ल्याएर व्यापारी र आम उपत्यकाबासीलाई गुन्डाराजबाट मुक्ति दिलाउने योजना प्रहरीले बनाइरहेको छ । यही अभियानका क्रममा चार बर्ष अघि न्यूरोडमा ब्यापारीको हत्या गरी फरार रहेको अर्काे समुहका नाइकेलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । ब्यापारी अञ्जनीकुमार चाचनलाई २०६७ सालमा गोली हानी हत्या गरेर फरार रहेका सुनिल महर्जनलाई एसएसपी कार्की नेतृत्वकै अपराध महाशाखाले पक्राउ गरेको छ । एकपछि अर्काे गुण्डागर्दीको नाइके पक्राउ गर्ने अभियान गुण्डामुक्त क्षेत्रमा परिणत गरेपछि मात्रै रोक्ने प्रहरीको यो अभियान यतिबेला एकपछि अर्काे सफलताको सिढी चढिरहेको छ । ‘६ महिनाभित्र उपत्यकालगायत आसपासका क्षेत्रमा चलाइएको गुन्डाराजको जालो तोडेरै छाडिन्छ, यो अभियान कसैको दबाबमा रोकिन्न,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी कार्कीले आफ्नो योजना सुनाए ।
उपत्यका प्रहरीले यतिबेलासम्म राजधानीलगायत आसपासका जिल्लामा गुन्डागर्दी चलाउने समूहको पहिचान गरिसकेको छ । काठमाडौं परिसरमा यसअघि नै नेतृत्व गरिसकेका एसएसपी कार्कीलाई अब गुन्डा समूहको पहिचानका लागि थप समय खर्चिरहन पर्दैन । उनी गुन्डा समूह चलाउने नाइके र त्यसमा आबद्ध सदस्यको पहिचानपछि पक्राउका लागि प्रहरी परिचालन गरिसकेका छन् । गुण्डागर्दी नियन्त्रणका लागि ‘सम्झाउने, बुझाउने, सच्चिन मौका दिने, नसच्चिएर आइलागे जुनसुकै हदसम्मको जवाफ दिने रणनीति अबलम्बन गरेको देखिन्छ ।
उपत्यकामा ठूला व्यापारीदेखि सर्वसाधारण नागरिकसम्म पहुँच पु¥याइसकेको प्रहरीले पछिल्लो समय गुन्डालाई सहयोग गर्ने बिचौलिया समूहको समेत पहिचान गरिसकेको छ । राजनीतिक दबाबविरुद्ध नडग्ने अडानसँगै अब प्रहरीले गुन्डालाई सहयोग गर्ने बिचौलियामाथि पनि निगरानी निकै बढाएको छ ।
‘राजनीतिक दबाबभन्दा पनि डरलाग्दो बिचौलियाको समूह छ, जसको राजनीतिक नेतृत्व, नागरिक अगुवा र प्रहरी वरिष्ठ अधिकृतसँग पनि रामो सम्बन्ध छ, तिनीहरू नै व्यापारीको सूचना दिएर फिरौतीका लागि गुन्डालाई सहयोग गरिरहका छन्, गुन्डाभन्दा पनि यो समूह निकै खतरनाक छ,’ गुन्डागर्दीविरुद्धको अभियानमा लागेका अपराध महाशाखाका एक अधिकृत भन्छन् ।
ती अधिकृतका अनुसार उपत्यकालगायत आसपासका क्षेत्रमा गुन्डाराज चलाउने
समूहसँग बिचौलियाको समेत पहिचान भइसकेको छ । प्रहरीले पछिल्लो समयमा प्रहरी वरिष्ठ अधिकारीसँग पनि रामो सम्बन्ध भएका बिचौलियामाथि निगरानी बढाएको उनको भनाइ छ ।
निगरानीमा वीरेन्द्रलाल श्रेष्ठ, महेश सिंह, प्रशान्त शर्मालगायत एक दर्जनको सूची तयार पारिएको ती अधिकृतले बताए । रमेश बाहुनको नामले परिचित रामेछापका सुजन पौडेलको पक्राउपछि चरी प्रकरण हुँदै काभ्रेली समूहका दावा लामा र ब्यापारी हत्याका महर्जनसम्म आइपुग्दा उपत्यकामा मौलाएको गुन्डागर्दीको जालो तोड्न आवश्यक सूचना संकलनमा निकै हदसम्म प्रहरी सफल भएको छ ।
उपत्यकामा गुण्डागर्दी गर्दै आएका भनेर चिनिएका काजी शेर्पा, दीपक मनाङे, चक्रे मिलन, कुमार घैंटेमाथि पनि प्रहरीले निगरानी बढाएको छ । कुनै व्यापारीलाई धम्की दिएर रकम उठाउन गएकै बेला पक्राउ गर्ने गरी प्रहरीले आङ्खनो जालो बिछ्याएर राखेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।
प्रहरीका अनुसार गुन्डाराज चलाउने अहिले काभ्रेली समूहको नाममा गणेश लामा, बलराम सापकोटा र दावा लामाको एउटा समूह छ । मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्यसमेत रहेका गणेशसँगै एमालेनिकट रहेका सापकोटा र कांग्रेसनिकट विष्णु र दावा लामा मिलेर यो समूहलाई सञ्चालन गरिरहेका छन् । यो समूह काठमाडौंदेखि ल्हासासम्मलाई केन्द्र बनाएर हुने व्यापारीसँग हप्ता, महिनावारी असुलीसँगै ठेक्कापट्टा र टेन्डरमा समेत संलग्न छ ।
प्रहरीको सूचनाअनुसार अर्का गुन्डा नाइके कुमार घैंटे समूह काठमाडौं वरपर व्यापार व्यवसायमाथि आँखा लगाइरहेको छ । नुवाकोटे कांग्रेस नेताको साथ पाएर सामाखुसीतिर हप्ता असुली पनि गरिरहेको छ, कुमार घैंटे समूह । चरीको नामले चिनिएको समुह भने यतिखेर उनको मृत्युपछि केही गर्न सक्ने अवस्थामा पुगेको प्रहरीको ठम्याइ छ । रमेश बाहुन र चरीको दुवै समूह अहिले केही गर्न सक्ने अवस्थामा नभएको निष्कर्षका साथ प्रहरीको ध्यान अन्य समूहतिर केन्द्रित भएको हो । यस्तै, सगुन श्रेष्ठको समूह पनि व्यापारी धम्क्याएर फिरौती असुलीमा लागेको सूचना प्रहरीसम्म पुगेको छ ।
राजधानीमा गुन्डाराज चलाउनेमध्ये पछिल्लो समयमा दीपक मनाङे भने चुपचाप आङ्खनै व्यवसाय गरेर बसिरहेको प्रहरीको भनाइ छ । चक्रे मिलनदेखि अन्य सबै समूह केही न केही गरी नै रहेको सूचनाका आधारमा पक्राउका लागि प्रहरी परिचालित भएको छ ।
‘गुन्डाराज चलाउन विभिन्न समीकरण भइरहेको छ, एक अर्कामा थ्रेट पनि छ, एक आपसमै भिड्न लागेका छन्, त्यस्तो घटना हुन नदिएर हामी कानुनको दायरामा ल्याई उपत्यकालाई गुन्डामुक्त बनाएरै छाड्छौं,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी कार्की भन्छन् ।
प्रहरीले गुन्डाविरुद्धको अभियान चलाउने क्रममा पीडित व्यापारीको सूचीसमेत तयार पारेको छ । अहिलेसम्म सैयौं व्यापारी गुन्डाको धम्कीकै कारण व्यापार छाडेर विदेश पलायन भएको सूचना पनि पाएको छ । व्यापारीको पीडा र सर्वसाधरणमा छाएको आतंक कम गर्नकै लागि ६ महिनाभित्र गुन्डाराज सकाएरै छाड्ने अभियान बनेको प्रहरीको भनाइ छ ।
- See more at: http://dainiknepal.com/2014/08/18654.html#sthash.VdaAuJOV.dpuf